Sahara Sansar

Thursday, June 16, 2011

रकमान्तर नगरः अर्थ समिति

राजेन्द्र न्यौपाने असार २ काठमाडौं। राजनीतिक दलका पहुँच भएका नेताहरुले बिभिन्न मन्त्रालयबाट रकमान्तर गरेर आ–आफ्नो जिल्ला एवं क्षेत्रमा रकम लगेको आरोप लागिरहेका समयमा एक संसदीय समितिले कानून विपरित रकमान्तर नगर्न सरकारलाई निर्देशन दिएको छ । संसद अन्तरगतको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले ठूलो रकम रहेका मन्त्रालयका रकमहरु कानून विपरित रकमान्तर नगर्न निर्देशन दिएको समितिले जनाएको छ ।

सभासदहरुले रकमान्तरको बिषयमा चर्को बिरोध गरेपछि भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझिले कर्मचारीले गर्दा रकमान्तरको निर्णयमा आफुले सहयोग गर्नुपर्नुपरेको बताउनुभयो । उहाँले मन्त्रालयको रकमान्तर कर्मचारीहरुले गरेको भन्दै आफु त्यसमा दोषि नरहेको बताउनुभयो । समितिले आउदा दिनमा कानूनले दिएको रकमलाई मात्रै रकमान्तर गर्नुपर्ने भन्दै त्यस्तो निर्णयहरु नगर्न भनेको छ । त्यसै गरेर समितिले मन्त्रालयहरुलाई राष्ट्रिय योजना आयोगसंग समन्वय गरेर काम गर्न निर्देशन पनि दिएको छ । समितिले आउदा दिनमा रकमान्तर गर्नुपर्ने गरेर बिनियोजन नगर्न पनि ध्यानाकर्षण गराएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae