Sahara Sansar

Tuesday, June 21, 2011

विद्यार्थीसँग प्रेम सम्बन्ध राखेको आरोपमा एक शिक्षक निष्कासित

0 comments




राजन रुचाल,असार ७,ओखलढुंगा

विद्यार्थीसँग प्रेम सम्बन्ध राखेको भन्दै ओखलढुंगाको पात्ले निम्न माध्यमिक विद्यालयका एक शिक्षकलाई विद्यालयबाट निष्कासन गरिएको छ । विद्यालय व्यवस्थापन समितीको बैठकले निजी स्रोतमा कार्यरत शिक्षक नोर्बु शेर्पालाई निश्कासन गरेको हो ।

 बिद्यालयको कक्षा सातमा अध्ययनरत १३ बर्षिया छात्रालाई प्रेमपत्र लेख्ने अश्लील पत्रपत्रिका पुस्तक अध्ययन गर्न दिनेलगाएका कि्रयाकलापमा संलग्न रहेको फेला पारेपछि निष्कासन गरीएको विद्यालय व्यवस्थान समितीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

 यसैबिच विद्यालय व्यवस्थापन समितीले विद्यालयलाई मोबाइल निषेधित क्षेत्रसमेत घोषणा गरेको छ । विद्यार्थी र शिक्षक दुवै मोबाइल फोनका कारण अमर्यादित बन्दै गएकाले विद्यालयलाई मोबाइल निषेधित क्षेत्र घोषणा गरिएको हो ।

Read More......

समावेशी बजेट ल्याउन एमाले संसदीय दलको निर्णय

0 comments

 असार ७ काठमाडौं नेकपा एमालेले समावेशी रुपमा विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउने निर्णय गरेको छ । ३ खम्बे अर्थनीतिलाई टेवा पुग्नेगरी बजेटको तयारी र दलहरुसँगको छलफलसँगै अघि बढाउने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले जानकारी दिनुभयो । 

अर्थमन्त्री अधिकारीले देशलाई आर्थिक सङ्कटको समस्याबाट मुक्त गर्नको लागि समयमै बजेट ल्याउनुको कुनै विकल्प नभएको र अवको बजेटले रोजगारीको सिर्जना, लगानी गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो । एमाले संसदीय दलको बैठकले न्यायपूर्ण बजेट ल्याउने निर्णय गरेको प्रमुख सचेतक भीम आचार्यले जानकारी दिनुभयो । दलहरुको सहमतिमा नै बजेट ल्याउने वातावरण मिलाउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायतका दलहरुसँग पनि छलफल गर्ने विषयमा आज छलफल भएको एमाले नेताहरुले बताएका छन् । प्रि बजेटको बारेमा भालिदेखि हुने तयारी र जेठ १४ को मध्ये रातमा प्रमुख दलहरुबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

यसैबीच प्रधानमन्त्री झलनाथ खनालले विगत दुई÷तीन वर्षदेखि समयमा बजेट ल्याउन नसकिएको भन्दै सबैको सहमतिमा संसदीय प्रकृया अनुसार बजेट ल्याउने बताउनु भएको छ । एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री खनालले सबै दलको सहमतिमा समावेशी खालको बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिनुभभयो । राजनीतिक दलहरुबीच सहमति नहुँदा संविधानसभाको निर्वाचन पछि कुनै पनि वर्षमा समयमा बजेट प्रस्तुत हुन सकेको छैन । 

समयमा बजेट नआउँदा विकास निर्माणका काम प्रभावित हुदै आएका छन् । एमाले सभासदहरुले भने वजेट विधागत र क्षेत्रागत रुपमा समावेशी हुनुपर्ने निर्वाचित र समानुपातिक समासद्बीच विभेद हुन नहुने र धेरै ठाउँमा बजेट छर्नुभन्दा पनि एक÷दुई वटा मुख्य कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

Read More......

Monday, June 20, 2011

भ्रष्टाचार प्रकरणले फुटबलको सर्वोच्च संस्था फिफामा बबण्डर उपाध्यक्ष ज्याक ए वार्नरले पदबाट राजीनामा

0 comments




काठमाडौं ७,असार 

 फुटबलको सर्वोच्च संस्था ्रफिफाका उपाध्यक्ष ज्याक ए वार्नरले पदबाट राजिनामा दिएका छन् ।
भ्रष्टाचार मुद्दामा मुछिएपछि वार्नरले पद छाडेका हुन् । यसअघि अध्यक्षको प्रत्यासी समेत रहेका बिम हमाम र ज्याक ए वार्नरमाथि क्यारेवियन क्षेत्रका फुटबल संघका पदाधिकारीहरुलाई फिफा निर्वाचनमा मत किन्नका लागि पैसा बांढेको आरोप लागेको थियो ।
त्यही आरोपपछि हमामले अध्यक्ष पदको दाबेदारी समेत छाडेका थिए । उपाध्यक्ष वार्नर पनि छानविनका लागि निलम्बनमा परेका थिए । फिफा अध्यक्ष सेप ब्लाटरमाथि भने कुनै कारबाही नभएपछि उनी एक्लै निर्वाचनमा गएका थिए ।

 निर्वाचनमा उनले २०४ भोटमध्ये १ सय ८६ भोट पाए र फेरि चौथो कार्यकालका लागि निर्वाचित भए । ब्लाटरले चुनाव जितेको लामो समयपछि भ्रष्ट्राचारको अभियोगमा मुछिएका वार्नरले राजिनामा गरेका हुन् ।  फिफाले एक विज्ञप्ती जारी गर्दै वार्नरमाथि गरिएको कारबाहीको पश्चातप गरेको छ । त्यही कारबाहीका कारण वार्नर राजिनामा दिने निर्णयमा पुगेको भन्दै फिफाले त्यसका लागि माफी मागेको छ । फिफाले ३० वर्षसम्म फिफाको कार्यसमितिमा रहेर वार्नरले योगदान पुर् याएको भन्दै उनलाई धन्यवाद् दिएको छ ।

Read More......

ट्यिुनिसियाका पूर्व राष्ट्रपति अली र पत्नीलाई ३५ बर्ष सजाय

0 comments



काठमाडौं ७ असार । 

ट्यिुनिसियाका निर्वासित पूर्वराष्ट्रपति जैनअल आब्दिन बेन अली र उनकी पत्नीलाई अदालतले ३५ बर्षको सजाय सुनाएको छ ।
देश छाडेर साउदी अरबमा शरणमा लिइरहेका पूर्व राष्ट्रपति दम्पत्तीलाई टियुनिसियाको एउटा अदालतले गैरकानुनी रुपमा रकम र गरगहना राखेकोमा दोषी ठहर गरेको हो । उनीहरुमाथि छ करोड ५० लाख छ करोड जरिवाना पनि तोकिएको अन्र्तराष्ट्रिय साचारमाध्यमहरुले जनाएका छन् ।
देशमा भ्रष्टाचार बेरोजगारी र महंगीको विरोधमा सुरु भएको प्रदर्शन भड्किएपछि राष्ट्रपतिका रुपमा २३ बर्षसम्म सत्ता सम्हालेका बेन अली श्रीमतीसहित भागेर साउदी अरबको शरणमा पुगेका थिए । उनलाई साउदीले सुपुदर्गी गर्नेमा टियुनिया सरकार ढुक्क देखिएको छ । 
राष्ट्रपति बेन अलीका वकिलले भने अदालतको फैसला राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन् । बेन अलीको बहिर्गमनसंगै टियुनिसियामा अन्तिम सरकार बनेको छ । बेन अलीमाथि अझै पनि हत्या अभियोग सत्ताको दुरुपयोग पुरातात्विक सामाग्रीको अवैध व्यापार लगायतका विषयमा मुद्दा चलिरहेको छ । टियुनिसियाजस्तै इजिप्टमा भएको जनआन्दोलनका कारण त्यहांका राष्ट्रपति होस्नी मुबारक पनि पद छाडन बाध्य भएका थिए । क्यान्सर रोगबाट पीडित मुबारकविरुद्ध पनि विभिन्न मुद्दा चलिरहेको छ । 

Read More......

दाजु र भाउजुको हत्या पश्चात आफ्नो पनी आत्महत्या

0 comments



असार ७,सर्लाही  

 अंशबण्डा विदादका कारण सर्लाही जिल्लाको राजघाट गाविस वडा नम्वर १ मा आज आफ्नै भाई प्रदीप माझीले दाजु र भाउजुको हत्या गरेका छन् ।
हत्या पछि प्रदीपले विष सेवन गरेर आत्महत्या गरेका छन् । आज बिहान राजघाटस्थित खेतमा काम गरिरहेका ३५ वर्षीय दाई प्रकाश माझी र भाउजु रीतादेवीलाई भाइ प्रदीपले बन्चरो प्रहार गरी हत्या गरेको राजघाट प्रहरी चौकीका सहायक निरीक्षक चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दाई र भाउजुको हत्या पछि प्रदीपले धानबालीमा प्रयोग गरिने किटनाशक औषधी सेवन गरी आत्महत्या गरेका थिए । विषसेवन गरेको केही मिनेटमै प्रदीपको मृत्यु भएको थियो । केही महिनादेखि दाजु भाउजु र प्रदीपबीच अंश विवादमा पटक पटक झगडा हुने गरेको स्थानीयवासीन्दाले जनाएका छन् । 

Read More......

काँग्रेसले विकासका कार्यमा अवरोध गर्ने

0 comments

राजेन्द्र न्यौपाने
 असार ६ गोरखा। नेपाली कांग्रेस गोरखाले सोमबार पत्रकार सम्मेलन गरी गोरखा जिल्लाको विकास निर्माण कार्य आगामि दिनबाट हुन नदिने बताएको छ ।

नेपाली काँग्रेस गोरखाका सभापति हरी बहादुर घलेद्वारा हस्ताक्षेरीत विज्ञप्तीमा एनेकपा माओवादीले जिल्लामा गैरकानुनी क्रियाकलाप नरोकेको भन्दै त्यसको विरोधमा नेपाली काँग्रेस जिल्ला विकास समिति सम्यन्त्रको बैठक, अनुगमन समिति, राजश्व परामर्श समिति,योजना बाँडफाँड, प्रकोप पिडितलाई वितरण गरिने तारजाली बाँडफाँड लगायतका कार्यमा अवरोध गर्ने बताइएको छ ।

द्वन्दको समयमा एकछत्र सरकारी निकाय सञ्चालन गर्दै आएको नेपाली काँग्रेस पछिल्लो समयमा माओवादी देशकैका सबैभन्दा ठूलो पार्टी संवैधानिक रुपमा घोषणा भएपछि जनतासँग मिलेर उसले गरेका क्रियाकलाप प्रति आपत्ती जनाउँदै आगामि दिनबाट प्रजातान्त्रिक परिपाटी अनुसार काम गर्न पहिलो चरण गाउँ गाउँको विकास निर्माणमा अवरोध गर्ने काँग्रेसले बताएको हो ।

Read More......

अर्थमन्त्री अधिकारीलाई विराटनगरमा बहिष्कार

0 comments

असार ६ काठमाडौं । विराटनगरका पत्रकारहरुले सञ्चारकर्मी माथि सांघातिक हमला गर्ने ब्यक्तिको कारबाही नगरेको भन्दै उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको समाचार संकलन बहिष्कार गरेका छन् ।

मोरङ ब्यापार संघको कार्यक्रममा सहभागी हुन आज विहान विराटनगर जानुभएका अधिकारीको समाचार बहिष्कार गर्ने निर्णय गरेको पत्रकार महासंघ मोरङ शाखाले जनाएको छ ।

पत्रकार खिलानाथ ढकाललाई सांघातिक हमला गराउने युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई राजनीतिक संरक्षण गरेर राखेको भन्दै कारबाही गर्न दबाद दिने उदेश्यले उपप्रधान तथा अर्थमन्त्री अधिकारीको समाचार बहिष्कार गरेको स्थानिय पत्रकारहरुले बताएका छन् ।

Read More......

मुलुकको सुरक्षामा चुनौती कायम : गृहमन्त्री

0 comments

असार ६ काठमाडौं  । उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले मुलुकको सुरक्षा चुनौती कायम रहेको बताउनुभएको छ ।संसदको राज्यव्यवस्था समितिमा मन्त्री महराले दलहरुबीच भएको सहमति अनुसार नयाँ संविधानको एकीकृत मस्यौदा निर्माण र शान्ति प्रक्रिया निस्कर्षमा पुग्न नसके भदौ १४ आसपासका दिनमा सुरक्षा चुनौती बढ्ने खतरा रहेको बताउनुभयो ।

उहाँले दलहरुबीच राजनीतिक सहमतिको विषयलाई लिएर राजनीतिक लाभ हानीको प्रतिस्पर्धा सुरु भएका कारण सुरक्षा चुनौती बढेको बताउनुभएको छ । कतिपय धार्मिक अतिवादी, पूर्वराजावादी, ठेक्का पट्टाका सङ्गठित अपराधीलगायतले सुरक्षा चुनौती थपेको महराको भनाइ छ ।

यसैवीच, पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई दुई हप्ता बितिसक्दासमेत नियन्त्रणमा लिन नसकेको भन्दै सभासद्हरुले सरकारको आलोचना गरेका छन् ।

सभासद्हरुले पत्रकारका आक्रमणकारीले पक्राउ गर्न चुनौती दिँदै हिँड्दासमेत प्रशासन मौन बसेको भन्दै आपत्ति जनाएका हुन् । काङ्गे्रसका अर्जुनप्रसाद जोशीले पत्रकारमाथि आक्रमण गर्नेले उल्टै राज्यलाई चुनौती दिएको घटनाले देशको शान्ति सुरक्षाको अवस्था कमजोर भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलका कार्यकर्ताबाटै पत्रकारमाथि आक्रमण गर्ने र उनीहरुलाइ हप्तौँ बितिसक्दा समेत कार्वाही गर्न नसक्नुले मुलुकको शान्ति सुरक्षाको अवस्था अत्यन्तै विकराल बनेको बताउनुभयो ।

एमालेका थममाया थापाले सरकारले चाह्यो भने अपराधी पक्राउ गर्न सक्ने भएपनि सरकारले जिम्मेवार संगठनका सदस्यलाई पक्राउ नगरेर घटनालाई राजनीतिकरण गर्न खोजिएको दावी गर्नुभयो ।

एकीकृत माओवादीका हरिराज लिम्बुले पत्रकार हत्याको प्रयास गर्नेलाई प्रहरीले पार्टी कार्यालयमा लगेर ससम्मान छाड्ने काम गरेर सरकारले राम्रो काम नगरेको बताउनुभयो ।

Read More......

सरकारको निर्देशन नमान्ने सबै राजदूत फिर्ता बोलाइने परराष्ट्रमन्त्रीको भनाइ

0 comments

 असार ६ काठमाडौं।उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले सरकारको निर्देशन अवज्ञा गरेर पार्टीको आदेशमा चल्ने सबै राजदुतलाई फिर्ता बोलाउने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले राजधानीमा गरेको कार्यक्रममा मन्त्री यादवले सरकारको निर्देशन बेवास्ता गरेकाले भारतका लागि नेपाली राजदुत रुक्मशमसेर राणालाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिनुभयो । 

राजदूत राणा काङ्ग्रेसको निर्देशनमा चलेको आरोप लगाउँदै भारतीय विदेशमन्त्री एसएम कृष्णाको नेपाल भ्रमणको क्रममासमेत नेपाल नआएर नेपाल र भारतको सम्बन्ध बिगार्न खोजेकोले उहाँलाई फिर्ता बोलाउने निर्णय गर्नु परेको परराष्ट्रमन्त्री यादवले बताउनुभयो । यसैगरी राजदूत राणाले भारतमा बसेर सरकार विरोधी गतिविधि गरेको, प्रधानमन्त्री झलनाथ खनालको भारत भ्रमणको चाँजोपाँजो नमिलाएको, अहिलेको गठबन्धन सरकारको विरुद्धमा लविङ गरेको आरोप पनि मन्त्री यादवले लगाउनुभएको छ ।

 सरकारको निर्देशनको पालना गर्ने राजदूतहरूलाई भने फिर्ता बोलाउने कुनै योजना नरहेको उहाँले जानकारी दिनुभयो । तर समयावधी पुगेका राजदुत भने नियमित प्रक्रिया अन्तर्गत नै फिर्ता हुने मन्त्री यादवको भनाइ छ ।

Read More......

लघुजलविद्युतले उज्यालो हुदैछ सिन्धुलीका गाउँहरु

0 comments


एसवी गौतम,असार ६ सिन्धुली 

सिन्धुलीको भद्रकाली ५ जुम्लेडाडाँमा साढे एक किलोवाट लघुजलविद्युत उत्पादन कार्य सम्पन्न भएको छ । लघुजलविद्युत आयोजनाको एक कार्यक्रमका विच गाविस सचिव थलकुमार गौतमले उद्घाटन गर्नुभएको हो ।  लघु जलविद्युतवाट जुम्ले डाडाँ आसपासका २० घरधुरी लाभान्वित भएका छन् ।

 आयोजना भद्रकाली गाविसको आर्थिक सहयोगहिमचुली मल्टी परपोज कम्पनी काभ्र वनेपा र स्थानिय जनाताको श्रमदानगरी कुल आठ लाखमा लघुजलविद्युत उत्पादन कार्य सम्पन्न भएको हो । यसअघि भद्रकालीतामाजोरशान्तेश्वरीनेत्रकाली लगायतमा विभिन्न गाउँहरुमा वत्ती वलेको छ भने वस्तिपुर गाविसमा सिन्धुलीकै ठुलो लघुजलविद्युत योजना निर्माण कार्य भईरहेको छ । 

Read More......

मलेसिया र दिल्लीमा दर्जनौ युवा अलपत्र

0 comments



असार ६

ब्राइटर मुन ह्युमन रिसोर्स सर्भिसेज प्रा.लि.सतुङ्गलको स्याङ्जास्थित वालिङ शाखाबाट युएई जान भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेका छन् ।
युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही एक लाख ५० हजार रुपैयाँका दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपैयाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरू दिल्लीमा अलपत्र परेका हुन् ।


अलपत्र परेकामा स्याङ्जा थुमपोखरा–९ का ज्ञानु श्रेष्ठ र टुकबहादुर श्रेष्ठ, पुतलीबजार–१३ का दीर्घसिङ केसी, दहथुम बयरघारीका सुरेश थापा, जनक थापा, दिलबहादुर थापा, विष्णुबहादुर थापा लगायत छन् । अन्यको भने अझै नाम खुल्न सकेको छैन । अलपत्र परेका नेपालीले उनका आफन्तलाई कम्पनीको मानिस भागेको खबर गरेपछि कामदारका आफन्त वालिङमा रहेको कार्यालयमा सम्पर्कका लागि आएका छन् । यता, वालिङमा रहेको कार्यालय भने एक सातादेखि बन्द छ ।कार्यालय बन्द भएको थाहा पाएपछि अलपत्र परेकाहरूका आफन्त चिन्तित भएका छन् ।

 बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत शाखा कार्यालय रहेको उक्त म्यानपावर कम्पनीको शाखा कार्यालय वालिङका सञ्चालकमा कास्कीको देउराली गाविसका ध्रुव पौडेल, झापाका विकास बस्नेत, बर्दियाका माधव न्यौपाने र पोखराका अर्जुन कार्की रहेका छन् । तिनीहरूमध्ये कार्की सम्पर्कमा रहेको पीडितका आफन्तले जनाएका छन् । पीडित परिवारले प्रतिव्यक्ति एक लाख ५० हजारका दरले रकम बुझाएको जनाएका छन् ।उता, करिब चार महिना अगाडि सप्तरीबाट मलेसिया पुगेका आठ नेपाली युवाहरू त्यहाँ काम गर्न नपाएर अलपत्र परेका छन् । राजविराजका एजेन्ट मो. इमामुद्दनिले आठै जना युवाहरूसँग जनही ९५ हजार रुपैयाँ लिई काम लगाईदिने भन्दै गत चैत्र १५ गते मलेसिया पठाएका थिए ।

 सप्तरीको बैरवा–४ का अजाद मन्सुरी, जमिर मन्सुरी, नुरतुज मन्सुरी, मोहरम शेख, नजमुद्दनि सेख, सरफराज मन्सुरी, नसिर मन्सुरी र रजाक मन्सुरीलाई एजेन्ट इमामुद्दनिले मलेसिया पठाएर अलपत्र बनाएका हुन् ।आठै जना युवाहरू त्यहाँ गएदेखि कुनै किसिमका काम गर्न पाएका छैनन् । ९५ हजार रुपैया लिएर मलेसियामा होम गार्डको काम गरे वापत ८ सय ५० रियाल पाउने भन्दै आठै जनालाई एजेन्ट इमामुद्दनिले मलेसिया पठाएका हुन् । तर, त्यहाँ पुगेका चार महिना हुन लाग्दा पनि आठै जना युवाले कुनै किसिमको काम गर्न नपाएर खान बस्न समेत अप्ठ्यारो भईरहेको छ । अलपत्रमध्ये नसिर मन्सुरीले भने, ‘रोजगारीका लागि हामीहरू मलेसिया आएपनि यहाँ काम नपाएर अलपत्र परेका छौं, काम गर्न नपाएपछि बस्न खान समेत समस्या भइरहेको छ ।’ आफुहरू मलेसियामा अलपत्र परेकोबारे एजेन्टलाई बारम्बार भन्दै आए पनि कुनै सुनवाई नगरेको उनको भनाई छ ।

Read More......

Sunday, June 19, 2011

एसएलसीको नतिजा सार्वजनिक, नियमिततर्फ ५५.५ प्रतिशत र एक्जेम्टेडतर्फ १७.३ प्रतिशत उत्तीर्ण

0 comments


असार ६ काठमाण्डौ  । परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीले आज प्रवेशिका परीक्षा अर्थात एसएलसी २०६७ को नजिता सार्वजनिक भएको छ ।


सार्वजनिक नतिजा अनुसार नियमितर्फ ५५ दशमलव ५ प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन । गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो ।

यसैगरी यसवर्ष आंशिकतर्फ १७ दशमलव ३० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । यो पनि गतवर्षको भन्दा करिव १३ प्रतिशतले कम हो । २०६६ सालको परीक्षामा नियमित तर्फ ६४ दशमलव ३१ तथा आंशिकतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । नतिजा टेलिफोनबाट १६०० डायल गरेर सिम्वल नम्वर थिच्नुपर्ने छ भने मोबाइलबाट आफ्नो सिम्वलन नम्वर टाइप गरेर १४०० र २६२२ मा एसएमएस गरेमा आफ्नो रिजल्ट थाहा पाउन सकिने छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन । जसमा नियमिततर्फ २ लाख २० हजार ७ सय ६६ तथा आंशिकतर्फ ९ हजार ७ सय ३३ छन । अनुत्तिर्ण भएकाका लागि पनिकाले साउन २३ देख ३० गते सम्मको समय तोकेको छ ।

२०६६ सालको एसएलसीमा कुल चार लाख ५६ हजार ७ सय १९ ले परीक्षा दिएकोमा ६४ दशमलव ३१ तथा आंशिकतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

Read More......

थरीथरी छन् बेडरुमका दुःख

0 comments



दीपक सापकोटा

image
पुरुषको यौनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्छ र सेलाउँछ तर महिलाचाहिँ तातेको ताप्केजस्तै बिस्तारै उत्तेजित हुन्छन् ।
डा. समन रुपाखेती
यौन परामर्शदाता  
बीस वर्षीया नवविवाहिता सुहागरातको मीठो कल्पनामा हराइरहेकी थिइन् । तर, त्यो रात उनका लागि 'जीवनकै ठूलो कालरात्रि' बनेर प्रवेश गर्‍यो । नवदुलाहा श्रीमान्ले सहवासपूर्वको क्रीडा (फोर प्ले) अगाडि नै सीधै मुखमैथुन गर्न कर गरे । सहज मैथुनका लागि उनी तयार थिइन् तर मुखमैथुनका लागि किमार्थ होइन । आफ्नो इच्छाअनुरूप नभएपछि दुवैजना रातैभरि कोल्टे फर्केर सुते र बोलेनन् । भोलिपल्ट नवविवाहिता श्रीमती माइत हिँडिन् । 
ती बीस वर्षीया नवविवाहिताले सुहागरात भाँडिएपछि यौन परामर्शदाता तथा निःसन्तानपनसँग सम्बन्धित डा. समन रुपाखेतीलाई गुहारिन् । यी परामर्शदाताले उनलाई विगतको घटना बिर्संदै श्रीमान्लाई साथीको जस्तो व्यवहार गर्न सल्लाह दिए । 'उनी अश्लील चलचित्र (पोर्नो फिल्म) बाट प्रभावित भएका हुन सक्छन्,' यी डाक्टरको ठहर थियो । समनले श्रीमान्सँग भेटे र यौन व्यवहारबारे छलफल गरे । र, अन्त्यमा श्रीमान्ले श्रीमतीसँग माफी मागे । २० दिनपछि माइतबाट घर फर्केकी उनी, परामर्शदाताका अनुसार अहिले दाम्पत्य सुखमा रमाइरहेकी छिन् । 
यौन समस्याकै कारण घरबार बिगे्रकाहरूका लागि अहिले थुप्रै सहयोगी सक्रिय छन् । काठमाडौंमा केही 'हटलाइन' सेवा उपलब्ध छन् भने केही एफएम रेडियो र टेलिभिजनले पनि फोनबाट प्रत्यक्ष यौन परामर्श सेवा दिइरहेका छन् । अहिले यौनमनोविज्ञ तथा डाक्टरहरूलाई यौनसम्बन्धी समस्या सुनाउनेहरूको संख्या बढ्दो छ । तालिमप्राप्त परामर्शदाता र डाक्टरहरू पीडितको यौन समस्या समाधान गर्न तत्पर रहन्छन् । 
यौनसम्बन्धी खुलेआम छलफल गर्न धक र डर मान्ने नेपाली समाजमा त्यससम्बन्धी परामर्श सजिलो माध्यम बन्दै छ । तीन वर्षदेखि नेपाल वान टेलिभिजनको यौन समस्याबारे छलफल गरिने दैनिक कार्यक्रम 'रात परेपछि'मा फोनकर्ताका यौन समस्या समाधान गरिरहेका डाक्टर समन रुपाखेती फोनमा कतिले सामान्य समस्या सुनाउने गरेको त कतिले असामान्य लाग्ने खालका घटना प्रस्तुत गर्ने गरेको सुनाउँछन् । जस्तो एक युवाले केहीअघि 'रात परेपछि'मा फोन गरेर यस्तो समस्या सुनाए, 'मलाई एक दिन अचानक सेक्स गर्ने इच्छा भयो । तर, मेरो गर्लप|mेन्ड थिएनन् र सम्पर्कमा कुनै केटी पनि । अति नै भएपछि मैले मेरो छिमेकको १३ वषर्ीय एकजना केटालाई बोलाएँ र थोरै पैसा दिएर उससँग सम्बन्ध राखेँ । ऊ खुसी भयो र मौका मिल्यो कि मलाई ऊसँग सम्पर्क गरिहाल्ने बानी बस्यो ।' यस्तो अनुभव सुनाउने २१ वर्षे ठिटाको प्रश्न थियो, 'अब मैले यो बानीबाट कसरी छुटकारा पाउन सक्छु ?' डाक्टर समनले उनलाई 'सेक्स गर्न इच्छा पलाएपछि हस्तमैथुन गर्न' सल्लाह दिए । तर, हस्तमैथुनबाट यौन आनन्द लिनेहरूलाई यी डाक्टरको सल्लाह छ, 'दैनिक हस्तमैथुन गर्नुले कालान्तरमा हानि गर्छ । तर, इच्छा लागेमा सातामा ३/४ पटक गर्दा राम्रो ।'
केहीअघि २२ वर्षे नवविवाहिताले डा. समनलाई भेटेर आफ्नो समस्या राखिन् । उनका ३० वर्षे श्रीमान् प्राध्यापन गर्दारहेछन् । दुवैजना पाँच वर्ष बच्चा चाहँदैनन् । त्यसैले श्रीमान् कन्डम प्रयोग गर्छन् । तर, त्यसले असजिलो पारेको उनले श्रीमतीलाई सुनाएछन् । 'असजिलो भयो भनेर कहिलेकाहीँ त कन्डम नै लगाउनुहुन्न,' फोनकर्ताले सुनाइन् । समस्या सुनेपछि समनले राय दिए, 'बजारमा अनेकथरी अस्थायी साधन छन् । महिला कन्डम, सुई, चक्की आदि । तर, ती जोखिम बाहिरचाहिँ छैनन् । योनिभित्र एक थोपा मात्रै शुक्रकीट खसे पनि गर्भ रहन सक्छ । विर्य योनिबाहिर निकाल्ने -विथड्रल विधि) अपनाए झनै राम्रो । कुन विधि अपनाउने हो तपाईंहरूकै हातमा छ,' डा. समन भन्छन्, 'पढेलेखेका, विज्ञ वा आपसमा छलफल गर्न धक मान्ने पति-पत्नीहरू पनि मलाई समस्या सुनाउँछन् । म उनीहरूसँग छलफल गर्छु र त्यही क्रममा समाधान निस्कन्छ ।' 
केही वर्ष माता मनकामना आरोग्य केन्द्र, पुतलीसडकमा यौनरोगसम्बन्धी काम गरेका डा. समन रुपाखेती अहिले सतुंगल ड्रग सेन्टर, सतुंगल र नवीन फर्मा कीर्तिपुरमा निःसन्तानपन र यौनरोगको उपचार गर्छन् । आफूसँग यौन परामर्शका लागि आउनेलाई उनी प्रत्यक्ष परामर्श सेवा पनि दिन्छन् । समनले भेटेरै वा टेलिभिजनको कार्यक्रममा सयौँलाई परामर्श दिइसकेको बताउँछन् । उनीसँग परामर्श लिन दैनिक १२-१५ जनाले उनलाई भेटेकै हुन्छन् । टेलिभिजनमा, पर्सनल फोनमा वा हस्पिटलमा परामर्श दिने उनी फोनकर्ताको नाम, ठेगाना पूर्णरूपमा गोप्य राख्छन् । त्यसैले परामर्शदातालाई गरिएका हरेक फोन गोप्य रहने बताउँछन् उनी । 'म सकेसम्म टेलिभिजनको कार्यक्रममा फोनमा समस्या राख्नेलाई भेट्न चाहन्न । तर, समस्या निकै गम्भीर रहेछ भने मात्रै भेट्छु ।' भेटेरै परामर्श लिन आउने बिरामी सुरुमा आफूलाई यौन समस्या सुनाउन निकै हिचकिचाउने, डराउने वा अनुहार रातो बनाएर धक मान्ने गरेको उनी सुनाउँछन् । त्यस्तालाई सुरुमा काउन्सिलिङ गर्दै गएपछि विस्तारै खुल्दै आउने गरेको उनको अनुभव छ । 
डा. समन रातमा गरिने यौनसम्पर्कले बढी सन्तुष्टि दिने बताउँछन् । उनी पुरुषको याैनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्ने अनि सेलाउने र महिलाको चाहिँ तातेको ताप्केजस्तै विस्तारै आउने बताउँछन् । 
निःसन्तानपनका समेत विज्ञ डाक्टर समनलाई बिरामीहरू निःसन्तानपन र शीघ्र स्खलनको समस्या लिएर भेट्न आउँछन् । मानिस शीघ्र स्खलन, यौन उत्तेजनामा कमी, महिलाको यौनांगको आकार खुकुलो -ठूलो, सानो, लामो), लिंगको छाला च्यात्तिएको, गर्भावस्थामा यौनसम्पर्कले गर्भ तुहिएको, विवाहपूर्व र विवाहपछि यौनसम्पर्क, लिंग र वक्षस्थलका आकार, गर्भाधान आदिबारे बढी जिज्ञासा लिएर आउने गरेको उनी सुनाउँछन् । उनी आफूले सुन्दा पनि जिब्रो टोक्नुपर्ने खालको समस्या पनि सामना गर्ने गरेको सुनाउँछन्, 'समलिंगी, पशुकरणी, हाडनाता करणी, सामूहिक यौन र बहुपुरुष/महिलासँग यौन सम्बन्धजस्ता समस्या पनि आउँछन् ।' 'रात परेपछि'मा बालकदेखि वृद्धसम्मले सम्पर्क गर्छन् । जस्तो एक जना १३ वर्षेले आफ्नो जनेन्दि्रयबारे सोधेका थिए भने ५२ वर्षेले यौनइच्छा घट्दै गएकोमा खुवै दुःखमनाउ गरेका थिए । 
यौनसम्बन्धी धेरैजसो मानिसमा चेतनाको कमी र लापरबाहीले मुख्य भूमिका खेल्ने गरेको उनी बताउँछन् । एक ३५ वर्षे विवाहित व्यापारी यस्तै अज्ञानताको सिकार भएका थिए । श्रीमतीसँग मात्रै यौनसम्पर्क गर्ने गरेका उनलाई कम्मर दुख्दैमा, पिसाब पोल्दैमा साथीहरूले एचआइभी भयो भनिदिएछन् । यसले उनलाई दिनुसम्म तनाव दियो । उनले डा. समनलाई भेटेर सीधै 'डाक्टरसाब मलाई एचआइभी भयो' भने । उनले रगत जाँच गरे र रिपोर्टमा 'नेगेटिभ' देखियो । तर, पनि उनको शंका हटेन । उनले आत्महत्या गर्नेसम्मको सोच बनाए । समनले थुप्रैपटक काउन्सिलिङ गर्नुपर्‍यो । २ वर्षसम्म 'एन्टिडिप्रेसन टि्रटमेन्ट' गरेपछि मात्र उनी सामान्य भए । 
त्यस्तै एक २३ वर्षे अविवाहित विद्यार्थी साथीहरूको लहैलहैमा यौन व्यवसायी महिलासँग असुरक्षित यौनसम्पर्कमा होमिए । अनि आफूलाई एड्स लागेको शंकामा दिनरात आँसुमा डुब्न थाले । चुरोट र रक्सीको लत सुरु गरे । पढाइमा ध्यान दिन छोडे । घरमा विवाहको कुरा आउँदा पनि टाढा-टाढा भाग्न थाले । उनले 'रात परेपछि'मा फोन गरेर डा. समनसँग आफ्नो समस्या राखे । उनको सल्लाहमा एचआइभी परीक्षण गर्दा 'नेगेटिभ' देखियो । उनले पछि विवाह गरे र आफ्नो पढाइ पनि सुचारु अघि बढाइरहेका छन् । 
'रात परेपछि'मा एक १७ वर्षे आफ्नो लिंग सँगै पढ्ने साथीको भन्दा सानो भएको बताउँदै त्यसमा हस्तमैथुनले केही रोल खेल्छ कि खेल्दैन र यौन सन्तुष्टिमा ठूलो लिंगको के भूमिका हुन्छ भनेर सोध्दैथे । डा. समनको सल्लाह थियो, 'सबैको यौनांग उस्तै र उत्रै हुनुपर्छ भन्ने हुन्न । ठूलो लिंग हुँदैमा सन्तुष्टि हुन्छ भन्नु भ्रममात्रै हो । यसमा कुनै सत्यता छैन ।' केही युवती आफ्नो स्तन साथीको भन्दा सानो भएकोमा चिन्ता लिने गरेको र आफूसँग स्तन ठूलो बनाउने उपाय बताइदिनुपर्‍यो भन्दै आउने गरेको उनी बताउँछन् । केही युवती स्तन ठूलो हुँदा पनि पीर मान्ने गरेको र सानो बनाउने उपायको खोजी गर्दै आउने गरेको उनको अनुभव छ । केटीहरू पनि हस्तमैथुनको समस्या सुनाउन आउँछन् उनलाई । उनीहरू प्रायः बजारमा पाइने सस्ता सेक्स टोय र मसाज गर्छन् र यदाकदा औंला प्रयोग गर्छन् । अनि योनि कालो देखिएपछि आत्तिएर डाक्टर वा परामर्शदाताकहाँ पुग्छन् ।
'मेरोमा आइपुगेका यौन समस्यालाई अध्ययन गर्दा धेरैजसो महिलाले विवाहपूर्व यौन सम्बन्ध राखेको पाइयो । उनीहरू सुरक्षित यौनबारे बुझ्न चाहन्थे,' उनी भन्छन् । पछिल्लो समय परामर्श लिनेको संख्यामा वृद्धि भएको उनी बताउँछन् । उनीसँग परामर्श लिन कहिलेकाहीँ नेपालमै बसेर काम गरिरहेका विदेशी र उच्चपदस्थ व्यक्तिहरू पनि आउँछन् । उनको अनुभवमा महिलाहरू विशेषतः वक्षस्थलको बनावटलाई लिएर चिन्तित हुन्छन् र पुरुषहरू लिंग उत्तेजित नहुने कुरामा आत्तिने गर्छन् । पुरुषहरू महिलालाई उत्तेजित बनाउन के गर्नुपर्छ भनेर सोध्छन् । 'महिला कानको लोती, घाँटीपछाडिको छाला, ओठ, आँखा, स्तन, नाइटो, पेट, तिघ्राको मासु, यौनांगको स्पर्शले बढी उत्तेजित हुन्छन्,' उनी भन्छन् । 
टेलिभिजनमा कहिलेकाहीँ परामर्शदाता र प्रस्तोताले 'ब्लफ कल'को समेत सामना गर्नुपर्छ, जसमा फोनकर्ताले अश्लील कुरा गर्न थाल्छन् । यौनसम्बन्धी जटिल समस्या सम्हाल्न पोख्त भइसकेका प्रस्तोता र डाक्टर यस्ता 'ब्लफ कल'को उचित व्यवस्थापन गर्न पनि पारंगत भइसकेका छन् । 
डा. समन यौन परामर्श सुविधालाई अझ व्यापक बनाउनुपर्ने बताउँछन् । 'बन्द समाजको कारण हामीकहाँ पनि यौन विकृति झांगिन थालेका छन्,' उनी भन्छन्, 'बजारमा छ्याप्छ्याप्ती पाइने अश्लील फिल्म र किताबबाट धेरै युवा कुमार्गतिर पनि लागेका छन् । किशोर/किशोरीलाई यौनबारे जति जिज्ञासा बढेको छ त्यसभन्दा भ्रम धेरै छ ।'
यौनसम्बन्धी केही भ्रम 
 कुमारी केटीसँगको संसर्गले पुरुषलाई लागेको असाध्य रोग पनि निको हुन्छ ।
 दैनिक हस्तमैथुनले लिंग सानो बनाउँछ ।
 विशेष खाना र अभ्यासले लिंगको आकार वृद्धि हुन सहयोग पुग्छ ।
 पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी)ले पुरुषलाई नपुंसक बनाउँछ ।
 महिलाको तुलनामा पुरुषको यौनशक्ति बढी हुन्छ ।
 रजोनोवृत्तिपछि महिलाको यौनजीवन समाप्त हुन्छ ।
 पहिलो यौनसम्पर्कमा महिलाको योनिबाट रगत अनिवार्य निस्कनुपर्छ ।
 रजस्वला भएको समयमा यौनसम्पर्क राख्नु असुरक्षित र अव्यावहारिक हुन्छ ।
 पहिलोपटकको यौनसम्पर्कले महिला गर्भवती हुँदैनन् । 
 स्तनपान गराउँदै गरेकी महिला गर्भवती हुन्नन् ।
 यौनसम्पर्कको वेला योनिबाहिर विर्य निकाल्दा महिला गर्भवती हुन्नन् । 
 निद्राको समयमा चरमोत्कर्षमा पुग्नु वा स्वप्नदोष हुनु समस्या हो ।
 ठूलो लिंग भएका पुरुषबाट महिला बढी सन्तुष्ट हुन्छन् ।
सफल यौनजीवनका केही टिप्स
 यौनसम्पर्कका लागि शारीरिक तथा मानसिक रूपमा तयार रहनुहोस् । 
 यौनसम्पर्कको वेला कोठालाई न्यानो बनाउनुहोस् ।
 यदि तपाईंको महिलासाथीलाई टाउको दुखेको छ भने उसलाई यौनसम्पर्कको माध्यमबाट चरमोत्कर्षमा पुर्‍याउनुहोस् जसले टाउको दुखाइ निको हुनेछ ।
 कन्डम तथा अस्थायी साधनको प्रयोग गर्नुहोस् ।
 व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस् ।
 हतारमा सम्पर्क नराख्नुहोस् । यौनसम्पर्कअघि फोर प्ले विधि अपनाउनुहोस् ।  महिलाको कानको लोती, घाँटीपछाडिको छाला, ओठ, आँखा, स्तन, नाइटो, पेट, तिघ्राको मासु, यौनांगको स्पर्श गर्नुस् जसले महिला उत्तेजित हुन्छन् र चरोमत्कर्षमा पुग्छन् । 
 यौनसम्पर्कमा विभिन्न आसनको प्रयोग गर्नुहोस् ।
 हप्ताको तीनपटक सम्पर्क राख्ने गर्नुहोस् । 
 दैनिक हस्तमैथुन गर्नाले कालान्तरमा हानि गर्छ । तर, इच्छा लागेमा सातामा ३/४ पटक गर्दा राम्रो ।

spkt.deepak@gmail.com

Read More......

गोरखालाई थाहा छैन के होला पर्यटन वर्ष भनेको ?

0 comments

राजेन्द्र न्यौपाने 
 गोरखा । पर्यटन वर्ष २०११ सँगसँगै भनेर मनाईरहँदा नेपालमा आयआर्जनको राम्रो स्रोत बनेको पर्यटन व्यवसायलाई बढावा दिने र नेपालको प्रचारप्रसार अन्तरर्ाष्ट्रियजगत्सम्म पु¥याउने उद्देश्यका साथ पर्यटन वर्ष सन् २०११ को सन्दर्भ चलिरहेको भए पनि गोरखा जिल्ला भने यसबाट टाढै रहेको छ ।

देशभर पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम भइरहेका छन् । यो वर्ष १० लाख पर्यटकको स्वागत सत्कारका लागि विभिन्न संङ्सस्था, आमासमूह, नागरिक समाजलगायतका समूहहरू सक्रिय रूपमा लागिपरेका छन् । तर पर्यटकीय महत्व बोकेको गण्डकी अञ्चलको विकट पहाडी जिल्ला गोरखाका पर्यटकीयस्थलहरू अहिले पनि ओझेलमा छन्

जिल्लाका लिगलिगकोट, कालिकाकोट, ताकुकोट, दिदि बहिनी डाँडा, सिता गुफा, तातो पानी (उहिया, खोप्लाङ), फिनामको भगवतीमन्दिर, सिमजुङ कुसुण्डेको भm्याल्लभुमी, बारपाक, लाप्राक, गजे घलेको गाउँ, इमानसिंहको गाउँ, दुधपोखरी, नारदपोखरी, कल्छुमन ताल, राजेनगुम्बा, नुब्री उपत्यका, चुम उपत्यका, धार्चे लेक, मनकामना मन्दिर, सिद्ध लखनथापा गुफा, बक्रेश्वर मन्दिर, स्थानीस्थान, विसेनगर्चीको गाउँ, बलभद्र कुवँरको गाउँ, भक्ती थापाको मामा घर, कालुपाण्डेको गाउँ, गोरखा संग्रहालय, बक्राङकोट, श्रीनाथकोट, याङकोट, धुवाँकोट, मानेपानी, सुलीकोट,तान्द्रङ कोट , आरुघाट, मनासलु हिमाल, स्याल्ला हिमाल, ल्हो, चुम्लिङ गाउँ, प्रोक, उहिया, दिङला, केरौंजा, काशिगाउँ, आरुपोखरी, माइथान, लेका डाँडो, बाँसकोट, लखनकोट, सिरान्चोक, घ्याच्चोक, खरिबोट, गुम्दा,सिङला, मनासलु संरक्षण क्षेत्र लगायतका दर्जनौँ पर्यटकीयस्थलहरूको व्यापक प्रचारप्रसार नहुँदा र सरोकारवाला पक्षले पहल नगर्दा गोरखा गोरखालीहरुका लागिसमेत बिरानो भएको छ भने नेपाली र विदेशीहरूको त के कुरा भो र ?

प्रचारप्रसारको अभावमा जिल्लाका पर्यटकीयस्थलहरू ओझेलमा परेको स्वीकार्दै उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष रामबाबु जोशी पर्यटक भित्र्याउन आफूहरूले पहल गरेको र निकट भविष्यमै पोखरामा आएका पर्यटकलाई गोरखासम्म ल्याउने प्रयास गर्न लागिएको बताउनुभयो ।

काठमाण्डौ आएका पर्यटकहरु अनिवार्य पोखरा आउनुपर्ने र पोखरा आउनेले गोरखा नआएपनि गोरखालाई १० डलर तिर्नुपर्ने अनि त्यसबाट गोरखाको विकास गर्ने भनिएपनि गोरखा पर्यटन विकास समितिको नाममा बद्री बहादुर मास्के र पुप्प थपलियाले मनपरी गरिरहँदा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु आँखा चिम्म गर्नुको विकल्प गोरखामा रहेको छैन ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गुरु गोरखनाथ क्षेत्र यहाँको एक महत्वपूर्ण सम्पदा हो, जुन मन्दिर बाइसे राज्यको पालामा यहाँको दरबार भनेर चिनिन्थ्यो । यस मन्दिरमा दसैँंको कोजाग्रत पूर्णिमा, राम नवमी, कृष्ण जन्माष्टमीमा ठूलो मेला लाग्ने गर्दछ । यस मन्दिरको उत्तरतर्फ मनोरम हिमशृङ्खला, दक्षिणतर्फ पालुङटारका फाँटहरूको दृश्यावलोकन गर्न पाइन्छ ।

त्यस्तै विश्वको सबै भन्दा उत्कृष्ट स्लेट पाईने गोरखाको सिमजुङ गाउँ विकास समितिको ताप्ले गाउँ यहाँको अवलोकन गर्न योग्य ठाउँ हो ।

विसंं १६१६ मा द्रव्य शााहले लिगलिगको दौड जितेर यस ठाउँमा राज्य गरेका थिए । राजाराम शाहले गोरखामा नै बसेर न्याय प्रदान गर्दथे । यसैले अहिले पनि न्याय नपाए गोरखा जानू भन्ने उखान चलनचल्तिमा छ । मानिसहरुले केहि कामको थालनी गर्नुपर्दा गोरखाबाट थाल्ने गर्दछन् । यसको कारण हो राजापृथ्वी नारायण शाहले नेपाल राज्य एकीकरणको काम गोरखाबाट थालनी गरेका थिए । त्यो एकीकरण सफल भएर विसं. १८२५ मा विशाल नेपाल बनेको थियो र त्यसको राजधानी अहिले काठमाण्डौमा छ । यसैले भनिन्छ नेपालको पूरानो राजधानी गोरखा हो। नयाँ राजधानीको विकास भएर अगाडि बढ्दै गर्दा नयाँ नेपाल एकीकरणको सूत्र सिकाउने जिल्ला गोरखाको अवस्था कहाली लाग्दो छ । ऐतिहासिक सम्पदाको रक्षा र ऐतिहासीक स्थानको विकास गर्न सकेमात्रै पनि गोरखाको विकास हुनेथियो ।

यस क्षेत्रको व्यापक प्रचार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वका कारण आन्तरिक र
बाह्य दुवै थरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

यस जिल्लाको अर्को आकर्षण नरपानी र सुपा देउराली मन्दिर क्षेत्रमा दैनिक सयांैँ भक्तजन आउने गर्दछन्। सुपा देउराली मन्दिरमा पाठा, पाठी र परेवा चढाएमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ ।

यसैगरी बुंकोटबेशी ज्यादुलखोला फाँट, लुदीखोलाफाँट,े पौवा, पश्चिमकाली मन्दिर आदि क्षेत्रको बेग्लै अस्तित्व रहेको छ । भ्रष्टचारी नेता चिरञ्जीवि वाग्लेको गाउँ पनि यसै ठाउँमा पर्दछ । आखिर पर्यटक न हुन रहेक कुराको महत्व रहन्छ । डा. बाबुराम भट्टराईको गाउँ खोप्लाङ बेलबास पनि यसै ठाउँमा पर्दछ । नारायणकाजी श्रेष्ठको गाउँ पनि यसै ठाउँमा पर्दछ । गोरखा जिल्ला नेपालका ७४ वटै जिल्लासँग मिल्ने ७५ औं जिल्ला भएपनि प्रचार प्रसारको अभावमा यो जिल्ला अझै अघि बढ्न सकिरहेको छैन ।

सिद्द लखनथापा गुफा प्राचीन कालमा सिद्ध लखनथापाले तपस्या गरेको स्थान बक्राङ गा.वि.स.को वडा न.४ पर्ने यो गुफा नेपालकै सबैभन्दा ठूलो गुफाको रुपमा रहेको छ । प्र चार प्रसारको अभावमा मनकामना नजिकै रहेको भएपनि यो गुफाको ऐतिहासीक महत्वलाई यहाँका पर्यटन व्यवसायीहरुले बुझ्न सकेका छैनन् । माता मनकामनाको दर्शन पछि यो गुफाको दर्शन नगर्दा मनोकांक्षा पूरा नहुने भनि शिलालेखमा लेखिएको छ । सिद्ध लखनथापाले आफू यहाँ कहिल्यै नमर्ने भनि गाडेको भिमसेनपातीको लौरो आज ठूलो वृक्ष भएको छ ।त्यस क्षेत्रमा भिमसेनपातीका घाँस दाउरा मानिसहरुले प्रयोग गर्दै आईरहेका छन् । त्यस क्षेत्रमा भिमसेनपाती बाहेक अन्य रुखविरुवा हुर्काउन सक्ने अवस्था छैन यसको खै मानिसहरुले खोजी गरेका?

गोरखा जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न यहाँका सरकारी तथा गैर सरकारी कार्यालय, आमा समूह, उद्योग वाणिज्य सङ्घ आदि कसैले पनि ध्यान नदिएको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष काजीराम रोका बताउनुहुन्छ ।

पर्यटन वर्षको मौका छोपी केन्द्रदेखि जिल्लातहसम्म एकजुट भएर अग्रसर हुने हो भने गोरखालाई सधैँका लागि नेपालको एक आकर्षक हिमाली पहाडी गन्तव्य बनाउन सकिन्छ । तर त्यो अग्रसरताको शुभारम्भ भएर पनि गोरखालाई थाहा छैन के होला पर्यटन वर्ष भनेको ? 
–––––

Read More......

सरकारको आडमा अपराधि लुकाउदैछ युवा संघ: प्रेस युनियन

0 comments

असार  ५ काठमाडौं । नेपाल प्रेस युनियनले नागरिक राष्ट्रिय दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकालमाथि आक्रमण गर्नेका नाईके युवा संघ मोरङ्ग उपाध्यक्ष पर्शुराम बस्नेतलाई पक्राउ गरी कानूनी काराबाही गर्न माग गरेको छ ।

पत्रकारलाई धम्क्याउने र कुट्ने श्रृंखलामा सत्तारुढ एमालेकै भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले नागरिक दैनिकका प्रधान सम्पादक नारायण वाग्ले र पत्रकार महासंघको विराटनगर शाखा अध्यक्ष विक्रम निरौलालाई पानी मुनी गए पनि ‘नछोड्ने’ र युवा संघको अबको गतिविधि उनीहरु विरुद्ध हुने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै घोर आपत्ति जनाएको छ ।

युनियनका महासचिव शिव लम्सालले आज विज्ञप्ती जारी गरेर अध्यक्ष बस्नेतले आफ्नो दल एमालेले सरकारको नेतृत्व गरेको मौका पारि पत्रकारका आक्रमणकारीलाई जोगाउन लागेको भन्दै युवा संघका पछिल्ला गतिविधि स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको बताउनुभएको छ ।

युनियनले शाही शासनका बेला प्रेसले जे जस्तो त्रास ब्यहोरेको थियो, अहिले त्यसको पुनरावृत्ति हुने खतराप्रति गंम्भीर चिन्ता ब्यक्त गर्दछ भनेको छ ।

नागरिक दैनिकका प्रधान सम्पादक  वाग्ले र पत्रकार महासंघ विराटनगर शाखा अध्यक्ष निरौलामाथि कुनै किसिमको दुब्र्यवाहार भएमा त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने युनियनले चेतावनी दिएको छ ।

Read More......

अबसर मिले प्रधानमन्त्रीका लागि पार्टीमा कुनै समस्या नहुने

0 comments

असार ५ काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले आगामी प्रधानमन्त्रीको उम्मेदवारका लागि पार्टीभित्रै कुनै विवाद नरहेको बताउनुभएको छ । उपचारका लागि अमेरिका प्रस्थान गर्नु अघि त्रिभुवन विमान स्थलमा आज सञ्चारकर्मीसंग कुरागर्दै सभापति कोइरालाले प्रधानमन्त्री बन्ने अवसर आए संसदीय दल र पार्टी विधान अनुसार व्यक्तिको टुंगो लगाउँने बताउनुभयो ।

सभापति कोइरालाले पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले राजीनामा दिने सहमति गरेपछि पनि पदमै बस्नु बेकार रहेको कोइरालाको टिप्पणी थियो ।त्यसै गरेर कांग्रेस सपभापति कोइरालाले शान्ति प्रक्रिया अगाडि नबढेसम्म बजेट ल्याउन नदिने बताउनुभएको छ । उहाँले सधैभरी शान्ति प्रक्रियाका नाममा राजनीति गर्न नपाईने पनि बताउनुभयो ।

यसैवीच सभापति कोइरालाले संसदीय दलको नेता परिवर्तन लगायतमा नेता शेरबहादुर देउवासँग ६ बुँदे सम्झौता नभएको दाबी गर्नुभएको छ । उहाँले ६ बुँदे सहमति भएको भनेर पत्रपत्रिकामा आएका समाचाहरु गलत रहेको बताउनुभयो । 

कोइराला जिब्रोको उपचारका लागि आजै अमेरिका प्रस्थान गर्नुभएको हो  ।

Read More......

तस्करी गर्न लुकाई राखेको ठूलो परीमाणमा गोलिया पक्राउ

0 comments

असार ५ रौतहट । रौतहट जिल्लाका दक्षिणी भेगमा रहेको बलेरी रेञ्जपोष्टअन्र्तगत वागमती किनारामा लुकाई राखेको अवस्थामा १९ थान सालको गोलिया बन गस्ति टोलीले पक्राउ गरेको छ । जिल्ला वन अधिकृत राज बहदुर राउतको नेतृत्वमा गएको गस्ति टोलीले सर्लाहीको राजघाटमा लैजान बागमती नदीको किनारामा रहेको कांसघारीमा लुकाइ राखेको अवस्थामा परिमाणको गोलिया बरामद गरेको हो।वलेरी रेन्जपोष्टअन्र्तगतको जंगलको रुख अवैध रुपमा काटी सर्लाहीतर्फ लान लैजानको लागि लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

Read More......

तीन दलको बैठक विना निष्कर्ष स्थगन

0 comments

असार ५ काठमाडौं । प्रमुख तीन राजनीतिक दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नयाँ आर्थिक बर्षको बजेटको ल्याउन सहमति कसरि गर्ने भन्ने बारेमा र ५ गतेभित्र शान्ति प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्न नसकिएको बारेमा समिक्षा गरिएको छ । 

यस अघि ५ गतेभित्र शान्ति प्रकृयाको कार्यतालिका सार्वजनिक गर्ने सहमति दलहरुबीच भएपनि आजसम्म कुनै खाका नआएकाले यसलाई कसरि अघि बढाउने  भन्ने बारेमा बैठकमा छलफल भएको तर कुनै निष्कर्ष निक्लन नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनु भयो  ।

Read More......

माओवादी हतियार रहदा सम्म कांग्रेस निर्वाचनमा जाँदैन: खुमवहादुर खड्का

0 comments

असार ५ दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमवहादुर खड्काले माओवादीको हतियारको व्यबस्थापन नगर्दासम्म कांग्रेस यथास्थितिमा चुनावमा नजाने वताउनु भएको छ ।

दाङको घोराहीस्थित पार्टी कार्यालयमा कांग्रेस नेता तथा कार्यकर्तासंग खड्काले अर्को निर्वाचनमा जानु अघि हतियारको टुङ्गो लगाइनु पर्ने बताउनु भयो । म्याद थपिएको अबधिमा पनि संविधान बन्ने कुरामा विश्वस्त नदेखिनु भएका खड्काले संविधान नबने कांग्रेसले आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
पार्टीले आन्दोलनको तयारी गर्दै छ’ उहाँको भनाई थियो । केन्द्रीय सदस्य खड्काले शान्ति प्रकृया टुङ्ग्याउन माओवादीले धेरै पटक सहमति गरेपनि कार्यान्वय नगरेको भन्दै माओवादीको दम्भलाई तह लगाउन कांग्रेसले गम्भीर भएर सोच्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

Read More......

प्रजिअको सरुवा वढुवा

0 comments

छत्रवहादुर मैनाली


प्र.जि.अ श्री डुल्लुराज बस्नेत जिल्ला प्रशासन कार्यालय,स्यांग्जा सरुवा
प्र.जि.अ श्री जीवन प्रसाद ओली जिल्ला प्रशासन कार्यालय,भोजपुर सरुवा
प्र.जि.अ श्री बाबुराम खतिवडा जिल्ला प्रशासन कार्यालय,पांचथर सरुवा
प्र.जि.अ श्री केशवराज आचार्य जिल्ला प्रशासन कार्यालय,भक्तपुर सरुवा
प्र.जि.अ श्री केशवराज घिमिरे जिल्ला प्रशासन कार्यालय, अर्घाखांचीसरुवा
सहायक प्र.जि.अ श्री शम्भुप्रसाद मरासिनी जिल्ला प्रशासन कार्यालय,काठमाडौं सरुवा
प्र.जि.अ श्री ज्ञानप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय,दार्चुला सरुवा
प्र.जि.अ श्री जनकराज रेग्मी जिल्ला प्रशासन कार्यालय,इलाम सरुवा
प्र.जि.अ श्री रामुप्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय,तेह्रथुम सरुवा
उप क्षेत्रीय प्रशासक श्री सिताराम कार्की क्षेत्रीय प्रशासन कार्यालय,धनकुटामा दरवन्दी राखी मन्त्रालयमा काज सरुवा
प्र.जि.अ श्री कृष्ण प्रसाद ज्ञवाली जिल्ला प्रशासन कार्यालय,म्याग्दी सरुवा
प्र.जि.अ श्री राम बहादुर कुरुम्बाङ जिल्ला प्रशासन कार्यालय,सोलुखुम्वु सरुवा
ब.अ.अ. श्री यादव सुवेदीअ.त्रि.वि.वि.गौचरण सरुवा
उप सचिव श्री प्रदिपराज कंडेल क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा दरवन्दी राखी गृह मन्त्रालय काज सरुवा
प्र.जि.अ श्री बद्रीनाथ अधिकारी जिल्ला प्रशासन कार्यालय,लमजुङ्ग सरुवा
व.अ.अ श्री होमनाथ थपलिया त्रि.अ.वि.गौचरण सरुवा
उप क्षेत्रीय प्रशासक श्री बलदेव प्रसाद गौतम क्षेत्रीय प्रशासन कार्यालय,पोखरामा
दरवन्दी राखी मन्त्रालयमा काज सरुवा
प्र.जि.अ श्री तेजप्रसाद पौडेल जिल्ला प्रशासन कार्यालय,सल्यान सरुवा
प्र.जि.अ श्री नारायण प्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय,धार्दिंग सरुवा
उप क्षेत्रीय प्रशासक श्री भरत पौडेल क्षेत्रीय प्रशासन कार्यालय,हेटौंडा सरुवा
उप क्षेत्रीय प्रशासक श्रीकृष्ण श्रेष्ठ क्षेत्रीय प्रशासन कार्यालय,पोखरा सरुवा
प्र.जि.अ श्री ऋषिराम तिवारी जिल्ला प्रशासन कार्यालय,वांके सरुवा
प्र.जि.अ श्री कमलकान्त रेग्मी जिल्ला प्रशासन कार्यालय,रसुवा सरुवा
प्र.जि.अ श्री मधुसुधन बुर्लाकोटी जिल्ला प्रशासन कार्यालय,नुवाकोट सरुवा
प्र.जि.अ श्री गोविन्दमणि भुर्तेल जिल्ला प्रशासन कार्यलय,वैतडी सरुवा
स.प्र.जि.अ श्री मुरारी प्रसाद शर्मा जिल्ला प्रशासन कार्यालय,कंचनपुरमा दरवन्दी
राखी मन्त्रालयमा काज सरुवा
उप क्षेत्रीय प्रशासक श्री दुर्गा प्रसाद पोखरेल क्षेत्रीय प्रशासन कार्यालय,सुर्खेत दरवन्दी कायम गरी मन्त्रालयको प्रशासन पुनःसंरचनामा काज सरुवा
स. प्र.जि.अ श्री नन्दीकेशर त्रिपाठी जिल्ला प्रशासन कार्यालय,चितवन सरुवा
प्र.जि.अ श्री शिवराम गेलाल जिल्ला प्रशासन कार्यालय,खोटांग सरुवा
निर्देशक श्री दिपकराज नेपाल कारागार व्यवस्थापन विभाग सरुवा
प्र.जि.अ श्री राजेन्द्र प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय,तनहुं काज
सहायक प्र.जि.अ. श्री केशव प्रसाद पुडासैनी जिल्ला प्रशासन कार्यालय,धनकुटामा दरवन्दी राखी कामकाज यथावत सरुवा
स.प्र.जि.अ श्री अब्दुल कलाम खाँ जिल्ला प्रशासन कार्यालय,वर्दियामा दरवन्दी राखी
के.हज कमिटिमा काज सरुवा,काज
प्र.जि.अ श्री कमलमणि काफ्ले जिल्ला प्रशासन कार्यालय,सिन्धुपाल्चोक सरुवा
स.प्र.जि.अ श्री परशुराम अर्याल जिल्ला प्रशासन कार्यालय,नवलपरासी सरुवा
उप सचिव श्री विष्णुप्रसाद पोखरेल गृह मन्त्रालय सरुवा
प्र.जि.अ श्री शिवप्रसाद नेपाल-ख) जिल्ला प्रशासन कार्यालय,वझांग सरुवा
स.प्र.जि.अ श्री राजीव पोखरेल जिल्ला प्रशासन कार्यालय,महोत्तरी सरुवा
प्र.जि.अ श्री वेणी माधव ज्ञवाली जिल्ला प्रशासन कार्यालय,सिन्धुली सरुवा
प्र.जि.अ श्री जितेन्द्र बहादुर भण्डारी जिल्ला प्रशासन कार्यालय,कैलाली सरुवा
प्र.जि.अ श्री ख्याम बहादुर थापा जिल्ला प्रशासन कार्यालय,वाग्लंगु सरुवा
प्र.जि.अ श्री महादेव पन्थ गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय,जुम्ला सरुवा
स.प्र.जि.अ श्री बल बहादुर मल्ल जिल्ला प्रशासन कार्यालय,काठमाडौं सरुवा
जेलर श्री काली प्रसाद पराजुली क्षेत्रीय कारागार,झुम्का सरुवा
स.प्र.जि.अ श्री सुन्दरराज अर्याल जिल्ला प्रशासन कार्यालय,र्सलाही
स.प्र.जि.अ श्री कोषहरि निरौला जिल्ला प्रशासन कार्यालय,धनुषा सरुवा
उप सचिव श्री शम्भुप्रसाद घिमिरे गृह मन्त्रालयमा दरवन्दी ल्याउने सरुवा
प्र.जि.अ श्री कैलाशनाथ खरेल जिल्ला प्रशासन कार्यालय,संखुवासभा सरुवा
ब.अ.अ श्री कृष्ण श्याम बुढाथोकी अध्यागमन विभाग सरुवा
उप क्षेत्रीय प्रशासक श्री यज्ञराज बोहोरा क्षेत्रीय प्रशासन कार्यालय,दिपायल दरवन्दी राखी गृह मन्त्रालय काज सरुवा
प्र.जि.अ श्री वेदप्रसाद खरेल जिल्ला प्रशासन कार्यालय,हुम्ला पदस्थापन
उप सचिव श्री बावुराम भण्डारी गृह मन्त्रालय पदस्थापन
उप सचिव श्री कमल प्रसाद भट्टर्राई गृह मन्त्रालय काज पदस्थापना
प्र.जि.अ श्री सूर्यवहादुर खत्री जिल्ला प्रशासन कार्यालय,मुगु पदस्थापन
स.प्र.जि.अ श्री महेश भट्टर्राई जिल्ला प्रशासन कार्यालय,काभ्रेपलान्चोक पदस्थापन
स.प्र.जि.अ श्री भविश्वर पाण्डे जिल्ला प्रशासन कार्यालय,दांग पदस्थापन
स.प्र.जि.अ श्री भरतमणी पाण्डे जिल्ला प्रशासन कार्यालय,मकवानपुर पदस्थापन
स.प्र.जि.अ श्री किशोर कुमार चौधरी जिल्ला प्रशासन कार्यालय,सिरहा पदस्थापन
जेलर श्री तिर्थराज भट्टर्राई केन्द्रीय कारागार,जगन्नाथदेवल पदस्थापन
स.प्र.जि.अ श्री कमलराज ढकाल जिल्ला प्रशासन कार्यालय,कपिलवस्तु पदस्थापन
स.प्र.जि.अ श्री प्रेम प्रसाद लुइटेल जिल्ला प्रशासन कार्यालय,उदयपुर पदस्थापन
स.प्र.जि.अ श्री सागरमणी पाठक जिल्ला प्रशासन कार्यालय,ललितपुर काज पदस्थापना
स.प्र.जि.अ श्री हरि बहादुर प्याकुरेल जिल्ला प्रशासन कार्यालय,सुर्खेत पदस्थापन
स.प्र.जि.अ श्री चन्द्र बहादुर कार्की जिल्ला प्रशासन कार्यालय,वारा पदस्थापन
प्र.जि.अ श्री विष्णु कुमार कार्की जि.प्र.का.सिन्धुपाल्चोक आफ्नै दरवन्दीमा काज फिर्ता
प्र.जि.अ श्री लुकवहादुर क्षेत्री जिल्ला प्रशासन कार्यालय,प्युठान पदस्थापन
स.प्र.जि.अ श्री योगेन्द्र प्रसाद दुलाल जिल्ला प्रशासन कार्यालय,झापा पदस्थापन
प्र.जि.अ श्री गोविन्द प्रसाद रिजाल जिल्ला प्रशासन मन्त्रालय,जाजरकोट पदस्थापन
प्र.जि.अ श्री कृष्णप्रसाद अधिकारी जिल्ला प्रशासन कार्यालय,रुकुम पदस्थापन
प्र.जि.अ श्री कविन्द्र नेपाल जिल्ला प्रशासन कार्यालय,गुल्मी काज पदस्थापना
उप सचिव श्री कुश्माकर ढकाल गृह मन्त्रालय पदस्थापन
स.प्र.जि.अ श्री लेखनाथ पोखरेल जिल्ला प्रशासन कार्यालय,सप्तरी सरुवा
उप सचिव श्री शिवप्रसाद नेपाल -क) गृह मन्त्रालय
उप सचिव विशेष राजेश पौडेलगृह मन्त्रालय काज फिर्ता
प्र.जि.अ श्री हरिराज पन्त जिल्ला प्रशासन कार्यालय, रौतहट

Read More......

Saturday, June 18, 2011

युएई हिँडेका २७ युवा दिल्लीमा अलपत्र

0 comments


खाडीशन्देश,असार ५

स्याङ्जाको वालिङमा रहेको ब्राइटर मुन हृयुमन रिसोर्स सर्भिसेज प्रा.लि.बाट युएई जान भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेका छन् ।
युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही एक लाख ५० हजार रुपैयाँका दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपियाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरू दिल्लीमा अलपत्र परेका हुन् ।


अलपत्र परेकामा स्याङ्जा थुमपोखरा–९ का ज्ञानु श्रेष्ठ र टुकबहादुर श्रेष्ठ, पुतलीबजार–१३ का दीर्घजङ्ग केसी, दहथुम बयरघारीका सुरेश थापा, जनक थापा, दिलबहादुर थापा, विष्णुबहादुर थापालगायत छन् । अन्यको भने अझै नाम खुल्नसकेको छैन ।अलपत्र परेका नेपालीले उनका आफन्तलाई कम्पनीको मानिस भागेको खबर गरेपछि कामदारका आफन्त वालिङमा रहेको कार्यालयमा सम्पर्कका लागि आएका छन् । यता, वालिङमा रहेको कार्यालय भने एक सातादेखि बन्द अवस्थामा छ । कार्यालय बन्द भएको थाहा पाएपछि अलपत्र परेकाहरूका आफन्त चिन्तित भएका छन् ।


सो प्रा.लि.को प्रधान कार्यालय काठमाडाँै–७ सतुङ्गल रहेको  छ । बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत शाखा कार्यालय रहेको उक्त म्यानपावर कम्पनीको शाखा कार्यालय वालिङका सञ्चालकमा कास्कीको देउराली गाविसका ध्रुव पौडेल, झापाका विकास बस्नेत, बर्दियाका माधव न्यौपाने र पोखराका अर्जुन कार्की रहेका छन् । तिनीहरूमध्ये कार्की सम्पर्कमा रहेको पीडितका आफन्तले जनाएका छन् । पीडित परिवारले प्रतिव्यक्ति एक लाख ५० हजारका दरले रकम बुझाएको जनाएका छन् ।

Read More......

ज्वाला समुहका महोत्तरी इन्चार्ज यादव प्रहरीद्धारा सार्वजनिक

0 comments



सुरेश बिडारी,असार ५,महोत्तरी

सीमावर्ती भारत विहार राज्यको सितामढी जिल्लाको सिसर्िया गाउँबाट पाँच दिन अघि पक्राउ परेका नेपालका मष्ट वान्टेड जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समुहका महोत्तरी ईन्चार्ज जीवन त्यागी भन्ने इन्द्रजीत यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले  गएराती  सार्वजनिक गरेको छ ।

 यादवमाथि धनुषा जिल्ला कनकपट्टीका राकेशकुमार यादवलाई ज्यान मार्ने उदेश्यले गोली हानेर घाइते बनाएको महोत्तरी सोनमाका तोकिर अंस्ाारी र वलवाका रामगुलाम साहलाई  अपहरण गरेर फिरौती लिएको तथा फुलकाहाका बेचु साहलाई अपहरण पश्चात गोली हानेर घाइते बनाएको मुद्दा छ । 

यादवमाथि अपहरण तथा शरीर बन्धकका चार हातहतियार तथा खरखजानालगायतका मुद्धा रहेको प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसैबीच त्यागीलाई आजै अदालत उपस्थित गराई जेल चलन गरिने र अन्य मुद्दामा अनुसन्धान अघि वढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रही उपरिक्षक मोहनराज जोशीले वताउनुभयो ।

Read More......

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने जर्मनीका फुटबलर माइकल बालाकको उद्घोष

0 comments


असार ४ एजेन्सी । जर्मनीका पूर्वकप्तान माइकल बालाकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कुनै योजना नै नरहेको बताएका छन् ।

प्रशिक्षक जोआचिम लोउले यसअघि मात्रै ब्राजिलि विरुद्ध हुने अन्तर्राष्ट्रिय म्याच बालाकको खेल जीवनको अन्तिम म्याच हुने बताएका थिए । उनले बालाकसँग सल्लाह गरेर ब्राजिल विरुद्धको अन्तर्राष्ट्रिय म्याचसँगै पूर्व कप्तानलाई सन्यास दिने निर्णय लिएको बताएका थिए ।

लोउको निर्णयबाट रुष्ट बनेका बालाकले समर्थकहरुको मन राख्नका लागि ब्राजिल विरुद्धको म्याचमा ओर्लने प्रतिक्रिया दिएका छन् । उनले यो म्याच आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम म्याच नहुने पनि बताएका छन् । प्रशिक्षक लोउले कुनै सल्लाह नै नगरि विदाईको प्रतिक्रिया दिएको भन्दै ३४ वर्षिय बालाक रुष्ट देखिएका छन् ।

चेल्सीबाट गत वर्षमात्रै वायर लिभेरकुसेनमा आबद्ध भएका बालाकले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिनुपर्ने समय आएको प्रतिक्रिया प्रशिक्षक लोउले लामो समयदेखी दिदै आएका छन् । उनले सन् २०१४ को विश्वकपका लागि नयाँ टोलि तयार पार्नुपर्ने चुनौति रहेकाले बालाकले टोलिमा स्थान नपाउने बताएका छन् । बालाकसँग सल्लाह गरेरै उनको सन्यासका बारेमा निर्णय लिइएको प्रतिक्रिया लोउले दिएपनि बालाकले भने यससम्बन्धमा प्रशिक्षकले एकतर्फी निर्णय लिएको बताएका छन् ।

सन् १९९९ मा राष्ट्रिय टिममा प्रवेश गरेयता बालाकले ९८ खेल खेल्दै ४८ गोल गरिसकेका छन् ।

Read More......

ब्युटी पार्लरमै बेश्यालय संचालन

1 comments

असार ४ काठमाडौं। काठमाडौंको अतिब्यस्त बजार न्यूरोडमा रहेको एक ब्युटीपार्लरमा यौन ब्यवसायमा संलग्न आधादर्जन युवतीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवतीसंगै उनिहरुसंग आपत्तिजनक अवस्थामा प्रहरीले ३ जना युवकलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रोहित कोइरालाले जानकारी दिनुभयो । प्रहरीले छापामारेर धर्मपथस्थित न्यू सहेली ब्युटी पर्लरमा काम गर्ने ६ जना युवतीलाई नियन्त्रणमा लिएको हो ।

मसाज सेन्टर र क्याबिन रेष्टुरेष्टमा यौन ब्यवसाय सञ्चालन भएका समाचारहरु आएपनि ब्युटी पार्लरमा यस्तो ब्यवसाय हुने गरेका समाचार बिरलै आउने गरेका थियो ।

ब्युटी पार्लरमा व्यवसायिकरुपमा यौन धन्दा सञ्चालन गरेको स्थानीय वासीको उजुरी पछि प्रहरीले आज छापा मारेको निरीक्षक कोइरालाले बताउनुभयो । ब्युटी पार्लरबाट प्रहरीले कण्डम, चेस, तास लगायतका सामाग्री बरामद गरेको छ ।

Read More......

डोल्पाको तिङतुङ हिमाली क्षेत्रमा हिउँपहिरोमा पूरिएर तीनजनाको मृत्यु

0 comments

असार ४  डोल्पा। डोल्पा जिल्लामा यार्सागुम्बा टिप्न गएका तीन युवकको हिमपहिरोमा पूरिएर मृत्यु भएको छ।

डोल्पाको तिङतुङ हिमाली क्षेत्रको मालुवाचौरमा हिमपहिरोमा पूरिएर जाजरकोटका तीन युवकको मृत्यु भएको हो । मृतकमध्ये जाजरकोट नायकवाडाका सिंहबहादुर सिंहको मात्र सनाखत भएको छ । अन्य दुई जनाको नाम खुल्न बांकीछ।

Read More......

माओवादी र कांग्रेससंगको सहयात्रामा शान्तिप्रक्रियालाई निष्कर्षमा एमालेले पहल गर्ने

0 comments


असार ४ काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले शान्तिप्रक्रिया नटुंिगएसम्म लोकतान्त्रिक संविधान बन्न नसक्ने बताउनुभएको छ ।

एमाले मेची अञ्चल समन्वय कमिटीको प्रशिक्षण कार्यक्रमलाई आज राजधानीमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादी लडाकूको शिविर खाली गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताउनुभयो । उहांले लडाकूका शिविर खाली गरी सरकारलाई हतियार  बुझाउन माओवादीलाई आग्रह गर्नुभयो ।

शान्ति प्रक्रियालाई पुरा नगरी कुनै पनि हालतमा संविधान जारी नहुने पोखरेलको भनाइ छ । एमाले महासचिव पोखरेलले माओवादी र कांग्रेससंग राजनीतिक सहयात्रा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने नै एमालेको लाइन भएको बताउनुभयो । शान्ति प्रक्रियालाई टुगाेंमा पु¥याउन आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उहांले माओवादी र काग्रेसका गलत कुरालाई आखा जुदाएर मात्र राजनीतिक सहयात्रा गर्ने बताउनुभयो ।

एमाले भित्र पनि फरकफरक सोच भएका कारण पार्टीभित्र बिवाद उत्पन्न हुने गरेको उहांले बताउनुभयो । महासचिव पोखरेलले पार्टीको सिद्धान्त विपरीत नबोल्न नेताहरुलाई चेतावनी पनि दिनुभयो ।

Read More......

परार्मश पछि दोस्रो चरणका आन्दोलन आउछ:पत्रकार महासंघ

0 comments

असार ४ काठमाडौं। नपाल पत्रकार महासंघले विराटनगरका पत्रकार खिलानाढ ढकाललाई सांघातिक हमला गर्ने एमाले निकट युवा संघका मोरङ अध्यक्ष पर्शुराम बस्नेतलाई कारबाहीका लागि दबाव दिन थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

राजधानीमा निस्कीएको र्यालीपछि आयोजीत कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष शिव गाउँलेले पत्रकार माथि सांघातिक आक्रमण गर्ने आक्रमणकारीलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने बताउनुभयो ।

महासंघ केन्द्रीय समितिको भोलि बस्ने बैठकमा पहिलो चरणको आन्दोलनको समीक्षा पछि कानून व्यवसायी सहितका पेशागत समूहसँग छलफल गरेर दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने अध्यक्ष गाउँलेले बताउनुभयो ।

Read More......

गुन्डालाई संरक्षण दिएर बस्ने प्रधानमन्त्री स्वयम् ठूला गुन्डा भएको कांग्रेस नेता मनमोहन भट्टराईको भनाइ

0 comments

असार ४ भक्तपुर। नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले झलनाथ खनालको नेतृत्वको कामचलाउ सरकारले एकलौटी रुपमा बजेट ल्याउन नमिल्ने बताउनुभएको छ ।

भक्तपुरमा आज आयोजीत कार्यक्रममा महामन्त्री सिंहले कांग्रेस बजेट विरोधी नभएको भन्दै कामचलाउ भइसकेको सरकारले बजेट ल्याउन नमिल्ने बताउनुभयो । उहाँले दलबीच छिटो सहमति बनाई बजेट ल्याउनु सुझाव दिनुभएको छ ।

विगतमा सहमतीय सरकारको नाममा संविधान लेखन र शान्ति पक्रियाको सात महिना खेर गएको स्मरण गर्दै नेता सिंहले अहिले पनि त्यस्तै अवस्था दोहरिन नदिन चाडै सहमतीय सरकार गठन गरी शान्ती प्रक्रिया र संविधान लेखनमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

कांग्रेसका नेता मनमोहन भट्टराईले देशमा विधिको शासन भन्दा पनि गुन्डागर्दीको शासन चलिरहेको आरोप लगाउनुभएको छ । उहाँले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल यतिवेला अपराधका घटनाका वारेमा मुकदर्शक बनिरहेको बताउदै गुन्डालाई संरक्षण दिएर बस्ने प्रधानमन्त्री खनाल स्वयम् ठूलो गुन्डा भएको आरोप लगाउनु भयो ।

Read More......

पार्टी निर्णय सबैले मान्नुपर्छ: उपाध्यक्ष डाक्टर भट्टराई

0 comments

असार ४ कास्की । दोहोरो सुरक्षा नहटाउने बैद्य पक्षधर नेताहरुको अडानका आएलगत्तै एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले असहमतिका बाबजुद पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनु भएको छ ।

पोखरा विमान स्थलमा आज सञ्चारकर्मीसंग कुरागर्दै भट्टराईले पार्टीका नेताहरुको दोहोरो सुरक्षा हटाउने निर्णय सबैले मान्नुपर्ने बताउनुभयो । पार्टीमा फरक मत राख्न र असहमति जनाउने अधिकार सबैलाई रहेको भन्दै उपाध्यक्ष भट्टराईले निर्णय भने सबैले मान्नुपर्ने बताउनुभयो ।

अहिलेकै सरकारले या सहमतिको सरकार बनेपछि बजेट ल्याउने भन्ने पार्टीहरुबीच छलफल भइरहेको भन्दै भट्टराईले सबै कुराको छिनोफानो सहमतिले नै टुंग्याउने बताउनुभएको छ ।

Read More......

विद्युत चोरी गर्नेलाई कारवाही गरिने

0 comments


मिनकुमार दाहाल,असार ४,सिन्धुली

सिन्धुलीजिल्लाको जलकन्या तथा रतनचुरा गाँउ विकास समितीमा हुक लगाएर विद्युत चोरी हुन लागेको नेपाल विद्युत प्राधिकरण सिन्धुलीले जनाएको छ । विद्युत् कार्यालयले ग्रामिण भेगमा वितरण गरे पनि त्यसको प्रभावकारी अनुगमन हुन नसक्दा विद्युत चोरी गर्ने क्रम वढेको सुरेश िसंहले वताए । रतनचुराजलकन्या गाँउ विकास समितीमा विस्तार गरिएको विद्युतलाईनको निरिक्षण रामेछाप जिल्ला विद्युत कार्यालयले अनुगमन गर्न टाढा भएकोले समस्या भएको थियो । यस वर्ष ति दुई गाविस सिन्धुली कार्यालयले हेर्न अनुगमन गर्नथालेपछि विद्युत चोरी गर्नेलाई विरुत्साहीत गरेको िसंहले वताए । एक दर्जन भन्दा वढी व्यक्तीले जलकन्यामा विद्युत चोरी गरेको भेटीएको थियो उनले वताए ।

Read More......

भृकुटीको पालामा निर्मित चोखाङ मन्दिरको जिर्णोद्धार

0 comments


ध्रुव पौडेल,बेइजिङ

नेपालसँगको मित्रताको प्रतीकको रुपमा रहेको चीनको तिब्बतको ल्हासास्थित ऐतिहासिक चोखाङ मन्दिरमा १३ सयवर्षयताको सबैभन्दा ठूलो जिर्णोद्धार गरिएको छ । नेपालकी राजकुमारी भृकुटीसँगको विवाहपछि राजा सोङ सान काम्फोद्वारा सम्भवतः सन् ६४२ मा निर्माण गरिएको भनिएको चोखाङको  जिर्णोद्धारकार्य परिमाण र लगानीका हिसावले अहिलेसम्मकै सबैभन्दा ठूलो भएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

 चीनको प्रमुख टेलिभिजन सीसीटीभीका अनुसार केन्द्रीय सरकारद्वारा विनियोजित १ करोड ८० लाख चिनियाँ युआन करिब २० करोड नेपाली रुपियाँको विशेष खर्चमा मन्दिरलाई सम्भावित आगलागीबाट जोगाउन काठ कुहिनबाट बचाउन र मुख्य हलमा वर्षातको पानी चुहिनबाट रोक्नका लागि अग्निनियन्त्रण ढल तथा शौचालयको सुधार गरिएको छ । तिब्बत सांस्कृतिक सम्पदा कार्यालयका उपनिर्देशक लिउ श्री चोङ्गलाई उद्धृत गर्दै सीसीटीभीले जनाएअनुसार दुई वर्ष लगाएर मन्दिरको भित्ता भुँई र ढलको मर्मतकार्य सम्पन्न गरिएको छ । नयाँ ढल प्रणाली र भुँईको बाहिरी तहमा बिच्छ्याइएको ढुङ्गाका कारण वर्षातको पानी भवनहरुको बीचबाट बग्नबाट रोकिने भएको छ ।

 स्थानीय भाषामा बुद्धको घर भन्ने अर्थ रहेको चोखोङ मन्दिर ल्हासाको पुरानो भाखोर चोकमा रहेको छ । तिब्बतका लागि नेपालका महावाणिज्यदूत ङइन्द्रप्रसाद उपाध्यायका अनुसार नेपालको लगानीमा साचालित ल्हासाका अधिकांश नेपाली रेष्टुराँ र हस्तकलाका सामानहरुको पसल पनि भाखोर क्षेत्रमा नै रहेका छन् । नेपालकी राजकुमारी भृकुटी र चिनियाँ राजकुमारी वन छङ्ग सँगको विवाहपछि उनीहरुले ल्याएका बुद्धका महत्वपूर्ण मूर्तिहरु राजा काम्फोले उक्त मन्दिरमा राख्न लगाएका थिए । मन्दिरमा नेपालका भृकुटी र बुद्धका मूर्तिहरु राखिएको महावाणिज्यदूत उपाध्यायले बताउनुभयो ।

 मन्दिरमा नेपाली शैलीमा बनाइएको काठको मूल ढोकाको मोहडा नेपालतर्फ फर्किएको छ । मन्दिर निर्माणका लागि भृकुटीले नेपालबाट कालिगढसमेत बोलाएकी थिइन् । चार तले मन्दिरमा घोप्टे भर्याङलगायतका बास्तुकलामा पनि नेपाली शैलीको मिश्रण पाइने भएकोले यसलाई नेपालचीन मित्रताको प्रतीक मानिन्छ । तिब्बतको पोताला दरवारसँगै चोखाङ पनि विश्व सांस्कृतिक सम्पदा सूचिमा सुचिकृत छ ।

Read More......

अदालतले पर्शुरामलाई दोषी देखाएमा युवा संघबाट राजीनामा दिने:महेश बस्नेत

0 comments


असार ४,काठमाण्डौ 

युवा संघका अध्यक्ष महेश बस्नेतले अदालतले दोषि नदेखाएसम्म पर्शुराम बस्नेतलाई आफुले नबुझाउने चुनौती दिनुभएको छ । रफत संचार क्लब भक्तपुरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष बस्नेतले अदालतले पर्शुरामलाई दोषी देखाएमा आफुले युवा संघबाट समेत राजीनाम दिने घोषणा गर्नुभयो । घट्नामा संलग्न देखिएका दुईजनालाई पक्राउ गरी सक्दा पनि घट्नामा संलग्न नै नभएका पर्शुरामलाई दोषी देखाउन खोज्नु िसंगो युवा संघलाई दोषी देखाउन खोज्नु भएको उहाँको भनाई थियो ।

 यसबारेमा आफूले कुनै आन्दोलन गर्न नचाहेपनि सरकार तथा पत्रकार महासंघले घट्नालाई अतिरन्जित पारेको आरोप लगाउनुभयो । एक डिएसपी र पर्शुरामको फोन रेर्कडको न्यायिक आयोग गठन हुने तर खिलानाथको घट्नालाई किन नहुने भन्ने प्रश्न गर्दै उहाँले यो घटनालाई चर्काएर महेश बस्नेत र केपी ओलीलाई फसाउने षड्यन्त्र भैरहेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एव नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष भरतबन्धु थापाले पत्रकार कूटपिटमा सग्लनलाई कार्वही गर्नुपर्ने बताउनुभयो । 

Read More......

नेपाली शास्त्रिय संगित सुनेपछि फ्रान्सेली मेयरलाई नेपाल जान हतार

0 comments




● फोटो- जैनु श्रेष्ठ
(बिचमा नेपाली झण्डा बोक्ने हुन् फ्रान्सेली मेयर)
सुकर्म शास्त्रिय संगित टोली यतिखेर यूरोप भ्रमणमा छ नेपाललाई चिनाउँदै । फ्रान्सका बिभिन्न ठाउँमा उनीहरुले शास्त्रीय संगित सुनाएर धेरै सर्व साधारणलाई मात्र होइन, थुप्रै उच्च अधिकारीहरुलाई पनि लठ्ठ बनाए । यसैबाट नेपाल चिनाए, चिनाउँदै छन् । अस्ति साँझ सुकर्मको टोलीले फ्रान्सको राजधानी पेरिसबाट करिब २ घन्टा टाढा रहेको भिब्रे भन्ने ठाउँमा सयौं फ्रान्सेलीलाई झुम्म मात्रै बनाएनन् त्यहाँका मेयरलाई पनि कहिले नेपाल पुगौं झैं बनाइदिए । सुकर्मको संगितले लट्ठिएका मेयरले सयौं समर्थक र स्थानियको भिडमा हाकै भने- मलाई त नेपाल कहिले जाउँ झैं भएको छ ।
भिब्रेका मेयर ज्याकी बोर्तोनले नेपाली शास्त्रिय संगितको स्वाद लिएपछि आफूले अहिलेसम्म सुनेको, जानेको र बुझेको नेपालभन्दा अझ आकर्षित भएको र नेपालको कला, संगित र संस्क्रिति हेर्न कहिले पुगौं झैं भएको बताउँदा स्रोताहरु एक टकले सुनिरहेका थिए ।
(सुकर्म शास्त्रिय संगित टोली-बायाँबाट तबला बादक प्रमोद उपाध्याय, सितारबादक ध्रुबेश चन्द्र रेग्मी र सारंगी बादक श्याम नेपाली)
यूरोप यात्रामा नेपाल चिनाउँदै हिँडेको यो टोलीलाई त्यस कार्यक्रम आयोजना गर्ने मेसो मिलाएका थिए नेपालकालागि पूर्व फ्रान्सेली राजदूत मिसेल जोलीभेले । नेपालमा जनयुद्दको चरम कालमा अरु देशले भटाभट सूचना जारी गरेर नेपाल नआउन आफ्ना नागरिक सूचित गरिरहेका बेला उनी बिकट पहाडी गाउँहरुमा एक्लै यात्रा गरेर नेपाल पूर्ण रुपमा सुरक्षित रहेको सन्देश दिएर चर्चामा आएका थिए । यहाँ पनि यी जोलिभे कुनै न कुनै रुपमा नेपालको प्रवर्धन गर्न लागिरहेका छन् । उनले संगित सुन्न आएका फ्रन्सेलीहरुलाई ‘नेपाल सानो मुलुक भएपनि ज्यादै आकर्षक र नेपालीहरुमा दया, न्यानोपना र मिलनसार भएको बताएर फ्रान्सेलीहरुलाई नेपाल घुम्न प्रेरित गरे । उनले आफ्नो नेपालको कार्यकाल ज्यादै रमणिय र जिवनको महत्वपूर्ण क्षण रहेको सुनाएर फ्रान्सेली मनलाई नेपालतिर एकोहोर्‍याउन खोजेका थिए ।
सुकर्म टोलीका सितारबादक ध्रुबेश चन्द्र रेग्मीले त झन अन्य देश भ्रमण गर्न विमान टिकट लिइसकेका फ्रान्सेलीलाईपनि थक्क थक्क बनाएका थिए । यूनेस्कोले नेपाललाई जिवनमा एक पटक नहेरि मर्न नहुने विश्वका अति आकर्षक थोरै मुलुक मध्ये एकमा राखेको जनाकारी दिँदा धेरै फ्रान्सेलीहरुले नेपाल जाने मोह देखाए । यो गर्मी बिदामा लओस घुम्ने टिकट लिसकेका केहिले ‘नेपाल पो जानुपर्ने रहेछ’ भन्दै चुकचुकाएका थिए । आगामी वर्षको बिदा नेपालमा मनाउनुपर्छ भन्नेहरुको स्वर बाक्लै थियो ।
नेपाली सांस्क्रितिक ग्रिह, पेरिसका हेमन्त उपाध्यायले नेपाली कला र संस्क्रितिबारे जानकारी गराएका थिए । उनले यस्तै नेपाली कला र संस्क्रितिको संरक्षण गर्न र फ्रान्सेली र नेपालीहरुमाझ चिनाउन आफूहरुले नेपाली सांस्क्रितिक घर निर्माण गर्न लागेको जानकारी दिएर धेरैलाई नेपाली संस्क्रितिप्रति उत्सुक बनाए ।

श्रोत:नेपाल प्लस

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae