Sahara Sansar

Friday, April 1, 2011

नेपालकै दुर्लभ अवस्थामा रहेको जंगली सुँगुरे भालु फेला

गोरखा समचारदाता
 चैत १८ गोरखा । उत्तरी गोरखाको सिद्धिवास गा.वि.स वडा नं –१ भालुवनमा विहीवार विहान जंगली सुँगुरे भालु फेला परेको छ । सिद्धिवास गाविस वडा नं १ का वासिन्दाहरु वनमा घाँस लिन गएको वेलामा सो भालु फेला पारेको जनाईएको छ ।

नेपालकै दुर्लभ अवस्थामा रहेको जंगली सुँगुरे भालुलाई विहीवारनै याम क्यापको कार्यालयमा वुझाईएको छ । वयस्क अवस्था हुँदा  ३ किलो पुग्ने सो फेला पारेको भालु १ किलो वरावरको भएको स्थानीय वासिन्दाले हागोसलाई जनाए ।

मनासलु संरक्षण केन्द्रका कर्मचारीले जनाए अनुसार फेला पारेको जंगली सुँगुरे भालु प्रजाति अन्य ठाउँमा नभएका कारण सदर चिडियाखानामा संरक्षणका लागि पठाउने व्यस्था मिलाएको जनाएका छन् ।

ललितपुरको चिडियाखानामा यस्तो प्रजाति नभएका कारण सम्वन्धित निकायमा छलफल गरि चिडियाखानामा पठाएको श्रोतले जनाएको छ । उक्त जंगली सुँगुरे भाले अव सदर चिडियाखानामा सजिने छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae