चैत २६ काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले सङ्घीयता र शासकीय स्वरुपको विषयमा दलहरुबीच सहमति भएमा आगामी जेठ १४ मा संविधान जारी गर्न सकिने बताउनुभएको छ ।
नेकपा एमाले दोलखा-काठमाडौँ क्षेत्रीय सम्पर्क माचद्वारा आयोजित सम्मेलनको उद्घाटन गर्दै उहाँले शान्तिप्रकि्रया र संविधान लेखनका कार्यमा राजनीतिक दलहरुबीच बसेर विवादित विषयमा छलफल गरी सहमति गरेमा जेठ १४ मा संविधान जारी हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
एमाओवादीले शान्तिप्रकि्रया पूरा गर्न्र नचाहेको उल्लेख गर्दै उहाँले एमाआवादीले विद्रोह गर्ने र मुलुकको सारा संरचना ध्वस्त पार्ने सोच राख्ोर एकलौटी शासन गर्ने सपना देखेमा उसका लागि आफ्नै पार्टी समाप्त पार्न खोजे जस्तो हुने टिप्पणी गर्नुभयो ।
सभासद् शान्ति जिरेलले जेठ १४ मा संविधान जारी गर्नका लागि विषयतग समितिहरुमा देखिएका विवादित विषयमा सहमति भएमा तोकिएको समयमा नै जारी गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा एमाले बागमती अाचल सम्पर्क कमिटिका अध्यक्ष कुमार खकुरेल एमाले दोलखा जिल्लाका उपाध्यक्ष भूवनिसंह थापालगायतले तोकिएको समयमा नै संविधान जारी गर्नका लागि एमालले मुख्य भूमिका खेलेर अन्य दललाई समेत सहमतिमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा शान्ति र संविधान नारा लिएर ७५ जिल्लामा साइकलयात्रा गर्न सफल हुनुभएका दोलखा जिल्ला नाम्दु गाविसका किरण घिमिरेलाई सम्मान गरिएको थियो ।
0 comments:
Post a Comment