Sahara Sansar

Thursday, June 9, 2011

युथफोस्रको बन्दले तेह्रथुममा जनजीवन प्रभावित


इन्द्र बजगाई  जेठ २६ ताप्लेजुङ 

आफ्ना कार्यकर्तामाथि भएको साङ्घातिक आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्नुपर्ने माग राख्दै एमाले निकट युथफोस्रले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि सदरमुकामका बजार पसल बन्द भएका छन् ।

 बन्दका कारण ताप्लेजुङबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन पनि चलेका छैनन् । यद्यपि एम्बुलेन्स कुटनीतिक नियोगका गाडि  प्रेसका गाडी शववहान स्कुल बसलगायतलाई निर्वाध रुपमा चल्न दिने युथफोस्रका जिल्ला अध्यक्ष सन्तोष चोङबाङले जानकारी दिनुभयो ।

 उहाँका अनुसार विद्यालय अस्पताल सन्चालनमा कुनै अवरोध पुर् याइने छैन । जिल्ला उपाध्यक्ष साजय लिम्बुमाथि अस्ति साँझ साङ्घातिक आक्रमण भएको थियो । घाईते लिम्बुको हातमा चोट रहेको जनाइएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae