Sahara Sansar

Thursday, June 16, 2011

कारबाही गर

असार २ काठमाडौं । संचारमाध्यमका समाचार प्रमुखहरुले पत्रकारको सुरक्षाप्रति राज्य गम्भीर नभएकोमा चिन्ता व्यक्त गरेका छन । नेपाल पत्रकार महासंघले आज राजधानीमा गरेको कार्यक्रममा उनिहरुले पत्रकार सुरक्षित नभए स्वतन्त्र पत्रकारिता हुन नसक्ने बताएका हुन् । उनीहरुले कार्यक्षेत्रमा
खटिएका पत्रकारहरुलाई सुरक्षाको पत्याभूति गराउन जरुरी रहेकोमा जोड दिएका छन् ।

पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने व्यक्तिलाई राज्यले कानूनी दायरामा नल्याउँदा विराटनगर र त्यस क्षेत्रका पत्रकारको मनोबल खस्केको नागरिक दैनिकका सम्पादक नारायण वाग्लेले बताउनुभयो । उहाँले अहिलेको आन्दोलन प्रेस स्वतन्त्रतका लागि मात्रै नभए कानूनी राज्यको लागि पनि रहेको बताउनुभयो । रिपब्लिकाका सम्पादक अमित ढकालले विराटनगर घटनाका सम्बन्धममा प्रधानमन्त्रीमाथि दोहरो जिम्मेवारी रहेपनि कुनै पनि उहाँले पूरा गर्न नसकेको बताउनुभयो ।

कारोवार दैनिकका सम्पादक प्रतिक प्रधानले पत्रकारले आफ्नो गल्ती, कमी, कमजोरी तर्फ पनि हेर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले एमालेको भातृसंगठनले गरेको अपराधको जिम्मेवारी लिएर कारबाहीमा सहयोग गर्न आग्रह गरेका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae