Sahara Sansar

Tuesday, June 7, 2011

दाङ र कैलालीमा भीषण हावाहुरी र असिनापानी, लाखौंको धनमाल नष्ट

जेठ २४ दाङ । दाङ र कैलाली जिल्लामा आज आएको हावाहुरी र बर्षातले लाखौंको क्षति पु¥याएको छ ।दाङमा हाबाहुरीसंगैको बर्षातले एफ.एम.को टावर ढल्दा नजिकैको एउटा घरमा क्षति पुगेको छ । हावाहुरीले ठाउँठाउँमा रुखहरु पनि ढालेको छ । रुख ढाल्दा बिद्युतका पोलहरुमा पनि क्षति पुगेको छ । हावाहुरीले थुप्रै घर टहराको छाना समेत उडाएको छ ।

उता, कैलालीमा असिनापानीले पनि लाखौंको धनमाल नष्ट भएको छ । बिहान केहीबेर परेको भीषण असिनापानी र हावाहुरीले थुप्रै घर र टहराको छाना भत्काएको कैलाली प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae