Sahara Sansar

Wednesday, June 15, 2011

घाईते लडाकुलाई राहत वितरण

यम चौलागाई असार १ सिन्धुली । सिन्धुलीमा रहेको जनमुक्ति सेनाको दोस्रो डिभिजनका घाइते लडाकुहरुलाई बुधबार राहत बितरण गरिएको छ । डिभिजन मुख्यालय र त्यस अन्र्तगतका तीनवटा सहायक शिविरका ११ जना घाइते लडाकुहरुलाइ रानीवासमा रहेको सोलुसल्लेरी सहायक शिविरमा एक कार्यक्रमको आयोजना गरि राहत बितरण गरिएको हो ।

स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट प्राप्त रकम घाइते लडाकुहरुलाइ बितरण गरेका हुन् । घाइतेको अवस्था हेरी दुइजना लडाकुलाइ एक–एक लाख र बा“की ९ जनालाइ ४० हजारका दरले राहत रकम बितरण गरिएको छ । एकलाख राहत पाउनेमा कल्पबृक्ष गाविस १ का रामकुमार वम्जन र कपिलाकोट गाविस ४ का मइतेसिंह थिङ रहेका छन् ।

त्यस्तै ४० हजार पाउने घाइते लडाकुहरुमा महादेवस्थान ७ का दिपकराज खड्का, कपिलाकोट २ की हस्तमा“या मुक्तान, पुरानो झा“गाझोली ३ का विष्णुबहादुर विशुंके, डाडीगुरासे ५ का केशवप्रसाद दाहाल, जिनाखु ४ का नारायणबहादुर खत्री, क्यानेश्वर ६ का ज्ञानबहादुर राउत, अरुणठाकुर ४ की वच्चु
गोले, कपिलाकोट ९ की भेषकुमारी गधौली र कमलामाइ नगरपालिका १३ का ऐमान थिङ रहेका छन् । राहत बितरण कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले आफु सेना र प्रहरीको मात्र नभएर जनमुक्ति सेनाको पनि सिडिओ भएको बताए । उनले भने,‘अब केही समयमै जनमुक्ति सेना समेत राज्यका सेना,प्रहरीसग समाहित हुने भएकाले म जनमुक्ति सेनाको पनि सिडिओहु ।’
राहत बितरण शुरुवात भएकोले राज्यले संझना मात्र गरेको भन्दै प्रजिअ भण्डारीले सकारत्मकरुपमा ग्रहण गरि दिन घाइते लडाकुहरुलाइ आग्रह गरेका थिए । यो शुरुवात हो अन्त्य होइन्,घाइते लडाकुहरुले त्यहिरुपमा ग्रहण गर्नु पर्छ, प्रजिअ भण्डारीले भने,‘ राहतकै लागि यूद्ध लडेको पक्कै होइन्, यो राज्यको संझना हो ।’ राहत बितरण कार्यक्रममा राजनीतिक दलका नेताहरुले घाइते, अपाङ्गको बिबरण स्थानीय शान्ति समितिबाट शिफारिस भए बमोजिम केन्द्रले नगरेर मनलागी गरेकोमा चित्त
दुखाएका छन् । एकिकृत माओवादीका जिल्ला सह–इन्चार्ज दिर्घराज श्रेष्ठले घाइतेको अवस्था हेरी कम्तिमा ६० प्रतिशत राखिदिनुपर्नेमा जिल्लाले शिफारिस गरेको कार्यान्वयन नगरी २० देखि ३५ प्रतिशत कायम गरिदिएको भन्दै खिन्नता प्रकट गरे । स्थानीय शान्ति समितिका पुर्व संयोजक समेत रहेका श्रेष्ठले घाइतेको मापन प्रकृया स्थानीय शान्ति समितिबाट शिफारिस भए बमाजिम नै केन्द्रले गरि राहत उपलव्ध गराउन पर्नेमा जिकिर गरे । माओवादीकै अर्का सह–इन्चार्ज राजन दाहालले यूद्धमा परि घाइते भएकाहरुलाइ जिविकोपार्जन हुने गरि राहत दिनपर्ने उल्लेख गरे ।
शान्ति समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता उज्ज्वल बरालले द्धन्दकालको तिक्ततालाइ मित्रतामा परिणत गर्न लडाकुको शिविर भित्रै पुगेर राहत बितरण गरिएको बताए । लडाकु विशेष समितिको मातहतमा आइसकेकाले अब कानुनी राज्यको पालनामा ध्यान दिनुपर्ने उनले जनाए । देशमा शान्ति भएमा समृद्ध नेपाल हुने र शान्ति प्रकृया असफल भएमा राष्ट्र नै असफल हुने भन्दै संयोजक बरालले द्धन्दको समयमा चपेटामा परेका सबैपक्षलाइ राहत दिलाउन स्थानीय शान्ति समिति सदैव क्रियाशिल रहने वचनबद्धता प्रकट गरे । एमाले सचिव प्रल्लाद पोखरेलले घाइतेको वर्गिकरण नमिलेको भन्दै शरिरको कुनै पनि अंग द्धन्दमा परि गुमाउनेलाइ एउटा अंगको क्षति नभनेर पुरै अपाङ्गमा दर्ज गरिनुपर्ने बताए ।

उनले स्थानीय शान्ति समितिले गरेको शिफारिस लत्याएर केन्द्रले अर्कै गर्ने परम्पराले गर्दा समस्या उत्पन्न भएको बताए । २ नं डिभिजन मुख्यालका डिभिजन सहायक कमाण्डर मुख्यालय अन्र्तगत सवै शिविरमा ९१ जना घाइते लडाकु रहेको बताए । उनले राहत रकम थोरै भएपनि सकारात्मक सन्देश जाने जनाए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae