Sahara Sansar

Monday, June 6, 2011

अर्धकदको मुर्ती फेला पर्यो

राजेन्द्र न्यौपाने
 जेठ  २३  गोरखा। गोरखाको स्वाँरा गाउँ विकास समिति वडा नं. ८ गौणे गाउँको खेतमा अर्धकदको मुर्ती फेला परेको छ ।स्थानीय पहरामा गाई गोठालाहरुले मुर्ती फेला पारेका हुन् । पेटभन्दा माथिको भाग रहेको मुर्तीको पुजा गर्न मानिसहरु गौणे गाउँमा भेलाा भएका छन् । स्थानीय वीर बहादुर गुरुङले मुत्र्ती फेला पारेपछि त्यस मुत्र्तीको पुजारी पनि वीर बहादुरलाई नै गाउँलेहरुले नियुक्त गरेका छन् । सिता गुफा रहेको गोरखाको स्वाँरा गाउँ विकास समिति पर्यटकिय र धार्मिक दृृष्टिकोणले अत्यन्तै महत्व बोकेको गा.वि.स.हो ।

गाउँमा मुत्र्ती फेला परेपछि गाउँमा लमजुङ,रसुवादेखी मानिसहरु आएका छन् । त्यस स्थानमा मन्दिर बनाउन उनीहरु लागिपरेको भुपाल गुरुङले बताउनुभयो । मुर्ती हेर्न मानिसहरुको भीड लागेपछि स्थानीय युवाहरुले भिड व्यवस्थापन गरेका छन् । मुर्ती जेठ १५ मा फेला परेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae