Sahara Sansar

Tuesday, May 31, 2011

पेरिस मोडेल!

0 comments

पेरिसको आइफिल टावर अगाडि  एक मोडेल मोडलिङ् गर्दै फोटो: राजन भट्टराई 

Read More......

अनुपयुक्त समयमा परीक्षा गरिदा उतीर्ण प्रतिशत न्यून

0 comments

रविन राचलिका हरीत समूह भक्तपुर
नेपालमा रहेका बिभिन्न तहमा अध्ययनरत बिद्यार्थीसंग परीक्षा अनुतीर्ण हुने बिषयमा गरिएको खोजमा अनुपयुक्त  समयमा परीक्षा गर्ने गरिएको कारण उतीर्ण प्रतिशत न्यून हुने गरेको तथ्य फेला परेको छ । हरीत समुहको लाग शिवराम सुवालले गरेको अनुसन्धानबाट यस्तो निचोड निकालिएको हो । सुवालले एसएलसी, प्रमाणपत्र तह, प्लस टु र स्नातक तह सम्पुर्ण परीक्षा दिउँसो गर्न सुझाएका छन् । यसो गरिएमा उतीर्ण प्रतिशत बढ्ने उनको दाबी छ । बिहान दश बजे अघि गरिने परीक्षालाई उनले अबैध मानेका छन् भने अबैध समयमा गरिएको परीक्षाको कारण् उतीर्ण प्रतिशत न्यून हुने उनको ठम्याइ छ ।

ब्यक्तिको भबिष्यसंग जोडिएको परीक्षालाई अबैध समयमा गरेर परीक्षा बोर्डहरुले धेरैको भबिष्यमाथि खेलबाड गरिरहेका छन् । सम्पुर्ण अध्ययन समय तथा परीक्षा दिउँसो गर्दै आएको काठमाण्डौं बिश्वबिद्यालय तथा महेन्द« संस्कृत बिश्वबिद्यालयमा उतीर्ण प्रतिशत कार्यलय समय गर्ने गरिएको छ । तर प्लस टु, एसएलसी र त्रिबिमा भने अबैध समयमा आधिकारीक कार्यहरु हुने गरेका छन् ।

अनुसन्धानकर्ता सुवालले बिहान गरिने परीक्षालाई भर्खर जन्मेको बच्चालाई दौडाउन खोज्नु संग तुलना गरेका छन् । बिहान उठ्ने बितिकै केही आराम र तयारी बिना परीक्षामा सामेल हुनु पर्दा बिद्यार्थीहरु परीक्षामा फेल हुने गर्दछन् । अहिलेको अस्थिर राजनितिको कारण बन्द र हडतालको निश्चित समेत नहुदा बिहानै सवारी साधनबाट जान तयार गरेका बिद्यार्थीहरु हिडेर आफ्नो परीक्षा केन्द«मा पुग्दा थकावटको कारणले पनि आफ्नो क्षमता अनुसार लेख्न सकिरहेका छैनन् ।

आधिकारीक परीक्षाहरु समेत बिहान औपचारीक समय सुरु हुनु भन्दा अघि गरिने गरिएको कारण परीक्षाको मर्यादा हनन हुदै आएको छ । यसैको कारण परीक्षा सम्पन्न भैसके पछि पनि प्रश्न पत्र बाहिरिएको भन्दै परीक्षाहरु रद्द हुने गरेका छन् । यसबाट परीक्षार्थीहरु मारमा परेका छन् । कक्षा १२ को भौतिकशास्त्र बिषयका बिद्यार्थीहरु जेठ १९ गते दोश्रो पटक परीक्षा दिदै छन् । अघिल्लो रात प्रश्नपत्र बाहिरिने तर बिहान यस बिषयमा आधिकारीक रुपमा घोषणा नगरिदा परीक्षा सकिए पछि मात्र परीक्षा रद्दको सुचना जारी हुदै आएको छ । यसो हुन नदिन परीक्षा केन्द«मा प्रश्न पत्र बिहान दश बजे पछि मात्र पठाउन उपयुक्त हुन्छ । सबै तहका परीक्षा दिउँसो एक बजे बाट सुरु गर्नु पर्ने सरकारी नियम बन्न आबश्यक छ । होइन भने प्रश्न पत्र आउट हुने क्रम जारी रहन्छ । बाहिरिएका प्रश्न पत्रको कारण बिद्यार्थीहरुमा परीक्षा प्रति अबिश्वास हुदै आएको छ ।

त्रिबिको स्नातोकोतर तहका सम्पुर्ण परीक्षा दिउँसो हुने गरेका छन् । स्नातोकातर तहमा उतीर्ण प्रतिशत सरदर ८० प्रतिशत भन्दा माथि । बिहान परीक्षा हुने तहमा भने उतीर्ण प्रतिशत २० प्रतिशत भन्दा कम रहेको छ । यसबाट के देखिएको छ भने अबैध अर्थात बिहान दश बजे अघि गरिने परीक्षाको नेपालमा उतीर्ण प्रतिशत घटेको हो ।

अधिकास बिद्यार्थीहरु बिहानको समयमा मानसिक स्वास्थ्यको बिकासको लागि शारिरीक अभ्यास गर्ने गर्दछन् । तर परीक्षाको सो समयमा मानसिक अभ्यास गर्नु पर्ने हुदा उनीहरुमा भएको क्षमता प्रदर्शन हुने सक्दैन र फलत परीक्षामा नराम्रो नतिजा हात लाग्ने गरेको छ ।

जेठ २३ बाट सुरु हुने सिटिइभीटीका परीक्षाहरु समेत बिहानीको सयममा राखिएका छन् । बिद्यार्थीहरुलाई अनुतीर्ण गराएर पैसा कमाउने खेलमा सिटिइभीटी लागिपरेको छ । अफिस समय बिहान दश बजे देखि पाँच बजे सम्म भए पछि भ्रष्टाचारलाई बढावा दिएर पैसा कमाउन चाहने कर्मचारीको कारण बिहानीको समयमा परीक्षा गरिदै आएको हो । ओभर टाइमको नाममा बर्षेनि त्रिबि, एसएलसी बोर्ड, तथा अन्य परीक्षा बोर्डहरुले भ्रष्टाचार गर्दै आएको छ । कार्यलय समय मै गर्न सकिने परीक्षाहरु बिहान गर्नुको उदेश्य परीक्षा बोर्डहरुले स्पष्ट पार्न सक्नु पर्दछ ।

निश्चित रुपमा बिहानको समय हरेक ब्यक्तिको घर मै बसेर दैनिक रुपमा कार्ययोजना तयार गर्ने समय हो । यो समयमा कुनै पनि औपचारीक काम वा परीक्षा गरिनु हुदैन । यदि ती गरिएका छन् भने अबैध हुन । अबैध समयमा गरिएको संबिधान समयको म्याद थपको कारण अहिले नेपाली राजनिति डामाडोलको स्थितिमा पुगेको छ । सही समयमा सही काम गर्ने हो भने नेपाली राजनिति पनि उँभो लाग्छ । नेपाली राजनिति धेरै जसो निर्णय मध्यरात अथवा अबैध समयमा हुदै आएकोले देश असफल भएको हो ।

नेपालमा जागिर र पढाइ संगसंगै गर्नु पर्ने बाध्यता भएको कारण बिहानी समयमा समेत पढाइ हुने गरेको छ । पढाइ अनौपचारीक हो । तर परीक्षा औपचारीक भएकोले भने कार्यलय समय मै गरिनु पर्दछ ।समयको दुरुपयोग गरेर धन आर्जन गर्न चाहनेहरुले अबैध समयमा परीक्षा राखेको कारण शिक्षा क्षेत्रमा भ्रष्टाचारजन्य गतिबिधि बढेको छ । बिहानको समयमा हुने परीक्षामा भन्दा दिउँसो समय हुने परीक्षाहरुमा चीट बोक्ने बिद्यार्थीहरु पनि कम देखिन्छन् । 

यसबाट के स्पष्ट छ भने परीक्षा चीट रोक्नेको लागि पनि दिउँसोको समयमा परीक्षा गरिनु पर्दछ । अब नेपालका शैक्षिक प्रमाणपत्रहरुलाई बैध बनाउन कार्यलय समयै परीक्षा गर्ने नियम बनाइनु पर्दछ ।




Read More......

उपल्लो मुस्ताङवासीको मुख्य पर्व तेन्ची सम्पन्न

0 comments

चन्द्रश्वर बस्ताकोटी
 लोमन्थाङ,मुस्ताङ। उपल्लो मुस्ताङवासीको तेन्ची भनिने मुख्य पर्व तिजी बुधवार  सम्पन्न भएको छ  ।पुर्व मुस्ताङी राजा जिग्मे सिग्मे परवल विष्टले आइतबार देखि सुरु भएको पर्व लोमान्थाङ गाविसको ध्ये प्रागणमा पुजाआजा गरि समापन गरेका हुन ।

तिन दिनसम्म सञ्चालन भएको पर्वमा मुस्ताङका साथै देश तथा विदेशबाट समेत उल्लेखिय सहभागिता रहेको थियो । पर्वमा विश्व शान्तीको कामना गर्ने गरिन्छ ।

पर्वको अवसरमा छोदे गुम्वाका लामाहरूले लामा नृत्यका साथै स्थानिय युवा क्लव द्धारा स्थानिय कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

पर्वको अवसरमा राष्ट्रिय प्राकृतिक संरक्षण कोष अन्नपुर्ण संरक्षण क्षेत्र आयोजगरेको छ ।

Read More......

धनगढीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

0 comments

जेठ १७  कैलाली ।  अन्तर जिल्ला क्षेत्रव्यापी माध्यमिक विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजदेखि कैलालीको धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीको आयोजनामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र बाजुरा जिल्लाको सहभागिता रहेको छ । 

भलिबल र एथलेटिक्स खेलमा प्रतिस्पर्धा हुने सो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको कैलालीका प्रमुख जिल्ला अधिकारीले एक समारोहका बिच उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका सीडीओ बिडारीले खेल राष्ट्रको प्रतिभा, पहिचानलाई विश्वसा्मु चिनाउने माध्यम रहेको बताउनुभयो ।

यसैबीच राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शुरुको दिन बिहान भएको भलिबल खेलमा छात्रातर्फ बैतडी र कञ्चनपुर विजयी भएका छन्. । बैतडी र डडेल्धुरा बिच भएको खेलमा बैतडीले २५–१६, २५–११, २५–१६, कञ्चनपुर र डोटी बिच भएको खेलमा कञ्चनपुरले २५–११, २५–११, २५–५ को अङ्कको अन्तरमा सजिलो जीत हात पा¥यो । पुरुषबिच भएको भलिबल प्रतियोगितामा कञ्चनपुरलाई पछार्दै कैलाली र डोटीलाई हराउँदै बैतडीले जीत हात पारेका छन् । खेल नकावट बिधीबाट खेलाइ रहेको जानकारी दिइएको छ । प्रतियोगितामा सुदुरपश्चिका अछाम र बझाङ्ग जिल्लाले भने सहभागिता जनाएका छैनन् ।


Read More......

सिन्धुलीमा अनिष्चित कालिन यातायात बन्द

0 comments

यम चौलागाई
 जेठ १७ सिन्धुली।  सिन्धुलीको भिमान –रानीवास पह“च मार्ग निर्माणका क्रममा ह्यम पाइप नराखेकाले कमलामाइ नगरपालिका १२ को कोरुङखोला गाउ“मा पस्न थालेपछि स्थानियले तत्काल रोकथामको माग गर्दै मङ्गलबार दिउ“सो देखि अनिश्चित कालिन यातायात बन्द गरेका छन् । 

बन्दका कारण भिमान हु“दै रानीवास, हत्पते, निपाने, हर्षाही, लदाभिर, दुधौली, सिर्थौली,टा“डी लगाएतका स्थानमा हि“डेका यात्रुहरु अलपत्र परेका छन् । स्थानीय तिलकबहादुर खड्काका अनुसार कोरुङखोलामा सडक निर्माण गर्दा लगाएको तारजालीका कारण खोला गाउ“मा पस्न थालेको र पटक–पटक ठेकेदार र सडक डिभिजन कार्यालय धनुषालाइ ताकेता गर्दा समेत सुनुवाइ नभएपछि यातायात बन्द गरिएको हो । 

लगातारको वर्षाले खोला बढ्दै गएको तथा निकासको ठाउ“ नराखिकन सडक निर्माण गरिएकाले खोला गाउ“तर्फ सोझिएको समेत खड्काले जानकारी दिनुभयो । खोलाले विद्युतको पोल समेत ढाल्न लागेको छ । माओवादी सेनाको रानीवासमा रहेको सहायक शिविरसम्मको पहु“च मार्ग निर्माणमा सरकारले करोडौं खर्च गरिसकेपनि व्यवस्थित सडक निर्माण हुन सकेको छैन ।

Read More......

यार्सा गुम्बा संकलन गर्ने क्रममा बझाङमा ६ जनाको मृत्यु

0 comments

जेठ १७ बझाङ ।यार्सा गुम्बा संकलनको लागि बझाङको उच्च हिमाली क्षेत्रमा गएका ६ जनाको  मृत्यु भएको छ भने अधिकांस बिरामी भएर खाली हात घर फर्किरहेका छन् । वैशाखको पहिलो सातातिर यार्सा संकलनको लागि हजारौंको संख्यामा जिल्लाको सुर्मासरोवर र साइपाल हिमालको क्षेत्रमा जिल्लावासी तथा जिल्ला बाहिरका मानिस त्यसतर्फ गएका थिए । 

यार्सा संकलनको क्रममा मृत्यु हुनेमा पाँच स्थानीय र एक जना नेपालगञ्जको रहेको त्यहाँबाट फर्केका रिलु गाविसका रामबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा रिलु गाविस ६ का १९ वर्षिय सुरेन्द्र जेठारा, व्यासी गाविस ३ थलाराका १६ वर्षिय सुवास धामीको मृत्यु भएको छ । त्यस्तै दौलिचौर ९ गजौनका ४५ वर्षिय नन्दगिरी बोहरा, दौलिचौरकै ५० वर्षिय धौल्या बोहरा र ३० वर्षिय पात्या बोहराको पनि मृत्यु भएको छ  भने अर्का एकजनाको नामथर खुल्न सकेको छैन । 

उनीहरु सबैको जेठ पहिलो सातातिरै मृत्यु भएको हो । जेठारा र धामीको हिउँमा चिप्लेर लड्दा मृत्यु भएको हो भने अरुको चिसो तथा टाईडफाईड भएर मृतयु भएको पनि बोहोराले जानकारी दिनुभयो । मृतक जेठारा दस कक्षामा अध्यनरत थिए भने धामीले यसपाली एसएलसी दिएका छन् ।

 प्रहरी चौकीबाट यार्सा संकलन गर्ने ठाँउ पुग्न दुई दिन लाग्ने भएकाले ढिलो जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Read More......

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन

0 comments

जेठ १७ काठमाडौं।  प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमति भए तत्काल राजीनामा दिएर राष्ट्रिय राजनीतिमा सहयोग गर्ने बताउनु भएको छ । देशको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा आज राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले सहमतिका लागि जिम्मेवार हुन प्रतिपक्षी कांग्रेसलगायतका दलहरुलाई आग्रह पनि गर्नुभयो । 

पाँच बुँदे सहमतिमा संविधानसभाको म्याद थपिएपछि पहिलो पटक राष्ट्रका नाममा सम्वोधन गर्नुभएका प्रधानमन्त्री खनालले सहमतिका लागि आफू बाधक नबन्ने स्पष्ट पार्नुभयो । ’सहमतीय सरकार बनाउन सहमति भइसकेको अवस्थामा अब राष्ट्रिय संयुक्त सरकार बनाउन ढिला गर्नहुँदैन,’ उहाँले भन्नुभयो ‘त्यसका लागि म सहयोग गर्न तयार छु ।’ 

प्रधानमन्त्री खनालले संविधानसभाको म्याद पुनः थप्नु परेकोमा आत्मालोचना पनि गर्नुभयो । तर संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा सबै दल रहेको प्रधानमन्त्री खनालको भनाइ थियो । उहाँले भन्नुभयो, ‘संविधानसभाको विकल्प अझै पनि छैन,’ । सरकारले ढिला पूर्णता पाउनु, माओवादीले शान्ति प्रक्रियामा प्रतिबद्धता जनाउन ढिला गर्नु, कांग्रेस देशव्यापी अभियानमा लाग्ने जस्ता कामले पनि समयमै संविधान निर्माणमा कठीनाई भएको प्रधानमन्त्री खनालको तर्क थियो । सिंहदरबारस्थित राष्टिय योजना आयोगको हलबाट दिउँसो ४ बजेदेखि करिब १५ मिनेट उहाँले सम्बोधन गर्नुभएको थियो । 

प्रधानमन्त्री भएपछिको उहाँको यो दोस्रो सम्वोधन हो ।

Read More......

पाँच बुँदेमा अलिखित सम्झौता कार्यान्वयन गर्न कांगे्रसको माग

0 comments

जेठ १७ काठमाडौं। नेपाली कागे्रसले संविधानसभाको निर्वाचनको सयमा भएका पाँचबुदे सहमतिसंगै अलिखित सम्झौता समेत  कार्यान्वयनगर्न सरकारसंग माग गरेको छ । प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठकमा कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले अलिखित सहमति पनि कार्यान्वयन गर्न माग गर्नु भएको हो । 

उहाँले संविधानसभाको म्याद गपगर्ने क्रममा गत आइतवार पाँचबुदे सहमति भन्दा धेरै अलिखित सहमति भएका दावीसमेत गर्नुभयो । संवैधानिक समिति अन्तरगतको विबाद समाधान उपसमितिसंगै सेना समायोजन विशेष समितिलाइ सक्रिय बनाउनपनि कागे्रसले माग गरेको छ । नेता पौडेलले सेना समायोजन प्रक्रिया अघि बढाउन विशेष समितिको बैठक बोलाउन माग गर्नुभयो ।

 प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डले सहमति कार्यान्वयनमा सकारात्मक प्रतिक्रिर्या जनाएको पौडेलले उल्लेख गर्नुभयो । उहाँले आगाम तीन महिना अग्नीपरिक्षा रहेको भन्ने माओवादी अध्यक्षको भनाइको सराहनागर्दै बोली अनुसारको व्यवहार गर्न सुझाव दिनुभयो ।

Read More......

स्वास्थ्य, प्रतिष्ठा र विकासका लागि सरसफाइ

0 comments

राजेन्द्र न्यौपाने
 जेठ १७ गोरखा । पर्यटन वर्ष २०११ लाई लक्षित गरि यस वर्षको राष्ट्रिय सरसफाई सप्ताहको नारा स्वच्छ सफा गाउँ शहर, पर्यटन विकासको आधार राष्ट्रिय सरसफाई कार्य सञ्चालन समितिले तय गरेको छ । स्वास्थ्य , प्रतिष्ठा र विकासका लागि सरसफाई भन्ने मूल नारा सहित गोरखामा जेठ २२ गतेदेखि २८ गतेसम्म सरसफाई सप्ताह मनाउन आज सर्वपक्षिय छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा जुलुुुस धर्ना देखि देउराली गा.वि.स.लाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सम्मका रहेका छन् ।
जिल्ला खानेपानी तथा सरसफाई कार्यालय गोरखाको आयोजनामा भएको कार्यक्रममा पाँचदिनको कार्यक्रम ठोस गरिएकोछ । स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्याक्रममा न्यायधिस प्रभा बस्नेत, प्रहरी नायव उपरिक्षक गोरखसिंह भण्डारी, नगरप्रमुख, राजनैतिक दलहरुका नेता तथा कार्याकर्ता, पत्रकार, नागरिक समाज लगायतकोसहभागिता रहेको थियो । 

सत्यम हल बसपार्कमा भएको उक्त छलफलप्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्ले,माननीय कार्यक्रमले सरससफाई सत्ताह भव्य रुपले मनाउने निर्णय गर्दै दिनदिनै को कार्यक्रम ठोस गरेको छ । 

Read More......

भारतको आसाममा भएका २ छुट्टाछुट्टै दुर्घटनामा ३१ को मृत्यु

0 comments

जेठ १७ एजेन्सी। भारतको आसाममा भएका २ छुट्टाछुट्टै दुर्घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । बिहेको जन्ती लिएर आसामको गुवाहाटीबाट रपंगीया जाँदै गर्दा कामरुप नजिक एक तलाउमा खसेर भएको दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् । 

त्यस्तै आसामको गोलाघाटमा तेल बोकेको ट्याङ्कर दुर्घटनामा परेर भएको आगलागीमा ५ जनाको जलेर मृत्यु भएको र अन्य १२ जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । जन्ती बोेकेको बस दुर्घटनामा १२ महिला तथा ३ बालबालिका सहित २६ जनाको मृत्यु भएको छ ।

Read More......

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

0 comments




प्रधानमन्त्री झलनाथ खनालले देशबासीका नाममा राष्ट्रिय योजना आयोगको सभाकक्षबाट  अहिले सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पाँच बुँदे कार्यान्वयनका विषयमा छलफल भएको थियो।


Read More......

माओवादीलाई विश्वास गर्न शान्ति मन्त्री साहको आग्रह

0 comments

जेठ १७  सर्लाही।शान्ति तथा पुननिर्माण मन्त्री विश्वनाथ साहले शान्ति प्रकृया पुरा गर्ने र संविधान निर्माण गर्ने काममा एकिकृत माओवादीलाई संका नगर्न आग्रह गर्नु भएको छ ।  सर्लाहीको कर्मैयामा गाविस भवनको शिलान्यास गर्दै मन्त्री साहले संविधान सभाको म्याद तीन महिना थप भएको समयलाई भरपुर सदुपयोग गरिने बताउनुभयो । 

तीन महिना छोटो समय भए पनि सेना समायोजनका महत्वपुर्ण काम र संविधान निर्माणको खाका यसबीच आउने मन्त्री साहले विश्वास व्यक्त गर्नुभयो ।

Read More......

प्रचण्डको निर्णय विरुद्ध पार्टीमा गंभिर छलफल हुन्छः गजुरेल

0 comments

जेठ १७ काठमाडौ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले झलनाथ खनाल नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने पार्टी निर्णय विपरित राजिनामा गराउने भनी अध्यक्ष
प्रचण्डले गरेको सहमतिको विषयमा पार्टीमा गंभिर छलफल हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले पार्टीले राष्ट्रिय सहमतिको सरकारकोलागी प्रधानमन्त्रीको राजिनामा गराउने विषयमा म्याण्डेड नदिएकोले त्यस्तो सहमति कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे । उनले पार्टी निर्णय विपरित कसरी यस्तो भयो भन्ने विषयमा पार्टीभित्र गंभिर छलफल हुने स्पष्ट पारे ।

 साक्षात्कारमा उनले भने–हामिले आफै बनाएको सरकारको राजिनामा माग्दैनौ। पार्टी निर्णय विपरित प्रधानमन्त्रीको राजिनामामा हस्ताक्षर भएको छ। गजुरेलले राष्ट्रिय सहमति कायम नभई प्रधानमन्त्रीको राजिनामा नआउने स्पष्ट पार्दै अहिले प्रधानमन्त्रीलाई राजिनामा दिन लगाएर मुलुकको अवस्था झनै कष्टकर बनाउन नहुने तर्क गरे ।

उनले यहि सरकारमा अरु दल आएर राष्ट्रिय सहमतिको स्वरुप दिनु पनेर  भन्दै अन्य पार्टी आए सोही अनुरुप सरकारको नेतृत्वमा आलो पालो हुने समेत स्पष्ट पारे । संविधानसभाको म्याद थप्नु अघि तीन प्रमुख दलहरुवीच भएको पाँच बुँदे सहमति कार्यान्वयन सहज ढंगले हुनै नसक्ने दावी गर्दै गजुरेलले संविधानसभाको म्याद थप सम्बन्धमा माओवादीलाई चेपुवामा पारिएको र पार्टीको निर्णय विपरित प्रधानमन्त्रीको राजिनामाको विषय उल्लेख भएकोले पनि कार्यान्वयन सहज नभएको दावी गरे ।

माओवादीले तत्काल हतियार सरकारलाई नबुझाउने स्पष्ट पार्दै गजुरेलले समायोजन र हतियार बुझाउने काम सँगसँगै हुनु पनेर्  बताए । उनले भने–हतियार खोसिएका नागरिकलाई के मा समायोजन गर्ने ? हतियार नभएको पनि सेना हुन्छ । त्यसैले समायोजन र हतियार बुझाउने काम सँगै बढ्छ । पहिला हतियार बुझाउने काम मान्य हुदैन । 

छ महिनाभित्र सेना समायोजन सक्ने भनी पार्टीको तर्फबाट भएको सम्झौता ऐतिहासिक भुल भएको भन्दै उनले शान्ति प्रक्रिया टुङग्याएर संविधान पछि बनाउने कुरा मान्य नहुने चेतावनी दिए ।



Read More......

Monday, May 30, 2011

दाइजो नल्याएको निहुमा बुहारीको हत्या

0 comments



दिपेश पौडेल,रौतहट,जेठ १७
खानामा बिष राखेर खुवाइ हत्या गरी जलाएर फरार भएको भन्दै बुहारी हत्याको आरोपमा रौतहटमा प्रहरीले एक परिवारको खोजी गरीरहेको छ । दाइजो नल्याएको भन्दै जेठ १४ गते गौर नगरपालिका १० सबगढा टोलकी १८ वर्षीया संगितादेवी साहको परिवारका सबै सदस्य फरार भएकाले राति नै शव जलाउनमा सहयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य फरार परिवारका सदस्यहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साहलाई राती नै जलाउदै गरेको अवस्थामा  प्रहरीले तीन जनालाई पक्राउ गरेकेा छ । रौतहटमा मात्रै सन् २०१० मा ७ जना बुहारीहरुको दाइजोको कारण हत्या भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

Read More......

विद्यालयलाई ८ लाख भन्दा बढी रकम संकलन

0 comments

एम चौलागाईं
 जेठ १६ सिन्धुली। सिन्धुलीको रानीचुरी ७ बेशारेबेशीमा रहेको कुण्डेश्वरी माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय संचालन गनेर् उद्धेश्यले संचालन गरिएको् श्रीमद् भागवतमा आठलाख भन्दा बढी रकम संकलन भएको छ । भागवतमा सबैभन्दा बढी रकम सिन्धुली गढी जागरण समुह ले पचासहजार रकम प्रदान गरेको थियो । 

यसैगरी व्यक्तगत तर्फ भिमस्थान ६ का विष्णु राउतले तीस हजार, रानीचुरीका पवित्रा बस्यालले २६ हजार,जंग बहादुर बरालले २५ हजार कुमार बरालले १६ हजार १ सय, अम्विका श्रेष्ठले १६ हजार,नरेश दाहालले १५ हजार १५०, र शिक्षक मदन काफ्लेले १५ हजार रकम प्रदान गर्नु भएको थियो ।  भागवतमा ५ हजार भन्दा बढी रकम ८० जना महानुभावले प्रदान गर्नु भएको थियो भने २ सय भन्दा बढी महानुभाव एक हजारसय भन्दा बढी रकम प्रदान गरेको बताइएको छ । यस्तै विद्यालयका शिक्षकहरुले पनि एक महिनाको तलब दिने घोषणा गरेको शिक्षक मदन काफ्लेले जानकारी दिनुभयो । 

जेठ सात गतेदेखि आज सम्म संचालन भएको भागवतको युवा पंडित देवी प्रसाद बरालले काथा वाचन गर्नु भएको थियो ।

Read More......

गोरखा कारागारबाट दुई बन्दी रिहा

0 comments

राजेन्द्र न्यौपाने
 जेठ १६ गोरखा। अवसरमा गोरखा कारागारमा रहेको ५० प्रतिशत कैद भुक्तान गरि सकेका खोप्लाङ वडा नं. ४ घर भएका ठाकुर विक, (चोरी मुद्धा) बोर्लाङ वडा नं. ९ घर भएका तिलक बहादुर रोका (कर्तव्यज्यान मुद्धा ) आइतबार रिहा भएका छन् ।

चोरी मुद्धामा वितग ६ वर्षदेखि र कर्तव्यज्यान मुद्धामा रोका ५ वर्षदेखि जेलमा थिए । आधाकैद भुक्तान गरेका र असल चालचलन भएका बन्दीहरुलाई सरकारले विभिन्न दिवस तथा पर्वहरुमा छुट दिने व्यवस्था अनुसार गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई माफि दिइएको प्रहरी उपरिक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । 

Read More......

घुस लिएको आरोपमा फिफाका दुई कार्यकारी सदस्य निलम्बित

0 comments

जेठ १६ एजेन्सी । फुटबलको सर्बाेच्च संस्था फिफाले घुुस लिएको आरोपमा आफ्ना दुई कार्यकारी सदस्यलाई निलम्बन गरेको छ ।

फिफा अनुशासन कमिटिको गएराति सम्पन्न बैठकले मोहमद बिन हमाम र ज्याक वार्नरलाई कार्यकारी सदस्यबाट निलम्बन गरेको हो । बिन हमाम एसियाली फुटबलका अध्यक्ष समेत हुन । ज्याक वार्नर भने क्यारेविन फुटबल महासंघका अध्यक्ष हुन् । बिन हमाममाथि सन् २०२२ को विश्वकप कतारलाई आयोजना गर्न दिंदा भष्ट्राचार गरेको आरोप छ ।

हमाम कतारका नगारिक समेत हुन । यता ज्याक वार्नरलाई भने भोटको दुरुपयोग गरेको आरोप छ । फिफाले क्यारेविन फुटबल महासंघका सदस्यहरु डेभिल मिनगियुल र ज्यासन सेल्भेस्टरलाई पनि निलम्बन गरेको छ । यसै साता हुन लागेको फिफाको निर्वाचन अघि फिफाको अनुसासन कमिटिले निलम्बन गरेको हो ।

यता भष्ट्राचारको आरोप लागेका फिफा अध्यक्ष सेब ब्लाटरलाई भने कुनै कारबाही गरिएको छैन । हमामले अध्यक्ष पदमा दिएको उमेद्वारी हिजो मात्र फिर्ता लिएपछि ब्लाटर पुनः फिफा अध्यक्षमा निर्विरोध चुनिने लगभग पक्का छ । ब्लाटर सन् १९९८ देखि फिफाको अध्यक्षमा छन् ।

Read More......

यौन दुराचारको आरोपमा फ्रान्सका जनसेवा मन्त्रीद्वारा राजीनामा

0 comments

जेठ १६  एजेन्सी । आफ्नै कार्यलयका महिला सहकर्मीलाई यौन दुब्र्यबहार गरेको आरोप लागे पछि  फ्रान्सका एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

फ्रान्सका सिभिल सर्भिस मन्त्री जर्ज ट्रोनलाई महिला सहकर्मीलाई एक होटलमा यौन दुब्र्यबहार गरेको आरोप लागे पछि उनले पदबाट राजिनामा दिएका दिएका हुन । ट्रोनलाई दुई महिला सहकर्मीलाई यौन दुराचार गरेको आरोप छ । यता फ्रान्सका प्रधानमन्त्री फ्रान्सोकोइन फोलिनले भने विज्ञप्ति जारी गर्दै मन्त्री ट्रोनको सामान्य ब्यवाहारलाई दुब्र्यवहार भन्न नमिल्ने बताएका छन् ।

यो काण्ड पछि फ्रान्स गोप्यता सम्बन्धि कानुनलाई अझ कडा पार्ने तयारी गरिरहेको जनाइएको छ । साथै सरकारले यो काण्डको बिषयमा कडा छानबिन गर्ने समेत जनाएको छ । फ्रान्स सरकारले घटना समान्य नभएर अन्य कतैबाट प्रेरित भएको समेत बताएको छ ।

Read More......

ब्यापारी तोलाराम दुगडको अन्त्यष्टि

0 comments

जेठ १६ काठमाडौं । वरिष्ठ उद्योगपति एवं समाजसेवी तोलाराम दुगडको आज धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

नक्सालस्थित आफ्नै निवासमा निधन भएका दुगडको हिजो पशुपति आर्यघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्न लागिएको हो । राष्ट्रिय मारवाडी परिषद्का सल्लाहकार मण्डलका संयोजक समेत रहेका दुगड मुटु रोगी हुनुहुन्थ्यो ।

सनराईज बैंकका अध्यक्ष समेत रहेका दुगडले सामाजिक क्षेत्रमा पनि धेरै सहयोग गर्नुभएको छ । विक्रम संवत १९८७ भदौ ४ गतेका दिन विराटनगरमा जन्मनुभएका दुगड पिता लुनकरण र माता ज्ञानदेवी दुगडका जेठा छोरा हुनुहुन्छ । १२ वर्षको उमेरदेखि नै व्यापार व्यवसाय गर्दै आउनुभएका दुगडले शिक्षा स्वास्थ्य र धार्मिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नुभएको छ ।

खाद्यान्न, सवारी साधन, निर्माण क्षेत्र र बैंक लगायत विभिन्न क्षेत्रमा लगानी गरेका दुगड नेपाल उद्योग परिसंघका सल्लाहकार समेत हुनुहुन्थ्यो ।

Read More......

पाँच जातीय संगठनले तीन दलवीच भएको पाँच बुँदे सम्झौता जलाए

0 comments

जेठ १६ काठमाडौं। बिभिन्न जातिय संगठनहरुले संविधानसभाको म्याद तीन महिना थप्ने गरी जेठ १४ गते मध्यराती तीन ठूला दलले गरेको पाँच बुँदे सहमति जलाएका छन् ।

संविधान बनाउन नसक्ने असफल संविधानसभा विघठन गरी सर्वजातीय संयूक्त राष्ट्रिय सरकार गठन गरी संविधानसभाको नयाँ निर्वाचन गर्न माग गर्दै आएका ५ वटा जातीय संगठनहरुले आज राजधानीमा पत्रकार सम्मेलन गरेर जलाएका हुन् । 

थरुहट स्वायत्त राज्य परिषद, संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, आदीबासी जनजाती अधिकार मन्च र तामाङसालिङ स्वायत्त राज्य परिषदले पाँच बुँदे सम्झौतामा जलाएका हुन् । उनिहरुले मधेशीका माग मात्र उल्लेख गरेर, आदीवासी, जनजाती, मुस्लिम, थारु र दलित लगायतका विभिन्न समूहसँग गरेको सहमतिको बेवास्ता गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । 

उनिहरुले मुलुकले सही कार्यदिशा पकडन नसके मुलुक झनै ठूलो द्धन्द्धमा जाने भन्दै तत्काल सर्वजातीय संयूक्त राष्ट्रिय सरकार गठन गरी संविधानसभाको नयाँ निर्वाचन गर्न माग गरेका छन् ।

Read More......

एन आर एन पोर्चुगलको सचिव पदमा नविन गौतम बिजयी

0 comments

जेठ १६ लिस्बोन। गैर् आवाशिय नेपाली संघ पोर्तुगलको सचिब पदमा भएको निर्वाचनमा नविन गौतम बिजयी हुनु भएको   छ। कुल ९७० मतदाता  सदस्य रहेको एन आर एन पोर्तुगलको निर्वाचनमा ७०६ मतदाताले मतदान गरेकोमा  खसेको मतमा १० मत बदर भएका थिए।

सचिव पदमा बिजयी  उम्मेदवार नविन गौतमले ५०६ मत प्राप्त गर्नु भयो भने उहाका प्रतिद्वन्दी योगेन्द्र मिलन छन्त्यालले १७४ मत प्राप्त गर्नु भएको छ । 

गौतमलाई पौतुगलमा रहेका तीन राजनीतिक संगठनहरुको   समर्थन रहेको थियो। तर अर्का उम्मेदवार छन्त्यालले   स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिष्पर्धामा गरेका थिए । 

संघको सचिब पद बाहेक अन्य पदहरु निर्बिरोध निर्बाचित भएका थिए। आगामी २ बर्ष सम्म चल्ने कार्यकालमा निर्बिरोध निर्बाचित हुने हरुमा अन्त राष्ट्रिय समन्व यन सदस्यमा पूर्ण हमाल , अध्यक्ष्य मा रमेश गुरुङ उपाध्यक्ष्यमा दिलाराम चापागाईं र पेम्बा शेर्पा ,कोषाध्यक्ष सुरेन्द्र अमगाई सह सचिब सोनाम दोर्जे योन्जन लामा ,लेखा समिति अध्यक्षमा खेम जुग्जाली मगर र सदस्यमा भेष राज आचार्य , महिला र युवा प्रतिनिधिमा सित देवी बास्तोला बराल र गोबिन्द दाहाल निर्बाचित हुनु भएको छ ।  

यसै गरि सदस्यहरुमा उमेश गुरुङ , कन्चन श्रेष्ठ,गिरि प्रसाद गाहा मगर ,जय कला राई,दिलिप कुमार सुनाम ,धनराज शेर्पा ,धर्म लाल कंडेल मदन ,पुरुषोत्तम   सुबेदी दामोदर ,लाला बहादुर पुन , बिष्णु प्रसाद सापकोटा ,र सुमन चौलागाईं रहनु भएको छ।  

Read More......

पाँच बुँदे सम्झौता पछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण: शेखर कोइराला

0 comments

जेठ  १६ काठमाडौ । नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले पाँच बुँदे सम्झौता पछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेको बताएका छन  । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले पाँच बुँदे सम्झौता पछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेको बताएका हुन । 

उनले मुलुकमा आराजकता बढेको बेलामा प्रधानमन्त्रीलाई राजिनामा गर्न लगाएरअझै अराजकतामा फसाउन नहुने भन्दै पहिला दलहरुवीच भावी प्रधानमन्त्री को भन्ने कुरामा सहमति नभई प्रधानमन्त्री झलनाथ खनालको राजिनामा आउन नहुने तर्क गरे । उनले भने– सात महिनासम्म मुलुकले प्रधानमन्त्री पाउन नसकेको यथार्थ हाम्रो सामू छ । अब पनि भावी प्रधानमन्त्री को भनेर सहमति नगरी प्रधानमन्त्रीले राजिनामा दिए मुलुकमा अराजकतामात्रै हुन्छ ।

त्यसैले पहिला राजिनामा दे भन्नु भन्दा पहिला सहमति गर्नु पर्छ ।क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले सहमति गर्ने तीन दलआफै प्रधानमन्त्रीको राजिनामाको विषयमा अन्यौलमा रहेको उल्लेख गर्दै पाँच बुँदे सम्झौता पनि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेकोले अब शान्ति प्रक्रिया निश्कर्समा पुर्याउन तर्फ लाग्नु पर्ने तर्क गरे ।

कोइरालाले अब सत्ता भन्दा पनि देशको पक्षमा लाग्नु पर्ने भन्दै त्यसो गर्न नसके मुलुकमा बढेको हस्तक्षेपले नेपाललाई अफगानिस्तान बन्ने दावी गरे । उनले आफू प्रधानमन्त्रीको राजिनामाको पक्षमा नरहेको समेत साक्षात्कारमा स्पष्ट पारेका थिए ।

पाँच बुँदे सम्झौता गरेर काग्रेस चुकेको दावी गर्दै कोइरालाले माओवादीसँग सहमति भएका दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने र हतियार कन्टेनरमा राख्ने कुरालाई पनि सम्झौतामा लेख्न नसक्नु काग्रेसको कमजोरी भएको तर्क गरे । उनले भने–माओवादी तयार भएको विषयलाई पनि सम्झौतामा समेटन सकेनौ । शान्ति प्रक्रिया निश्कर्समा पुगेपछि सहमतिको सरकार बन्छ भन्ने कुरा सम्झौतामा लेखिरहनु पर्दैनथ्यो ।

माओवादी लडाकुको शिविर खाली गरिए प्रचण्डकै नेतृत्व पनि काग्रेसकोलागी स्विकार्य भएको स्पष्ट पार्दै कोइरालाले हतियार कायम रहेर प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे । नेपाली काग्रेसभित्र पनि प्रधानमन्त्री बन्न योग्य नेताहरुको कमि नरहेको भन्दै पहिला प्रधानमन्त्री र उपप्रधानमन्त्री बनेका बाहेक पनि योग्य नेताहरु रहेको तर्क उनको थियो ।




Read More......

पर्वत फलेबासको मल्याङ्गदी खोलामा पक्की पुल निर्माण शुरु

0 comments

जेठ १६ पर्वत। पर्वतको फलेबास सडकमा पर्ने मल्याङ्गदी खोलामा पक्की पुल निर्माण शुरु भएको छ । ग्रामिण पुननिर्माण तथा पुर्नस्थापना आयोजनाले पुल निर्माणका लागि प्रकृया अगाडि बढाएको हो । आयोजनाले दिएको जानकारी अनुसार पुल निर्माणका लागि टेण्डर आव्हान गरि सम्झौता चरणमा पुगेको छ । 

असारदेखि टेण्डर स्वीकृत भै निर्माणको काम शुरु हुने आयोजना संयोजक जगदिश शर्माले बताउनुभयो । पुल निर्माणको कुल लागत १ करोड ११ लाख रहेको आयोजनाले जनाएको छ । पुल २५ मिटर लम्बाइ र सिङ्गल लेनको रहनेछ ।  पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारलाई दक्षिणी क्षेत्र संग जोड्ने महत्वपुर्ण सडक मानिने दोबिल्ला फलेबास सडकमा पर्ने मल्याङ्गदीमा पुल निर्माण सञ्चालनमा आउनेछन् ।

 पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारलाई दक्षिण क्षेत्र संग जोड्ने सडकहरुको स्तर सुधार गर्न ग्रामिण पुननिर्माण तथा पुर्नस्थापना आयोजनाले रु २९ करोड खर्च गरेर ६३ किलोमिटर सडक ग्राभेल गर्न लागेको हो ।    

Read More......

संविधानसभाको म्याद थपिएकोमा राष्ट्रसंघद्वरा स्वागत

0 comments

जेठ १६ काठमाडौं । संविधानसभाको म्याद तीन महिना थपिएकोमा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । राष्ट्रसंघका महासचिव वानकी मुनको सचिवालयले दलहरुको सहमतिमा संविधानसभाको म्याद थपिएको भन्दै स्वागत गरेको हो । 

गए राति निकालिएको विज्ञप्तीमा विघटनको संघारमा पुगेको संविधानसभालाई दलहरुले सहमति गरेर जोगाएको भन्दै खुशी व्यक्त गरिएको छ । शान्ति र संविधानका लागि प्राप्त उपलब्धीको उच्चतम प्रयोग गरि शान्ति र संविधानको नागरिक चाहनालाई दलहरुले पुरा गर्नेछन भन्ने विश्वास लिइएको विज्ञप्तीमा उल्लेख छ ।


Read More......

पाँचबुदे सहमति कार्यान्वयन गर्नुको विकल्प छैन : सभामुख नेम्वाङ

0 comments

कूल तामाङ् जेठ १६ काठमाण्डौ । संविधानसभाको म्याद थपको समयमा भएको पाँचबँुदे सहमति कार्यान्वयनको विषयलाई लिएर वादविवादमा नउत्रन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङल प्रमुख दलहरुसंग आग्रह गर्नुभएको छ । उहाँले जननिर्वाचित संस्था संसदले अनुमोदन गरेको सहमति कार्यान्वयन हुनेमा आशंका नभएको समेत दावी गर्नुभयो । संसद सचिवालयस्थित आफ्नै कार्यकक्षमा आज पत्रकारहरुसंग कुरा गर्दै सभामुख नेम्वाङले सहमति अनुसार तोकिएको अवधिमै नयाँ संविधानको एकीकृत मस्यौदा तयार हुने बताउनुभएको हो ।
गएको बर्ष जस्तै सम्झौता अलपत्र त पर्ने हैन भन्ने प्रश्नमा साहारा संसार संग संक्षिप्त कुराकानी गर्दै नेम्वाङले भन्नुभयो ग्ात वर्ष भएको सहमति जस्तो यसपटक भएको सम्झौता अलपत्र हुदैन र यसपटकको सहमति कार्यान्वयनको विकल्प पनि छैन ।
नेम्वाङले विगतमा संविधान बन्न नसक्नुको कारण सहित संविधानसभा


ले केहि दिनमै श्वेतपत्र जारी गर्ने उल्लेख गर्नुहुदै संवैधानिक समितिलाई सकि्रय बनाउन भोली देखी नै दलहरुसंगको परामर्शलाइ तीब्र बनाउने जानकारी दिनुभयो ।

Read More......

Sunday, May 29, 2011

अब त आउनै लाग्यो !

0 comments

एन आर एन पोर्तुगलको तेश्रो महाधिबेशनको लागि मतदान गर्न लाइनमा बसेका मतदाताहरु फोटो: साहरा संसार

Read More......

राजनीतिक संकट र नेपालको भविश्य

0 comments

कृष्ण वाग्ले(रुपेश)
 आज नेपालको राजनीतिमा जे जस्ता संकटहरु देखा परेका छन् , त्यसको समाधान यहाँका राजनीतिक पार्टीहरु तीनका नेताले गर्न सक्छन् या सक्तैनन् त्यसैमा आगामि दिनको भविष्य निर्धारित हुने निश्चित
छ।विगतको नेपाली राजनीतिमा ठूल–ठूला संकटको सही समाधान दिने पहल सबै दलहरुले गर्न खोजे तर
उनीहरुको कमजोर दृष्टिकोणले संभव भएन । त्यसबेला ने.क.पा.(माओवादी) ले अग्रभागमा रहेर कूशलतापूर्वक नेतृत्व ग¥यो । तर आज त्यहि नेतृत्व, पार्टी र उसले लीने कार्यनीति र कार्यक्रमले समाधान सम्भव छ छैन सबैले नियालीरहेका छन् ।

राष्ट्रिय राजनीति संकटले आज ( माओवादी) लाई पनि पिरोलेको छ। अहिलेको राजनीतिक संकट समाधान गर्न सहमतिको निम्तिी ए.ने.क.पा.(माओवादी) ले मानौं धेरै भूल गरेको छ त्यसैले उ सच्चिनुपछृ । त्यसको लागि उसले हतियार बुझाउनुपर्ने, ब्यारेक खाली गर्नुपर्ने पूरानो सेनामा विलय हुनुपर्ने, कथित कब्जा गरिएका घर जग्गा, सम्पति फिर्ता गरिदिनुपर्ने, जनवर्गीय युवा संगठन विघटन गर्नुपर्ने र मुठ्ठीभर बुर्जुवाहरुको लोकतन्त्रमा प्रतिबद्धता जाहेर गरी आत्मसमर्पण गर्ने दबाव आएको छ , यसको प्रस्तावको, विचारको नेतृत्व ने.का. लगाएत जनविरोधी यथास्थीतिवादी संसदीय पार्टी र भारतीय शाषकले राखेका हुन् । अर्काेतिर बहुसंख्य नेपाली जनता, मजदुर, किसान, उत्पीडित जनजाति,सुकुम्वासी , देशभक्त, राष्टवादी लगाएतका माओवादी बाट आशा र अपेक्षा राख्नेहरुले विगत २०६४ देखी माओवादीलाई समर्थन रभोट हालेर के के न हन्छ भनेको जो जोगी आएपनि कानै चिरेको जस्तो भयो भनी माओवादी पनि पुराना संसदीय पार्टी जस्तै जनतालाई अधिकार दिन आमूल परिर्वतन गर्न नसकेको, राष्ट्रस्वाधीन बनाउन नसकेको र नजयुद्रका प्र तिवद्यताहरु, संविधानसभा निर्वाचनका प्रतिवद्दता भूल्दै जान थालेका भनी व्यापक आलोचना र जन दवाव आईरहेको छ ।

यसरी अघिल्लो प्रस्तावले नाम बदलिएको पुरानै संसदीय व्यवस्था र सत्तामा शान्तिपूर्ण अवतरण र सत्ता संझौताको बाटो हिड्न र दोश्रो प्रस्तावले जनतन्त्र, राष्टियता र जनजिवीका सहित जनताको वास्तविक राज्यसत्ताको वाटो हिड्न माओवादीलाई बाध्य पार्दैछ । नेपाली कांगेसले भने जस्तै ने.क.पा.(माओवादी) नसच्चिएकोले संविधान नबनेको जे कुरा गरेका हुन थोरै यसवारे चर्चा गरौ । यो पूरै गलत छ र यसलाई (माओवादी) सच्चा माओवादी हो भने विना हिच्कीचाहवट खारेज गर्न सक्नुपर्छ किनकी उसले विगतमा संझौता गर्दा महाभूल सहित सच्चिएकै छ ने.का. भासामा र उसले जनताको प्रतिशत भूगोलमा उसको नियन्त्रण क्षेत्रमा अरु दलहरुलाई राजनीति गर्न छाडिदिएको छ ०६३ देखी लगातार सेना निश्चित अनुसासनमा व्यारेकमा वसिरहेको छ , खुल्ला राजनीतिमा भिडेको छ ।

वाकसको राजनीतिमा भिड्यो, वेपत्ता खोजी नहुदा पनि ऊ टुलुटुलु हेरीरहेको छ , गौर देखि डुडेझारि सम्म उसका कार्यकर्ता र जनताले गोलि खांदा खपिरहेको छ । सातपटक प्रधानमन्त्रीमा भिडेर मैदान खाली गरेको छ। अरुको नेतृत्वमा सरकारमा छ । ठूलो पार्टी भएरपनि अव यो भन्दा बढी सच्चिनुपर्ने कुनै जरुरी र आवश्यकता छैन ।

अरुलाई सचिने प्रस्ताव गर्ने ने.का. सच्चिनुपर्छ कि पर्दैन ? ०४८ यता १२÷१४ वर्ष अविछिन्न सत्ताको वरपर नेतृत्व गर्ने ने.का. लगायतका पार्टीहरु कसले कति भ्रष्टचार गरेका छन् के उनीहरुको राज्यलाई बुझाउनु नपर्ने सरकारमा रहदाँ देशको जल सम्पदा भारतलाई सुम्पने राष्ट्रघाती काम गर्ने सच्चिनु पर्दैन, लोकतन्त्रको ठूल–ठूला कुरा गर्ने अनि संविधान सभा माग्ने माओवादीको टाउको काट्ने घोषणा गर्ने दिमाग बदल्नु नपनेर् जमिन माग्ने सुकुम्बासीलाई गोली हान्ने सच्चिनुनपर्ने, चैत्र २६ चुनाव भाड्न दाङ गोली काण्डमा अपराधी खुम ब.खड्का सच्चिनुनपर्ने, राज्य पूर्नसंरचनाको खाँका पेश गर्न नसक्ने ने.का.सच्चिनु नपर्न अनि उल्दै माओवादीलाई उपदेश दिदै हिड्ने यही हो उहाँहरुको लोकतन्त्र ।

ने.का. लगायतका यथास्थिीतिवादी पार्टी, नेपाली जनताको प्रस्तावको आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ कि अव सबैलाई सच्याउने र सच्चिने प्रस्ताव के हुन सक्छ ? यसबारे चर्चा गरौं । अहिले शान्ति र संविधानले सबैतिर चर्चा पाएको छ । बहस भएको छ , यसले माओवादीमा त झन ठूलो बहस उठाईदिएको छ र उसलाई आफ्नो भूमिकामा दृढ रहन सर्तक गराएको पनि छ । ने.का.को तर्क छ माओवादी कारण शान्ति प्र क्रियाले पूर्णता पाएन र संविधान बन्न सकेन, एमाले का हेी हिस्सा पनि यसैमा सहमत छ, माओवादी भने ने.का. र एमालेका केपी माधव गुट र भारतीय विस्तारवादको हस्तक्षेप र दवावका कारण अग्रगमन सहितको जनअधिकार सहितको शान्ति र जनंसंविधान बन्न सकेन । कतिपय जनसमुदायलाई त यी सवालले बुझि नसक्नु बनाएको छ र उल्टो बुझ्ने खतरा पनि देखा पर्छ ।

शान्ति र संविधानको एजेण्डा अहिले संविधान निर्माणमा केन्द्रीत छ । माओवादी बस्ती संविधान र शान्ति चाहन्छ उसले विगत देखी खुलमखुल्ला राख्दै आएको छ ।संवैधानिक उप– समितिमा पनि उसको प्रस्ताव दर्ज
भई प्रकृयाहरु पार गरेका छन् । ती जनता र राष्ट्रको जायज प्रस्तावप्रति माओवादी पुरै दृढ रहेर शान्ति र संविधान निर्माणलाई निष्कर्षमा पुु¥याउन तयार छ । माओवादी संविधानको प्रस्तावनामा जनताको संघीय गणतन्त्रको संविधान उल्लेख गर्दै जनताको अधिकार सुनिश्चित गर्न चाहन्छ ।

संविधान निर्माणको बैद्यानिक प्रकृयामा माओवादीका जनयुद्ध ,जनआन्दोलन, अन्तरिम संविधाले अनुमो
दन गरेका ठोस प्रस्तावहरुलाई संविधानको मस्यौदामा लिपिबद्ध गर्न आफ्नो अनिवार्य कर्तव्य ठान्दछ । ती
हुनः ।

पहिलो: राज्यको पुर्नसंरचना
  यसबारे संबैधानिक उपसमितिमा बहुमतले पारित १४प्रदेशको संघीय खाका अनुसार उत्पीडित, (जातियता) जाती र क्षेत्रीयता(क्षेत्र) को आधारमा संघीयता हुनुपर्दछ । जसमा २ निर्वाचन कार्यकाल राजनीतिक अग्रधिकार, विदेशी उपनिवेश र उत्पीडनबाट विद्रोह गर्न पाउने आत्मनिर्णयको अधिकार,रक्षा, परराष्ट्र र ठूला परियोजना केन्द्रको रअरु बाँकी सबे प्रदेशमा रहने जनतन्त्रलाई जनताको घर–घर पु¥याउने लोकतन्त्र हुनुपर्दछ । यसोभन्दा खस जातीका बाहुन क्षेत्रीका कुरा बन्द, जुलुश आदि पनि भएका छन् । तर बाहुन क्षेत्री जात भएकै कारण उत्पीडनमा छैनन तर खस आर्य भएर पनि दलित अमानवीय छुवाछुतको व्यवहार भोगिरहेके छ । खसान सुदुरपश्चिममा रहेर र काठमाण्डौ खस राज्य भएर पनि टाढा भएकाले उत्पीडनमा परे त्यसैले भेक – सेमलाई क्षेत्रीय उत्पीडनको आधारमा संघीयता चाहियो । बाहुन क्षेत्र, र्धम, भाषाबाट उत्पीडीत छैनन् अहिले पनि संस्कृत पढ्दा अनुदा राज्यले दिदै छ । बरु उनीहरु गरीब छन् , भूमिहीन छन्, जमिन पाउन संघर्ष गर्नुपर्दा बेरोजगार छन् । रोजगारीको निम्ति लड्नुप¥यो त्यहाँ माओवादी साथ दिन र नेतृत्व गर्न तयार छ । अग्राधिकारको कुरा छ यसले अरु ठगिने भन्दा मानव विकास सुचाङ्कमा अरु सरह विकास नहुँदासम्म रहने भयो । यो खालको संघीयता सहित राज्य पूर्नसंरचना गर्ने मुद्धा बाहिर एकीकृत मस्यौदाले समस्या समाधान गर्न सक्तैन् ।

दोस्रो: शासकीय स्वरुप
  विश्वका प्रायजसो गणतन्त्र रहेका करिव ९० प्रतिशत मुलुकमा बहुसंख्यामा राष्ट्रपति प्रणाली कायम छ । हामीकहाँ संघीयतामा जाँदा १४ वटा प्रदेशको कारण हुने खतरा र विकेन्द्रीत हुनसक्ने कुरालाई व्यालेन्स गर्न जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहित राष्ट्रपति हुनु आवश्यक छ । यसो गर्दा संसदीय राजनीतिमा जस्तो खरीद विक्री र विदेशी हस्तक्षेप पनि स्वतः अन्त्य हुन पुग्दछ । यसको लागि सहयोगमा आधारित लोकतन्त्र संस्थागत गर्न सहमतिको आधारमा प्रतिपक्ष नरहने गरी एउटाआधारमा प्रतिपक्ष नरहने गरी एउटा स्थीर सरकारको निर्माण गर्नै नीतिमा जान सक्नुपर्दछ । यो मुद्धाबाट भागेर बास्तविक लोकतन्त्र, जनतन्त्र, गणतन्त्र जे भनेपनि कायम हुन सक्छ ?

तेश्रो: विषेशाधिकार
  दलित , महिला, मुस्लिम जो राज्यद्वारा उत्पीडित दलित समुदाय महिला र अल्पसंख्यक उत्पीडित मुस्लिमलाई राज्यसत्ता लगात अािर्थक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विशेषाधिकार सुनिश्चित गरिनुपर्दछ । साथै उत्पीडित समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्ने हुन्छ ।

चौंथो:क्रान्तिकारी भूमिसुधार ( बैज्ञानिक भुमिसुधार) 
  अन्तरिम संविधानले पारित गरेको उप–समितिमा छलफल भएको यो मुद्धाको आधारमा जमिनको वर्गिकरण , हदबन्दी निश्चित, न्यायोचित वितरण गर्न विना मुआब्जा राज्यको नियन्त्रणमा जमीन ल्याउने र कृषि क्रान्तिको कार्यभार पुरा गर्नुपर्दछ 

पाचौं :मौलिक हक 
  संवैधानिक उपसमितिका धेरै विषयमा मौलिकहक बारे प्रस्ताव अघि बढेका छन् । तर मुख्यत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सुविधाको मौलिक हक भन्ने अनिवार्य छ, साथै जातीय छुवाछुतलाई सामाजिक अपराध र कडा दण्ड गरी छुवाछुत मुक्त राष्ट्र घोषणा गर्नुपर्दछ ।

छैंटौं :राष्ट्रियता र सेना समायोजन
  नेपाल सन् १८१६ को सुगौली सन्धी देखि भारतको अर्ध –उपनिवेशमा छ । सीमा मिचिएका छन् । जल सम्पदामा सम्झौता गरी महाभूल र राष्ट्रघाट भएको छ । यसको निम्ति सबैभन्दा पहिले राष्ट्रिय सुरक्षा नीति निश्चित गर्नु, सीमा सुरक्षा बलको अवधारणा ल्याउनु, समायोजनको मोडालिटी ठोस गर्नु, च्भ–न्चयगउष्लन गर्नु र त्यसको फोर्स अलगया मिश्रीत अलग फोर्स बनाई नेतृत्व जनमुक्ति सोन मुख्य र मिश्रित रहदा अुनपातमा गर्नु शान्ति प्रकृया र सेना समायोजनको निष्कर्ष हुनसक्छ । यसभन्दा अलग घर फर्कनेको प्याकेज रकममा बागेर्निङ बनपाले, हस्पिटल र विस्कुट कारखानको सेक्युरिटीको प्रस्ताव जनसेनाको गम्भीर अवमुल्यन हो । यसरी न शानित प्रकृयाले पूर्णता पाउँछ नत सम्मानजनक सेना समायोजन नै हुन्छ । यसो गर्नु त पराजीत विद्रोहीलाई शान्तिपूर्ण अवतरणमा गरिने कार्यक्रम मात्र हुनसक्छ । यस्तो प्रस्ताव सच्चा माओवादी मान्न सक्तैन । नेपालको निर्वाचन प्रणाली नेपालको जटील समाजको चरित्र अनुरुप नै सही निति अपनाउनु आवश्यक छ , त्यसैले बहुपदीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली नयाँ समाधान हुनसक्छ ।

सातौं :मजदुर अधिकार
मजदूरलाई उचित पारिश्रमिक, नियुक्ति, सामाजिक सुरक्षको आवास कार्यक्रम संविधानले सुनिश्चित गर्नुपर्दछ । आज निम्नतय मजदुर वेतन कार्यन्वयन भएको छैन ।के नेपालका सभ्रान्तहरुलाई मजदुरहरु मिलेरएउटा उद्योग खोली रोजगारीमा नियुक्ती गरी निम्नत्तम बेतन दिँदा तपाईँ मान्नसक्नु हुन्छ । त्यसैले निम्नत्तम बाँच्न योग्य ज्याला सहित मजदूरको सम्मान गर्ने संविधान मजदूरले खोजेको छ ।

अन्तमा माओवादी मूर्दा शान्ति होईन अधिकार र अग्रगमन सहितको शान्ति चाहन्छ । त्यसैगरी एक थान संविधान झण्डा र राष्ट्रियगान लगायतका झिना मसिना सहमत प्रस्तावलाई मस्यौदा संविधान बनाउने र बाँकी राज्य पुर्नसंरचना शासकीय स्वरुप , क्रान्तिकारी भुमिसुधार, मौलिक हक, सम्मानजनक सेना समायोजन, र
ाष्ट्रिय स्वाधिनता, मजदुरको हक अधिकार, दलित महिला र मुस्लिमको विशेषअधिकार,उत्पीडितहरुको समानुपातिक समावेशीता वीनाको संविधान रुपमा गणतन्त्र भएपनि सारमा ०४७ सालको संबैधानिक राजतन्त्रमा सिमित बहुदलिय व्यवस्था भन्दा भिन्न सबै उही चरित्र रहने मात्र राजतन्त्र नभएको बहुदलिय गणतन्त्र हुनेछ । यदी नेपालका राजीनितक दल, तीनका नेताले यस्तो आंशीक संविधान मस्यौदा मा सहमति गरेभने त्यसको विरुद्ध विद्रोह गर्ने अधिकार नेपालका बहुसँख्यक उत्पीडित जनसमुदायमा सुरक्षित रहनेछ । त्यसैले नै यो खराबीको अन्त्य हुनेछ, त्यसैले बहुदलीय लोकतन्त्रको होइन, सामान्तवाद साम्राज्यवाद विरोधी दलको दलीय स्वतन्त्रता, सहयोगमा आधारित लोकतन्त्र (प्रतिपक्ष सरकारमा नरहने ) समानुपातिक समावेशतिा सहितको संघीय गणतन्त्रको पक्षमा दृढताका पूर्वक संघर्ष गरौं ।

Read More......

थारु अगुवा नेता लेखीद्वरा नेपाल नागरिक पार्टी गठन गरेको घोषणा

0 comments

जेठ १५ काठमाडौं  । थारु अगुवा नेता तथा नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष राजकुमार लेखीले नेपाल नागरिक पार्टी गठन गर्नुभएको छ ।

नव गठित पार्टीका अध्यक्ष लेखीले आईतवार विज्ञप्ती जारी गरेर नागरिक पार्टी गठन गरेको बताउनुभएको हो  । उहाँले मुलुकमा आर्थीक, सामाजीक, राजनीतिक लगायतका मुद्धालाई जोडदार रुपमा उठाउन पार्टी गठन गरेको बताउनुभएको छ ।

नागरिक पार्टीका सदस्यहरुमा विजय दनुवार, चन्द्रकुमार चौधरी, चन्द्रकला गुरुङ, नगेन्द्र राजवंशी, ताज मोहम्मद मियाँ र राजकुमार रेग्मी रहनुभएको छ । पार्टी गठन गरेर लगत्तै उहाँहरुले यस अघि आफू संलग्न रहेको राजनीतिक दल आजै देखि परित्याग गरेको घोषणा गर्नुभएको छ ।

Read More......

बिहेको जन्ती गएका जन्तीको भिरबाट लडेर मुत्यु

0 comments

जेठ १५ काठमाडौं।   रुकुममा अत्याधिक मदिरा सेवनका कारण बिहेको जन्ती गएका एक जन्तीको भिरबाट लडेर मुत्यु भएको छ  । मृत्यु हुनेमा रुकुम छिवाङ गाविस वडा नम्वर २ निवासी ४५ वर्षिया दलबहादुर ददेल रहेका छन्। 

जिल्ला सदरमुकाम खलंगा  नजिकैको रातामाटामा छिमेकीको बिहेमा जन्ती गएको समयमा अत्याधिक मदिरा सेवन गरेका कारण उनको भिर बाट लडेर मृत्यु भएको हो  । जन्ति गएका ददेल राती घर फर्कने क्रममा बाटोदेखि करिव २० मिटर तल खसेर मृत्यु भएको परिवारले जनाएको छ ।

 यसैगरी जिल्लाको आठबिस डाँडागाँउ गाबिस ५ बस्ने ६५ बर्षका सर्जने कामी मृत अवस्थामा फेला छन । घर नजिकैको वडा न ३ को खारखारा भन्ने जङलमा स्थानियले वृद्धलाई मृत भेटेका थिए ।

Read More......

जनआन्दोलनका उपलब्धी रक्षार्थ दलीय स्वार्थबाट माथि उठ्न प्रधानमन्त्रीको आग्रह

0 comments

जेठ १५ काठमाडौं ।  प्रधानमन्त्री झलनाथ खनालले जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्न नेताहरुलाई  दलीय स्वार्थबाट माथि उठ्न आग्रह गर्नुभएको छ । दलगत स्वार्थकै कारण तोकिएको अवधिमा संविधान लेख्न नसकिएको र आन्दोलनका उपलब्धिलाई स्थापित गर्न नसकिएको प्रधानमन्त्रीको भनाई छ । 

गणतन्त्र दिवसको अवसरमा काठमाण्डौंको टुडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले गएरातीको सहमतिबाट अवको तीन महिनामा दलीय सहमति बन्दै जाने र शान्ति प्रक्रिया र संविधान लेखनले तिव्रता पाउने विश्वास व्यक्त गर्नुभयो । आन्दोलनका उपलब्धीलाई सँस्थागत गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्रीले सहमतिको सरकारको लागि पनि आफूले सहयोग गर्ने बताउनुभयो ।

शान्ति प्रक्रिया र संविधान निर्माणको सवालमा सबै राजनीतिक दललाई एक ढिक्का हुन आग्रह गर्दै प्रधानमन्त्रीले सहमतिमा शान्ति प्रक्रियाका काम टुङ्गमो पु¥याउनु आवश्यक रहेको धारणा राख्नुभयो ।राज्यको साशकीय स्वरुप र राज्यको पुनर्संरचना लगायतका कठीन बिषयमा सहमति गर्न शान्ति प्रक्रियाको कामले गति लिएमा संविधानसभाको म्याद थप्न सकिने प्रधानमन्त्री खनालले बताउनुभयो ।

चौथो गणतन्त्र दिवसको सन्दर्भमा आज नेपाली सेनाले काठमाण्डुको सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाली सेनाको तर्फबाट विभिन्न कलाकौशल तथा झाँकीहरु पनि प्रदर्शन गरियो । गणतन्त्र दिवस २०६८ लेखिएका तुल तथा ब्यानरलाई २ ओटा नेपाली सेनाको हेलिकप्टरले कार्यक्रमस्थलको पक्रिमा गराएको थियो भने नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्हरीले बिभिन्न सांस्कृतिक झाँकी तथा कलाकौशल देखाएका थिए । 

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न अंगका प्रमुख र विशिष्ट अतिथिहरु उपस्थित हुनुहुन्थ्यो । उपत्यका बाहिरका जिल्लाहरुमा पनि गणतन्त्र दिवस मनाइँदैछ । २०६२/६३ को जनआन्दोलन पछि भएको संविधानसभापछि ०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

Read More......

गणतन्त्र दिवसको उपलक्ष्यमा विभिन्न व्यक्तित्वहरुद्वरा शुभकामना सन्देश

0 comments

जेठ १५ काठमाडौं। गणतन्त्र दिवसको उपलक्ष्यमा विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत दलका प्रमुखहरुले शुभकामना दिएका हुन् ।

 राष्ट्रपति डा. रामबरण यादवले संविधानसभाका उपलब्धीलाई सस्थागत गर्न दलहरुलाई आग्रह गर्नु भएको छ । एक सन्देश निकाली राष्ट्रपति यादवले जनताको बलिदानीबाट आएको गणतन्त्रलाई स्मरण गरि दलहरुले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । 

प्रधानमन्त्री झलनाथ खनालले बाँकी रहेको समयमा एकतावद्ध भई दलहरुका अगाडि संविधान बनाउनुको अर्को विकल्प नभएको बताउनु भएको छ । गणतन्त्र दिवसको घोषणासँगैका कार्यभारलाई सरकारले पुरा गर्ने पनि प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ । सन्देशमा प्रधानमन्त्री खनालले शान्ति प्रक्रियाको पूर्णता र नयाँ संविधानको निर्माणलाई सर्वोपरी मानेर सरकारले काम गर्ने बताउनुभएको छ । बितेका तीन वर्षमोव शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रिया र राष्ट्रिय सहमति निर्माणको प्रक्रियामा समेत निकै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका पनि प्रधानमन्त्रीले दावी गर्नु भएको छ । 

राजनीतिक दलहरू, सचेत बौद्धिक समुदाय, आम सञ्चारकर्मीलगायत सम्पूर्ण नेपालीहरूले एकताबद्ध भई विगत अवधिमा पूरा हुन नसकेका अधूरा कार्य सम्पन्न गरी परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्ने दृढ संकल्पमा लाग्न आह्वान गर्नु भएको छ ।

यसैबीच गणतन्त्र दिवसको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रमहरु गरिएको छ ।

Read More......

गोरखामा गणतन्त्र दिवस

0 comments

राजेन्द्र न्यौपाने
 जेठ १५ गोरखा, ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा पछिको २०६८ सालको गणतन्त्र दिवस आज गोरखामा प्रभात फेरी कार्यक्रम गरी मनाईएको छ ।

आज विहान जिल्ला प्रशासन चोकबाट बसपार्क, ठूलोआँगन, तिनधारे, बोक्सेपानी, अस्पतालमार्ग हुँदै लोकतान्त्रिक चोकमा आएर ¥याली कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई एकीकृत नेकपा माओवादीका लेख बहादुर थापा मगर,एमाले नेतृ सम्झना देवकोटाले सम्बोधन गर्नुभएको थियो ।स्थानीय विकास अधिकारी तिलक पौडेलेको अध्यक्षतमा भएको उक्त कार्यक्रमको प्रभातफेरी ¥यालीमा सयौंको सहभागिता रहेको थियो ।

¥यालीको संयोजन मानव अधिकार तथा शान्ति समाज गोरखाले गरेको थियो । 

Read More......

Saturday, May 28, 2011

राष्ट्रिय सहमतिको सरकार बने जुनसुकै बेला पनि राजीनामा दिन तयार छु:प्रधानमन्त्री खनाल

0 comments

जेाठ १५ काठमाण्डौ। प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारको आधार तयार भए जुनसुकै बेला पनि राजीनामा दिने बताउनु भएको छ । संसदभवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री खनालले शान्ति र संविधानका लागि आफू मार्गप्रशस्त गर्न तयार रहेको बताउनुभयो । तपाई कहिले राजीनामा दिनुहुन्छ त भन्ने पत्रकारहरुको जिज्ञासामा खनालले

भन्नुभयो जब राष्ट्रिय सहमतिको सरकार बन्छ तब मात्रै राजीनामा दिन्छु । प्रधानमन्त्री खनालले संविधान नबनि संविधानसभा विघठन नहुने बताउनुभयो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामा शान्ति प्रकि्रया पुरा हुने र संविधानको एकीकृत मस्यौदा आउने बताउनुभयो । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले दलहरुको सहमतिमा नै प्रधानमन्त्रीको राजीनामा आउने र सहमतिमै बाँकी प्रकि्रया पुरा हुने बताउनुभयो । एमाले नेता माधवकुमार नेपालले पनि तीन महिनामा सहमति बन्ने र प्रधानमन्त्रीको राजीनामा आउने बताउनुभयो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शान्ति प्रकि्रया पुरा भएपछि मात्रै संविधान बन्ने भएकाले दुईचरणमा म्याद थपिने बताउनुभयो ।

Read More......

संविधान सभाको म्याद फेरि तीन महिनाको लागि थपियो

0 comments

जेठ १५ काठमाण्डौ । संविधानसभाको म्याद ३ महिना थप गरिएको छ । तोकिएको दूई वर्षपछि थप गरिएको एक वर्षमा पनि संविधान बन्न नसकेपछि दलहरुले संविधानसभाको मिती फेरि थप गरेका छन् । लामो छलफलपछि दलहरु आज बिहान ३ बजे मात्रै म्याद थप गर्ने सहमतिमा पुगेका हुन् । शान्ति प्रकि्रया संविधानसभा र सत्तासाझेदारीलाई जोडेर दलहरुले पाँच बुदे सहमति गरेका छन् । सहमतिको पाँचौ बुदामा प्रधानमन्त्रीको राजिनामा राखिएको भएपनि केहीदिनमा प्रधानमन्त्रीले दिनैपर्ने कडाई नगरिएको स्रोतले जनाएको छ । सहमतिमा शान्ति प्रकि्रया तीन महिनामा पुरा गर्ने तीन महिनामै संविधानसभाको एकीकृत मस्यौदा बनाउने नेपाली सेनामा समावेसी संरचना बनाउने प्रधानमन्त्रीले सहमतिका लागि राजीनामा दिएर मार्गप्रसस्थ गर्ने र तीन महिना म्याद थप गर्ने रहेको छ । तीनै सहमतिका आडमा दलहरुबीचको सहमतिपछि चौथो पटक बसेको ब्यावस्थापिका संसदको बैठकले संविधानसंसोधन विधेयक अत्याधिक बहुमतले पारित गरेको थियो । संविधानसभाको म्याद थप्ने विधेयकमा मतदानमा सहभागि भएका पाँच सय ८ जना सभासद मध्ये ५ सय ४ जनाले म्याद थप्ने पक्षमा मतदान गरेका थिए भने विपक्षमा ४ जनाको मत परेको थियो । दुईतिहाई बहुमतले विधेयक पारित भएको सभामुख सुवासचन्द्र नेम्वाङले घोषणा गर्दा बिहानको साढे पाँच बजेको थियो । आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गर्नुभएको छ । यसअघि मतदान सुरु हुनुअघि मधेसी मोर्चाका तर्फबाट बोल्दै सभासद जेपी गुप्ताले मोर्चा मतदानमा सहभागी नहुने जानकारी दिनुभयो । व्यवस्थापिका संसदको तेस्रो बैठक बिहान साढे चार बजे सुरु भएको थियो । बैठकमा नेपालको अन्तरिम संविधान नवौँ संशोधन विधेयकमा १ वर्षका लागि नभई ३ महिना म्याद थप्ने संशोधन प्रस्ताव नेपाली काग्रेसका सचेतक लक्ष्मणप्रसाद घिमिरेले राख्नुभएको थियो । गएराती सवा ११ बजे सुरु भएको बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । तर दलहरु सहमतिमै अल्झीएपछि सभामुखले घोषणा गर्नुभए पनि तीन घण्टा पछि बैठक सुरु गर्नु भएको थियो । दलहरुबीच शान्ति प्रकि्रया पुरा भए संविधानसभाको म्याद अर्को पटक पनि थपिनेछ ।

Read More......

संविधान सभाको म्याद फेरि तीन महिनाको लागि थपियो

0 comments

जेठ १५ काठमाण्डौ । संविधानसभाको म्याद ३ महिना थप गरिएको छ । तोकिएको दूई वर्षपछि थप गरिएको एक वर्षमा पनि संविधान बन्न नसकेपछि दलहरुले संविधानसभाको मिती फेरि थप गरेका छन् । लामो छलफलपछि दलहरु आज बिहान ३ बजे मात्रै म्याद थप गर्ने सहमतिमा पुगेका हुन् । शान्ति प्रकि्रया संविधानसभा र सत्तासाझेदारीलाई जोडेर दलहरुले पाँच बुदे सहमति गरेका छन् । सहमतिको पाँचौ बुदामा प्रधानमन्त्रीको राजिनामा राखिएको भएपनि केहीदिनमा प्रधानमन्त्रीले दिनैपर्ने कडाई नगरिएको स्रोतले जनाएको छ । सहमतिमा शान्ति प्रकि्रया तीन महिनामा पुरा गर्ने तीन महिनामै संविधानसभाको एकीकृत मस्यौदा बनाउने नेपाली सेनामा समावेसी संरचना बनाउने प्रधानमन्त्रीले सहमतिका लागि राजीनामा दिएर मार्गप्रसस्थ गर्ने र तीन महिना म्याद थप गर्ने रहेको छ । तीनै सहमतिका आडमा दलहरुबीचको सहमतिपछि चौथो पटक बसेको ब्यावस्थापिका संसदको बैठकले संविधानसंसोधन विधेयक अत्याधिक बहुमतले पारित गरेको थियो । संविधानसभाको म्याद थप्ने विधेयकमा मतदानमा सहभागि भएका पाँच सय ८ जना सभासद मध्ये ५ सय ४ जनाले म्याद थप्ने पक्षमा मतदान गरेका थिए भने विपक्षमा ४ जनाको मत परेको थियो । दुईतिहाई बहुमतले विधेयक पारित भएको सभामुख सुवासचन्द्र नेम्वाङले घोषणा गर्दा बिहानको साढे पाँच बजेको थियो । आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गर्नुभएको छ । यसअघि मतदान सुरु हुनुअघि मधेसी मोर्चाका तर्फबाट बोल्दै सभासद जेपी गुप्ताले मोर्चा मतदानमा सहभागी नहुने जानकारी दिनुभयो । व्यवस्थापिका संसदको तेस्रो बैठक बिहान साढे चार बजे सुरु भएको थियो । बैठकमा नेपालको अन्तरिम संविधान नवौँ संशोधन विधेयकमा १ वर्षका लागि नभई ३ महिना म्याद थप्ने संशोधन प्रस्ताव नेपाली काग्रेसका सचेतक लक्ष्मणप्रसाद घिमिरेले राख्नुभएको थियो । गएराती सवा ११ बजे सुरु भएको बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । तर दलहरु सहमतिमै अल्झीएपछि सभामुखले घोषणा गर्नुभए पनि तीन घण्टा पछि बैठक सुरु गर्नु भएको थियो । दलहरुबीच शान्ति प्रकि्रया पुरा भए संविधानसभाको म्याद अर्को पटक पनि थपिनेछ ।

Read More......

तीन दलवीच संबिधानसभाको म्याद थप्ने सहमति

0 comments

 जेठ  १४ काठमाडौ। संविधानसभाको म्याद थपका लागि संसद् बैठक सुरु भएको छ । अन्ततः मुख्य तीन दलवीच संबिधानसभाको म्याद थप्ने सहमति भएको छ । राती करिव साढे ११ बजे सकिएको तीन दलको वैठकले माओवादीको दोहोरो सुरक्षा २० गतेभित्र हटाउने, कब्जा सम्पत्ति तत्काल फिर्ता गर्ने र माओवादी कन्टेनरका हतियार १ महिनाभित्र बुझाउने सहमति भएको छ । 

यस्तै राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय भएको छ । 

Read More......

सिरीयाको प्रदर्शनमा ८ जनाको मृत्यु, फ्रान्समा जि एटको सम्मेलन सम्पन्न

0 comments


जेठ १४ एजेन्सी। सिरीयामा जारी सरकार विरोधी प्रदर्शनका क्रममा झडप हुदा ८ जनाको मृत्यु भएको छ । प्रार्थना सकेर विरोध गर्न सडकमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।राजधानी दमासकसमा भएको सो झडपमा अन्य केही मानिसहरु घाईते समेत भएको बताईएको छ ।

यसैबीच जी एटमा आबद्ध राष्ट्रहरुले सिरियामा जारी आन्दो ८ जनाको मृत्यु, जि एटको सम्मेलनमा सरकारी पक्षबाट भएको दमन रोक्न आग्रह गरेका छन् । फ्रान्समा सम्पन्न दुई दिने सम्मेलनपछि जि एटमा आबद्ध
राष्ट्रहरु अमेरिका, जर्मनी, फ्रान्स, इटली, क्यानडा, रुस, जापान र बेलायतले संयुक्त विज्ञप्ति निकालेर लिवियाका शासक मोउमार गद्दाफीलाई सत्ता छोड्न आग्रहसमेत गरेका छन् ।

सम्मेलनले ट्युनिसिया र इजिप्टका लागि बीस खर्ब डलर बराबरको सहायता रकम घोषणा पनि गरेको छ ।

Read More......

गोरखा सदरमुकाममा पानीको हाहाकार

0 comments

राजेन्द्र न्यौपाने
 गोरखामा सोमबार विहान लगातार तीन घण्टासम्म परेको अविरल बर्षाका कारण सदरमुकामको खानेपानीमा समेत असर पुगी जिल्लामा खानेपानीको हाहाकार भएको छ ।जिल्ला भित्र रहेको स्थानीय विभिन्न मुहानहरुमा माटो जम्न गई स्थानीय मुलहरु पुरिएका छन् । भने खानेपानीको नाममा धमिलो पानी भनेपनि वितरण गर्दै आईरहेको पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पानी आजका दिनसम्म उपभो क्ताहरुले पाउन सकेका छैनन् ।

पिउन बाहेक अन्य कामका लागि साना सहरीको पानी प्रयोग गर्दै आईरहेका गोरखा सदरमुकामका स्थानीय नागरिकहरु अहिले यतिवेला पानीको चरम संकटमा परेका छन् ।

घरको धारामा पानी नआएपछि स्थानीय कुरा र खोल्सा खोल्सीहरुमा मानिसहरुको भीड बढेको समेत लामो समयदेखि पानीको समस्या झेल्दै आएको गोरखा जिल्ला सोमबारको अविरल बर्षातका कारण झनै समस्यामा परेको छ ।

 वर्षात पछिको सबै समय पानी बनाउन खर्च गरेपनि अझै पानीलाई पहिलेको अवस्थामा ल्याउन नसकिएको स्थानीय केशव बस्नेत बताउनुहुन्छ ।

Read More......

तीन महिनाका लागि म्याद थप गर्ने सहमतिको संभावना, प्रमुख तीन दलको औपचारिक बैठक सुरु

0 comments

जेठ १४ काठमाडौं ।  संविधानसभाको म्याद थपमा सहमति जुटाउन प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काङ्गे्रस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बसीरहेको छ । तर संविधानसभा भवन आसपासमा नेताहरु एकपक्षीय आन्तरिक, द्धिपक्षीय तथा त्रिपक्षीय अनौपचारिक छलफलमा जुटिरहेका छन् ।  यी छलफलबाट कुनै निचोड निस्कनेवित्तिकै औपचारिक रुपमा शीर्ष तहको बैठक बस्नेछ । विहान ११ बजे नै बस्ने भनिएको बैठक दलहरु आन्तरिक छलफलमा जुटेका कारण ढिलाइ भैरहेको हो । 

तीनदलबीच सहमति जुटे संसद बैठक बसेर संविधान संशोधन प्रक्रिया सुरु हुनेछ । संविधानसभाको म्याद थपको बिषयमा अन्यौल देखिएपनि कम्तीमा तीन महिना म्याद थपका लागि काङ्गे्रस तयार हुने नेताहरुले बताएका छन् । शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन सुरुमा तीन महिना म्याद थपगर्ने निश्कर्षमा काङ्गे्रस पुगेको स्रोतको भनाइ छ । संविधानसभा भवन नजिक एक रेष्टुराँमा बसेको काङ्गे्रस नेताहरुको बैठकले संविधानसभाको म्याद तीन महिना थप गर्ने निश्कर्षमा पुगेको सम्बद्ध स्रोतले जनाएको छ ।

तीन महिनामा शान्ति प्रक्रिया पूरा भई संविधान जारी गर्ने माहोल बनेको अबस्थामा संविधानसभाको म्याद पुनः छ महिनासम्म लम्बाउन सकिने काङ्गे्रसको निश्कर्ष छ । शान्ति प्रक्रिया निश्कर्षमा पु¥याउने विश्वासिलो प्रतिबद्धता माओवादीबाट आए सो प्रस्ताव तीनदलको बैठकमा लैजाने काङगे्रसको निर्णय छ । तीनदलको बैठक बस्नमा ढिलाइ भएका कारण संसद बैठक अवेर रातिसम्म लम्बिने अनुमान गरिएको छ । दलहरुबीच सहमति भएपछि संविधानसभाको म्याद थप गर्न आज संसदका तीनवटा बैठक बस्नेछन् ।

यसैबीच काङ्ग्रेस र माओवादीबीचको द्धिपक्षीय छलफल सकिएको छ । छलफलमा ४ देखि ६ महिना म्याद थप्ने विषयमा विचार आदान प्रदान भएको छ । तर ठोस सहमति बन्न सकेन ।

Read More......

हतियार नबुझाउने माओवादीको निर्णय

0 comments

जेठ १४ काठमाडौँ । एकीकृत नेकपा माओवादी स्थायी समितिको आज सो पार्टीका अध्यक्ष प्रचण्ड निवासमा बसेको बैठकले तत्काल सरकारलाई लडाकूका हतियार नबुझाउने निर्णय गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले पत्रकारहरुसँग कुरा गर्दै एउटा राजनीतिक दलको आग्रहका आधारमा लडाकूका हतियार अहिले नै नबुझाइने स्पष्ट पार्नुभयो ।

उहाँले विस्तृत शान्तिसम्झौता र लडाकू समायोजन प्रक्रियाअनुरुप नै हतियार व्यवस्थापन हुने उल्लेख गर्नुभयो ।
बैठकले संविधानसभाको म्याद थपको कुनै विकल्प नभएको ठहर गर्दै त्यसका लागि दलहरुसँग लचिलो भई सहमतिका लागि वार्ता गरिने साथै शान्तिप्रक्रिया र संविधान निर्माणका आधारपत्र तयार पारेको बताइएको छ ।

Read More......

संविधानसभाको भविश्य अन्यौलमा, सभासदहरु शीर्ष नेताहरुको प्रतिक्षामा

0 comments


जेठ १४ काठमाडौं।  संविधानसभाको म्याद सकिन केही घण्टा बाँकी रहँदा पनि त्यसको भविष्यबारे अन्यौल रहेको छ । एकबर्ष थपिएको संविधानसभाको म्याद आज मध्यरातिबाट सकिँदैछ । दलहरुलाई दवाव दिन संविधानसभा भवन बाहिर विभिन्न संघ संगठनहरुले विहानैदेखि विभिन्न कार्यक्रम गरिरहेका छन् । 

बैठकका लागि संविधानसभाभवन नयाँ बानेश्वर पुगेका सभासदहरु पनि रुखको छहारी खोज्दै टहलिरहेका छन् । सबै दलका सभासदहरु शीर्ष नेताले के निर्णय गर्छन् भन्ने प्रतीक्षामा कहिले क्यान्टीन,  कहिले शीतल छायाँको खोजीमा संविधानसभा परिसरमा टाँगिएका पालमा ओहोर दोहोर गरिरहेका छन् । संविधानसभा भवनभित्र रहेका सभासद जस्तो अन्यौलमा छन् त्यस बाहिर जम्मा भएका नागरिकहरु पनि दलहरुको प्रतीक्षामा रहेका छन् । 

यसै बिच माओवादी, कङ्ग्रेस र एमालेका शीर्ष नेताहरुबीचको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कङ्ग्रेस सभापति सुशील कोइराला तथा एमाले अध्यक्ष तथा प्रधान मन्त्री झलनाथ खनालसहितका नेता बैठकमा सहभागी छन्। बैठकमा माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माणबारे आफ्नो प्रस्ताव राख्‍नेछ।

निर्धारित अवधिमा संविधानसभाबाट संविधान नबनेपछि गतवर्ष १४ गते दिनभरीको छलफलपछि अन्तिम समयमा म्याद थप गरिएको थियो ।


Read More......

गणतन्त्र दिवसको अवसरमा गोरखामा मैत्रीपुर्ण फुटबल खेल सम्पन्न

0 comments


अनुपबावु श्रेष्ठ
 जेठ १४ गोरखा।  पाँचौ  गणतन्त्र दिवस २०६८ को अवसरमा गोरखामा मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ। निर्माण व्यवसायीसंघ गोरखाको प्रायोजनमा गोरखामा रहेका बैङ्कका कर्मचारी र विभिन्न क्रियाशिल पत्रकारहरुको बिचमा खेल सम्पन्न भएको हो । बिहान सवा आठ बजेदेखी सुरु भएको खेलमा ४–२ गोल अन्तरले बैंकर्स समुह विजयी भएको छ । 

बैंकर्सका  तर्फबाट सन्तोष श्रेष्ठले ह्याट्रिक गरेका थिए भने सुमन विष्टले १ गोल थपेका थिए । सञ्चारकर्मीको  तर्फबाट सिमोन कुमाल र दिनेश थापाले १/१ गोल गरेका थिए । कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथी एवं प्रमुखजिल्ला अधिकारी मोहन प्रसाद वाग्ले र निर्माण व्यवसायि संघ गोरखाका अध्यक्ष भरत कुमार श्रेष्ठले आजको खेलले शान्तीपुर्णरुपमा खेल सम्पन्न हुनसक्ने सन्देश दिएको बताउनुभएको थियो। 

 गणतन्त्र दिवसको अवसरमा भोलि पनी विभिन्न  कार्यक्रमहरुको आयोजना  गरिएको छ । 

Read More......

संविधान निर्माण प्रक्रियालाई विच बाटोमा नै नछाड्न सभामुखको आग्रह

0 comments

जेठ १४ काठमाडौं। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माण प्रक्रियालाई टुंगोमा नपु¥याई विच वाटोमा नै नछाड्ने विश्वास व्यक्त गर्नुभएको छ । शनिबार संविधानसभा अन्तर्गतको नागरिक सम्बन्ध समितिले संविधानसभाका तीन वर्षका उपलब्धी समावेश गरेर प्रकाशित गरेको पुस्तकको विमोचन गर्दै अध्यक्ष नेम्वाङले यस्तो कुरा बताउनुभएको हो । 

नेम्वाङले जनआन्दोलन उपलब्धीको रक्षा संविधानसभाले मात्र गर्नसक्ने भएकाले संविधान लेखनलाई पूर्णता दिनुको विकल्प नभएको स्पष्ट गर्नुभयो । संविधानसभाको म्याद सकिन केही घण्टा बाँकी रहेको अवस्थामा सभामुखको यस्तो भनाई सार्वजनिक भएको हो । संविधान निर्माणका लागि आधार तयार गरिसकेको दावी गर्दै सभामुखले शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्यपुनर्संरचना जस्ता संविधानका बाँकी विवादास्पद विषय समेत दलहरुले सहमतिमा टुंग्याउने विश्वास ब्यक्त गर्नुभयो ।

 शान्ति प्रक्रिया र संबिधान निर्माण अन्तरसवन्धित भएकाले त्यसलाई दलहरुले सहमतिमा टुग्याउने विश्वास समेत ब्यक्त गर्नुभयो । संविधानसभाले बर्ष दिनभरि उपलब्धीमुलक काम गरेपनि संविधानसभाको बैठक नबसेको भनेर प्रचार गरिएको गुनासो गर्नुभयो । 

पुस्तकमा संबिधान सभाले अहिलेसम्म गरेका काम र बाँकी विवादका विषयहरु उल्लेख गरिएको छ ।

Read More......

एमालेले अन्तिम समय सम्म पनि म्याद थपको पहल गर्ने

0 comments

जेठ १४ काठमाडौं।  नेकपा एमालेले अन्तिम समयसम्म पनि सहमतिका पहल जारी राख्ने निर्णय गरेको छ । माओवादी र कांग्रेसको छुट्टा-छुट्टै आन्तरिक बैठक सकिएपछि नेकपा एमालेको स्थायी समितिको बसेको बैठकले संविधानसभाको म्याद थपको विकल्प नरहेको ठहर गरेको छ । 

संसदीय दलको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष झलनाथ खनालले आकास्मिक रुपमा स्थायी समिति बैठक बोलाएका थिए । तीनदलको बैठकमा म्याद थप्नका लागि कांग्रेस र माओवादीले राखेका अडानका बीचमा रहेर म्याद थपका लागि एमालेले पहल गर्ने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा संविधानसभाको म्याद थपका विषयमा पार्टीले अन्तिम समयमा खेल्ने भूमिको विषयमा छलफल गरेको छ ।

यसैबीच एमाले स्थायी समितिको बैठक सकिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच अहिले छलफल भैरहेको छ । दुई नेताबीच सहमति र निकासका विषयमा छलफल भैरहेको संविधानसभा भवनमा रहेका हाम्रा सहकर्मीले जनाएका छन् । यस्तै प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अझै शुरु भएको छैन । विहान ११ बजेका लागि तय गरिएको यो बैठक दलहरुको आन्तरिक छलफलका कारण शुरु हुन नसकेको हो ।

Read More......

तीन बर्षे संविधानसभा मृत्यु शैयामा

0 comments

जेठ १४ काठमाडौं। थप भएको म्याद सहित तीन बर्षमा समेत नयाँ संविधान बनाउन नसकेको संविधानसभाको म्याद आज मध्यरात देखि सक्किदैछ ।

दुई बर्षको नियमति म्यादले नपुगेपछि गतबर्ष संविधानसभाको म्याद १ बर्षका लागि थप भएको थियो । राजनीतिक दलहरुको आपसि खिचातानी, आन्तरीक बिवाद, सरकार गठन लगायतमा ब्यस्त भएपछि नयाँ संविधान मुलुकले पाउन नसकेको हो ।

यद्यपी घाटको नजिक रहेको संविधानसभाको म्याद थप गर्ने बारेमा पछिल्लो समयमा बिभिन्न चरणमा छलफल गरेपनि सहमति भने कायम गर्न सकेका छैनन । अघिल्लो पटक थप भएको संविधानसभाको म्यादलाई सर्बोच्च अदालते प्रक्रिया नपुगेका जनाई सकेको छ ।

संविधानसभाको म्याद आज मध्यरात देखि सक्किने छ । यदि दलहरुले अन्तरीम संविधानको नवौं संशोधन गरेर संविधानसभाको म्याद नगरेमा संविधानसभा अन्त्य हुने छ । कांग्रेस सहितका मधेशी दलहरुले शान्ति प्रक्रियामा ठोस निर्णय हुनुपर्ने अडान राखेपछि म्याद संविधानसभाको आयुमा कालोबादल देखापरेको छ ।

संविधानसभा बनाउने जिम्मेवारी पाएका सभासदहरु रातो अर्थात कुटनीतिक राहदानी दुरुपयोग, नक्कली परिक्षार्थी बनेर एस.एल.सी दिने, प्रहरी निरीक्षक बनाई दिने भनेर रकम लिने, सदनमा कुटपीट गर्ने, कर्मचारीलाई हातपात गर्ने, पार्टी विभाजन गर्ने, यौन काण्ड लगायतका दजर्नाै घटनामा संलग्न भएपछि संविधान बनाउन कार्यबाट पछि हटेको बताईन्छ ।

     

Read More......

Friday, May 27, 2011

आम संचारका बिज्ञापन कति विश्वाशनीय ?

0 comments

राजेन्द्र न्यौपाने
 समयको परितर्वन सँगै सबैको चासो र खोजीको विषय आम सञ्चार अहिले बनिरहेको छ । मानिसहरु आफुलाई अगाडि बढाउन नसक्दा आफ्नै पेशालाई घृणा गर्दै अरुलाई गालि गर्न सर्वश्व लगानी गर्दछन् तर आफू सकिएर खिईँदै गएको देख्दैनन् । अरुको दुर्गतीमा आफ्नो भलाई देख्नेहरु धेरै भएकै कारण दिन प्रतिदिन सञ्चार आलोचित पनि बन्दै गएको छ । आफू सम्मानित स्थानमा पुग्न नसके त्यो ठाउँ र संस्थाकै खिल्ली उडाउन पछि नपर्नेहरु पनि आफुलाई सञ्चारकर्मी भन्दछन् ।

आम सञ्चार भनेको सूचना र सन्देश सम्प्रेषण गर्ने प्रक्रिया हो । यस्तो आम सञ्चारका माध्यम तथा साधन भनेका इन्टरनेट, सिडि, टिभि च्यालन , पत्रपत्रिका, टेलिफोन, श्रव्यदृश्य चलचित्रहरु, भाषा, साहित्य, पुस्तक आदि हुन् । विश्व व्यवस्थाको निर्माण र यसको विस्तारले मानव संसारलाई सूचना साम्राज्यको एउटै संरचना त्रिल्याएको छ । विज्ञान र प्रविधिको विस्तार र विकाससँगै सूचना संयन्त्रले विश्वव्यापी सञ्जाल निर्माण गरेको छ ।

पूँजीवादी विश्व व्यवस्थाको विस्तारसँगै आर्थिक नाफा र एकाधिकारको लागि आम सञ्चारले महत्वपूर्ण भूमिका खेलेको छ । यसले संसारका मानव समुदायलाई एउटै व्यवस्था भित्र समेट्दै मानिसको जनजीवन, संघ, संगठन, रीतिरिवाज, धर्म, शिक्षा, चिन्तन, कानून, जात , वर्ग संस्कृति,परम्परा आदिमा व्यापक प्रभाव पारेको हुन्छ । आर्थिक, राजनीतिक, बैचारिक क्षेत्रमा व्यापक प्रभाव पारेकै हुन्छ । रोजगारै आय-आर्जन, अन्तरक्रिया, सांस्कृतिक मूल्य र मान्यता, अभिवृति, सोचाई, दृष्टिकोण, सामाजिक व्यवस्था, संरचना, गतिशीलता, व्यवहार,, राज्यको नीतिनिर्माण, विकास कार्यक्रम, रणनीति, लक्ष्य, उदेश्य, भाषाको विकास, खोज, अनुसन्धान, साहित्य, विधि, चिन्तन प्रणाली, विश्वास, परम्परा, मानव सम्बन्ध आदिमा व्यापक प्रभाव परेको छ ।

भनिन्छ, सञ्चार क्षेत्र राज्यको चौंथो अङ्ग हो, आजको मानव संसार सूचना, सञ्चार, विज्ञान र प्रविधिको संसार हो । विश्व व्यवस्थामा जसरी पूँजीवादी साम्राज्यवादी औपनिवेशिक शासन सत्ताको विस्तार हुँदै आएको छ । त्यसैगरी सूचना र सञ्चारले यसको पृष्ठपोषक र अभिन्न अङ्गको रुपमा अविछन्न ढङ्गले भूमिका खेल्दै आएको छ । यसले राष्ट्र राज्यहरुको सीमाना भत्काएको छ । आम सञ्चार प्रणालीको प्रभावले
परमपरागत स्थानीय प्रणालीहरुलाई कहिल्यै आफ्नो पथमा आउन नसक्ने गरी गाँजेको छ । सूचनाको तिव्रताले संसारका मानवलाई क्षणक्षणमा सम्पर्क गराईदिएको छ ।

अन्तरक्रियाको सञ्जाल भित्र समेटेको छ । यसको प्रभावबाट औपचारिक साक्षरतादरमा बृद्धि र औपचारिक शिक्षाको विस्तार भएको छ । नेपालमा भएको सरकारी, निजी, शैक्षिक र सञ्चार संस्थाहरुको विस्तार र व्यापकतालई यसको उदाहरणको रुपमा लिन सकिन्छ । विश्व पूँजीवादी व्यवस्थाको विस्तारको परिणामस्वरुप नेपालमा आम सञ्चार माध्यमको विस्तार भएकै छ । समाजमा असाक्षरताको स्थिति घट्दै गएको छ । पश्चिमा साहित्यको प््राभाव बढेको छ । पछिल्लो समयमा पश्चिमा संस्कृति सर्वोच्च अदालतबाटै परिपत्र हुन थालेको छ ।

विद्युतीय सञ्चार माध्यम सञ्चारको मुख्य साधन बन्दै आएको छ । यो सञ्चारले सबै सिमा भत्काएका छन् । विश्वव्यापी पूँजीवादी व्यवस्थामा जुन जुन राष्ट्रहरु प्रभुत्वशाली छन् केन्द्रको हैसियतमा छन् सूचना प्रविधिको एकाधिकार पनि उसकै अधिनस्थ रहेको छ । यस्तो सूचना एकाधिकारल लगानी र नाफामा पनि एकाधिकार जमाएको छ । यसकै माध्यमबाट प्रभुत्वशाली राष्ट्रको एकछत्र बेचारिक–सांस्कृतिक प्रभाव फैलदै आएको छ ।

विज्ञापन र बजारमुखि उपयोगितावादी र उपभोक्तावादी समाज र संस्कृति भनेकै पूँजीवादी उपज हो । आजको पूँजीवादी विश्वव्यापि विज्ञापनवादमा आधारित छ । समाज, संस्कृति, आफ्नो पहिचान, मानवीय अस्मिता र गरिमा यसको लागि कुनै सरोकारको विषय नै भएको छैन । समाजमा केवल बढी भन्दा बढी लगानी गर्नु धेरै भन्दा धेरै बस्तु उत्पादन गर्नु, प्रचार, प्रसार गर्नु आम उपभोक्ताहरुको सिर्जना गर्नु, धेरै बस्तु विकाएर आम्दानी गर्नु यसको प्रमुख ध्यय भएको छ ।

तसर्थ विज्ञापन समाजमा उपभोक्तावादी प्रवृति र बजारको विस्तार गर्दै पूँजीवादी विश्व प्रणालीको विकासको लागि आधारभूत तत्वको रुपमा भुमिका खेल्दट । त्यसैले आजको पूँजीवादी विश्व विज्ञापनदातामा आधारित भएपनि विस्तारै यो भत्कँदै गईरहेको छ । गलत बस्तुको प्रचारले आम उपभोक्ताले सत्य छुट्याउन थालेका छन् । विज्ञापनवाद स्वयं पूँजीवादको आधारशिला हो । विज्ञापनवादको प्रमुख स्रोत नै सूचना र सञ्चारको साम्राज्य हो । विना सूचना र सञ्चार सञ्जाल पूँजीवादले विश्वव्यापी रुप लिनै सक्तैन ।

उदाहरणको लागि संसारभर एकछत्र आर्थिक साम्राज्य फैलाउने बहुराष्ट्रिय कम्पनिहरुले आर्थिक र व्यापारिक साम्राज्यको दरो आधार नै आम सूचना सञ्जाल मार्फत गरिने विज्ञापन हो । यहि विज्ञापनको माध्यमबाट संसारभर पुँजीवादी उत्पादनका वस्तुहरु छरिने गर्दछन् । यसर्थ आम सूचना सञ्चारको माध्यमले विश्व पूँजीवादी विस्तारमा सहयोग पु¥याएको छ ।

त्यसैले यो विश्व व्यवस्था सिद्धान्त विश्व व्यवस्थाको गठनमा आम सञ्चारले पारेको प्रभाव, खेलेको भुमिकाको व्याख्या र विश्लेषण गर्नको लागि उपयोगि हुन्छ । त्यसैले विश्व व्यवस्था सिद्धान्तले विश्व पूँजीवादी आर्थिक प्रणालीले जस्तै कसरी आम सञ्चारले पनि विश्व मान समाजलाई एउटै प्रणालीले जस्तै कसरी आम सञ्चारले पनि विश्व मानव समाजलाई एउटै प्रणालीमा आवद्ध गर्दै लगेको छ भन्ने कुराको व्याख्या र विश्लेष्ण गर्नको लागि एउटा स्पष्ट दृष्किोण उपलब्ध गराउँदछ । स्पष्ट दृष्टिकोण विनाको आमसञ्चार अहिलेको दुनियाँमा हुन सक्दैन ।

पूँजीवादी सञ्चारमा रहेर साम्यावादी सञ्चारमाथि हमला गर्नु आम सञ्चारको ठाडो नियम उलग्घन हो । पूँजीवादको पाउ मोलेर समाजवादलाई आक्रमण गर्न अहिले को गलत सञ्चारले सिकाएको छ । 

Read More......

सिन्धुलीका कृषकहरु अदुवा खेती तर्फ आकर्शित

0 comments

यम चौलागाई
 जेठ १४ सिन्धुली। सिन्धुलीको भद्रकाली गाविसका स्थानिय कृषकहरुका लागि अदुवा खेती प्रमुख आम्दानीको स्रोत बनेको छ । नगदे बालीका रुपमा लिइने अदुवा खेतीबाट बुढी (माऊ) र उत्पादीत नयाँ बच्चाबाट गरी दाहोरो फाईदा हुने भएपछि पनि उनीहरुको लागि अदुवा आकर्षण खेती बनेको हो । 

मकै कोदो लगायतका अन्न बाली राम्रो नहुने जमिनमा समेत अदुवा राम्रो उत्पादन हुने भएपछि त्यस ठाउँका स्थानिय कृषकका लागि अदुवा खेती वरदान साबित भएको छ । विपी राजमार्गको निर्माण सँगै कृषकहरुले व्यवसायीक रुपमा अदुवा खेती शुरु गरेका छन् । अहिले आफुहरुले घरबाटै अदुवा बिक्री गर्दा पनि एक लाख भन्दा माथि नै आम्दानी हुने गरेको उनीहरुले बताएका छन् । तर गाऊ गाऊमा सडक सुविधा पुग्न नसकेका कारण सोचे जती बजार मुल्य लिन नसकिएको उनीहरुले बताएका छन् । 

उत्पादीत अदुवालाई बजारसम्म पु¥याउन मानविय स्रोत साधनको प्रयोग गर्नुपर्दा तथा घरबाटै अदुवा विक्री गर्नु पर्दा उचित मुल्य भने कृषकको हातमा नपरेको उनीहरुको गुनासो छ । अहिले भद्रकालीका स्थानिय बासीले गरेको आम्दानी देखेर छिमेकी गाविस जलकन्या, अमले लगायतका स्थानिय बासीले समेत अदुवाखेती गर्न शुरु गरेका छन् ।

Read More......

शान्ति, सहमति र संविधानको सुनिश्चितताका लागि धनकुटाका पत्रकारहरुद्वरा दवावमुलक कार्यक्रम जारी

0 comments

देवकला कार्की
जेठ १३ धनकुटा। शान्ति, सहमति र संविधानको सुनिश्चितताका लागि धनकुटाका पत्रकारहरुले दवावमुलक कार्यक्रमलाई आज पनि जारी राखेका छन् । प्रेस चौतारी नेपाल धनकुटाको आयोजनामा आज पनि ¥यालीको आयोजना गरी दवावमुलक कार्यक्रमलाई निरन्तरता दिएका हुन् । ¥याली धनकुटाको मदनचौकवाट सुरु भई नगरको परिक्रमा गरी पुन मदनचौकमा आई कोण सभामा परिणत भएको थियो ।
     
सभालाई सम्वोधन गर्नु हुदै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष मोहन वान्तवाले प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको संविधान निर्माण नभएसम्म पत्रकारहरुको सुरक्षा स्थितिमा सुधार आउन नसक्ने बताउनु भयो । उहाँले अव वन्ने संविधानमा प्रेस स्वातन्त्रताको ग्यारेन्टी गरिनु पर्ने वताउँनु हुदै संविधानमा प्रेस स्वातन्त्रताको ग्यारेन्टी गरिएमा मात्रै पत्रकारहरुले सुरक्षाको अनुभुति गर्न सक्ने वताउँनु भयो ।
     
त्यसैगरी सभालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव विजय सन्तोषी राई, प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष भेषराज कट्टेल, प्रेस युनियनका सहसचिव विदुर खवास, क्रान्तिकारी पत्रकार संघका सचिव सरिता वराइली, आदिवासी जनजाति पत्रकार संघ धनकुटाका सचिव सन्तवीर लामाले अव वन्ने संविधानमा प्रेस स्वातन्त्रताको सुनिश्चित गरिनु पर्नेमा जोड दिनु भयो । हिजो पनि नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा दवावमुलक ¥यालीको आयोजना गरिएको थियो ।


Read More......

तमलोपा नेपाल यथस्थितिमा संविधानसभाको म्याद थपको विपक्षमा

0 comments

जेठ १३ काठमाडौ। तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले यथास्थितिमा संविधानसभाको म्याद थप्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेको छ ।

राजधानीमा आज आयोजीत कार्यक्रममा बोल्दै तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले सेना समायोजनको स्पष्ट खाँका सहित लडाकुको हतियार विशेष समितिको मातहतमा ल्याएपछि मात्रै म्याद थप्नु पर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।

माओवादीको द्धध मानसिकताका कारण शान्ति प्रक्रिया निश्कर्समा पुग्न नसकेका भन्दै उहाँले माओवादीलाई मुलुकलाइ संभावित दुर्घटनाबाट रोक्न पनि लचकताका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो ।

Read More......

जेठ १४ गते शनिवार हुने प्रदर्शन, धर्ना, सभा, बन्द लगायत लाई ध्यानमा राखेर उच्च सर्तकताका साथ शान्ति सुरक्षा बनाई राख्न चार वटै सुरक्षा निकायका प्रमुखलाइ निर्देशन

0 comments

जेठ १३ काठमाडौं  । सरकारले जेठ १४ गते शनिवार हुने प्रदर्शन, धर्ना, सभा, बन्द लगायत लाई ध्यानमा राखेर उच्च सर्तकताका साथ शान्ति सुरक्षा बनाई राख्न चार वटै सुरक्षा निकायका प्रमुखलाइ निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बेलुका बसेको राष्ट्रिय सुरक्षापरिषदको बैठकले शान्ति सुरक्षा कायम गर्ने क्रममा कसैसंग सम्झौता नगर्ने निर्णय गरेको हो । परिषद एक सदस्यका अनुसार भोली शनिवार संविधानसभाको म्याद र व्यवस्थापिका संसदलाइ लिएर बिभिन्न समूहबाट प्रर्दशन धर्ना लगायतका कार्यक्रम हुने भएकाले त्यसमा ध्यान दिन भनिएको हो ।

त्यसै गरेर सुरक्षापरिषदले शान्ति सुरक्षा कायम गर्ने क्रममा लचकताका साथै सर्तकता अपनाउने निर्णय पनि गरेको छ । सर्वसाधारणलाई असर पर्ने गरेर हुन प्रर्दशनलाई सुरक्षा निकायले नियन्त्रण गर्न ध्यान दिने बुझिएको छ ।

Read More......

Thursday, May 26, 2011

बन्दका कारण सहिद स्मारक ए डिभिजन लिग फुटबल स्थगित

0 comments

जेठ १३ काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज हुने भनिएका खेलहरु बन्दका कारण स्थगित गरिएको छ । आज पहिलो खेलमा प्रुेन्ड्स क्लब विरुद्ध बौद्ध क्लब र अर्को खेलमा आरसीटी विरुद्ध नवलपरासिको काईलापानी पोलस्टार क्लब भिड्ने कार्यक्रम थियो । एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले बन्दका कारण दशरथ रङगशालामा तय गरिएका आजका खेल स्थगित गरिएको जानकारी दिनुभयो । यसअघि प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा एनआरटी र मच्छिन्दबीचको खेल बराबरीमा सकिएको थियो भने थि्रस्टारले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको छ ।

Read More......

पकिस्तानमा आत्मघाती हमला २६ जनाको मृत्यु ३५ जना घाईते

0 comments

जेठ १३ काठमाण्डौ । पाकिस्तानको खैबर पख्तूनख्वाहमा भएको आत्मघाती हमलामा कम्ती २६ जना प्रहरीको मृत्यु भएको छ । अरु ३५ जना घाईते भएका छन् । प्रहरीका अनुसार हमलामा मर्नेहरु सबै प्रहरी भएको बिबिसीले जनाएको छ । विस्फोटक पदार्थले भरिएको गाडी त्यहँु विस्फोट भएको र यो विस्फोट निकै ठूलो मानिएको छ । विस्फोटले नजिकमा रहेका पसलहरुमा समेत क्षति पुगेको छ ।

Read More......

प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक गोकर्णस्थित रिसोर्टमा सुरु

0 comments

जेठ १३ काठमाण्डौ । संविधानसभाको म्याद थप शान्ति प्रकि्रया लगायतका विषयमा निरन्तर छलफलमा जुटेका प्रमुख दलहरुले आज पनि छलफल जारी राखेका छन् । काठमाडौको गोकर्णस्थित रिसोर्टमा भर्खरै सुरु भएको छलफलमा हिजोकै वार्ताको निरन्तरता भएको नेताहरुले बताएका छन् । हिजोको बैठकमा नेपाली काङ्ग्रेसले हतियारको साँचो सरकारलाई बुझाउनुपर्ने माग राखेकोमा त्यसमा माओवादी असहमत भएको थियो । साँचो विशेष समितिमा बुझाउने एमालेको मध्यमार्गी प्रस्तावमा आजको वार्तामा कुनै सहमति हुनसक्ने अपेक्षा गरिएको छ । हिजोको बैठकमा नेपाली काङ्ग्रेसले अघि सारेको १० बुँदे माग शान्ति प्रकि्रया संविधानसभाको म्याद थप लगायतका विषयमा छलफल भएको थियो । संविधानसभाको म्याद सकिन एक दिन मात्रै बाँकी रहेका बेला नेताहरु बाक्लो छलफलमा जुटेपनि निचोड निस्कन सकेको छैन ।

Read More......

चार पार्टीको बन्दले राजधानीको जनजीवन विहानैदेखि प्रभावित सवारीसाधनमा आगजनी र तोडफोड

0 comments

 सोम लामा जेठ १३ काठमाण्डौ । स्वतन्त्र नागरिक सनातन युवा समाज विश्व हिन्दु महासंघ नेपाल नेपाल राष्ट्रिय समिति र चुरे भावर राष्ट्रिय एकता पार्टि लगायत विभिन्न संघ संगठनको बन्दका कारण विहानैदेखि राजधानी लगायत देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । वन्दकर्ताले विभिन्न सवारी साधनमा आगजनी गर्नुका साथै आवागमनमा अवरोध गरेका छन् । राजधानीमा विहानै पत्रकार लिन गएको कान्तिपुर टेलिभिजनको गाडीमाथि बालाजु वनस्थलीमा वन्दकर्ताले आगो लगाएका छन् । त्यस्तै जडिबुटीमा नेपाल यातायात र मैतीदेवीमा माइक्रोवसमा तोडफोड तथा आगजनी भएप्ाछि जनजीवन त्रसित भएको छ । सुरक्षार्थ सडकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बन्द आह्वान गर्दै िहंड्ने र तोडफोड आगजनीमा संलग्न दर्जनौलाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
यसैविच जेठ १४ मा संविधान नआउने निश्चित भएपनि विभिन्न संघ संगठनले नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा घेराउ तथा दवावमूलक कार्यक्रम जारी छ । आज पनि राप्रपा नेपाल र आदिवासी जनजातिले संविधानसभा भवन नयाँ बानेश्वरमा घेराउ कार्यक्रम राखेका छन् । हिन्दू राष्ट नेपालले सत्याग्रह आयोजना गरेको छ भने खस क्षेत्रीले आज पूर्वााचल बन्द आह्वान गरेका छन् । आदिवासी जनजातिहरुले चाहेको जाति भाषा ऐतिहासिक पहिचानको आधारमा सङ्घीय राज्य सुनिश्चित गरिनुपर्ने राज्यको पुनस्रंरचनामा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरिनुपर्ने माग राख्दै घेराउ कार्यक्रम गर्न लागिएको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखी थारुले जानकारी दिनुभएको छ ।

Read More......

Wednesday, May 25, 2011

द सिङ्गगिङ्ग स्टार सो बिवादमा

0 comments

कूल तामाङ्ग जेठ १२ काठमाण्डौ । नेपाल टेलिभिजनबाट हरेक मंगलबार साझ ९।३० बजे प्ा्रशारण भैरहेको कार्यक्रम द सिङ्गगिङ्ग स्टार बिवादमा परेको छ ।
हिजो बुधबार दिउसो द सिङ्गगिङ्ग स्टार दोसा्रे अडिसनको लागि कुपण्डोल स्थ्ाित बैङ्ककुईट पार्टी प्यालेस पुगेक भ्ाुण्डै चार सय प्रतिस्पर्धिहरु निर्णायकहरुले पारदर्शि निर्णय नगरेको भन्दै आर्कोशित भएका छन् ।
आर्कोसित प्रतिस्पर्धिहरुले निर्णायकहरुबिरुद्ध चर्कानाराबाजि गर्दै बैङ्ककुईट पार्टी प्यालेसको सिसा तोडफोड गर्ने असफल प्रयास समेत गरेका थिए ।
साहारा संसार डट.कम.संग कुराकानी गर्दै एक प्ा्रतिस्पर्धी रेबन लामाले निर्णायकहरुले पारदर्शि निर्णय नगरेको र आफनो मान्छे केन्द्रित निर्णय गरेको हुनाले आकर््रोशित भएको बताउनुभयो । यस्तै अर्का प्रतिस्पर्धि विनय लामाले भन्नुभयो सिङ्गगिङ्ग स्टार दोसा्रे अडिसनको लागि १०० जना प्रतिस्पर्धिहरुमा मात्र २ जना अर्को राउण्डको लागि सेलेक्ट गरियो ९८ जना किन फालियो धेरै प्रतिभावान प्रतिस्पर्धिहरु ९८ जना भित्र थिए र पनि २ जना मात्र छानिनुको कारण के हा े यस्को सत्य तथ्य कारण आम नागरिक समक्ष ल्याईनुपर्छ । आक्रोसित प्ा्रतिस्पर्धीहरुले केहिबेर सडक अबरुद्ध समेत गरेका थिए । नेपाल टेलिभिजनबाट हरेक मंगलबार साझ ९।३० बजे प्ा्रशारण भैरहेको द सिङ्गगिङ्ग स्टार कार्यक्रम सबैको चासोको विषय बनेको छ ।

Read More......

Tuesday, May 24, 2011

लडाकु र हतियार अलग हुने कांग्रेस प्रस्ताव शान्ति सम्झौता विपरित : माओवादी अध्यक्ष दाहाल

0 comments


काठमाडौं ११ जेठ 
सत्तासाझेदार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियार र शिविरका लडाकु अलग्याउने काम शान्ति सम्झौतासंग मेल नखाने बताउनुभएको छ । उहाँले हतियार र लडाकुलाई अलग गराउने भन्ने कांग्रेसको शर्त अव्यवहारिक पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आज आयोजीत खुल्ला राजनीतिक सम्वाद कार्यक्रममा शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन माओवादी जिम्मेवार रहेको बताउनुभयो । उहाँले संविधानसभाबाट नयाँ संविधान नबन्दासम्म सहमतिकै माध्यमबाट जानुपर्ने माओवादीको आग्रहलाई कांग्रेस लगायतका दलले लत्याएकाले समस्या आएको बताउनुभयो ।
राष्ट्रिय सहमतिको विकल्प छैन भन्ने कुराको सबैको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभएका दाहालले संविधान निर्माणका मतभेद सांघुरिनु र अनमिनको बहिगर्मनपछि पनि सहज ढंगले शान्ति प्रकि्रया अघि बढ्नुलाई उपलव्धिकै रुपमा हेर्नु पर्ने बताउनुभएको छ ।
त्यसै गरेर माओवादी अध्यक्ष दाहालले भत्ता नलिने गरी संविधानसभाको म्याद थप्न प्रस्ताव गर्नुभएको छ । उहाँले अब थपिएको अवधिको सभासदले भत्ता लिन नहुने बताउनुभयो ।
यसअघि एकबर्षका लागि मात्र भनेर संविधानसभाको म्याद थपिएको भन्दै अध्यक्ष दाहालले भत्ता नलिने गरी म्याद थपका लागि जनतासंग अनुरोध गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष दाहालले केही काम गरेनन भनी सभासदलाई वितुष्णा फैलाउनु गलत हुने टिप्पणी गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले १२ बुँदे समझदारीको मर्म माओवादीले नै तोडको आरोप लगाउनुभयो । उहाँले शान्तिप्रकि्रयाका बाँकी काम गर्न माओवादी जिम्मेवार नभए संविधानसभाको म्याद थप्नुको अर्थ नरहने बताउनुभएको छ ।
एमाले र माओवादी अध्यक्षबीच भएको सात बुँदे सम्झौताले सहमतिको यात्रा भत्काएको आरोप लगाउनुभएका नेता पौडेलले कांग्रेसले अघि सारेको १० बुँदे पंस्ताव लागू गरिए पूर्ण लोकतन्त्रको पर्यायको रुपमा रहेको संविधानसभा बच्ने बताउनुभएको छ । 
शान्ति र लोकतान्त्रिक संविधान सुनिश्चित नभएसम्म संविधानसभाको म्याद थप्नुको कुनै अर्थ नहुने कांग्रेस उपसभापति पौडेलको बिचार छ ।उपप्रधानमन्त्री एवं मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिकि्रयावादीहरुले संविधानसभा भंग गर्ने षड्यन्त्र गरेको आरोप लगाउनुभयो । विदेशमा पनि लामो समयपछि संविधान निर्माण भएको भन्दै यादवले शान्ति र संविधानलाई संविधानसभाबाटै पूरा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नागरीक समाजका अगुवाहरुले शान्ति प्रकि्रया र संविधान निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्न दलहरुलाई आग्रह गरेका थिए ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae