Sahara Sansar

Wednesday, June 15, 2011

खोलाले बगाउदा महिला बेपत्ता

चन्द्रश्वर बस्ताकोटी
असार १ मुस्ताङ । म्याग्दी जिल्लाको पश्चिम देविस्थान गाविसको फापरचौरबाट म्याग्दी खोलाले बगाउदा एक जना महिला बेपत्ता भएकी छन् ।

देविस्थानकी अन्दाजी ४५ वर्षिया विष्णुमति फगामीलाई बुधबार साझँ करिव ६ बजे खोलामा दाउरा खोज्न जाने क्रममा खोलाले बगाएको स्थानीयले बताएका छन् । श्रीमान श्रीमती संगै दाउरा लिन गएको बेलामा दाउरा तान्ने क्रममा विष्णुमति फगामि खोलामा हुत्तीएको प्रत्यक्ष दर्शिले बताएको  स्थानियब दिवाकर सुबेदीले जानकारी दिनुभयो । बेपत्ता फगामीको बारेमा खोजि कार्य शुरु गरीएको म्याग्दी प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae