Sahara Sansar

Thursday, June 9, 2011

संविधानको पहिलो मस्यौदा भदौ १ गतेसम्ममा ल्याउने निर्णय



जेठ २६ काठमाण्डौ 
संविधान निर्माणका लागि गठित संवैधानिक समितिअन्तर्गतको उपसमितिले संविधानको पहिलो मस्यौदा भदौ १ गतेसम्ममा ल्याउने निर्णय गरेको छ । उपसमितिको आज बिहान बसेको बैठकले नयाँ संविधानको मस्यौदाका लागि कार्यालिका सार्वनिक गरेको हो । संविधान निर्माणमा देखिएका विवाद समाधानका लागि उपसमितिले भदौ १ गतेसम्म मस्यौदा तयार गरिसक्ने गरी काम सुरु गर्ने समिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

संविधान सभाको म्याद ३ महिना थपपछि आज पहिलो पटक बसेको उपसमितिको बैठकले राज्यपुनसर्ंरचना निर्वाचन प्रणाली र शासकीय स्वरुपको विवाद टुंगो लगाउन कार्यल गठन गर्ने निर्णय पनि गरेको छ । कार्यदलमा सहभागी हुने सदस्यका बारेमा भोलि मात्र टुङ्गो लाग्ने बताइएको छ ।

 विवाद समाधानका लागि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित उपसमितिले विवादित विषयमा सहमति कायम गरी संविधान निर्माणको जिम्मा पाएको छ । उपसमितिलाई राज्य पुनस्ररचनासम्बन्धी समितिको प्रतिवेदनका ७८ र यसअघि २१ वटा विवादित विषयमा सहमति खोज्ने जिम्मा दिइएको हो ।  संवैधानिक समितिले प्रत्येक १०/१० दिनमा गरेका कामको प्रगति विवरण बुझउने गरी गएको बुधबार उपसमितिको सकिएको म्याद थपेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae