Sahara Sansar

Monday, June 6, 2011

एनआरएन वेल्जियम, को कति पानीमा ?


महेश थापा


जातिय क्षेत्रिय राजनैति हावी हुदै
एन आर एन वेल्जियममा राजनैतिक रुप त थियो थियो विस्तारै जातिय क्षेत्रिय रुपले पनि भाजो हाल्न थाले पछि एन आर एन अवको दिनमा चौटा चौटामा वाडिने पक्का छ । स्वयम पर्ुव अध्यक्ष र वर्तमान अध्यक्षका उमेद्धवार पिजी शर्ेपा शर्ेपा समुदायको आडमा चुनावमा आएको जन व्यापक चर्चा छ । दुइ गुरुग उमेद्धवार भए पछि तमु समाजका केही मै हु भन्नेलाई भने रातको निर्दा हराम भएको छ । हुन त तमु समाजका ९९ प्रतिशत यस्ता छैनन । उनिहरु जात भन्दा पनि कस्ले नेतृत्व दिन सक्छन भनि चिन्तित छन । तर एउटा मरेको माछाले पुरा पानी गनाउछ भने झै एक दुइ जनाको जातिय सोचको कारण समस्त तमु समाजलाई असर पर्ने कुरालाई समाजका नेतृत्व तहले विर्सनु हुदैन ।यसकारण पनि तमु समाजका नेतृत्व अग्रज र मान्यजनहरुले कुनै हालतमा पनि एन आर एनमा जातिय राजनिती भित्र तमु समाजलाई प्रवेश गर्न दिनु हदैन भन्ने पंक्तिकारको विश्वास रहेको छ । हुनत गत आइ सि सि सदस्यको निर्वाचनमा पासा पुच वेल्जियम पनि यो आरोप वाट वच्न सकेन । यस्तै वेल्जियमका अरु जातिय र क्षेत्रिय संगठन पनि यो आरोप वाट अलग रहेका छैनन । यसवाट आगामी दिनमा वेल्जियममा रहेको जातिय संगठनले सोच्नु जरुरी छ । सक्षम व्यक्तिलाई जातले कुनै असर पदैन । पुनको छोरा भए पनि महाविर पुनलाई सारा देशले सलाम गरेको छ । यस्तो उदाहरणलाई किन नअपाउने । भिजन भएका २ जना हुनु र भिजन नभएका १०० जना हुदा पनि दुइ जनाको मापन ठुलो हुन्छ । प्रवासमा जाती भन्दा पनि नेपाली पहिला हुनु अपरिहार्य छ । यहाका मानिसले जातलाई चिन्दैनन कहावाट आएको भनि सोध्छन । नमस्ते युरोप संग कुरा गर्दै सवै जातयि संस्थाका प्रतिनिधी हरुले आफु नेपाली भएको हुदा पनि आफु जातिय राजनितीको स्वार्थ भित्र नपस्ने जनाउनु भएको थियो ।

धन्यवाद दिनै पर्ने
राजनैतिक स्वार्थलाई अलि पर राख्ने हो भने सवै सक्षम छन । फेरी नेतृत्वको कुरालाई मात्र लिएर पनि भएन । चुनावको तुष त हामीले निर्वतमान कार्यमाितीमा पनि देखेका नै हौ । एउटै कामको लागि दलगत स्वार्थले झण्डै वेल्जियममा पनि एन आर एन छ र भन्ने भान भएको थियो । राजनितीलाई पन्छाएर हेर्ने हो र अरु वाद विवादमा नपस्ने हो भने लिला पन्त लाई पनि धन्यवाद दिनै पर्छ । घर न घाटको एन आर एनलाई वासोस्थानको व्यवस्था मिलाउन उनले लागि परेका योगदानलाई भुल्नु हुदैन । हरेक कार्यक्रममा एन आर एन वेल्जियम जिवित नै छ भनि समय र अर्थ खर्चने अध्यक्ष पिजी शर्ेपा र आइ सि सि सदस्य अर्जुन कुमार श्रेष्ठ पनि धन्यवादका पात्र हुन । अरु पदाधिकारी साथीले पनि आ आफनो तरिकावाट योगदान दिनु भएकै होला । वेल्जियमवाट नेपालमा लगानी होस वा वेल्जियममा नेपाल चिनाउन र वेल्जियममा वस्ने नेपालीको हक हित अधिकारको लागि यहको एन आर एन ले के कार्य गर्यो भनि सवैले आ आफनो तवरले मुल्याकन गरेका नै छन ।

कस्को स्थित कस्तो ?
हुनत जानकी गुरुग पुष्पराज अधिकारी गमवहादुर गुरुग वा पिजी शर्ेपा सवै वेल्जियमको नेपाली समाजमा भिजेका व्यक्ती हुन ।नमस्ते युरोपले केही समय यता अनलाइन र्सर्वैक्षण जारी राखेको छ । र्सर्वैक्षणमा पुष्पराज अधिकारी अगाडी रहेका छन । त्यस्ते दास्रो स्थानमा जानकी गुरुङ्ग र तेस्रोमा गमवहादुर गुरुङ्ग रहेका छन । स्वतन्त्र भनेका पिजी चौथो मा परेका छन । तर यो र्सर्वेक्षण नै आगामी नेतृत्वको परिसुचक हैन । १६९० मतदाता रहेको एन आर एनको निर्वाचन नै भएका कति भोट खस्छ त्यसमा भर पर्छ । यस पाली वेल्जियममा क्षेत्रिय स्तरमा भोट हाल्न पाउने हुदा अवस्य पनि १४ सय भन्दा माथी भोट खस्ने अनुमान छ । सहमती नभएको खण्डमा ४ उमेद्धवार नेतृत्वको लागि लागि पर्ने छ । मतलाई सरर्सर्ती हर्ेदा ३ ठुला दलले १४ सम्म भोट ओगटेको छन । त्यस्तै राप्रपा नेपालको प्रवासी संगठन शर्ेपा समाज र स्वतन्त्र व्यक्तिको संखया ३००को हाराहारीमा होला । पछिल्ले अवस्थामा राप्रपा नेपालको प्रवासी संगठनले आफु चुनावी मैदानमा नरहेको र कैसलाई पनि पार्टर्ीी रुपमा सहयोग नगर्ने जनाए पछी सो संगठनको कम्तीमा ५० देखि वढीमा १८० मत अन्य राजनैतिक दललाई निकै असर गर्ने छ । जन प्रगतीशिल वेल्जियमको ३ देखि ४ सयको हाराहारीमा सदस्य रहेको हुदा उनिहरुले पनि त्यती स्पष्ट मतको अपेक्षा गर्ने छन । पहिलेको अवस्थालाई पनि मुल्याकन गर्ने हो भने उनिहरुको मत स्पष्ट खस्ने छ ।वढी सदस्य भएको जनाएको जन सर्म्पर्क समितीेका मत पनि वढीमा ४५० को हाराहारीमा खस्न सक्छ । यसमा महिला भएको कारण केही फाइदा जानकीलाई अवस्य रहला । पार्टर्ीीत रुपमा यस अधि रहेको तुष विस्तारै सैलाएको अवस्था जानकीलाई केही अवस्य राहत मिलेता पनि पर्ुण रुपले उनले नै विजय हासिल गर्छन भनि भनि हाल्न सकिने अवस्था भने आएको छैन । अहिले को अवस्थामा पुष्पराज अधिकारीको स्थिती पनि गत निर्वाचन भन्दा निकै राम्रो रहेको छ । यदापी मातृ संगठन एमालेमा देखा परेका ेचिराले पुष्पराजलाई निकै सताउने छ । गत निर्वाचनलाई मध्यनजर राख्दाको अवस्था स्थिती स्वयम अधिकारी पनि आफनो विजय सुनिचित रहेकोमा आसावादी रहेको छ । पिजी शर्ेपाको स्थिती भने केही तल खस्किएको छ । राजनैति दलले आफनो उमेद्धावार उठाएको हुदा उनि पछि परेका हुन । यदापी सहमतीमा कुनै गैरराजनैतीक व्यक्तिको नाम जोडिदा शर्ेपाको नाम शिर्षस्थानमा आउने हुदा त्यस तर्फपनि विचार गर्नु आवश्यक छ ।

तालमेलको अवस्था
विशेषत वेलिजयममा रहेको नेपाली दलका भातृ संगठन आफु नेतृत्व लिने होडवाजीले तालमेल रहने सम्भावना निकै कमीछ । निर्वाचनमा कुनै पनि राजनैतिक दलले पुरै प्यानल जित्ने स्थिती भने पक्का रहेको छैन । यर्सथ पनि यो आउने कार्य समितीलाई फलामको च्युरा चपाए जस्तै गारो रहने छ ।

भिजन
 गमवहादुर गुरुगले पार्टर्ीी अवधारणा पत्र अनुसार आफु रहेको तर्फसंकेत दिए । हुन पनि उनको उमेद्धवारी संगै जनप्रगतिशिल मन्च वेल्जियमले अवधारणा पत्र वाहिर ल्यायो । जानकी गुरुगले आफु संग अनुभव समेत रहेको वताइन ।उनले यस अधि एन आर एन युरोपियन सहसंयोजिका भै काम गरि सकेका हुन । पिजी शर्ेपा कति काम अधुरो रहेको हुदा पुरा गर्न आफु लागेको जनाए । पुष्पराज अधिकारीले भने लामो सम्भाव्यतालाई अगाडी ल्याए । नेपालमा लगानी वा वेल्जियममा रहेको नेपाली को हक हित अधिकारको विषयममा पुष्पराजको भिजन अरुको तुलनामा केही फरक र ठुलो क्षेत्र ओगटेको थियो । उनको भिजनलाई कतिको वेल्जियमवासी नेपालीले साथ दिन्छन त्यो भने हर्ेन वाकी छ ।

किन वेल्जियममा यत्रो रणसम्ग्राम ?

वेल्जियममा एन आर एन किन यत्रो ठुलो राजनैतिक चलखेल हुदै भनि केहीलाई लाग्न सक्छ । विशेषत नेपाली दलको भातृ संगठनको लागि वेलिजयम एउटा वेस हो । चाहे माउवादी नजिक होस वा काग्रेस नजिक वा एमालेकै कुरा गर्नु पर्दा पनि युरोपमा रहेको सवै अन्य संगठनलाई वेल्जियमवाट दिशानिर्दैश गरिएको हुन्छ । यस अर्थ पनि कुनै पनि राजनैतिक संगठन वेल्जियमका आफनो अस्तित्वलाई गुमाउन चाहदैनन । यही कारणले पनि वेल्जियको राजनैतिक चलखेल अलि वढी रहेको छ । अर्को तर्फआगामी केन्द्रिय अधिवशेनको लागि पनि यसको ठुलोमहत्व रहेको छ । यसैकारण् सवै दल नेतृत्वको लागि पछि परका छन ।

के गरे राम्रो ?
हुनत सवैले विना कुनै शर्त वार्ता अगाडी वढाएर निर्वाचनन विना कार्यकसमिती गठन गर्दा राम्रो हो । तर यस्तो अवस्था नआएको अवस्था कुनै दल विशेष भनदा पनि पहिला नेपाली भएको कारण एन आर एन वुझेको र हामी वेलिजयममा वस्ने नेपालकिो पनि मनोभावना नजिक संग नियाल्न सक्ने साथीहरुलाई स्वतन्त्र तवर वाट चुन्दा एन आर एन अभियानले गति लिने छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae