Sahara Sansar

Monday, June 6, 2011

मोरङमा युथफोर्स कार्यकर्ताबाट पत्रकारमाथि निर्घात कुटपिट


जेठ २३ विराटनगर । समाचार लेखेको विषयमा सत्तारुढ एमालेको भातृ संगठन युथ फोर्सका कार्यकर्ताले नागरिक दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकाललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । ढकालको नाकको हड्डी भाचिएको छ भने अनुहार, मुख, ढाड, छातीमा समेत गहिरो चोट लागेको छ  । घाइते ढकालको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

युथ फोर्सका कार्यकर्ताले अदालत परिसरमा हत्याका आरोपी अभिषेक गिरीमाथि गरेको आक्रमण सम्बन्धि समाचार लेखेको आरोपमा ढकाललाई आक्रमण गरिएको हो । गएराति साढे दश बजे विराटनगर–१५ स्थित जेनियल होटल पछाडि ढकाल माथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

नागरिक दैनिकमा कार्यरत ढकाललाई आक्रमण गर्नेे युवा संघ नेपालका विराटनगर इन्चार्ज रोहित कोइरालालाई उनकै घरबाट राति १२ बजे प्रहरीले पक्राउ गरेको छ । राति साढे ९ बजे घरमा रहेका ढकाललाई फोन गरेर बोलाएर उनीहरुले कुटेका हुन । नालीमा खाँदेर लछारपछार पर्दै कुटेको ढकालले बताएका छन ।

मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी, पुर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरका प्रमुख विनोद सिंहले ढकाललाई भेटेर घटनाको विषयमा जानकारी लिनुभएको छ । पूर्वाञ्चल प्रहरी प्रमुख सिंहले घटनामा संलग्नलाई कारवाही गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ मोरङले आक्रमणको निन्दा गरेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae