Sahara Sansar

Monday, February 28, 2011

विद्यार्थीको आँखा परीक्षण

0 comments


  फागुन १६ रसुवा।    तिलगंगा आँखा केन्द्रको सहयोगमा सोमबार रसुवा सामुदायिक आँखा केन्द्रले विभिन्न विद्यालयमा विद्यार्थीको आँखा परीक्षण गरेको छ । हालसम्म ६ सय ३९ जना विद्यार्थीको आँखा परीक्षण गरिएको रसुवा सामुदायिक आँखा केन्द्रले जनाएको छ ।

आँखा परीक्षण गरिएका विद्यालयमा नवविजयी महेन्द्र निमावि भलायडाँडा, ढुङ्गे निमावि, वाराही प्रावि र शिवालय निमावि रहेका छन् । परीक्षण गरिएका विद्यालयहरूमा १२ जना विद्यार्थीहरू मोतियाविन्दूका रोगी भेटिएका आँखा केन्द्रका प्रमुख मोहनकृष्ण डंगोलले बताउनुभयो ।

Read More......

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने: दिनानाथ शर्मा

0 comments

कूल तामाङ्
फागुन १६ नुवाकोट। एकिकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सातबुदे सम्झौतामा एमालेले धोका दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनुभएको छ । एमालेले सम्झौता विपरित गृह र रक्षा मन्त्रालय नदिए पनि तत्कल माओवादीले समर्थन फिर्ता लिएर सरकार गिराउने खेल नखेल्ने प्रवक्ता शर्माले बताउनभुयो ।

 सोमबार रसुवा जिल्लाको भोर्ले गाविसस्थित सेतीदेवी उच्च माविको २५ औं बार्षिकोत्सव तथा रजत जयन्तीको उद्घाटन गर्दै प्रवक्ता शर्माले एमालेको नेताहरुले गर्दा सरकार विस्तारमा समस्या सिर्जना भएको बताउनुभयो ।

उहाले आउदो जेठ १४ भित्र संविधान नबन्ने संभावना बलियो हुदै गएको पनि बताउनुभयो । माओवादी प्रवक्ता दिनानाथ शर्माले जेठ १४ भित्र जनताको चाहना अनुसारको संविधान नबनेमा माओवादी फेरि विद्रोहमा जाने दाबी गर्नुभयो

जनताको सपना साकार पार्ने क्रममा माओवादीलाई घेराबन्दीमा पारेर कुनै पनि काम गर्न नदिने प्रवृति बढेको प्रवक्ता शर्माको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा माओवादी रसुवा इन्चार्ज इन्द्र गौतम, सभासद प्रेम तामाङ, नेपाली कांग्रेसका महासमिति सदस्य उपेन्द्र लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयलाई उच्च मावि बनाउन सहयोग गर्ने ११ जनालाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरु दामोदर खतिवडा, गोपाल नेपाल, उत्तम कोदे, निरज नेपाल र विद्यार्थीहरुले विभिन्न कार्यक्रम प्रस्तुत गरी मनोरन्जन दिएका थिए ।


Read More......

मुस्ताङमा नया शैक्षिकसत्र सगै विद्यार्थी भर्ना अभियान शुरु

0 comments

चन्द्रश्वर बस्ताकोटी
 फागुन १६ मुस्ताङ  हिमालपारिको जिल्ला मुस्ताङमा फागुन महिनादेखि नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ ।

जिल्ला शिक्षा कार्यालयले सोमबार जोमसोममा एक कार्यत्रमको आयोजना गरि राजनितिक दल, सामाजिक अगुवा, आमा समुह, युवा क्लवका प्रतिनिधि र सञ्चारकर्मीलाई विद्यालय जाने उमेर पुगेका सबै बालबालीकालाई विद्यालयको पहुँचसम्म ल्याउनका सहयोग गर्न आग्रह गरेको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी श्यामराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले फागुन २३ गते सम्म प्रत्येक बिद्यालयलाई आफ्ना सेवा क्षेत्र भित्रका बालबालिकालाई बिद्यालय भर्ना गराउन निर्देशन निदुनभएको थियो ।

 बिद्यालय जाने उमेर भएर पनि विद्यालय जान नसकेका बाल, घरेलु र प्रौद्ध उमेरका महिला पुरुषलाई पनि शिक्षाको पहुँचभित्र ल्याउन अनौपचारीक शिक्षा कार्याक्रम सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

मुस्ताङमा २ उच्च मावि, ५ मावी, ५ निमावि, ४६ प्रावि रहेका छन । यसैगरि ८ नीजी र ११ गुम्वा बिद्यालय सञ्चालनमा छन् । गत वर्ष गुम्वा बिद्यालय बाहेक मुस्ताङमा २ हजार ८ सय ७५ विद्यार्थी रहेका थिए । मनाङ, मुस्ताङ लगायत ९ हिमाली जिल्लामा मंसिरमा शैक्षिक सत्र सकिएर फागुनमा नयाँ शैक्षिक सत्र सञ्चालन हुने गरेको छ ।

Read More......

अन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानित

0 comments

 मीरा कार्की
फागुन १६   सिन्धुली ।  अन्तरजातीय विवाह गरी समाजिक रुपान्तरणको अग्रगामी कदम चालेको भन्दै १५ जोडीलाई  सोमबार  सिन्धुलीमाढीमा सम्मान गरिएको छ ।

दलित सेवा संघ जिल्ला शाखा  सिन्धुलीको  चौथौ जिल्ला अधिवेशनको अवसर पारेर १५ जोडीलाई सम्मान गरिएको दलित सेवा संघ सिन्धुलीले जनाएको छ  ।


Read More......

स्ववियू निर्वाचनको मिति तोक्न नेविसंघले दवावमुलक कार्यक्रम गर्ने

0 comments

 फागुन १६ काठमाडौं   स्ववियू निर्वाचनको मिति नतोकेको भन्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले दवावमुलक कार्यक्रम घोषणा गरेको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी नेविसंघले देशभरिका क्याम्पसमा ज्ञापनपत्र बुझाउने, विद्यार्थी सचेतना गर्ने, लगायतका कार्यक्रम तय गरेको जनाएको छ ।

 समानुपातिक निर्वाचन प्रणालीमा सहमति नभएको बहानामा स्ववियू निर्वाचन नै अनिश्चित बनाउने काम भएको भन्दै तत्काल निर्वाचनको मिति घोषणा नगरे कडा आन्दोलन गर्ने नेविसंघले चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष प्रदीप पौडेलले स्ववियू सुधारका नाममा स्ववियू नै सखाप पार्ने षड्यन्त्र भैरहेको भन्दै त्रिवि कार्यकारी परिषद बसेर त्रिवि सभाले निर्णय गर्ने समय वितिसकेकोले यस्लाई आलटाल गर्ने षड्यन्त्र भैरहेको बताउनुभयो ।

प्रत्येक २ वर्षमा हुनुपर्ने स्ववियू निर्वाचन फागुन दोश्रो साता गर्ने तालिका थियो ।


Read More......

सातबुँदे सहमतिको विषयलाई लिएर घोचपेच

0 comments

  फागुन १६ काठमाडौं।   प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुँदे सहमतिको बिषयलाइ लिएर संसदमा घोचपेच चलेको छ । व्यबस्थापिका संसदको सोमबार बसेको बैठकको विशेष समयमा कागे्रस मुख्य सचेतक लक्ष्मण घिमिरेले सातबुँदे सहमतिले देशलाई दुर्घटना उन्मुख बनाएको आरोप लगाउनुभयो ।

‘चिनमा सास्कृतिक क्रान्तिद्वारा मच्चाइएको वितण्डा मच्चाउने योजना अनुरुप सातबुदे सहमति भएको छ,  उहाँले भन्नुभयो–वाइसिएलद्वारा वितण्डा मच्चाउने र प्रधानमन्त्री निरिह भएर बस्ने तयारी जस्तो छ ।’ शान्ति र संविधानकालागि कागे्रस पूर्ण रुपमा सहयोग गर्न कागे्रस तयार रहेपनि शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ पछाडि धकेलीएको आरोप लगाउनुभयो । माओवादीका पद्मलाल विश्वकर्माले विदेशी शक्तिको इसारामा परेर माओवादीलाइ गृह मन्त्रालय नदिने षडयन्त्र भइरहेको बताउनुभयो ।

मधेशी जनअधिकार फोरमका हरिनारायण यादवले गृहमन्त्रालयको बिषयलाइ लिएर देशलाइ अनिर्णयको बन्दी नबनाउन माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपकालका चन्द्रबहादुर गुरुङ्गले सरकार गठन भएको लामो समय समेत सरकारले पूर्णता नपाउदा जनताका समस्या समाधान हुन नसकेको बताउनुभयो ।।


Read More......

काठमाडौंमा चोरी हुने मोटरसाइकलहरुको जिल्लाका ग्रामिण सडकहरुमा

0 comments

कूल तामाङ्
  फागुन १६  नुवाकोट । राजधानी काठमाडौंमा चोरी हुने मोटरसाइकलहरुको जिल्लाका ग्रामिण सडकहरुमा गुड्ने क्रम बढेको छ । ग्रामीण भेगलाई कच्ची मोटरबाटोले भए पनि सदरमुकाम र स्थानीय बजारसंग जोडिए पछि चोरीको मोटरसाइकल भित्रिने क्रम
पनि बढेको प्रहरीको भनाई छ ।

पछिल्लो साढे दुई बर्षमा जिल्ला प्रहरी कार्यालय ४४ वटा चोरीको मोटरसाइकल समातेको छ । आर्थिक बर्ष २०६५÷६६ मा २१, ०६६÷६७ मा १२ र चालु आबमा ११ वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरिक्षक विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

प्रहरीले समातेका मोटरसाइकलहरु केही महानगरिय ट्राफिक प्रहरी महासाखा पठाइएको छ भने केही सवारीधनीले फिर्ता लगेका छन् । आधादर्जन बाइक भने प्रहरी कार्यालयमा नै थन्किरहेका छन् । अहिलेसम्म समातिएका मोटरसाइकलहरु सदरमुकाम र बजारमा आएका बेला प्रहरीको फन्दामा परेका हुन् । जनशक्ति अभाव भन्दै चोरीको बाइक खोज्न प्रहरी गाउ
तिर भने जान सकेको छैन । जिल्लाका ६१ गाविस मध्य ५८ गाविस मोटरबाटोेले जोडिएका छन् । ग्रामीण भेगमा कुद्ने मोटरसाइकलको विल बुक र चालकको अनुमति पत्र खोज्ने कुनै निकाय नभए पछि राजधानीमा हराएका बाइक नुवाकोटमा
विगविगी बढेको हो ।

राजधानीबाट नुवाकोट छिर्ने नाकाहरु धेरै भएको र नाकामा चेकिङ कडाई नहुदा मोटरसाइकल चोर्न गिरोहलाई धन्दा सञ्चालन गर्न सहज भएको प्रहरी कै भनाई छ । सदरमुकाममा चेक जाच कडा बनाएर र गाउमा रहेको प्रहरी चौकीलाई पनि शंका
लागेको बाइक समाप्न निर्देशन दिएको प्रहरी नायब उपरिक्षक बालकृष्ण थापाले बताउनुभयो ।

साढे दुई बर्षको अबधिमा ४४ वटा मोटरसाइकल समाते पनि प्रहरीले चालक भने एक जनालाई पनि नियन्त्रणमा लिन सकेको छैन । मोटरसाइकल समाते पछि  चालकहरु भने कागजपत्र लिन जाने बहानामा उम्किने गरेका छन् । कागज पत्रको बहानामा चालकलाई उम्किन नदिन चोरीको बाइक सगै अब चालकलाई पनि समातेर अनुषन्धान गर्ने प्रहरीले जनाएको छ ।

Read More......

हामी पनि के कम !

0 comments

मुस्ताङका  जनहित उच्च माध्यामिक बिद्यालय, जोमसोमका  कक्षा ६ का बिद्यार्थी हरु ल्यावटपबाट आफ्नो पाढ्यपुस्तक अध्ययन गदै । फोटो: चन्द्रश्वर बस्ताकोटी

Read More......

मुस्ताङ जिल्ला परिषदको तयारी तिब्र

0 comments

चन्द्रश्वर बस्ताकोटी
 फागुन १६ मुस्ताङ।जिल्ला बिकास समिति मुस्ताङको जिल्ला परिषद आगामी फाल्गुन २७ गते हुने भएको छ ।  परिषद तयारीको लागि जिल्लाबिकास समिति मुस्ताङले आ¥ना कार्यहरुलाई तिब्र पारेको छ । एमसिपिएम तथा परफरमेन्स का आधारमा नेपाल सरकारले जिल्ला बिकास समिति लाई दिने अनुदान कटौती हुने हुदा फाल्गुण मसान्त सम्म परिषद गरिसक्नु पर्ने स्थानिय बिकास अधिकारी श्याम राज अधिकारीले बताउनु भयो । हिमाली क्षेत्र भएको हुदा  जाडोले परिषद गत बर्षहरुमा भन्दा केहि अगाडी भएको महशुस जनतालाई हुन सक्छ, एम सिपिएमका लागि र राम्रो परफरमेन्सका लागि पनि समयमै परिषद गर्नु पर्ने हाम्रो बाध्यता पनि हो, स्थानिय बिकास अधिकारी श्यामराज अधिकारी बताउनु भयो ।

गाबिस परिषद सम्पन्न भै इलाका स्तरका योजना तजुमा समेत सम्पन्न भै सकेका छन । इलाका स्तरबाट आएका सुझाब  र योजनाहरुलाई बिषयगत समितिमा छलफल गर्ने र १९ गते एकिकृत योजना तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम रहेको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सभाषद समेत परिषदका सदस्य भएकाले उहाहरुसग योजना, र जिल्लाका समस्याका बारेमा कुराकानी भैरहेको अधिकारीले बताउनु भयो  । बिषयगत समितिको बैठक १९ गते सक्ने र २७ गते परिषद सम्पन्न गरि २८ गते परिषदका निर्णयहरु सावजनीक गरिने बताइएको छ । स्थानिय बिकास अधिकारी श्यामराज अधिकारीले हिमाली जिल्लाका सबै जनताका लागि समान दृष्टीकोणबाट नियम परिधि भित्र रहि कार्य गर्ने  बताउनु भयो ।

यसभन्दा अगाडिका स्थानिय बिकास अधिकारी मणिकुमार ज्ञवालीले जिल्लामा ब्यापक भ्रष्टाचार गरेको बिभिन्न पत्र पत्रिका, टेलिभिजनबाट समेत सार्बजनिक भएर पनि उहाले त्यसको खण्डन गर्न सक्नु भएन । उहालाई नेपाल सरकार को स्थानिय बिकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले कावाही मात्र नभई आवश्यक जानकारी समेत लिन खोजेनन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लाबिकास समिति मुस्ताङका तत्कालीन स्थानिय बिकास अधिकारी ज्ञवालीले भ्रष्टाचार गरेको टुलुटुलु हेरेर बस्न बाध्य भएको सचारकर्मीहरुलाई बताउनु भएको थियो । उहा मुस्ताङको स्थानिय बिकास अधिकारी भएपछि भैरहवाको रुद्र पथमा पाचतलेमहल खडागर्नु भएको छ । उहाहाल कचंनपुरको स्थानिय बिकास अधिकारी हुनु हुन्छ ।

हालका स्थानिय बिकास अधिकारी श्यामराज अधिकारी करिब २ महिना अगाडीमात्र मुस्ताङ आई आफ्नो कार्यभार समाल्नु भएको हो ।

Read More......

Sunday, February 27, 2011

ढाका बुन्दै गोरखाका मगर महिला

0 comments

 तानमा ढाका बुन्दै नेपाल महिला मगर संघका सदस्यहरु । संघको आम्दानी र सीपको विकासका लागि मगरसंघको आफ्नै घरमा ढाका बुन्ने काम शुरु भएको छ । फोटो:  राजेन्द्र न्यौपाने 



Read More......

किसानहरुको लागी अति राम्रो हावापानी र माटो भएको नुवाकोट जिल्ला

0 comments

कूल तामाङ्
 फागुन १५  नुवाकोट ।  नुवाकोट जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख राजाराम अधिकारीले नुवाकोट किसानहरुको लागी अति राम्रो हावापानी र माटो भएको बताउनुभएको छ ।

नुवाकोट एफएमसंग कुरा गर्दै प्रमुख अधिकारीले नुवाकोटमा अहिले भईरहेका खेतीका अलाबा अरु खेतीको पनि राम्रो संभावना रहेको बताउनुभयो ।

उहाले मदानपुर, ककनी, बेलकोट लगायतका गाविसहरुमा कुरिलो खेती गर्न सुहाउने खालका जग्गा भएको बताउनुभयो । कुरिलो प्रतिकिलो दूई तीन सय रुपैयामा विक्री हुने जानकारी दिदै राजधानीसंग नजिक भएकोले पनि किसानले यसमा ध्यान दिन आग्रह गर्नुभयो । पुष्प खेती, मौरी पालन, च्याउखेती, कागतीको पनि जिल्लामा व्यवसायिक खेती नभएकोले यसमा ध्यान दिने किसानले मनग्गे आम्दानी लिन सक्ने उहाको भनाई छ ।

अहिले जिल्लाका १९ वटा गाविसमा कफि खेती सुरु भएको जानकारी दिनै जिल्ला कृषि विकास कार्यालयका प्रमुख अधिकारीले किसानले मेहनत गर्ने हो भने हामी आबश्यक प्राविधक सल्लाह दिन सदैव तयार रहेको बताउनुभयो ।




Read More......

अन्तर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी विदुरनगरपालिकालाई तीन स्वार्ण सहित ६ पदक

0 comments

  फागुन १५ चितवन। चितवनको रत्ननगरमा सम्पन्न अन्तर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी विदुरनगरपालिकाले तीन स्वार्ण सहित ६ पदक जितेको छ ।

रत्ननगरको टाडीमा हुन लागेको प्रतियोगितामा ३९ किलो तौल समुहमा विरगन्जलाई पराजित गर्दै अनिल गुरुङले स्वर्ण पदक जित्नुभएको छ । विरगन्जलाई नै पराजित गर्दै २५ किलो तौल समुहमा तिलक तामाङ स्वर्ण र ४० किलो तौल समुहमा आयोजक रन्तनगर नगरपालिकालाई पराजित गर्दै शर्मिला श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ ।

५९ किलो तौल समुहका विरबल तामाङले रजत पदक जित्नु भएको छ भने श्रीराम श्रेष्ठ र अनुमाया तामाङले कास्य पदक जित्नु भएको छ ।

Read More......

एक परिवारमा चार जना सदस्यहरु शरिरीक अपाङ्ग

0 comments


कूल तामाङ्
 फागुन १५ नुवाकोट। नुवाकोटको तारुका गाविसमा एक परिवारमा चार जना सदस्यहरु शरिरीक अपाङ्ग रहेका छन् ।

तारुका–१, तारुकाघाटका पूर्णमान श्रेष्ठका पाच सन्तान मध्ये चार सन्तान अपाङ्ग भए पछि उनीहरुको हेरचाह गर्न परिवारलाई समस्या भएको छ ।

पूर्णमानका चार सन्तान मध्य जेठी ज्ञानु मात्र सवलाङ्ग छिन् । दुई छोरा र दुई छोरी भने बोल्न र हिड्न नसक्ने अपाङ्ग छन् । शारिरीक अपाङ्ग भए पनि मानसिक रुपमा उनीहरु अरुले भनेको बुझ्ने र आफ्नो धारण पनि व्यक्त गर्न सक्ने अबस्थामा भएको पूर्णमानले बताउनुभयो ।

अपाङ्ग चार सन्तानमा माइली छोरी २८ बर्षिय टिकामाया, कान्छी छोरी २२ बर्षिय कष्णमाया, जेठा छोरा २६ बर्षिय घनश्याम र कान्छा छोरा १८ बर्षिय इन्द्रमान रहेका छन् ।साना खुट्टा र घुडा जोडिन भएकोले उनीहरु हिडन् सक्दैनन् । 

जन्मिदा राम्रो अबस्थमा जन्मिएका भए पनि हुर्कने क्रममा आफ्नो सन्तानहरुमा शारिरीक अपाङ्गता देखिदै गएको आमा सावर्नीमायाले बताउनुभयो । आर्थिक अभावले गर्दा सानोमा उपचारको लागी स्थानीय स्वास्थ्य सस्ंथाबाहेक अन्यत्र लैजान नसकेको उहाले बताउनभुयो ।

ज्याला मजदुरी र जेठी छोरीको घरजग्गा कमाएर परिवार पाल्दै आएका पूर्णमानले एक बर्षदेखि भने अपाङ्ग भत्ता पाउन थालेपछि राहत मिलेको बताउनुभयो । खाना खान देखि शौचालय जान समेत अरुको सहारा चाहिने सन्तानहरु घरमा आमाबाबु नहुदा समयमा खाना खान र दिशापिसावका लागी शौचालय जान समेत नपाउन अबस्था रहेको छ ।

शारिरिक असक्त यी चार जनाले एक बर्ष देखि सरकारले दिने  मासिक दुई हजार रुपैया भत्ता बाहेक कतैबाट केही सहयोग नपाएको अभिभावकको गुनासो रहेको छ ।

Read More......

झलनाथ नेतृत्वको वर्तमान सरकार ढल्छ: उपेन्द्र यादव

0 comments

 फागुन १५ बुटवल । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले माओवादीबीचको असमझदारी अन्त्य नहुँदासम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले एकदुई मन्त्रालय दिने र सरकारमा सहभागी बनाउने सर्तमा मात्र आफूहरु सरकारमा नजाने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो ’दुई दलले शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउने, समयमै संविधान निर्माण गर्ने र सङ्घीय लोकतन्त्रलाई संस्थागत गर्ने विश्वसनीय आधार तयार गर्नुपर्छ ।’

गृहमन्त्रालयका लागि माओवादी र एमाले एकआपसमा लड्दा झलनाथ नेतृत्वको वर्तमान सरकार तुहिने सम्भावना बढेकोसमेत उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले संविधान नबन्दासम्म संविधानसभाको समय नसकिने भन्ने सर्वोच्चको आदेश चित्तबुझ्दो नभएको भन्दै भन्नुभयो(’संविधान बनाउने कुरो न्यायिक नभएर राजनीतिक हो, राजनीतिक मामिलामा सर्वोच्चले अनावश्यक हस्तक्षेप गर्नु उचित हुँदैन ।’ रासस

Read More......

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

0 comments

न्युयोर्कस्थित बंगलदेश मिसनले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर फेव्रुअरी २१ तारिख एक कार्यक्रम सम्पन्न गर्यो ।

उक्त अवसरमा बंगलादेश, नेपाल र श्रीलंकाका संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिहरु क्रमशः एच इ मोहिन, ज्ञानचन्द्र आचार्य र पलिथा कोहनाले आ(आफ्नो देशकातर्फबाट सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो भने भारतकातर्फबाट संयुक्त राष्ट्रसंघका लागि प्रथम सचिव विजय कुमार र युनेस्कोका निर्देशक फिलिपले पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवसका बारेमा बोल्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा श्रीलंका, भारत, नेपाल, बंगलादेश तथा फिलिपिन्सका कवि तथा गायकहरुले समेत आ(आफ्ना कविता तथा गीत(संगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नीलम कार्की निहारिका र मणि बाग्देलले पनि नेपालको तर्फबाट सहभागीता जनाउँदै आ(आफ्नो कविता वाचन गर्नुभएको थियो ।
नेपाली पोष्ट प्रतिनिधि 

Read More......

आन्तरिक पर्यटन

0 comments

आन्तरिक पर्यटन प्रब्रदन गर्ने उदेश्यले  मुस्तांगको जोमसोम देखि म्याग्दीको तातोपानी सम्म  गरिएको मोटर साइकल रैल्ली  फोटो: चन्द्रश्वर बस्ताकोटी  

Read More......

अन्जुलले गरे कृष्णविक्रम थापा सगींत विकास कोषको स्थापना

0 comments


एसवी गौतम 
फागुन १५ सिन्धुली। विश्वसामु रहेका नेपालीमाझ सिन्धुलीलाई चिनाउन सफल लोकगायक कृष्ण विक्रम थापाको नाममा साहित्यकार अन्जुलले कृष्ण विक्रम थापा  सगींत विकास कोषको स्थापना गर्नु भएको छ । लोक सगींतको माध्यमवाट ऐतिहासिक सिन्धुलीगढी दरवार र सिन्धुली जिल्लालाई चिनाउन सफल लोक गायक थापाको सम्मान कतैवाट पनि नभैरहेको अवस्थामा साहित्यकार अन्जुलले यो पहल गर्नु भएको हो ।

जनज्योती उमावी फोस्रेटारले विद्यालयको ४० औ वार्षिक उत्सव एवं अभिभावक दिवसमा आफुलाई सम्मान स्वरुप प्रदान गरेको ५०,००० रुपैया उहाँले आफ्नो व्यक्तिगत जीवनमा खर्च नगरी यस्तो लोकपकारी कार्यमा लगाउनुभएको हो ।

अक्षयकोषवाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष जिल्लामा गायन प्रतियोगिता गरी उत्कृष्ठ तीनजनालाई कृष्णविक्रम थापा गायन पुरस्कार प्रदान गरिनेछ । कोषको समृद्धिसगै गायन कार्यक्रमलाई उनै लोकगायकको जीवनको सपना अनुसार पछि लोकभाषाभाषीलाई समेटेर फुलवारी कार्यक्रममा रुपान्तरीत गरी राष्ट्रिय
रुपदिने कृष्णविक्रम थापा सगींत विकास कोष तदर्थ समितीको अध्यक्ष अम्विका
शर्माले वताउनुभयो ।

 कोषले जिल्लाका सवै सगिंतकार,गीतकार,गायक,नृत्यकलाकार सवैलाई एकै ठाउँमा गोलवद्ध गरी सागिंतीक
विकासमा अग्रसर गराउन अनुकुल वातावरणको सृजना गर्नेछ र यो सवै सृष्टाहरुको पवित्र साझा चौतारी वन्नेछ कोषका सस्थापक अन्जुलले भन्नुभयो ।

कृष्ण विक्रम थापा सगींत विकास कोषले सिन्धुुली वाङ्मय प्रतिष्ठानमा दर्ता भई आफ्नो कार्य सुचारु गरिसकेको छ ।

Read More......

लोडसेडिङको मौकामा मझुवा गाविसमा चोरी भयो विजुलीको तार

0 comments

एसवी गौतम
फागुन १५ सिन्धुली। सिन्धुलीको मझुवा गाविसमा विजुलीको कालोतार चोरी भएको छ । लोडसेडिङ्को समयमा मझुवा गाविसको वडा नम्वर १ वाट ६सम्म टाङिएको करिव ६०० मिटर कालोतार चोरी भएको हो ।

लगातार अस्ति र हिजो लाईन आएन र किन आएन भनेर वुझ्दै जादा तारनै हराएको स्थानिय वासी शिवजी भुजेलले वताउनु भयो ।  भौगोलीक विकटता हुदै टाङिएको तारको कुल लागत करिव एक लाख रुपैया रहेको अनुमान गरिएको छ ।

कसले किन र के प्रयोजनका लागी विजुलीको तार चोरेको हो थाहा नभएको स्थानियवासीहरु वताउछन् ।

Read More......

साँफेवगर महोत्सवको तयारी

0 comments


 फागुन १५  काठमाडौं।  नेपाल पर्यटन बर्ष २०११ को प्रचार प्रसार, स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवं औद्योगीक वस्तुहरुको व्यापार प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले साँफेवगर महोत्सव हुने भएको छ ।

स्थानीय उत्पादन, सँस्कृतिक र पर्यटन प्रवद्र्धनको लागि साँफेवगर महोत्सव भन्ने मूल नारा लिई गर्न लागेको महोत्सव फाल्गुन २१ देखि २५ गते सम्म साँफेवगर अछाममा हुनेछ ।

उक्त महोत्सवमा लोपोन्मुख हुनलागेको राउटेजातीलाई प्रतक्षरुपमा देखाउने , स्थानीय उत्पादन, सुदुरपश्चिमाञ्चलका ऐतिहासिक, धार्मिक, प्राकृतिक, तथा जैविक महत्वका पर्यटकीय सम्पदाहरुको पहिचान, स्थानीय लोक संस्कृतिक लगाएतका अन्य थुप्रै आकर्षण वस्तुहुने महोत्सवका संयोजक सिलोज कुँवरले बताउनुभयो ।

महोत्सवमा करिव १ लाख ५० हजार देखि २ लाख सम्मले अवलोकन गर्ने अनुमान छ , त्यस्तै महोत्सवमा १ सय देखि १५० सम्म प्रदर्शनी कक्ष रहनेछ । महोत्सव सम्पन्न गर्नको लागि करिव २० लाख लाग्ने अनुमान आयोजकको छ ।

Read More......

Saturday, February 26, 2011

आगलागीबाट १३ घर नष्ट

0 comments

रविन भट्टराई
 फागुन १४  ताप्लेजुङ। ताप्लेजुङको लिङ्खिम गाविस वाडा न ९ सिवा बजारमा आज दिउँसो आगलागी हुँदा १३ घर जलेर नस्ट भएका छन् । दिउँसो करीव १ः४५ बजे टेकबहादुर सेम्बुको घरबाट सल्कीएको आगो हावा हुरी चलेको कारण केहि छिनमानै सम्पुण घरमा सल्किएको थियो । 

आग्लालिबाट उक्त स्थानमा रहेको सुक बहादुर लिम्बु, हेमकुमार लिम्बु, दलबहादुर लिम्बु, टेक बहादुर सेम्बु, बलबहादुर ईजम, सुकबहादुर लिम्बु, पुर्ण बहादुर काङ्बाङ्ग, मिना खबास, जुना तामाङ, सावित्रा लिम्बु, मान विर तामाङ, अनुज लिम्बु र नाम खुल्न नसकेका अन्तरे भन्नेको घर र घरमा भएका सम्पुर्ण सामान जलेस पुर्ण रुपमा नस्ट भएका छन् ।

अहिले सो स्थानमा आग्लागी भईरहेको र आगो नियन्त्रणका लागि स्थानियबासि र सिवामा रहेको अस्थायी प्रहरी चौकीका प्रहरी जवान खटिरहेका छन् । हावा हुरी चलेको कारण आगो नियन्त्रणमा लिन सकिरहेको छैन ।

Read More......

लिबियामा अलपत्र ६२ नेपालीको उद्धार

0 comments


 फागुन  १४ काठमाडौँ। लिबियामा जारी आन्दोलनका कारण अलपत्र परेका नेपालीमध्ये केही शनिबार अपराह्न स्वदेश फर्केका छन् ।
वैदेशिक रोजगार व्यवसायी सङ्घ र सरकारको सहयोगमा आज ६२ जना नेपाली स्वदेश फर्केको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले बताउनुभयो ।
प्रवक्ता घिमिरेका अनुसार लिबियाबाट उद्धार गरी इजिप्टको वेस्टर्न डेजर्ट पु¥याइएका ५६२ नेपालीमध्ये ६२ जनालाई इजिप्टकै अलेक्जेन्ड्रियाबाट संयुक्त अरब इमिरेट्स् हुँदै एयर अरेबियाको विमानबाट यहाँ ल्याइएको हो ।
उद्धार गरिएका अन्य नेपालीलाई पनि क्रमशः स्वदेश फर्काइने बताइएको छ । रासस

Read More......

टप्स र फिस्टेल फाईनलमा प्रबेश

0 comments

गोकुल बानियाँ
 फागुन १४  पोखरा। पोखराको टप्स उच्च मावि र फिस्टेल उच्च माबि पोखरामा संचालन भईरहेको कास्की जिल्लाब्यापी विद्यालय स्तरिय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् ।  पोखरा रंङगशालामा आज भएको पहिलो सेमिफाईनल खेलमा टप्स उच्च माबिले सोसियल पब्लिक बोर्डिङ स्कुललाई शुन्यको बिरुद्ध एक तर्फी ५ गोलको फराकिलो गोल अन्तरले पराजीत गर्दै फाईनलमा प्रबेश गरेको हो । 

यस्तै, आज सम्पन्न दोश्रो सेमिफाईनल खेलमा कविता केसीको निर्णायक एक गोलको मद्धतले फिस्टेल उच्च माबिले शान्ति निकुन्ज बोर्डिङ स्कुललाई शुन्यको बिरुद्ध एक गोल अन्तरले हराउदै फाईनलको यात्रा तय गरेको हो ।  

फागुन १६ गते सोमबार प्रतियोगिताको उपाधि सहित नगद २५ हजार पुरस्कारको लागि  टप्स र फिस्टेल उच्च माबि बिच प्रतिष्पर्धा हुने आयोजक कास्की जिल्ला महिला फुटबल संघकी अध्यक्ष भक्ति गुरुङले बताउनु भयो । फागुन ९ गते देखि संचालन भएको प्रतियोगितामा ७ वटा बिद्यालयहरुले सहभागि जनाएका थिए ।

Read More......

मन्त्रीपरिषद चाँडै विस्तार गर्ने प्रधानमन्त्रीको भनाई

0 comments

 फागुन १४ काठमाडौं प्रधानमन्त्री झलनाथ खनालले मन्त्रिमण्डल  विस्तारलाई चाँडै पूर्णता दिइने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री खनालले  सरकार विस्तारलाई पूर्णता दिन सम्बद्ध दलहरुसँग गम्भीर छलफल भइरहेकाले चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री खनालले आफ्नो नेतृत्वको सरकारको मुख्य दायित्व शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याएर लोकतान्त्रिक संविधान लेख्नु हो भन्नुभयो । उहाँले शान्तिप्रक्रियालाई कसरी चाँडै पूर्णता दिने भन्नेबारेमा छिट्टैै तालिका सार्वजनिक गरिने र संविधान लेखनलाई गति दिन सुल्झन बाँकी विवादलाई छलफलद्वारा यही फागुन मसान्तसम्म टुङ्गो लगाइने बताउनुभयो ।

Read More......

अदुवा बिक्री नहुँदा किसान मर्कामा

0 comments

   फागुन १४ गोरखा । बोर्लाङ गाउँ विकास समितिमा रहेको भीमकुल बचत तथा ऋण सहकारी संस्थाले गरेको अदुवा खेती विक्रीमा समस्या भएको छ । गत वर्ष सहकारीबाट सस्तो व्याजमा ऋण लिएर अदुवा खेती गरेका किसानहरु अहिले ३० रुपैंया किलो अदुवा बेच्नुपर्दा मर्कामा परेका छन् ।

 गाउँमा झण्डै ५० टन अदुवा रहेपनि हाल ४ टन मात्र विक्री भएको वचतका बुद्धि श्रेष्ठले बताउनुभयो । कालिकाटी फलफूल तथा तरकारी विक्री केन्द्रका ठेकेदाहरुले प्रतिकेजी ३८ मा लिने बताएपनि बजारमा पु¥याएपछि प्रतिकेजी ३२ मात्र दिएको उहाँले जानकारी दिनुभयो ।

किसानहरुका बालीको बजार सुनिश्चित नहुँदा कृषि प्रदान देशका किसानहरु खेती गरेर पनि निरास हुनुपर्ने स्थिती रहेको छ । राज्य उदासिन हुँदा किसानहरु निरन्तर मर्कामा पर्दै आएका छन् ।

Read More......

झलनाथ गुटको शोकमा केपी गुटको भोज

0 comments



राजेन्द्र न्यौपाने
 फागुन १४ गोरखा । अखिल नेपाल किसान महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालका पिता श्रीनाथकोट गाउँ विकास समिति ने.क.पा. एमालेका गा.वि.स.सेक्रेटरी सुरेन्द्र ढकालको निधन भएको ४५ औं दिनको अवसर पारेर ने.क.पा. एमाले गोरखाले शुक्रबार विशेष भोजको आयोजना सम्पन्न गरेको युवा संघका एक सदस्यले जानकारी दिनुभयो ।
    
 मन्दिरबाट बोकाको टाउको ल्याई पार्टी कार्यलयमा आसपास रहेका होटलहरुमा विषेश भोजको गरिएको एमाले नेताहरुले जानकारी दिएका छन् ।
     
केही दिन अघि एक युवा नेतालाई प्रहरी लगाएर गिरफ्तारी गरिएको घटना सेलाउन नपाउँदै एमाले युवासँघका संयोजक कृष्ण काप्रीको नेतृत्वमा पार्टी कार्यकर्ताको निधन भएको ४५ दिन पुगेको दिनमा पार्टीको आयोजनामा मनोरञ्जन पूर्ण भोज गरिएको हो ।

गाउँ गाउँबाट केपी ओली गुटका कार्यकर्ताहरु ल्याएर भोजसँगै गोप्य प्रशिक्षण समेत दिइएको एमाले पार्टी कार्यलय स्रोतले जानकारी दिएको छ । भोजमा पार्टी अध्यक्ष सहित कालिका पाण्डे, सुवास अधिकारी, शिव श्रेष्ठ लगायतका जिल्ला नेताहरु सामेल रहेको स्रोतको दावी छ ।

Read More......

दलित र गरिबको विरुद्धमा लाग्न काँग्रेस नेताको व्हीप

0 comments

गोरखा सम्वाददाता
 फागुन  १४ गोरखा  । नेपाली काँग्रेसका सभासद जीवनप्रेम श्रेष्ठले नेपाली काँग्रेस ठगाीखाने बर्गको पार्टी भएकोले दलित र गरिवका विरुद्ध लाग्नु पर्ने बताउनुभएको छ ।

गोरखा जिल्लामा फागुन १० गते महेन्द्र्रज्योति उच्च मा.वि. स्वर्णमहोत्वस उद्घाटन गरेर जिल्लाको बक्राङ गाउँ विकास समितिको कुसुण्डे गाउँमा भएको जाँडपाटीमा उहाँले सो कुरा बताउनुभएको हो ।

काँग्रेससँग धेरै पैसा भएको कारण यो पार्टीमा गरिवहरुको कुनै स्थान नरहेको उहाँले बताएको कुसुण्डेबाट टेक बहादुर थापाले जानकारी दिनुभयो । काँग्रेसका नेताले गाउँमा आएर यति अपशब्द पनि बोल्दा रै छन मैले पहिलो पटक सुने साच्चै काँग्रेस गरिवको पार्टी रहेनछ उहाँले भन्नुभयो ।

मनकामना जोड्ने मोटरबाटो आफ्नो बारीलाई केन्द्रविन्दु बनाएर लगे राज्यकोषको पैसा पार्न सहयोग गर्ने आश्वासन दिँदै उहाँले गाउँमा रहेका दलित र गरिवहरुलाई पैसा दिएर आफ्नो बनाउन आग्रह गर्नुभयो ।

 १३÷१४ वर्ष सम्म कमाएको धनसम्पती नेपाली काँग्रेससँग धेरै छ हामी भोकानाङ्गाहरुलाई केही समयका लागि किनेर प्रयोग गर्नसक्छौं भन्दै उहाँले आवश्यक पर्दा आफुले सहयोग गर्ने बताएको धु्रव पन्तले जानकारी दिनुयभो ।

गरिवहरुका बस्ती र किसानहरुका बस्तीमा बाटो पु¥याउनु राम्रो हुँदै भन्दै उहाँले जंगलबाट बाटो लैंजादा राम्रो हुने धारणा राख्नुभयो । जंगल जति सखाप भयो हामीलाई उत्ती नै फाइदा हुन्छ भन्दै कसैले जंगल बचाउने कुरा गरे सकेको कारवाही गर्न उहाँले निर्देशन समेत दिनुभएको स्थानीयले बताएकाछन् । झण्डै एकदर्जन कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उहाँले अपराधीक क्रियाकलापका लागि नेपाली काँग्रेसले बक्राङमा लगानी गर्न चाहेको र त्यो आफैले गर्ने बताएको उनका सक्रिय कार्यकर्ताले जानकारी दिएका छन् ।

 नेताको आदेश मानेर काम गर्दा आफ्नै जीवन धराप परेको भन्दै नेताको कुकामको निर्देशनका बारेमा मिडियमा प्रचार गर्नुपर्ने सो स्थानका स्थानीयहरुले बताएका छन् ।  काँग्रेसको तर्फबाट सभासद समेत रहेका नेता श्रेष्ठको नेतृत्वमा केही समय अघि गाउँका १२ घरहरु ध्वस्त पारिएको थियो भने ओछ्यानमा सुतिरहेका सयौं मानिसहरुलाई खुकुरी हानिएको थियो ।

दोषिलाई प्रहरीले पक्राउ गरेपनि श्रेष्ठले आफ्ना इमान्दार कार्यकर्ताहरुलाई छोड्न भन्दे प्रहरीमा दवाव दिएका थिए । नेपाली काँग्रेसको अपराधीक चरित्रका कारण शान्ति प्रक्रियामा बाधा पुगिरहेको बेला सभासदको क्रियाकलापले नेपाली काँग्रेस देश र जनताका विरुद्ध र शान्ति र संविधानका विरुद्ध रहेको प्रमाणित भएको छ   ।

Read More......

दुईसाता अघि अपहरणमा परेका शुर्दशन फूयाल नुवाकोटवाट मुक्त

0 comments


कूल तामाङ्
फागुन १४ नुवाकोट।  गत फागुन २ मा राजधानीको सितापाईला वाट अपहरित काठमाडौ सानोभ¥याङ का ३८ वर्षिय शुर्दशन फूयाल विहिवार राती धादिङ नुवाकोट सिमानामा रहेको किम्ताङ गाविसको किम्ताङ फेदीवाट मुक्त हुनुभएको हो । यातायात व्यवसायी फूयालले लेनदेनको विषयमा आफ्नै सहयोगी मातातिर्थ निवासी रामशरण केसीवाट अपहरण भएको वताउनुभयो । दुई तिन वर्ष देखी लेनदेनको विषयमा केसी संग अदालतमा मुद्धा समत चलिरहेको र केसीले अदालतवाट मुद्धा हार्दै आएपछि रकम अशुल्न अपहरण गरेको दावी फूयालले गरेका छन्  ।

फागुन १२ गते विहिवार अपहरणमुक्त भएका फूयाल माओवादी कार्यकर्ताहरुको सहयोगमा शनिवार विदुर आइपुग्नुभएको हो ।  दुईसाता देखी अज्ञात समूहको वन्धक वनेका फूयाललाई माओवादीले उद्धार गरेको दावी गर्दै विदुर स्थित माओवादी पार्टी कार्यालयमा संचारकर्मी विच सार्वजनिक गरेको थियो । माओवादीले संचारकर्मी विच सार्वजनिक गरेका फूयाललाई प्रहरी समक्ष वुझाउने जानकारी दिएको छ ।

अपहरणकारीले हनुमानढोकामा गरेको कागज अनुसार १३ लाख रुपैया दिन वन्धक वनाएको समयमा पटक पटक माग गरेको फूयालले वताउनुभयो । जर्वरजस्ती हनुमानढोका स्थित प्रहरीमा जर्वरजस्ती गराईएको कागज अदालतले वदरगरेपछि फूयालले भने रकम नतिर्ने वताउदै आउनुभएको छ ।   

Read More......

जनप्रेमी युवा क्लव प्रथम

0 comments

राजेन्द्र न्यौपाने
 फागुन १४ गोरखा । माओवादीले जनयुद्ध शुरु गरेको १६ वर्ष पुगेको अवसरमा आज दील बहादुर रम्तेलको शहादत भएको दिन उहाँकै गाउँमा आयोजित भलिबल प्रतियोगितामा जनप्रेमी युवा क्लव प्रथम भएको छ ।

 कुल पाँच टिम सहभागि उक्त खेलमा जनसेवा युवा क्लव तान्द्राङ द्धितिय, शान्ति उच्च मा.वि.वगुवा तृतीय भएका छन् । यसै गरी विन्द्रावती उच्च मा.वि. मसेल र साहारा युवा क्लव देउराली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

 प्रथम सहित दील बहादुर रम्तेलका बुवा सेते रम्तेलको अध्यक्षतमा भएको उक्त खेलको आयोजना गणतान्त्रीक खेलकुद महासंघ गोरखा र जनप्रेमी युवा क्लव पन्द्रुङले गरेको थियो ।

 कार्यक्रममा विजयी टिमलाई एकीकृत नेकपा माओवादीका इलाका सेक्रेटरी एवं कार्यक्रमका प्रमुख अतिथि विनोद पाण्डेको हातबाट प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

 विद्यार्थी नेतृ आशा तमु, गणतान्त्रीक महासंघका अशोक तामाङ,सहकारीका खिलाप्रसाद पनेरु लगायतले खेलकुदका बारेमा मन्तव्य राख्नुभएको थियो ।

Read More......

गुरुङ जागरण अभियान

0 comments

राजेन्द्र न्यौपाने
  फागुन १४ गोरखा,। गोरखा जिल्लाका गुरुङ समुदायहरू जागरण अभियान लिएर उत्तरी गोरखातर्फ लागेका छन् ।

उत्तरी गोरखा तमु समाज (फुङ) को आयोजनामा समाजका अध्यक्ष वीर बहादुर तमुको नेतृत्वमा टोली उत्तर प्रस्तान गरेको हो ।उत्तरी गोरखाका १६ गाउँ विकास समितिमा गुरुङ जातिहरूको बसोबास रहेको छ ।

 ती गाउँ विकास समितिहरूमा भेला तथा सभा गरी गुरुङ समुदायको कला संस्कृति संरक्षणमा जागरण गराउने र संगठिन गर्न दबाब अभियान सुरू गरेको समाजका अध्यक्ष तमुले बताउनुभयो ।

आज दबाब अभियान सौरपानी गाउँ विकास समितिको बर्दीडाँडामा पुगेको छ ।

सो ठाउँमा भइरहेको भेलामा झाँक्रीगाउँ, भण्डारीगाउँ, सिङ्लाचे र जौवारी गाउाँ गुरुङ समुदायहरु सहभागि भएका छन् । आज टोली त्यहाँबाट गुम्दा तर्फ लाग्ने टोलीमा सहभागि राज गुरुङले जानकारी दिनुभयो ।

उत्तरी गोरखामा गुरुङ समुदायको बसोबास रहेपनि घले जाति छुट्टै जाति हुन भनेर गलत प्रचार हुन थालेपनि गृुरुङ समुदायको अभियान सञ्चालन गरेका हुन् ।

गुरुङ जाति भित्र लामा, लामिछाने, घले, गोदाने गरि चार थर हुने गर्दछ ।

Read More......

सहमतिको प्रयास जारी छ: नारायण काजी श्रेष्ठ

0 comments

राजेन्द्र न्यौपाने
 फागुन १४ गोरखा । एकीकृत ने.क.पा.(माओवादी) का उपाध्यक्ष नारायण काजी श्रेष्ठ (प्रकाश)ले राष्ट्रिय राजनीतिमा सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । जिल्लाको महेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयका स्वर्ण महोत्सव कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उहाँले शान्ति र संविधानका विरुद्धमा केही दलहरू लागि परेकाले राष्ट्रिय सहमतिको सरकार निर्माणमा कठिनाई भएको बताउनुभयो ।

फागुन १४ गते अर्थात दुर्गम गाउँ पन्द्रुङ गाउँ विकास समिति ब्रम्हचारिणी निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत १४ वर्षिय बालक दील बहादुर रम्तेललाई गोली हानी हत्या गरिएको दिन पारी गरिएको उक्त कार्यक्रममा उहाँले शहीदको सपना पूरा नहुँदा सम्म निरन्तर संघर्ष गरिरहने बताउनुभयो ।

उहाँले आजै २०४१ सालदेखि निरन्तर कम्युनिष्ट राजनितिमा लागेर भर्खरै निधन भएका देउराली गाउँ विकास समिति स्थित रामप्रसाद कैनीको परिवारलाई समेत भेट गर्नुभएको छ ।

विद्यालयको कार्यक्रम सकेर उहाँ काठमाण्डौं हिड्नु भएको छ । कार्यक्रममा उहाँले विद्यालयको स्मारिका विमोचन गर्नुका साथै जग्गाादाता, चन्दादाता र विद्यालयकका शिक्षक शिक्षिकाहरूलाई अभिनन्दन समेत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवबाबु जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य लक्ष्मण बाबु आचार्यले विद्यालयको आयव्यय पढेर सुनाउनुभएको थियो । फागुन १० गतेदेखि सञ्चालन भएको स्वर्ण महोत्सवको उद्घाटन नेपाली काँग्रेसका नेता जीवनप्रेम श्रेष्ठले गर्नुभएको थियो ।

Read More......

Friday, February 25, 2011

विवाह भाँडिएपछि नेपाली सेनाका जवान वेहुलीको खोजीमा गाउँ-गाउँ पसे

0 comments

कूल तामाङ्
फागुन १३ नुवाकोट। दोस्रो विवाह गर्न जन्ती सहित बेहुलीको घर पुग्दा विवाह भाँडिएपछि गेर्खुका नेपाली सेनाका जवान वेहुलीको खोजीमा गाउँ गाउँ पसेका छन् । ढाँटेर दोस्रो विवाद गर्न जिलिङ गाविस वडा नं २ पुगेका गेर्खु गाविस वडा नं १ माझगेर्खुका नेपाली सेनाका जवान नारायण न्यौपानको विवाह भएको जानकारी पाएपछि केटी पक्षले त्यहाँबाट लखेटेको हो ।

तीन वर्षअघि फिकुरी गाविसकी सरस्वती अधिकारीसँग विवाह गरेका नेपाली सेनाको भवानी वक्सगणमा बुटवलमा कार्यरत न्यौपानेको श्रीमतीसंग सम्वन्ध नराम्रो भएपछि विहीवार उनी जन्तीसहित जिलिङ पुगेका थिए ।

पहिलो श्रीमति सरस्वती नै दोस्रो विवाह गर्न लागेको जग्गेमा पुगेर वास्तविकता खोलेपछिविवाह भाँडिएको थियो । वुटवल स्थित नेपाली सेनाको भवानी वक्स गणमा कार्यरतन्यौपानेको पहिलो सन्तानका रुपमा दुई वर्षिया एक छोरी समेत छिन् । एक ठाउँबाट भगाएपछि फेरि राति नै अर्को ठाउँमा विवाहको तयारी गरेको बताउँदै युवा माधव गजुरेलले उनीहरु जसरी पनि विवाह गरिछाड्ने भन्दै गाउँ पसेको बताउनुभयो ।

आफन्तका साथ सानो समूहमा दुलही लिन निस्केका न्यौपानेको विवाह भइसकेको पुष्टी पछि टोली राति नै जिलिङकै अर्को गाउँमा पुनः अर्को केटीसँग विवाहको तयारी गरेको थियो । त्यो विवाह पनि स्थानीय युवाहरुले भाँडिदिए पछि उनीहरु दोस्रो विवाह गरीछाड्ने भन्दै दुईपिपल, रातमाटे लगायतका गाउमा केटी खोज्दै हिँडेका छन् ।

सामाजिक मान्यता अनुसार विवाहमा साईतगरी दुलही लिन निस्कदा दुलही नलिई घर फर्कन नहुनेरीतीलाई अनुसरन गदै न्यौपाने परिवार गाउँ पसेको हो । न्यौपानेको श्रीमती सरस्वती भने सामाजीक न्याय माग्दै सदरमुकाम विदुरमा न्यायको खोजीमा हिड्नुभएको छ ।

Read More......

संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुँदै

0 comments

फागुन १३ काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुने भएको छ । सन् २०११-१२को एक बर्षे कार्यलका लागि नेपालका तर्फबाट कुलचन्द्र गौतम र कतारको तर्फबाट राष्ट्रसंघका लागि स्थाई प्रतिनिधिसमेत रहेका नासिर अब्दुलाजिजले उमेद्वारी दिएका छन् ।

राष्ट्रसंघका पूर्वउपमहासचिव समेत रहिसकेका गौतमले चुनावी मैदानमा भाग लिनुभएको छ । यसपटक महासभाको अध्यक्ष पद एसियाबाट चयन गर्न पालो भएकाले आज राष्ट्रसंघ महासभामा एसियाका ५३ राष्ट्रले गोप्य मतदान गर्नेछन् ।

एसियाली राष्ट्रहरुले निर्वाचित गरिसकेपछि राष्ट्रसंघका बाकी सदस्य राष्ट्रहरुले अनुमोदन गर्ने प्रावधान छ ।

Read More......

माओवादीले जाली तमसुक गरेर एमालेलाई फसाउन खोज्यो: केपी ओली

0 comments



फागुन १३ पर्सा । नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले सात बुँदे सहमतिको नाममा एमालेलाई जाली तमसुक गर्न लगाएको आरोप लगाउनु भएको छ । पर्साको वीरगन्जस्थित नेश्नल मेडिकल कलेजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो आरोप लगाउनु भएको हो।


सात बुँदेको नाममा माओवादीले देखाएको उदारता डरलाग्दो र षडयन्त्रपूर्ण भएको भन्दै ओलीले जाली तमसुक जस्तो गरी झुक्काएर सहमति गरेर माओवादीले लोकतन्त्रमा षडयन्त्र गरेको बताउनु भयो ।

कुर्सीको लागि माओवादीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै नेता ओलीले लोकतन्त्रको नाममा षड्यन्त्र भए कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । मोलतोलको राजनीति छोडेर बहुदलीय प्रतिस्पर्धामा आउन उहाँले माओवादीलाई सुझाव पनि दिनुभयो ।

जनसेना र हतियारको टुङ्गो नलागेसम्म माओवादीलाई गृह र रक्षा मन्त्रालय नदिने एमालेको बटमलाईन रहेको भन्दै उहाँले सात बुँदे सहमतिलाई एमालेले अनुमोदन गरिसकेकाले यस विषयमा बखेडा झिक्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।

दलहरुबीच विश्वास र सहकार्य आवश्यक रहेको बताउँदै अहिलेकै अवस्था कायम रहे बाँकी तीन महिनाको अवधिमा शान्ति र संविधानले पूर्णता पाउन नसक्ने ओलीको ठोकुवा छ।

Read More......

तेस्रो खैरेनीटार महोत्सव २०६७ आजबाट सुरु

0 comments

फागुन १३ तनहुँ । “आर्थिक सामाजिक खेलकुदको विकास र पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला सीप र सांस्कृतिक संरक्षण” भन्ने मूलनाराका साथ २२ गतेसम्म संचालन हुने तेस्रो खैरेनीटार महोत्सव २०६७ शुक्रबारबाट सुरु भएको छ ।

महोत्सवको पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले एक समारोहका विच उद्घाटन गर्नुभयो ।तनहुँ उद्योग वाणिज्य सङघ, खैरेनीटार बजार ईकाई समिति र खैरेनीटार गाविसको संयुक्त आयोजनामा सञ्चालन गरिएको महोत्सवको पहिलो दिन आज विभिन्न आदिवासी जनजातीका सस्कृती लाई दर्शाउने भेषभुषा नाच गान एवं झाँकीहरुका साथै तनहुँको मौलीक सस्कृती को रुपमा प्रचलित कौडा गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

यस्तै महोत्सवको अर्को आर्कषणको रुपमा आदिवासी जनजाती कुमाल समुदायको रहनसहन, रितिरिवाज एवं जीवनशैली झल्कने नमुना घर पनि रहेको छ । महोत्सवका क्रममा पर्यटकिय एवं सांस्कृतिक महत्व बोकेको दगाम गाँउ ,ढोरवाराही मन्दिर ,तिनखोले देवीको मन्दिर लगायतको भ्रमण तथा नेपालमै सबैभन्दा सुरक्षित मानिएको जलविहारका लागि आकर्षक प्याकेज को कार्यक्रम राखिएको छ ।

महोत्सवमा विभिन्न खाना, कृषि उत्पादन,अटो,सूचना केन्द्र, प्राथमिक उपचार ,विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री ,घरेलु तथा हस्तकला उत्पादन, सेवामूलक संस्थाका प्रदशनी कक्ष र अन्य गरि १ सय ३० स्टल रहेका छन।खैेरेनीटार ९ दोभान निवासी कृष्णबहादुर रेग्मीले बनाउनुभएको एउटा गोरुले जोत्नमिल्ने हलो पनि महोत्सवमा प्रर्दशनीमा राखिएको छ । हिजोदेखि सुरु भएको महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार हुने आयोजकको अनुमान रहेको छ ।

Read More......

सन्दर्भ शहीद सप्ताह र वलिदान दिवस

1 comments

अकुर तिमल्सिना (आयाम)
नेपाली जनताको पूर्ण मुक्तिको लागि संचचालन गरिएको महान् जनयुद्धले आफनो गौरवमय १५ वर्ष पार गरेर १६ वर्षमा प्रवेश गरेको छ । नेपाल आमाको हजारौ सर्वात्तम छोराछारीको त्याग विरता र वलिदानआज हामी यस स्थानमा आईपुगेका छौ ।

दासताको जीवन भन्दा आजादीको मृत्यु नै कैयौं गुणा श्रेयकर भन्दै मध्य युगिन वर्वरतायुक्त नेपाली सामन्ती केन्द्रीकृत सत्ताको विरुद्ध धावा वोल्ने क्रममा महान् जनयुद्धका प्रथम शहीद दिल व रम्तेल बाट प्रारम्भ भएको वलिदानको इतिहास आज सम्म आई पुगेको छ । आफु मरेर संसार वदल्ने प्रण गरेका योद्धाहरुको वलिदानको सम्मान हामीले फाल्गुण १४ जनयुद्धका प्रथम शहीद दिल व देखि नेपाली कम्युनिष्ट आन्दोलनको चर्चित घटना सुखानी हत्या काण्ड पाmल्गुण २१ को एक हप्तालाई शहीद शप्ताहको रुपमा मनाउदै आएका छौ



मुक्ति वा परिवर्तनको लागि क्रान्ति र क्रान्तिमा वलिदान यो अनिवार्य र अपरिहार्य शर्त हो । क. माओले भन्नु भएझै वन्दुकको वलमा अडेको राज्य सत्ताको ध्वास्त वन्दुकबाट मात्र संम्भव छ । एउटा वर्गको शासन व्यवस्था ध्वंस पारेर अर्काे वर्गको शासन व्यवस्था स्थापना हुन क्रान्ति आवश्यक हुन्छ र वलिदान पनि । आज हामी जुन श्रद्धाका साथ भनिरहेका छौ महान् मान्छेहरु ति हुन जसले मानव जातिको सर्वाेत्तम खुसी र मुक्ति प्राप्तिको खातिर आफ्नो भौतिक शरीरलाई संघर्षको वलिवेदीमा होम्छन् र महान व्यक्तिको रुपमा स्थापित हुन्छन । हो तिनै योद्धाहरु प्रति यस शहीद सप्ताहको अवसरमा हार्दिक श्रद्धासुुमन । तीनै अमर योद्धाहरु प्रति हार्दिक श्रद्धाञ्जली ।

क्रान्तिलाई स्थापित र विकसित गर्दै जाने क्रममा हाम्रो आदरीणय गुरु माक्र्स भन्ुनु भए झै जीवन मरोस तर मृत्यु नवाचोस भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै नेपाली जनताको पूर्ण मुक्तिको अभियानलाई आजको दिनसम्म सफलता पुर्वक ल्याउन ति महान् योद्धाहरुको वलिदानबाट सम्भव रहयो र दशकौ देखि नेपाली जनतनमाथि अन्यायपूर्ण ढंगबाट शासन गर्ने शासक वर्गको मुल जरो छेदन भयो समग्र शासन व्यवस्था नभएपनि । वास्तविक नेपाली जनताको चाहना वमोजिमको शासन व्यवस्था स्थापित भने भएको छैन ।

हजारौ शहीदका सपना पुरा भएको छैन । यो पूरा गर्ने दायित्व अव सचेत स्वाभिमानि नेपाली जनताको काधका आएको छ । त्सलार्इृ पूरा गर्नु नै आजको अवश्यकता हो । सबै प्रकारका भेदभाव र उत्पीडन नेपाली जनता मुक्त भएका छैन । हाम्रो अभियानको उद्येश्य पूरा भएको छैन । दासताको वन्दन केही खुकलो देखिएको होला तर फुस्कीएको छैन । भरिया र मजदुरहरुलाई चौतारीमा भारि विसाएर फुको चिउरा खान दिएको होला तर उसलाई श्रमको मूल्य र अधिकार दिएको छैन । हामी सबै ठाउमा अधिकारबाट वन्चीत नै छौ र हामी हाम्रो अभियानमा निरन्तर छौ । अमर योद्धाको रातो रगत सफत खाएर भन्छौ हाम्रो अभियान जारी छ । हाम्रो युद्ध जारी छ जवसम्म मान्छेले मान्छे भएर वान्ने वातावरणको सिर्जना हदून तवसम्म हाम्रो यात्रा जारी छ । हामी हार्दैनौ र थाक्दैनौ पनि हजारौ अग्रजहको वाटोमा छो ।

त्याग विरता र वलिदानबाट नेपाली जनताले गरेका श्रेष्ठता र विजयमाथि यतिवेला प्रतिक्रियाबादी यथास्थितीवादी शक्ति हरु आफ्नो जाल झेल र भ्रमपूर्ण शासन व्यवस्थालाई टिकाउनमात्र होईन इतिहासमा अफनो अस्थित्व रक्षाको लागि नेपाली जनताका विरुद्ध अनेक नाटकको प्रपञ्च रचिरहेको छ भने अर्काे तर्फ क्रान्तिकारी जनता र त्यसको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी ए ने क पा( माओवाद) जनतको संघिय गणतन्त्र स्थापना गर्ने दिशामा दृढतापूर्वक लागिरहेको छ ।

क्रान्तिकारी शक्ति र प्रतिक्रान्तिकारी शक्तिको यस भिषण संघर्षको चलिरहेको यतिवेला प्रतिक्रियावादीहरु भारतिय शासक वर्गको विस्तारवादी योजनामा उनको हस्तक्षेपलाई लागू गर्न दलाल गर्दै छन । स्वभिमानी भई वाच्न र आफनो स्वधिनताको रक्षाको लागि अव एकीकृत र संगठित भई त्यसको प्रतिरोध गर्नु पर्ने आवश्यकता छ । जनताको विद्रोह गर्न पाउने अधिकार सुनिस्चित गर्र्दै जनतको गणतन्त्र स्थापना गर्न अगि वद्नु नै मूल कुरा हो त्यसरी अघि वढनु नै शहीदहरुको वास्तवमा सम्मान हो र सम्मान हुने छ ।

र फेरी शहीद शप्ताह २०६७को अवसरमा महान् जनयुद्धका प्र्रथम शहीद दिल व . , महान् शहीद शुरेस वाग्ले लगायत वर्गिय मुक्तिको लागि चलेको महान् अभियानको क्रममा आफनो प्राण उत्सर्ग गर्नुहुने आदरणीय अग्रजहरु र हालसम्म पनि वेपत्ता रहनु भएका वेपत्ता योद्धाहरु प्रति प्रति भावपूर्ण श्रद्धाञ्जली । गहीरो स्मरण ।

Read More......

एस.एल.सी. तयारी तीब्र

0 comments


 फागुन १३ गोरखा । चैत्र १० गतेदेखि हुने एस.एल.सी. परीक्षाको लागि जिल्ला शिक्षा कार्यलय गोरखाले आफ्नो तयारी तीव्र पारेको छ । जिल्लामा उत्तर पुस्तिका आईसकेको र परीक्षा केन्द्र गतसालकै कायम गरिएको जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले बताउनुभयो ।
परीक्षा केन्द्र निर्धारण गर्दा विद्यार्थीको चाप र भौगोलिक अवस्थितिलाई प्रमुख आधार बनाइएको छ ।
एसएलसी परीक्षा समन्वय समितिको बैठक बसेर छिट्टै केन्द्राध्यक्षको निर्धारण भएको छ । यो वर्ष जिल्लाका नीजि र सामुदायिक गरी ८५ विद्यालयका ४ हजार ४ सय ८६ विद्यार्थी परीक्षामा सहभागी हँुदैछन् । ती मध्ये ४ हजार ३ सय १६ जना नियमित र एकसय ७० जना एकजाम्टेड समूहका परिक्षर्थी रहेको जिल्ला शिक्षा कार्यलय गोरखाका परीक्षा शाखाका एक कर्मचारीले जानकारी दिनुभयो ।
 
यो वर्ष माध्यमिक अनुमति पाएका थप छ वटा विद्यालय पनि एस.एल.सी.मा सहभागि हुने जिल्ला शिक्षा कार्यलयका भूमि सुवेदीले बताउनुभयो ।

Read More......

गोरखा जिल्ला परिषद फागुन २८ मा हुने

0 comments

राजेन्द्र न्यौपाने
फागुन १३ गोरखा। जिल्ला विकास समिति गोरखाले फागुन २८ गते हुने जिल्ला परिषदको तयारी तीव्र पारेको छ । सोही क्रममा जिल्लाका १३ वटै इलाकाको योजना तर्जुमा समितिको बैठक सकिएको स्थानीय विकास अधिकारी तिलक पौडेलले जानकारी दिनुभएको छ ।

इलाका स्तरबाट आएका सुझावलाई विषयगत समितिको बैठकमा छलफल गर्ने र २३ गते एकिकृत योजना तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

विषयगत समितिको छलफल २० गते सक्ने र त्यसपछि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरुका राय सुझाव संकलन गर्ने तयारी भैरहेको पौडेलले जानकारी दिनुभयो । फागनु २८ गते परिषद गर्ने र २९ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । सभासदहरुसँग रायसुझाव लिनको लागि उहाँ शुक्रवार काठमाण्डौ जानुभएको छ ।

नियमको परिधिभित्र रहेको मात्र आफुले काम गर्ने उहाँले जानकारी दिनुभयो ।

Read More......

विद्यालयलाई आर्थिक सहयोग

0 comments

फागुन १३ गोरखा । जिल्लाको उत्तरी गाउँ विकास समिति केरावारीमा रहेको जनज्योति निम्न माध्यमिक विद्यालयलाई कतारमा कार्यरत तारानाथ ढकालले २९ हजार ६०० रुपैंया नगद सहयोग गर्नुभएको छ ।
विद्यालयले भवन अभावका कारण भवन निर्माण कार्य गरिरहेकोले सो रकम भवन निर्माणमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक गुरुदत्त रेग्मीले जानकारी दिनुभयो ।
गोरखा सेवा समाज कतारका सदस्य समेत रहेका ढकालले विद्यालयमा शुक्रवार आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गर्नुभएको छ ।
प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्धितिय, धवलागिरी सदन तृतीय र माछापुच्छे सदन सान्त्वना स्थान ल्याउन सफल भएको विद्यालयका अर्का शिक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
केराबारी घर भएका ढकालले विद्यालयलाई अझै थप सहयोग गर्दै जाने बताउनुभएको छ ।
 
केरावारी दोहा कतार सम्पर्क मञ्चका संयोजक समेत रहेका ढकाल सोही गाउँ वडा नं. ३ का बासिन्दा हुनुहुन्छ ।
विद्यालयले उहाँलाई कदरपत्र दिएर सम्मान समेत गरेको प्रधानाध्यापक गुरुदत्त रेग्मीले थप जानकारी दिनुभयो ।

Read More......

Thursday, February 24, 2011

मुस्कान !

0 comments

बेलायतका राजकुमार बिल्लियम्स र   उनकी प्रेमिका केट मिडलटन..  उनिहरु चाडै नै विवाह बन्धनमा बाधिदै  छन्  । 
फोटो: मेट्रो दैनिक   

Read More......

दुई वर्षदेखि शिक्षिकाले तलव न पाए पछी जिल्ला क्षिक्षा कार्यालयमा निबेदन

0 comments

कुल तामाङ्
 फागुन १२ नुवाकोट।   नुवाकोटको कन्यादेवी प्राथमिक विद्यालय चौघडामा राहत कोटाकी एक शिक्षिकाले दुई वर्षदेखि आफूले पूरा तलव पाउन नसकेको गुनासो गरेकी छिन् ।

चौघडा गाविस वडा नं ७ मा रहेको सो विद्यालयमा २०६५ साल वैशाखदेखि राहतकोटामा कार्यरत शिक्षिका सुशीला राईले वर्षको ७० हजार चार सय ४० रुपैयाँ भुक्तानी लिइ खाली कागजमा प्रधानाध्यापक सुरेन्द्र राईले सही गर्न लगाउएको गुनासो गर्नुभएको हो  ।

प्रधानाध्यापक राईले कागजमा सही नगरेमा जागिरबाट निकालिदिन्छु भन्ने धम्की दिँदै ५० प्रतिशत तलव आफैंले राख्ने गरेको बताउँदै राईले  बिहीवार  जिल्ला शिक्षा कार्यालयमा कारवाहीको लागि निवेदन दर्ता गराउनुभएको छ ।

निवदेनमा प्रधानाध्यापक राईले पटकपटक दुव्र्यहार र अपशब्द प्रयोग गर्दै आइरहेकाले कारवाहीको समेत माग गरिएको छ ।

निवदेनमा आफूलाई केही दिनदेखि विद्यालयमा हाजिर गर्नबाट रोक लगाइएकोले जिल्ला शिक्षा कार्यालयमै हाजिर गर्नसमेत माग गर्दै दुई वर्षदेखि प्रधानाध्यापक राईबाट पाउन नसकेको पूरा तलव माग गरिएको छ ।

Read More......

माछाको उत्पादन नियमित बजारमा वितरण गर्न नसक्दा किसानहरु समस्यामा

0 comments

कुल तामाङ्
 फागुन १२ नुवाकोट। जिल्लाको पहिचानको रुपमा विकास हुदै गएको ट्राउट माछाको मुल्य घटाउन किसानलाई विज्ञहरुले सुझाव दिएका छन् । किसानहरुले एकलौटी ढंगबाट ट्राउट माछाको मुल्य बढाएको भन्ने गुनासो आएपछि विज्ञहरुले पनि मुल्य घटाएर विक्रि वितरण गर्न सल्लाह दिएका हुन् ।

ककनीको दोभानमा माछा पालक किसानसंग भएको अन्तरक्रियामा सहभागीहरुले माछाको गुणस्तर कायम नराखेमा व्यवसाय नै संकटमा पर्ने समेत चेतावनी दिएका छन् । अहिले किसानहरुले ट्राउट माछा प्रतिकिलो १ हजार रुपैयादेखि १ हजार २ सय रुपैया सम्ममा विक्री गर्दै आएका छन् ।

माछा महंगो भएपछि अहिले विक्रीमा कमी आएको किसानहरु बताउँछन् । एककिलो माछा उत्पादन गर्दा ७ सय रुपैया खर्च हुने जानकारी दिँदै त्रिशूली मत्स्य अनुसन्धान केन्द्रका प्रमुख साधुराम बस्नेतले केही रेष्टुरेन्टको कारण महंगिएको माछाको भाउका कारण सर्वसाधारणमा मार परेको बताउनुभयो । भुराको उत्पादन बढी हुने र पोखरीको माछा समयमा विक्री नहुदा भुरा खेर जाने संभावना बढेको ट्राउट माछा पालक किसान सहकारीका अध्यक्ष मदन लामाले बताउनुभयो ।

एक गाउ एक उत्पादन नुवाकोटको आयोजनामा भएको छलफलमा सहभागी विज्ञहरुले माछाको मुल्य घटाउन र गुणस्तर कायम गर्नु पर्नेमा जोड दिएका छन् । माछाको उत्पादन बढेको तर नियमित बजारमा वितरण गर्न नसक्दा केही किसानहरु समस्यामा समेत परेको बताईको छ ।

नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तथा एक गाउ एक उत्पादन कार्यक्रममा संयोजक शरण उत्सुक सापकोटाले किसानहरुले दाना, भुरा, माछाको मुल्यमा एक रुपता ल्याउन र सेवाको गुणस्तरलाई कायम राखेमा मात्र किसानहरुको भविष्य रहने बताउनुभयो । एक गाउ एक उत्पादन कार्यक्रमले ट्राउट प्रवद्र्धनमा सघाईरहेको नुवाकोटमा ५० परिवार माछा पालनमा संलग्न छन् ।

जिल्लामा ८ गाविसका ३ सय ५० वटा पोखरीमा माछा पालन भईरहेको छ । गत बर्ष ६० मेट्रिक टन माछा उत्पादन भएको थियो ।

Read More......

नेपाली कामदारहरु घर फर्कने क्रममा ईजिप्टको सिमामा अलपत्र

0 comments

फागुन १२  । लिवियामा जारी सरकार विरोधी प्रदर्शनका कारण बैदेशिक रोजगारीका शिलसिलामा गएका सैयौँ नेपाली कामदारहरु घर फर्कने क्रममा अलपत्र परेका छन् । प्रदर्शनले उग्ररुप लिन थालेपछि घर फर्कन लागेका पाँच सय ८० नेपाली कामदारहरु ईजिप्टको सिमामा अलपत्र परेका हुन् ।

अन्य २० जना सम्पर्क बिहिन भएका छन् । लिवियामा कार्यरत कञ्चनपुरको त्रिभूवनवस्तीका रुद्रप्रसाद घिमिरेले  बिहीवार टेलफोन गरेर आफुहरु अलपत्र परेको जानकारी दिएको उहाँका भाई तथा नेपाल पत्रकार महासँघ कञ्चनपुरका पूर्वसभापति युवराज घिमिरेले जानकारी दिनुभयो । नेपाली कामदारहरु अध्यागमन कार्यालयमा घण्टौदेखि प्रतिक्षामा बसेको बताईएको छ ।

अलपत्र परेका कामदारहरु ईजिप्ट हुँदै नेपाल फर्कने प्रतिक्षामा रहेको टेलिफोनमा जानकारी पाएको
घिमिरेले बताउनुभयो । केहीदिन यता लिवियामा भईरहेको सरकार विरोधी प्रदर्शनका कारण त्यहाँ कार्यरत बिदेशी नागरिकहरु सुरक्षाका कारण धमाधम घर फर्कन थालेका छन् ।

Read More......

भष्ट्राचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि युएनसीएसी अनुमोदन

0 comments

 फागुन १२  काठमाडौं। व्यवस्थापिका संसदले भष्ट्राचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि युएनसीएसी अनुमोदन गरेको छ । व्यवस्थापिका संसदको  बिहीवार बसेको बैठकले महासन्धी अनुमोदन गर्ने प्रस्ताव पारित गरेको हो ।

भष्ट्राचारका कारण नेपालको बदनाम भएको अवस्थामा महासन्धि अनुमोदनपछि अवस्था सुध्रिने सभासदले आशा व्यक्त गरेका छन् । संसदमा भएको छलफलका क्रममा नेकपा एमालेको प्रदीप ज्ञवालीले राज्यका कानून प्रभावकारी नभए अन्तराष्ट्रिय कानूनका आधारमा मात्र भष्ट्राचार निवारण गर्न नसकिने भएकोले कानूनमा सुधार गर्ने र भष्ट्राचार निवारण संस्थालाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।

ट्रान्सपरेन्सीको प्रतिवेदनले नेपालमा भष्ट्राचार विरुद्धको लडाइमा कमजोर रहेको संकेत गरिरहेको अवस्थामा महासन्धी अनुमोदनले सुशासनको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि राजनीतिक इच्छा शक्ति र दलहरुको आचरणमा पारदर्शीता जरुरी रहेको बताउनुभयो ।

 माओवादीका एकराज भण्डारीले भष्ट्राचार आरोप प्रमाणित भइसकेको व्यक्ति जनप्रतिनिधिको रुपमा स्थापित भएर आउने परम्पराका कारण महासन्धी कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो । नेपाली कागे्रसका रमेश लेखकले भष्ट्राचारका कारण देशको इज्जत बिग्रेको अबस्थामा महासन्धी अनुमोदनवाट सुशासनका सम्बन्धमा नयाँ आशा जगाएको बताउनुभयो ।

महासन्धी कार्यान्वयनगर्न सरकारले अठोट गर्नुपर्ने उल्लेखगदैृ लेखकले यसकालागि कानूनमा सुधार र अख्तियार जस्ता संस्थालाइ सक्रिय बनाउनु पर्ने बताउनुभयो । राजपाका डा प्रकाशचन्द्र लोहनीले सत्तामा रहन जेसुकै गर्ने दलहरुको रबैयाका कारण महासन्धी कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एमालेका रामनाथ ढकाल, मधेशी जनअधिकार फोरमका नन्दन कुमार दत्त र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालालगायतले महासन्धी अनुमोदन हुनु सकारात्मक भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा जोड दिएका थिए ।

संयुक्त राष्ट्रसंघले सन् २००३ अक्टोबरमा महासन्धी अनुमोदन गरेको थियो ।विश्वका १४८ मुलुकले अनुमोदन गरेको महासन्धी नेपालले सन २००३ को डिसेम्बर १० मा हस्ताक्षर गरेको थियो । छलफलमा सभासदले उठाएका प्रश्नको जवाफ दिंर्दै विना विभागिय मन्त्री विष्णु पौडेलले महासन्धी अनुमोदन भएपछि संगठित अपराधका रुपमा रहेको भ्रष्टाचार निवारणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सरकार महासन्धी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै महासन्धी अनुमोदन भएपछि अख्तियारको कामलाई सहयोग पु¥याउने र नेपालको छवी उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभयो । संसदको अर्को बैठक आगामी १६ गते १ बजे बस्नेछ ।

Read More......

४० लिटर रक्सि नियन्त्रणमा लिइ सार्वजनिक स्थलमा नस्ट

0 comments

 फागुन १२ दोलखा ।  दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर छ स्थित किराती छापका महिलाहरुले लुकिछिपि विक्रिका लागि लगिएको ४० लिटर रक्सि नियन्त्रणमा लिइ सार्वजनिक स्थलमा नस्ट गरेका छन्। 

 समाजसुधार आमासमूह जागरण संघमा  आवद्ध महिलाहरुले हालैमात्र मदिरा निशेधित क्षेत्रको रुपमा घोषणा गरिएको सो क्षेत्रमा लुकिछिपी मदिारा कारोबार भइरहेको स्थानिय होटलबाटै मदिरा नियन्त्रणमा लिएर नस्ट गरेका हुन् । यही फागुन नौ गते बसेको समाजसुधार जागरण संघको वार्षिक भेलाबाट उनीहरुले किराती छापलाई मदिरा तथा धुम्रपान निशेधित क्षेत्रको रुपमा घोषणा गरेका थिए ।

साथै सार्वजनिक ठाउँमा जाँडरक्सि तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई कार्वाही गरिने सूचना पनि प्रचार प्रसार गर्दै आएको उक्त संघकि अध्यक्ष शारदा कुँवरले बताउनु भयो । हाम्रो सूचनाको अवज्ञा गर्दै जवर्जस्ति गरेर मदिरा जन्य पदार्थको कारोबार गर्नेलाई कडा कार्वाही गरिने उहाँले बताउनु भयो । साथै उहाँले सो कार्यमा स्थानिय युवाले पनि साथ दिईरहेको बताउँदै सबैले साथ दिएर आफूहरुलाई हौसला प्रदान गरिरहेको बताउनु भएको छ ।

संघले यस अघि पनि स्थानिय व्यापारीबाट २० लिटर मदिरा नियन्त्रणमा लिइ नस्ट गरेको किराती छापबाट कमला थापाले जानकरी दिनु भएको छ ।

Read More......

आगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु

0 comments

 फागुन १२ सिराहा। सिरहाको पिप्रा प्रपि १ कडहरबा टोलमा वुधवार राति आगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु भएको छ ।आगलागीमा ६ परिवारको २१ वटा घर जलेर नष्ट भएको छ । १८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पिप्रा प्रपि १ का सुकन मियाँको घरबाट वुधवार राति ८ बजे सुरु भएको आगलागीबाट सुकन मियाँका ८ वर्षिय छोरा मोहमद सदामको जलेर मृत्यु भएको हो । आगलागीमा सकुन मियाँ, भदैया, सहदि,सलिम, जुमन र सुकुर मियाँको २१ वटा घर जलेर नष्ट भएको छ ।

सकुनको तीन वटा वाख्रा, ६० हजार नगद, भदैया मियाको एक लाख नगद, सहिदको ३५ हजार, सलिमको ४८ हजार, जुमनको ७८ हजार, सुपुरको ५ हजार नगद समेत जलेको छ

Read More......

लोकतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलहरु सहमतिमा आउनुपर्ने : राष्ट्रपति

0 comments

 फागुन १२ नेपालगञ्ज । राष्ट्रपति डा.रामवरण यादवले आन्दोलनका नाममा चिकित्सकहरुले आपतकालीन सेवा बन्द गर्ने गरेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । नेपालगञ्जमा बिहीबारदेखि सुरु भएको २५ औँ अखिल नेपाल चिकित्सक सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादवले  यस्तो  चिन्ता व्यक्त गर्नु भएको  हो ।

"चिकित्सकहरुले आन्दोलनका नाममा अस्पतालको आपत्कालीन सेवा बन्द गरेपछि मेरो चित्त साह्रै दुख्यो, म पनि स्वास्थ्यसेवाकै मानिस हुँ र मलाई तपाईंहरुले अभिभावक भनिसकेपछि मैले पनि तपाईंको जिम्मेवारी बोध गराउनै पर्छ" राष्ट्रपति यादवले भन्नुभयो।

 दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याई तोकिएको समयमा संविधान निर्माण गर्न अभिप्रेरित गर्ने दिशामा नागरिकस्तरबाट पनि पहल हुनु आवश्यक रहेको भन्दै उहाँले लोकतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलहरु सहमतिमा आउनुपर्ने  बताउनु भयो ।

मुलुकमा राजनीतिक स्थायित्व नभएकै कारण सबै क्षेत्रमा त्यसको नकारात्मक प्रभाव परेको  उहाको भनाइ छ।




Read More......

हिंसा मच्चाएको भन्दै कर्णेल गद्दाफीको सरकारको कडा शब्दमा भर्त्सना

0 comments

फागुन १२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिवियाको प्रदर्शनमा हिंसा मच्चाएको भन्दै कर्णेल गद्दाफीको सरकारको कडा शब्दमा भर्त्सना गरेका छन् ।

 यसअघि विदेशमन्त्री हिलेरी क्लिंटनले लिवियाको हिंसाप्रति तिव्र आलोचना गर्दै गद्दाफीले तुरुन्त सत्ता छाड्न माग गरेकी थिइन्। ओबामाले अमेरिका लिवियाको राजनैतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको समेत उल्लेख गरेका छन्। कर्णेल गद्दाफीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफू कुनै पनि हालतमा राजिनामा नदिने अडानमा रहेको दोहोर्‍याएपछि ओवामाको यस्तो भनाई सार्बजनिक भएको हो।

लिवियामा विगत ४१ वर्षदेखि शासन गर्दै आएका नेता कर्णेल गद्दाफीको राजिनामाको माग गर्दै प्रदर्शनकारीहरुले विरोध प्रदर्शनलाई जारी नै राखेका छन्। देशको प्रमुख शहरहरुमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको बुधवारको भिडन्तमा मात्र दर्जनौ मानिसहरुको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

Read More......

Wednesday, February 23, 2011

दुवै हात नभएकाले गाडी चलाए

0 comments


 म्याग्दी (बाबियाचौर), ११ फागुन । म्याग्दीका एक युवाले दुवै हातबिना नै सजिलैसँग गाडी चलाएर सबैलाई चकित पारेका छन् ।

 म्याग्दी जिल्ला बाबियाचौर गाउँ विकास समिति वडा नं. ६ निवासी २४ वर्षीय सुरेन्द्र केसीले दुवै हात नभए पनि गाडी चलाएर चकित पारेका हुन् ।
  
सशस्त्र द्वन्द्वको समयमा बेवारिसे अवस्थामा रहेको बम विस्फोट हुँदा २०६३ साल असारमा दुवै हात गुमाएका केसीले सजिलैसँग गाडी चलाउने गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले बेवास्ता गर्ने गरेका कारण आफ्नो क्षमता देखाउने ठाउँ नपाएको उनको गुनासो छ ।

द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिहरूलाई आश्वासनबाहेक केही पनि पाउन नसकेको उनले बताए ।

 केसीले चारजनाको परिवार गाडी चलाएर पाल्दै आएको छ । रासस

Read More......

पोलियो उन्मूलनको सन्देश प्रवाह गर्दै शान्ति ¥याली

0 comments

 फागुन  ११ इटहरी। रोटरी क्लब अफ इन्टरनेसनलले आफ्नो स्थापना दिवसको अवसरमा  इटहरीमा पोलियो उन्मूलनको सन्देश प्रवाह गर्दै शान्ति ¥याली प्रदर्शन गरेको छ ।  

इटहरी नगरपालिकाको प्राङ्गणबाट निक्लिएको पोलियो उन्मूलन शान्ति ¥याली इटहरी नगरको परिक्रमा गरी नगरपालिका पुगेर सम्पन्न भयो । 

 नेपालमा पोलियो उन्मूलनमा सबै तह र तप्काका सबैले मिलेर पोलियो उन्मूलन अभियानलाई सफल बनाउँ भन्ने नाराका साथ निकालिएको सो ¥यालीमा इटहरी नगरक्षेत्रका विद्यालयहरूको सहभागिता रहेको थियो । 


 ¥यालीमा सहभागी विद्यार्थी र रोटरियनहरूले आफ्ना बालबच्चालाई समयमा नै पोलियो खुवाई उनीहरूको सुन्दर भविष्य निर्माणमा सहयोग पु¥याऔँजस्ता प्लेकार्ड बोकेका थिए । 

 ¥याली शुभारम्भ गर्दै रोटरी क्लब इटहरीका रमेशकुमार ताम्राकार, अर्जुन भट्टराई, जगदीशप्रसाद ओलीलगायतले बालबच्चाको रेखदेखका लागि अभिभावकले समयमा नै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस

Read More......

नक्कली नोटको कारोबार बढ्दो

0 comments

 फागुन  ११ म्याग्दी (बाबियाचौर) । म्याग्दी सदरमुकाम बेनीका बैंक तथा वित्तीय संस्थामा ५०० र हजार रुपैयाँका नक्कली नेपाली नोट फेला पर्न थालेका छन्।  पछिल्लो तीन महिनामा माछापुच्छ्रे बैंकको बेनीस्थित शाखाले रु ५०० दरका तीन र हजार दरका दुईवटा नोट फेला परेको जनाएको छ ।

 यसैगरी धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले हजारका दुई थान नोट फेला पारेको थियो । अन्य आर्थिक कारोबार गर्ने बैंक, वित्तीय संस्था, सहकारी र रेम्यिान्स काउन्टरले पनि नक्कली नोट फेला पार्ने गरेको जनाएका छन् । 

सर्वसाधारणले ल्याएका नोटमा नक्कली फेला परेमा नोटमा दुईवटा प्वाल पारेर रातो मसिले ‘काउन्टर फिट’ लेखेर नोटको छायाँप्रति ग्राहकलाई दिने गरेको माछापुच्छ्रै बैंक बेनी शाखाका प्रबन्धक सरोज पोख्रेलले बताउनुभयो । रासस

Read More......

अन्तर्राष्ट्रिय भलिबलको फाइनलमा आर्मी र पुलिस

0 comments

 राजेन्द्र न्यौपाने फागुन ११ भक्तपुर ।
भक्तपुरमा जारी दोस्रो अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप वर्कस कप पुरुष भलिबलको आज भएको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । स्थानीय सहिद स्मृति खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले बङ्गलादेशको पावर डेभेलपमेन्ट बोर्डलाई २५–१८, १५–२३, २५–१७ को सोझो सेटमा पराजित गरयो । खेलमा पुलिसका सञ्जय अर्याल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

आर्मीले एपिएफलाई २५–२२, २५–१६, २५–२३ र १४–२५ ले हरायो । खेलमा म्यान अफ दि म्याच आर्मीका कुमार रानामगर घोषित भए ।

भोलि तेस्रो स्थानका लागि बङ्गलादेशको पावर डेभेलपमेन्ट बोर्ड र एपिएफबीच प्रतिष्पर्धा हुनेछ । रासस

Read More......

मुस्ताङको प्रचार प्रसारमा जुमुराए जोमसोमका युवा

0 comments

चन्द्रश्वर बस्ताकोटी  फाल्गुन ११ मुस्ताङ ।
हिमाली जिल्ला मुस्ताङको सदरमुकामका युवाहरुले पर्यटन बर्ष २०११ सफल पार्न आगामी फाल्गुण १४ गते मोटरसाइकल रयाली गर्ने भएका छन । १४ गते गरिने रयालीको ६० प्रतिसत तयारी पुरा भएको आयोजक जोमसोम युवा समुहका अध्यक्ष गणेश शेरचनले बताउनु भयो । सदरमुकाम जोमसोम स्थित काठेपुलबाट बिहान ८ बजे शुरुहुने मोटरसाइकल रयाली पोखरा पुगी फर्कने कार्यक्रम तय गरिएको भएपनि आर्थिक अभाबमा आजैमात्र म्याग्दी जिल्लाको तातोपानी पुगी फर्कने बताइएको छ । गत माघ १ गते मात्र स्थापना गरिएको जोमसोम युवा समुहले ब्यानर प्लेकार्ड मुस्ताङमा धेरै भन्दा धेरै आन्तरिक एव बाह्य पर्यटक भित्रयाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको समुहका सचिब दिनेश थकालीले बताउनु भयो । सचिब थकालीका अनुसार “पर्यटन क्षेत्र बिकासको आधार, आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको सत्कार । ”, “नेपाल भ्रमण बर्ष २०११ लाई सफल पार्न मुस्ताङ घुम्न जाऔ ।”, “मुस्ताङका धार्मीक तथा पर्यटकीय स्थलहरुको मनोरम दृष्य सँगै रमाउँ ।” जस्ता नारा तय गरेको छ ।समुहले स्थापना प्रत्येक सनिवार सदरमुकाम जोमसोम सरसफाई, प्राकृतिक श्रोतहरुको संरक्षण, पुराना घट्टहरुको संरक्षणका लागि कुलो मर्मत, कालीगण्डकीलाई स्वच्छ राख्ने उद्देश्यले कालीगण्डकी सरसफाई अभियान गदै आएको सचिब थकालीले बताउनु भयो । सचिब थकालीको जिम्मेवारीमा प्रजातन्त्र दिबसका अवसरमा प्रजातन्त्र दिबस मुल समारोह समिती मुस्ताङले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । आगामी दिनमा समुहले नयाबर्षको अवसर पारेर बैसाख १ गते मुस्ताङका गाबिस स्तरीय ताराखेल प्रतियोगिता गर्ने, सोही साझ बिद्यालय स्तरिय सास्कृतिक कार्यक्रम गर्ने समेत तय गरेको सचिब थकालीले जानकारी दिनुभयो । समुहले उपयुक्त समयमा प्रत्येक बर्ष जिल्लाका क्लब स्तिरिय फुटबल प्रतियोगिता र खुल्ला एकल एवं युगल महिला तथा पुरुष टेवलटेनिस प्रतियोगिता संचालन गर्ने लक्ष्य राखेको छ । समुहले सदरमुकाम स्थित काठेपुलको दायाबाया दुर्घटना हुन नदिन तार जाली राख्ने कार्यलाई समेत अगाडि बढाएको सचिब थकालीले बताउनु भयो ।

Read More......

रसुवामा योजना तर्जुमा गोष्ठी सम्पन्न

0 comments


 फागुन ११ रसुवा।  रसुवा जिल्लामा चार वटा इलाका क्षेत्रमा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। इलाका नं २, ३, ४ र ५ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो  ।

गोष्ठीले गाउँ परिषद्बाट छनौट भएका विभिन्न् योजनाहरुलाई तर्जुमा गरी जिल्ला विकास समिति र विषयगत कार्यालयहरुमा पेश गरेको छ । गोष्ठीमा सहभागी स्थानीय विकास अधिकारी राममणि भट्टराईले स्थानीय बासिहरुको सहयोगमा मात्र तर्जुमा गरेको योजनाहरु पूरा हुने बताउनुभयो ।

Read More......

८० हजार निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने

0 comments

कूल तामाङ्
 फागुन ११ नुवाकोट। सरकारले यस वर्ष नुवाकोट जिल्लाका ८० हजार निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने भएको छ ।

नुवाकोटको  विदुर नगरपालिका र ६१ वटै गाविसमा तेश्रो चरणको साक्षरता अभियान सञ्चालन गरी ८० हजार निरक्षकलाई साक्षर बनाउने लक्ष्य राखेको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ ।

निरक्षर उन्मुलनका सरकारले सञ्चालन गर्न लागेको साक्षरता अभियानको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । आगामी चैत १ गतेदेखि सञ्चालन हुने तेश्रो चरणको साक्षरता अभियानमा १५ वर्षदेखि ६० वर्षसम्मका निरक्षर महिला, पुरुषहरुको सहभागिता रहने जिल्ला शिक्षा अधिकारी यमबहादुर केसीले केसीले बताउनुभयो ।

निरक्षरहरुलाई स्रोत केन्द्रस्तरमा जनसंख्याको आधारमा न्युनतम् ५ देखि ६, ७ र २२ कोटा निर्धारण गरी साक्षरता स्वयंसेवकमार्फत अध्यापन गराइने उहाँले बताउनुभयो । यसअघि, २०६६ मा पाँचसय ८२ र २०६५मा एकहजार पाँचसय २४ कोटा निर्धारण गरी निरक्षरलाई अध्यापन गराइएको थियो ।

वितरित साक्षरता अभियानको कोटा मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा निरक्षर तीन हजार ६६ जना महिलासहित चारहजार एक सय आठ जनाको लागि २२ कोटा निर्धारण गरिएको छ ।

Read More......

सिन्धुलीमा निजी क्षेत्रवाट साचालित पहिलो अस्पताल

0 comments


 फागुन ११ सिन्धुली।  सिन्धुलीमा निजी क्षेत्रवाट साचालित पहिलो अस्पताल सिन्धुली जनरल अस्पताल प्रालिले आजवाट आफ्नो सेवा सुरु गरेको छ । अस्पतालको आज पूर्ब स्वास्थ्य मन्त्रि विपिन कोइरालाले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।

अस्पतालको उद्घाटन गर्दै कोइरालाले काठमाण्डौ लगाएत अन्य क्षेत्रका महङगा निजि अस्पताल भन्दा सस्तो र सहकारी अस्पताल भन्दा केहि महङगो शुल्क लिइ गुणस्तरिय सेवा दिने सके सेवाग्राहीले राहत पाउने र अस्पताल साचालन गर्न सहज हुने बताउनुभएको छ ।

अस्पतालले २४ सै घण्टा ओपिडिविरामी भर्ना एक्सरेभिडियो एक्सरे  इसिजीदिसा पिसाव रगत खकार तथा अन्य ल्याव फार्मेसी र दन्त सेवा उपलब्ध गराउनेछ बताइएको छ ।

Read More......

सरकारमा काग्रेस पनि सहभागी हुने बिना बिभागीय मन्त्रीको दावी

0 comments

फागुन ११ धादिङ्। सरकारका प्रवक्ता एबम बिना बिभागीय मन्त्री गंगालाल श्रेष्ठले आगामि एकसाता भित्रमै नेपाली काग्रेस पनि सहभागी भएको दुई तिहाई बहुमतको सरकार निर्माण हुने दावी गर्नुभएको छ ।

धादिङ्गको मैदीमा समी भन्ज्याङ्ग उच्च माध्यमिक विद्यालयको स्रोत संकलनको लागी आयोजित महायज्ञको समापन समारोहमा बोल्दै तुलाधरले काग्रेस र मधेसवादी दलहरुलाई पनि सरकारमा सहभागी गराउने प्रयास भईरहेको भन्दै एकसाताभित्रमा सरकारले राष्ट्रिय स्वरुप प्राप्त गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

शान्ति र संविधानको सुनिश्चितताकोलागी राष्ट्रिय सहमतिको अपरिहार्यतामा जोड दिदै उहाँले सरकारले मुलुकलाई राष्ट्रिय सहमतिमा लैजाने ठोकुवा गर्नुभयो । उहाँले झलनाथ खनाल नेतृत्वको सरकारले नै शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउँदै जेठ १४ गते नै संविधान जारी गर्ने दावी गर्नुभयो ।

छिट्टै मन्त्री परिषद विस्तार, शान्ति र संविधानकोलागी , सहमतिमा लैजाने बताउदै मन्त्री श्रेष्ठले । सबैपक्ष जिम्मेवार भए जेठ १४ मा संविधान जारी हुने टिप्पणी गर्नुभयो । ।



Read More......

विद्यालयमा तालाबन्दी

0 comments



अनुप बाबु श्रेष्ठ
 फागुन ११ गोरखा।  जिल्लाको ताकुमाझ लाकुरीबोटमा रहेको जलकन्या मा वि मा अनेरास्ववियु क्रान्तीकारीले  तालाबन्दी गरेको छ । 

विद्यालमा शिक्षक नियमित उपस्थित नहुने भएकाले बारम्बार विद्यार्थीले सचेत गराउदा पनी वेवास्ता गरेको कारण तालाबन्दि गर्नु परेको क्रान्तीकारीका ईकाई सचिव आनन्द भट्टले जानकारी दिनुभयो । 

पठनपाठन नियमित हुनुपर्ने, प्रशासनको लापरबाहि तत्काल अन्त्य गरिनु पर्ने, विद्यालमा शैचालयको व्यवस्था गरीनुपर्ने लगायतका माग राखी ताला बन्दि गरेपछि शिक्षक र आन्दोलनरत विद्यार्थी बिच भएको बार्ता विना निष्कर्ष टुङ्गीएको छ ।

Read More......

जनयुद्धकी शहिद इन्दीरा विकको १० औँ स्मृती सभ

0 comments


अनुप बाबु श्रेष्ठ
फागुन ११ गोरखा। जनयुद्धकी शहिद इन्दीरा विक सकुन्तला को १० औँ स्मृती सभा धावा २ गोर्खामा  सम्पन्न भएको छ ।

शहिदकी आमा विवा विकको अध्यक्षता रहेको स्मृती सभामा एकिकृत नेकपा माओवादीका १० नं इलाका सेक्रेटरी विनोद पाण्डे, धावा गाँउ सेक्रेटरी मदन शाक्य, शहिद परिवार प्रतिनिधि कुमार वञ्जरा लगाएतको उपस्थिती रहेको थियो ।

 स्मृती सभामा बोल्दै सहभागिले शहिदको सपना पुरा गर्ने अठोट ब्यक्त गरेका थिए । सोहि अवसरमा शहिद इन्दीरा विक सकुन्तलाको जिवनीका वारेमा समेत चर्चा गरिएको थियो ।

Read More......

ट्याक्टर दुर्घटनामा २ जना घाईते

0 comments

अनुप बाबु श्रेष्ठ
 फागुन ११ गोरखा। जिल्लाको बुंकोट गाविस वडा नं। ३ चारघरेमा आज दिउँसो ट्याक्टर दुर्घटना हुदा २ जना घाईते भएका छन् । ना लु त ३७०२ नम्वरको ट्याक्टर डिलबाट तल खस्दा धादिङ जोगीमाराका चालक ४० बर्षिय कृष्ण श्रेष्ठ र चितवनका सहचालक ३० बर्षिय प्रेमलामा घाईते भएका हुन् ।

 घाईते दुवैको अहिले गोरखा अस्पतालमा उपचार भईरहेको छ ।




Read More......

महिला पनि विद्युत् जडान तालिम लिँदै

0 comments


अनिता केसी फागुन ११ पर्वत । घरमा पुरुष नहुँदा विद्युत्सम्बन्धी समस्याले सताउन थालेपछि पर्वतको माझफाँट गाउँ विकास समितिका महिलाहरु आफै विद्युतसम्बन्धी तालिम लिन कस्सिएका छन् । घरमा बत्ती बाल्न जडान गरेको विद्युत्सम्बन्धी ससाना समस्याले पनि धेरै गाह्रो बनाएपछि महिलाहरु सामुहिक रुपमा विद्युत् जडानसम्बन्धी तालिम लिन थालेका हुन् । विद्युत् जडान तालिमपछि घरमा आईपर्ने विद्युत्सम्बन्धी सामान्य समस्याका लागि पनि गाउँका पुरुषलाई गुहार्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास उनीहरुमा छ । महिलाहरुकै अगुवाईमा पर्वत जिल्लामा नै पहिलो पटक महिलाका लागि विद्युत् जडानसम्बन्धी तालिम सञ्चालन गरिएको हो । नारी चेतना केन्द्र माझफाँटले गाउँ विकास समितिको सहयोगमा तालिम सञ्चालन गर्दै आएको छ । यसअघि विद्युत् जडानसम्बन्धी तालिममा पुरुषहरु मात्र सहभागी हुन्थे । महिलाले पनि गर्न सक्छन स्थानिय अनिता खत्रीले भन्नुभयो –‘खतराको काम पुरुषले गर्ने महिलाले गर्न नहुने भन्ने छैन। विद्युत् जडान तालिम लिनेमा धेरैजसो विवाहित महिलाहरु छन् । श्रीमान् विदेशमा भएकोले घरमा धेरै समय बस्ने महिलाहरु नै तालिम लिएर आफ्नो समाधान समाधानका लागि अग्रसर देखिएका हुन् । उनीहरुले एक महिनामा विद्युत् जडानसम्बन्धी सामान्य जानकारी मात्र दिइने प्रशिक्षक राम श्रेष्ठ बताउनुभयो । बिजुलीको प्रयोग समेत महिला नै बढी गर्छन् । तत्काल काम चलाउन सहयोग पुरयाउने उद्देश्यले तालिमका लागि सहयोग गरिएको गाविस सचिव तिलोचन अर्यालले बताउनुभयो ।

Read More......

प्रदर्शनकारीमाथि बल प्रयोग गरिएकोमा राष्ट्र सङ्घको निन्दा

0 comments

फागुन ११ ।  लिवियामा फैलँदै गएको सरकार विरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथि सरकारले गरेको बल प्रयोग प्रति संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको  छ । राष्ट्र सङ्घको मंगलवार  बसेको सुरक्षा परिषद्का बैठकले बल प्रयोगप्रति आपत्ति जनाएको हो ।

 आम नागरिकमाथि बल प्रयोग गर्ने कार्यमा संलग्न रहनेहरुलाई कारवाही गरिनुपर्ने पनि राष्ट्र सङ्घले भनेको छ । राष्ट्र सङ्घले विरोध गरे पनि लिवियाका शासक कर्नल गद्दाफिले भने आफ्ना समर्थकहरुलाई सडक उत्रेर प्रदर्शनकारीमाथि जाइलाग्न आह्वान गर्नुभएको छ । उहाँले आफू अहिल्यै सत्ता छाड्ने मनस्थितिमा नरहेको पनि बताउनुभएको छ ।

 लिवियामा सरकार विरोधी प्रदर्शन चर्कँदै जाँदा अहिलेसम्म ३ सय भन्दा मानिसको मृत्यु भइसकेको छ ।

Read More......

प्लटिङको लहर की चुनौती

0 comments


एन. पी. रिजाल ।
नेपाल गाउँ गाउँले भरिएको देश हो किनभने ८००० जनता गाउँमा बसोबास गर्ने गर्दछन भने बाँकी २००० जनता सहरी क्षेत्रमा बसोबास गर्ने गर्दछन् । विगतमा विविध कारणहरुले गर्दा नेपालका ग्रार्मीण ईलाकाहरु सहरीकरणको प्रक्रियामा जान सकेनन् ।


 नेपालमा जनसङ्ख्या कम थियो भने अक्रोतिर यातायतका साधनहरुको सुविधा थिएन, सञ्चार सुविधाको अभाव, अशिक्षा र पूँजीमाथि जनताको पहुँचको अभाव जस्ता कारणहरुले गर्दा गाउँ र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु सहर र तराईतर्फ कम मात्रामा आकर्सित हन सके । तराईमा औलो उन्मुलन भएपछि मात्र पहाडबाट मानिसहरु तराई बसाई सर्न थालेको पाईन्छ । तर अहिले समयले कोल्टे फेरेको अवस्था छ । 


देशका कयौ गाउँहरु आज सहरोन्मुख रुपमा परिणत भईरहेका छन् । स्थापित भएका साना र ठूला सहरहरुमा जनचाप तिब्र रुपमा बढेर गईरहेको छ । सहरी क्षेत्रमा रोजगारको प्रयाप्त अवसर, शिक्षा आर्जनमा सुविधा, स्वास्थ्य सुविधा साथसाथै भौतिक पूर्वाधारहरुमा हुन सक्ने पहुँचले सहरी क्षेत्रमा जनचाप बढनु स्वभाविक नै हो । 


यसले सहरी क्षेत्र र सहरोन्मुख सम्भावना बोकेका ग्रामीण क्षेत्रहरुमा आवासको लागि जग्गाको माग पनि बढेर गयो । यही मागले यस्ता क्षेत्रहरुमा प्लटिङ गर्ने योजनाहरु र आवास योजनाहरुको विकासको लागि उत्प्रेरणाको काम गरेको देखिन्छ ।


विगतमा राजनीतिक अथ्थिरता कायम रहेको स्थितीमा देशमा आर्थिक रुपान्तरको प्रक्रियाले गति लिन सकेन । दीगो रुपमा सरकारी लगानीको अभाव देशमा देखा पयो ।कुनै पनि अर्थतन्त्रको प्रभावकारी मागलाई तिव्र रुपमा वृद्घि गर्न सरकारी लगानीले प्रभावकारी भूमिका खेल्ने गर्दछ । 


नीजि क्षेत्रबाट हुन सक्ने लगानीको उत्प्रेरणाका लागि पनि सरकारले भौतिक पूर्वाधाारको विकासका लागि वातावरणको सिर्जनामा जुन रुपमा लगानी गर्नु पर्ने थ्यो त्यो गर्न नसक्दा उत्पादनमूलक क्षेत्रमा नीजि क्षेत्रसँग विद्यमान पूँजीको पनि सही सदुपयोग हुन सकेन र स्टकको रुपमा रह्यो । देशलाई औद्योगिकरण तर्फ दिशानिर्देश गर्न पनि सकिएन ।


 कृषि क्षेत्रमा ७५०० भन्दा जनताको सम्लग्नता छ जुन निर्वाहमुखी पेसाको रुपमा रहेको छ । अल्पबेरोजगारी र मौसमी बेरोजगारी समस्या पनि बढिरहेको छ । यी विगत र वर्तमानका समस्याहरु विद्यमान रहेको परिस्थितिमा पनि पछिल्लो समयमा आएर नेपाली उपभोक्ताहरुको जीवन शैलीमा परिवर्तन देखा परेको छ ।


 कृषि पेशाबाट बिस्तारै अन्य पेशामा सम्लग्न हुन थालेको नेपाली जनताहरुमाझ जग्गाको माग खेती गर्न भन्दा पनि एउटा राम्रो बसोबासका लागि थोरै रुपमा भए पनि जग्गा किन्ने लहर चल्न थालेको छ ।

नेपालमा सम्पन्न वर्गहरुको पहुँत जग्गामा सजिलैसँग हुने गरेमो अवस्था छ तर सबैभन्दा बढी रहेको मध्यम वर्ग र निम्न वर्ग जो सँग आफ्नो व्यक्तिगत जमिन छैन त्यस्ता वर्गहरुलाई प्लटिङ योजनाले समेट्न खोजेको देखिन्छ ।


 निम्न वर्गका जनताहरु पनि वैदेसिक रा्जगारको पहुँचभित्र रहेका र मध्यम वर्ग जोसँग कम स्थरमा पूँजी छ त्यस्ता उपभोक्ताहरुका लागि प्लटिङ योजना सुविधा सम्पन्न स्थानमा जग्गाको पहुँच वढाउने माद्यम बनेको हो । रेमिट्यान्सबाट आएको रकमले धेरै खेती योग्य जग्गा खरिद गर्न नसक्ने अवस्था छ त्यस्ता उपभोक्ताहरु सानो रुपमा भए पनि भिटा खरिद गर्न रुचाँउदछन ।


 प्लटिङ योजनाल उनीहरुको पहुँच पनि सहज भएको छ । अर्कोतिर, ठूलो सहरमा लगानी गर्न नसक्ने र खेतीयोग्य जमिनमा पनि प¥याप्त लगानी गर्न नसक्ने उपभोक्ताहरुका लागि ग्रार्मीण स्थरमा आएको प्लटिङ योजना लाभदायक बनेका छन ।

नेपालमा पर्याप्त लगानीका अवसर र त्यसका लागि आवथ्यक पर्ने उचित वातावरणको अभाव नभएको स्थितीमा सुरक्षित र छिटो लगानी गर्ने क्षेत्रको रुपमा प्लटिङमा गर्ने लगानी बनेको छ । जग्गा खरिदमा लगानी गर्दा नोक्सान नहुने तर यसको माग बढ्ने कुरामा कुनै प्रश्न नै नभएको वर्तमान परिस्थितिमा यसबाट दीर्घकालमा लाभ लिन सकिने अत्याधिक सम्भावना रहेको छ । यसले गर्दा पनि मानिसहरु प्लटिङ गरिएका जग्गा खरिदमा लगानी गर्ने थाले । 


सहरीकरण तर्फ उन्मुख ग्रामीण क्षेत्रहरु र सहरहरुमा गरिने प्लटिङ योजनाले त्यस्ता क्षेत्रहरुको बसोबासलाई व्यवस्थि गर्ने काम गरेको देखिन्छ । यस्ता योजनाहरुले जग्गालाई योजनाबद्घरुपमा बसोबासका लागि उपयुक्त पूर्वाधार सहित तयार गर्ने गर्दछन् । 


सरकारले घर कस्तो प्रकारको बनाउने न स्पष्ट मापदण्ड ल्याएको छन सर्वसाधारण जनताको पहुँच पुग्ने गरी आवास योजनाहरु ल्याउन नसकिरहेको परि स्थितिमा नीजि स्थरबाट आएको प्लटिङ योजनाले केही रुपमा भए पनि व्यवस्थित योजना ल्याउन खोजेको छ । देशको आर्थिक रुपान्तरणका लागि नीजि क्षेत्रले गरेको यो प्रयासलाई सरहना गर्नु पर्ने देखिन्छ ।

विगत ५६ वर्षमा उच्च स्थरमा मौलाएको यस जग्गा कारोवार अहिले केही सुस्त भएको छ । विगतमा माओवादी जनयुद्घका दौरानमा ग्रार्मीण क्षेत्र तथा पहाडी क्षेत्रबाट मानिसहरु सहर र तराई तर्फ पलायन भए । गाउँमा फर्कन सक्ने वातावरण नभएको त्यस परिस्सिथतीमा सहरी क्षेत्रहरुमा र सदमुकाम क्षेत्रमा जग्गाको माग बढेको थियो । 


यसका साथै विगतमा बैङ्कहरुले आफ्नो लगानीको ठूलो हिस्सा रियल स्टेटमा लगानी गर्ने गथ्र्यो । त्यसकारण बैङ्कबाट ऋण लिएर जग्गा खरिद गर्ने व्यवसाय केही रुपमा बढेको थियो । यसले पनि यस कारोवारलाई प्रोत्साहन गर्ने काम गयो तर राष्ट्र बैङ्कले पछिल्लो समयमा ल्याएको रियल स्टेटमा गर्ने लगानी सम्बन्धी नीतिले यस क्षेत्रमा गरिने लगानीमा रोक लगायो । परिणाम स्वरुप प्लटिङका जग्गाहरु बिक्रीमा पनि सुस्तता आयो ।


 विश्वमा आएको आर्थिक मन्दीले नेपाल भित्रने विप्रेषणको स्थरमा प्रभाव पर्न नसके पनि त्यसबाट आउने रुपयाँ महङ्गा सहरी प्लटिङमा लगानी हुन सक्ने सम्भावना ज्यादै कम छ । किनकी, भारत, खाडी देशहरु र मलेसियामा गएका श्रमीक नेपाली कामदारहरुले पठाएको पैसाको स्थर न्युन रहने कारण यस्ता क्षेत्रमा लगानी हुन सक्दैनन् । साथै २०६२/०६३ सालको जनआन्दोलन र संविधान सभा निर्वाचन मार्फत माओवादी विधिवत रुपमा राजनीतिक मूलधारमा आएपछि पहाडी र ग्रार्मीण क्षेत्रमा सुरक्षित वातावरण भयो साथै गाउँ गायँमा यातायात, सञ्चार, शिक्षाका क्षेत्रमा भएको
प्रगतिले पनि मानिसहरुको सुविधा सम्पन्न क्षेत्रको खोजी गरी बसाई सर्ने क्रम कम भएको छ ।

विगतमा निकै चल्तीमा कारोबार भएको तर अहिले केही सुस्त रुपमा रहेको यस जग्गा प्लटिङ नेपालमा अहिले जुन रुपमा भईरहेको छ यसले केही चुनौतीहरु पनि सिर्जना गरेको छ । व्यवस्थित रुपमा जग्गाको योजना बनाएर व्यवस्थित बसोबासको योजना लागु गर्नु सही हो तर यसो गर्दा यसले सिर्जना गर्न सक्ने आर्थिक र वातावरणीय पक्षहरुलाई पनि राम्रोसँग विचार पु¥याउनु पर्ने हुन्छ । प्लटिङ गर्दा कतिपय भौगोलिक संरचनाहरुलाई परिवर्तन गरिन्छ । 


अग्ला ठूला ढिस्काहरुलाई सम्याउने, पानीको मुहानको स्रोत भएका दलदल विशेष गरी तराईका क्षेत्रहरुमा नयाँ ठाउँबाट माटो ल्याएर पुर्ने काम गरिएको छ । यस्ता कार्यहरुले पानीको मुहानको रुपमा रहेका दलदल क्षेत्रबाट पानीका मुहानहरु सदाका लागि विस्थापित पनि हुन सक्दछन । 


यसबाट पानीको स्रोत सुकेर जाने गर्दछ । नेपाल जल्रस्रोतमा धनी भए पनि तराईका कयौ भूभागहरु सिचाँई सुविधाबाट बँचित रहेका छन् । यसरी पानीको प्रमुख स्रोतका रुपमा रहेका यस्ता दलदल क्षेत्रहरुमा गरिने प्लटिङले पानीको स्रोत गुम्न जाने देखिन्छ । किनकी, त्यसलाई पनि सदुपयोग गर्ने खाल्को प्रविधि प्रयोग गएिको देखिदैन । यस कार्यले सिचाईको सुविधा दिएरहेका स्थानहरुमा समस्या र्सिजना हुने देखिन्छ ।

दीर्घकालिन सोच बनाएर जग्गाको सही ढङ्गले सदुपयोग गर्नु अति राम्रो कुरा हो तर प्लटिङ गरी योजनावद्घ बसोबास गर्ने नाममा उत्पादनशिल जमिनको प्रयोग भईरहेको छ यसबाट कृषि उत्पादनका लागि सक्भावना बोकेृका योग्य जमिनहरुको हिस्सा क्रमश घटेदै गईरहेको छ । त्यसको विकल्पको रुपमा सुख्खा र कम उत्पादनशिल जमिनलाई प्लटिङ गरी आवास योजनामा सदुपयोग गर्नु पर्ने हुन्छ । यसो गर्दा भूमिबाट दीगो रुपमा कृषि उपज लिएरहन सकिन्छ भने सुख्खा जमिनको पनि सदुपयोग हुने देखिन्छ । 


प्लटिङ व्यवस्थाले जुन रुपमा जमिनको मूल्य बढेर गएको छ त्यही रुपमा निम्न वर्गका मानिसहरु पुन जमिनका पहुचबाट बञ्चित भएको स्थिती छ । प्लटिङ व्यवसायले थोरै पैसा हुने उपभोक्ताहरुलाई आफ्नो क्षमता अनुकुलको जग्गा खरिदमा पहुँच त बनायो तर यसले वास्तविक रुपमा भूमिमाथि हुनु पर्ने लक्षित वर्गको पहुँचलाई पुन टाढा बनाएको स्थिती छ ।


 मूल्य वृद्रिसंगै आय स्थर बढन नसकेका आम उपभोक्तहरुले बचत गरेको थोरै रकमले चार कोठे पक्की घर बन्न सक्ने प्लटिङका जमिन किन्न सक्ने योजनाहरु आएनन् । सहरी क्षेत्रमा नभए पनि भविष्यमा सहरीकरणका सम्भावनाहरु बोकेका ग्रार्मीण इलाकाहरुमा पनि व्यवस्थित रुपमा प्लटिङमा योजनाहरु ल्याउन सकिन्छ तर लक्षित वर्गलाई जग्गाको पहुँच पुर्याउने हो भने यस्ता योजनाहरु सरकारी स्थरबाट आउनु पर्दछ । किनकी, यो कार्य निम्न वर्गका आम जनताको जीवन स्थरमा परिवर्तन ल्याउने सरकारी योजनासंग जोडिएको प्रश्न हो ।


 यो कार्य कम लाभदायक छ र प्रतिफल लामो समय पछि देखिने हुनाले नीजि क्षेत्र यस्ता योजनामा सम्लग्न हुन चाँहदैनन् । तर पनि सरकारले लक्षि वर्गलाई समेट्नु पर्ने नीति जग्ग व्यवसायका लागि ल्याउनु पर्छ । जग्गालाई आवासको रुपमा व्यवस्थित गर्न गरिने प्लटिङ व्यवसायमा जुन स्थरमा ढल निकास, बाटो, पानी, विजुली, पार्किङ इत्यादिको प्रवन्ध गर्नु पर्ने हो त्यो नभई राखेको स्थिती छ भने अर्कोतिर जग्गा व्यवस्था गरिए अनुसारका घरहरु पनि बनेका देखिदैनन् । भूकम्प मापदण्ड प्रयोग गरिएको छ छैन त्यसको अनुगमन पनि प्रभावकारी रुपमा गरिएको पाँईदैन । यी प्लटिङ योजनाहरु दीर्घकालिन दृष्टिकोणबाट हेर्दा प्रभावकारी देखिदैनन् ।

घर जग्गाको कारोवारमा गरिएको बैङ्किङ क्षेत्रको लगानीले कुनै स्थर सम्म मात्र प्रतिफल दिन सक्दछ तर त्यसपछि मन्दी आउने कुरा विगतमा समय समयमा अर्थतन्त्रमा देखा परेका आर्थिक मन्दीहरुले देखाईसकेको छ । लगानी डुब्न गएको पूँजीलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गरी रोजगारी सिर्र्जनाबाट समग्र अर्थतन्त्रमा प्रभावकारी मागको सिर्जनाबाट आएको जग्गाको मागलाई व्यवस्थित गर्नु सान्दर्भिक देखिन्छ । किनकी, उच्च स्थरमा पुगेको आर्थिक संरचनालाई स्थिर अवस्थामा राख्न असफल भयो भने त्यसले अन्य संरचनाहरुलाई पनि तहसनहस पार्ने छ ।


 वर्तमान समयमा नेपाल राष्ट्र बैङ्कले ल्याएको रियल स्टेटमा गर्ने बैकको लगानी २०मात्र हुनु पर्ने नीतिले प्लटिङ र आवास योजना प्रभावित भए पनि रेमिट्यान्स र स्थानीय उपभोक्ताको स्थरलाई लक्षित योजनाहरु ल्याउन सकिन्छ । जस्तो इलामका अलैची उत्पादक कृषकहरु प्लटिङका राम्रा उपभोक्ता हुन सक्दछन् । यसरी वैकल्पिक स्रोत जुटाउन सकिए प्लटिङ व्यवसायलाई पुन अगाडी बढाउन सकिने सम्भावना छ।


Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae