Sahara Sansar

Sunday, June 5, 2011

भारतसँग राम्रो सम्बन्ध बनाउने तरखरमा रहेको परराष्ट्रमन्त्री यादवको भनाइ

जेठ २२ राजविराज । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले भारतसँग आफ्नो राम्रो सम्बन्ध बनान लागि परेको बताउनुभएको छ ।सप्तरीको राजविराज आज सञ्चारकर्मीसंग कुरागर्दै अध्यक्ष यादवले  भारतसँग राम्रो सम्बन्ध बनाउन चाहेपनि अधिकार प्राप्तीको लडाईमा भारतको स्वार्थ पुरा गर्न नसकिने बताउनुभयो । उहाँले मधेशको मुद्दालाई भारतले अन्तर्राष्ट्रिय करण हुनबाट रोक्न चाहेको आरोप लगाउनुभएको छ ।

उपप्रधानमन्त्री समेत रहनुभएका परराष्ट्रमन्त्री यादवले भारतको नीति मधेशको पक्षमा अस्पष्ट नरहेको आरोप लगाउँनुभयो । उहाँले मधेशको पक्ष लिए पहाड गुम्ने भारतलाई डर रहेको भन्दै भारतको चाकडी गर्ने काम आफूले कहिले नगर्ने बताउनुभएको छ ।

भारतकै स्वार्थ बमोजिम मधेशी मोर्चामा सामेल दलहरु संविधानसभा विघटन पार्न उद्दत रहेको आरोप लगाउनुभएका मन्त्री यादवले भारत नेपालमा आफु अनुकुल राजनीतिक स्थापना होस भन्ने चाहनामा रहेको टिप्पणी गर्नुभयो ।

भारतप्रति अत्यन्तै आक्रामक देखिनुभएका फोरम अध्यक्ष तथा परराष्ट्रमन्त्री यादवले भारतको चाहना अनुसार चल्न नसक्ने बताउनुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae