Sahara Sansar

Thursday, June 16, 2011

दोलखामा संचारकर्मीको प्रोफाईल तयार पारिने



सन्तोष भुजेल,दोलखा

दोलखा जिल्लामा रहेका आम संचार गृहहरुको लोकेशन म्याप निर्माण गरिने भएको छ । दोलखाका आमसंचार गृहमा कार्यरत सम्पादक तथा प्रकाशकहरुको आज भएको अन्तरकि्रयाले साचारकर्मी र साचार गृहको सुरक्षालाई मध्येनजर गर्दै लोकेशन म्याप निर्माण गर्ने निर्णय गरेको हो । 

पत्रकार र साचार गृहमाथि आक्रमण र हस्तक्षेप बढीरहेकाल कुनै अपि्रय घटना भएमा तत्काल साचारकर्मीहरुको उद्दार गर्न सकियोस् भन्ने हेतुले लोकेशन बनाउने निर्णय भएको नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । लोकेशन म्याप तयार गर्नका लागि प्रकि्रया अघि बढाउन शेरबहादुर भुजेलको संयोजकत्वमा तीन सदस्सीय समिति समेत गठन गरिएको छ । समितिमा कुमार थापा र मन्दिरा थापा सदस्य रहेका छन् ।

 त्यस्तै अन्तरकि्रया कार्यक्रमले दोलखामा कार्यरत सबै साचारकर्मीहरुको फूल प्रोफाईल तयार गर्ने निर्णय समेत गरेको छ । साचारकर्मीमाथि कुनै पक्षबाट आक्रमण भएमा वा दुर्घटनामा परेमा उनीहरुको उद्दार तथा उपचारमा सहयोग होस् भन्ने हेतुले पत्रकारको रक्त समुह लगायत सम्पूर्ण विवरण समेटेर प्रोफाईल तयार गर्ने निर्णय भएको हो । प्रोफाईल तयारका निम्ति पत्रकार दीपशङ्कर चौलागाईंको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरिएको छ ।

 समितिमा रमेश खतिवडा सन्तोष भुजेल लगायत सदस्य रहेका छन् । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमणका अभियुक्तलाई सरकारले कारबाही गर्ने आश्वासन दिए पनि प्रकि्रया अघि नबढाएको भन्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनको केन्द्रीय कार्यक्रम अनुसार आज दोलखाका सम्पादक तथा प्रकाशकहरुसंग अन्तरकि्रया गरिएको हो । कार्यक्रमले तत्काल दोलखाका राजनीतिक दल प्रशासन सुरक्षा निकाय आदीसंग पत्रकारहरुको सुरक्षाका निम्ति बृहत अन्तरकि्रया गर्ने निर्णय पनि गरेको छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae