Sahara Sansar

Wednesday, June 1, 2011

कांग्रेसको शान्ति र संविधानमा चिन्ता

जेठ  १८ काठमाडौं  । नेपाली कांग्रेसले पछिल्लो पटक तीन प्रमुख दलहरु वीच भएको ५ बुँदे सहमति कार्यान्वयन हुनेमा आशंका ब्यक्त गरेको छ ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा आज बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले ५ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुनेप्रति आशंका जनाएको केन्द्रीय सदस्य डाक्टर प्रकाश सरण महतले जानकारी दिनुभयो । उहाँले कांग्रेसले सत्ताकेन्द्रित राजनीतिलाई भन्दा पनि शान्ति प्रक्रिया र संविधान निर्माणको बिषयमा ध्यान दिनुपर्ने आवाज ठूलो स्वारमा आएको बताउनुभयो ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति र संविधान तथा ५ बुँदे लगायतका बारेमा छलफल गर्न कांग्रेसले आज देखि केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक यो समाचार तयारा पार्दा सम्म जारी छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae