Sahara Sansar

Tuesday, June 7, 2011

अन्तर्राष्ट्रिय श्रम संगठनको गभर्निङ बडीमा नेपालको जित

जेठ २४ जेनेभा। अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको गभर्निङ बडीमा नेपाल बिजयी भएको छ ।स्वीजरल्याण्डको जेनेभामा चलिरहेको १०० औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा गएराति भएको निर्वाचनमा एमाले सभासद बिन्दा पाण्डे निर्वाचित हुनुभएको हो । निर्वाचनमा एक सय २७ मत मध्ये पाण्डेले ९४ मत पाउनुभएको थियो । एमालेको श्रमिक संगठन नेपाल टे«ड यूनियन महासंघ जिफन्टले आईएलओको गभर्निङ बडीका लागि श्रमिकहरुका तर्फबाट सभासद् विन्दा पाण्डेलाई उम्मेद्वार बनाएको थियो ।

आईएलओको गभर्निङ बडीमा तीन प्रकारका गरेर एक सय ८८ सदस्य हुनेमा नेपालले ६६ सदस्यीय रहने डेपुटी मेम्वरमा उम्मेद्वारी दिएको थियो । निर्वाचनमा एसिया तथा प्रशान्त क्षेत्रका लागि छुट्टयाईएको सिटमा नेपालसँगै, चीन, भारत, न्यूजील्याण्ड, जापान, पाकिस्तान, वहराईन, तथा ईण्डानेसियाका टे«ड यूनियनहरुले उम्मेद्वारी दर्ता गराएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae