जेठ २१ काठमाडौं । नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले माओवादीको अलोकतान्त्रिक चरित्रका कारण मुलुकले निकास पाउन नसकेको दाबी गर्नुभएको छ । नेपाली काग्रेस क्षेत्र नम्बर ४ चितवनले गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै नेता केसीले आफ्नो व्यवहार परिवर्तन गर्न माओवादीलाई आग्रह गर्नुभयो । काङग्रेसलाई माओवादीले दुस्मनको कित्तामा राखेको भन्दै उहाले काग्रेसलाई दुष्मन सम्झनेहरु आफै लोप भएर जाने जिकिर गर्नुभयो ।
केसीले बिश्वबाट साम्यवाद लोप हुन लागेको अवस्थामा माओबादीले अंगालेको नीति नेपालबाटै लोप भएर जाने दावी गर्नुभयो । माओवादीले लोकतन्त्रप्रति बेईमानी गरेको आरोप लगाउंदै उहांले माओवादीकै कारण संक्रमणकाल लम्बिदैं गएको दाबी गर्नुभयो ।
पछिल्लो समय काङग्रेस भित्र फरक मत राख्दै आउनुभएका केसीले पार्टी भित्र धेरै गल्ती र कमीकमजोरी रहेको स्वीकार गर्नुभयो ।
0 comments:
Post a Comment