Sahara Sansar

Saturday, June 18, 2011

गुन्डालाई संरक्षण दिएर बस्ने प्रधानमन्त्री स्वयम् ठूला गुन्डा भएको कांग्रेस नेता मनमोहन भट्टराईको भनाइ

असार ४ भक्तपुर। नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले झलनाथ खनालको नेतृत्वको कामचलाउ सरकारले एकलौटी रुपमा बजेट ल्याउन नमिल्ने बताउनुभएको छ ।

भक्तपुरमा आज आयोजीत कार्यक्रममा महामन्त्री सिंहले कांग्रेस बजेट विरोधी नभएको भन्दै कामचलाउ भइसकेको सरकारले बजेट ल्याउन नमिल्ने बताउनुभयो । उहाँले दलबीच छिटो सहमति बनाई बजेट ल्याउनु सुझाव दिनुभएको छ ।

विगतमा सहमतीय सरकारको नाममा संविधान लेखन र शान्ति पक्रियाको सात महिना खेर गएको स्मरण गर्दै नेता सिंहले अहिले पनि त्यस्तै अवस्था दोहरिन नदिन चाडै सहमतीय सरकार गठन गरी शान्ती प्रक्रिया र संविधान लेखनमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

कांग्रेसका नेता मनमोहन भट्टराईले देशमा विधिको शासन भन्दा पनि गुन्डागर्दीको शासन चलिरहेको आरोप लगाउनुभएको छ । उहाँले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल यतिवेला अपराधका घटनाका वारेमा मुकदर्शक बनिरहेको बताउदै गुन्डालाई संरक्षण दिएर बस्ने प्रधानमन्त्री खनाल स्वयम् ठूलो गुन्डा भएको आरोप लगाउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae