Sahara Sansar

Tuesday, June 7, 2011

दक्षिण अफ्रिकाद्धारा नयाँ क्रिकेट टोली चयन

जेठ २४ एजेन्सी । विश्वकप क्रिकेटको दसांै संस्करणमा असफलताको पाएको करिब २ महिना पछि दक्षिण अफ्रिका क्रिकेट बोर्डले आफ्नो टोलीको लागि नयाँ नेतृत्वको चयन गरेको छ ।बोर्डले ट्वान्टी–ट्वान्टी र एकदिवसीयको जिम्मेबारी एबि डि भिलियर्सलाई दिएको छ भने टेस्ट क्रिकेटमा ग्रिम स्मिथलाई नै निरन्तरता दिएको छ । यस्तै अफ्रिकाले प्रशिक्षकमा ग्यारी क्रिस्टेनलाई नियुक्त गरेका छ ।

क्रिस्टेनले भारतलाई दशौ संस्करणको विश्वकपको उपाधि जिताएका थिए । भारत, श्रीलंका र वंगलादेशले संयुक्त रुपमा आयोजना गरेको आईसीसी विश्वकपको दशांै संस्करणमा  न्युजिल्याण्डसंग अप्रत्यासित रुपमा पराजित भएर क्वाटरफाइनलबाटै बाहिरीए पछि दक्षिण अफ्रिकाका कप्तान ग्रिम स्मिथले राजिनामा दिएका थिए ।

त्यसको लगतै प्रशिक्षकको समेत समय सकिएपछि दक्षिण अफ्रिका क्रिकेट टोली नेतृत्व बिहिन बनेको थियो । त्यसको दुई महिना पछि बोर्डले नया कप्तान र प्रशिक्षकको नियुिक्त गरेको हो । अब ट्वान्टी–ट्वान्टी र एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका क्रिकेट टोलीको कप्तानी एबि डिभिलियर्सले गर्नेछन् भने उपकप्तानीको जिम्मेबारी हसिम अमलालाई दिइएको छ ।

टेस्ट क्रिकेटमा भने तत्कालको लागि ग्रिम स्मिथले नै कप्तानी गर्नेछन भने एबि डिभिलियर्सले उपकप्तानको भुमिका निबार्ह गर्नेछन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae