Sahara Sansar

Sunday, June 5, 2011

वातावरण विनास मानव निर्मित समस्या: प्रधानमन्त्री

जेठ २२ काठमाडौं। आईतवार प्रधानमन्त्री झलनाथ खनालले शान्ति, सुशासन र स्थिरता नभएका कारण प्राकृतिक स्रोतको अव्यवस्थित दोहनका कारण वन–जङ्गलको विनाशबाट बाढि–पहिरोवाट जीविकोपार्जनमा प्रतिकूल प्रभाव परेको बताउनुभएको छ । उहाँले वातावरण संरक्षणमा कम ध्यान दिँदा सरकारले गरिरहेको विकास प्रयासबाट वाञ्छित जनाताले लाभ लिन नसकेको उल्लेख गर्नुभयो । बहुसङ्ख्यक समस्याहरु वन क्षेत्रको विनाशसँग गाँसिएकाले प्राकृतिक स्रोतको व्यवस्थापनमा विशेष जोड दिनु थप आवश्यक हुन पुगेको प्रधामनन्त्री खनालको भनाइ थियो ।

विश्व वातावरण दिवस–२०६८ को अबसरमा आयोजित कार्यक्रममा वातावरण संरक्षण परिषद् एवम् जलवायु परिवर्तन परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खनालले गरिब जनताले जीविकाको लागि उपयोग गर्ने प्राकृतिक स्रोत–सम्पदाका प्रयोग गर्दा दीर्घकालसम्म पर्ने वातावरणीय प्रभावलाई सेरोफेरोमा बसेर अनुभूत गर्न नसक्नु चुनौती हुन पुगेको बताउनु भएको हो । उहाँले यी साझा समस्या र चुनौतिलाई सम्बोधन गर्न सरकारले जनसहभागितालाई कार्यगत रुपमा प्रोत्साहन दिने नीति तथा कानुन कार्यान्वयनमा ल्याएको स्मरण गनूृभयो । 

नेपाल सरकारले स्थानीय स्तरसम्मको संस्थागत विकासलाई विशेष प्राथमिकता दिंदै वातावरण संरक्षण–उन्मुख विकास कार्यक्रमलाई बढावा दिंदै आएको प्रधानमन्त्रीले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae