Sahara Sansar

Sunday, June 12, 2011

पेट्रोलको भाउ बढ्यो

जेठ २९ काठमाडौं ।
पेट्रोलको भाउ फेरि बढेको छ । नेपाल आयल निगम संचालक समितिले आजैदेखि लागु हुनेगरी पेट्रोलको मुल्यमा पाँच रुपैयाँ बढाएको हो । यसअघि प्रतिलिटर ९७ रुपैयाँमा पाइने पेट्रोलको भाउ बढेर १०२ रुपैयाँ प्रतिलिटर पुगेको छ । अरु पेट्रोलिय पदार्थको भाउ भने यथावत रहेको निगमले जनाएको छ । डिजेल र मट्टितेल ६८ रुपैयाँ ५० पैसा र एलपीजी ग्याँस प्रति सिलिन्डर १ हजार ३ सय २५ रुपैयाँ कायमै छ । अन्तराष्ट्र्रिय बजारमा पेट्रोलको भाउ बढ्दै‍ गएपछि निगमलाई मासिक झण्डै पचास करोड रुपैयाँ घाटा थियो ।निगमले अन्तराष्ट्रिय बजरको भाउसंग समायोजन गर्नका लागि मुल्य बढाउनु परेको
जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae