Sahara Sansar

Tuesday, June 7, 2011

संविधान जन्माउन माओवादीले सबैभन्दा बढी रगत बगाएको माओवादी अध्यक्ष:प्रचण्ड



सुरेश बिडारी,जेठ २४,महोत्तरी

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले ६० वर्षको निरन्तर संघर्षले आएको परिवर्तन जनताको रगतमा पौडि खेल्न चाहानेहरुलाई मन नपरेको बताउनुभएको छ । जनमुखी स्वास्थ्य र विकास सहकारी संस्था लिमिटेड तथा सहकारीद्वारा साचालित पारिजात स्मृति अस्पतालको उदघाटन पश्चात महोत्तरीको बर्दिबासमा आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रचण्डले गत जेठ १४ गते राति पनि माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भएको खुलासा गर्नुभयो ।
 देउराली मावि परिसरमा आयोजित सभामा उहाँले जनताको सहयोगका कारण जेठ १४ मा माओवादी विजयी भएको दावी गर्नुभयो । थपिएको तिन महिना नेपालका राजनीतिक दल र जनताका लागि अग्नी परीक्षा भएको बताउँदै प्रचण्डले सफल भए नेपालमा स्थायी शान्ति छाउने नयाँ संविधान बन्ने नत्र देश दुर्घटनामा फस्ने चेतावनी दिनुभयो । उहाँले  माओवादी मोर्चामा विजयी भएपनि युद्ध जित्न भने बाँकी रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नै उहाँले संविधान जन्माउन माओवादीले सबैभन्दा बढी रगत बगाएकोले यसप्रति माओवादी नै बढी जिम्मेवार रहेको बताउनुयो ।

प्रचण्डले माओवादी र संविधानलाई आमा र बच्चाको संज्ञा समेत दिनुभयो । निर्धारित समय भन्दा झण्डै तिन घण्टा सुरु भएको कार्यक्रममा प्रचण्डले शान्ति र संविधानलाई माओवादीले पटक पटक त्याग गर्दै आएको जानकारी दिनुहुँदै दोहोरो सुरक्षा प्रणली हटाउने कार्य पनि त्यसैको निरन्तरता भएको दावी गर्नुभयो । नेपाली जनताको मुक्तिका लागि अझै पनि लडाइ लड्न आफूहरु तयार रहेको उहाँको भनाई थियो । मौसममा आएको खराबीका कारण आफ्नो मन्तव्य लाई छोट्याउनु भएका प्रचण्डले नयाँ नेपाल निर्माणका लागि नेपाली जनता एक हुनुको विकल्प नरहेको बताउनुभयो । मधेशीको नाममा मधेशी र पहाडी समुदायको विचमा लडाइ लडाउन खोज्ने जो कोही पनि मित्र हुन नसक्ने प्रचण्डको तर्क थियो ।

 जनमुखी स्वास्थ्य र विकास सहकारी संस्थाका अध्यक्ष तुलसी ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षसँगै स्वास्थ्य मन्त्री शक्ति बहादुर बस्नेत शान्ति मन्त्री एवं एकीकृत नेकपा माओवादीका मिथिला इन्चार्ज विश्वनाथ साह पूर्व स्वास्थ्य मन्त्री एवं माओवादीका स्थायी समिति सदस्य गिरीराजमणी पोखरेल लगायतका नेताहरु पनि कार्यक्रममा उपश्थित भएका थिए ।

 कार्यक्रममा अन्य नेता तथा कार्यबर्ताहरुले समेत बोलने कार्यक्रम राखिएको भएपनि मौसममा एक्कासी परिवर्तन आएपछि कार्यक्रम छोट्याइएको थियो । कार्यक्रममा युथ फोस्रको जिल्ला अध्यक्ष असोक कुमार महतोसंगै नेपाली काँग्रेस मधेशी जनअधिकार फोरम लगायत विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका २ सय ५० भन्दा बढी नेता तथा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले अविर लगाएर स्वागत गर्नुभएको थियो । १५ शैयाको क्षमता रहेको पारिजात अस्पतालमा आजबाट सुरु हुने तिन दिने  निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने र निःशुल्क औषधी प्रदान गरिने अस्पतालले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae