Sahara Sansar

Thursday, June 9, 2011

उपचार अभावमा सुत्केरी महिलाका गएराती मृत्यु


दीपेन्द्र शाक्य,जेठ २६,संखुवासभा

सडक यातायात र हवाई सेवा नपुगेको संखुवासभाको उत्तरी गाविस पावाखोलामा उपचार अभावमा एक सुत्केरी महिलाका गएराती मृत्यु भएको छ ।  पावाखोला गाविस ७ का पासाङ भोटेकी श्रीमती ३३ बर्षिय कटुकमा भोटेको समयमा उपचार नपाउँदा मृत्यु भएको हो ।

 ४ दिन देखि प्रसव पीडाले थलिएकी कटुकमालाई उपचारकालागि उपस्वास्थ्य चौकी पावाखोला लगिएको थियो । अन्तिम अवस्थामा उपस्वास्थ्य चौकीमा ल्याईएका कारण सुत्केरी महिलालाई बचाउन नसकिएको स्वास्थ्य चौकीले जनाएको छ । मृत अवस्थामा बच्चा निकालिएको र आमाको पनि राती नै मृत्यु भएको उपस्वास्थ्य चौकीकीले जनाएको छ । पावखोलाबाट पाथीभरा गाविस आउनका लागि मात्र विरामी संग ३ दिन लाग्ने गरेको पाथीभरा उपस्वास्थ्य चौकीका इन्चार्ज अहेव रुद्र राईले वताउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae