जेठ २१ काठमाडौं । सरकारले उर्जा संकट समाधानका लागि जलविद्युत विकास बैंकको स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले बैंक स्थापनाका लागि सैद्धान्तिक निर्णय गरेको हो । बैंक स्थापनाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । एक करोड ५० लाख रुपैयाको ठूलो राषी अनुदान दिने भएको छ ।
समितिमा उर्जा, अर्थ तथा कानून मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकका गभर्नर सदस्य छन् । समितिलाई तत्कालै बैंक स्थापनाको जिम्मेवारी दिइएको छ । बैंक स्थापनाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नेछ ।
मन्त्रिपरिषदले साउदी अरेवियामा हज गर्न जानेहरुका लागि भिसा दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ । भिसा दस्तुरवापत लाग्ने ३६ लाख बराबरको रकम सरकारले दिने निर्णय भएको सरकारका प्रवक्ता गंगालाल तुलाधरले बैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो ।
यसैगरी, मन्त्रिपरिषदले २०५१ साल जेठ ३ गते चितवनको दासढुंगा दुर्घटनामा ज्यान गुमाएका एमालेका तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रित र सैनिक हिरासतमा ज्यान गुमाएका पत्रकार कृष्ण सेन र दाङका नेत्रलाल पौडेल अभागीको स्मृतिमा प्रतिष्ठान गर्न ५०÷५० लाख रुपैंया सहयोग गर्ने निर्णय पनि गरेको छ ।
बैठकले मानव विकास सूचकांकमा र स्वास्थ्यमा पछाडि परेका विभिन्न ८ वटा जिल्लाको छनौट गरी त्यहां एकीकृत जनस्वास्थ्य कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
0 comments:
Post a Comment