जेठ २१ बागलुङ । नेकपा एमालेका उपाध्यक्ष अशोक राईले राष्ट्रिय सहमतिको भरपर्दो वातावरण तयार नभएसम्म प्रधानमन्त्री झलनाथ खनालले राजीनामा नदिने बताउनुभएको छ ।
बागलुङमा शनिबार संचारकर्मीसंगको कुराकानीमा उपाध्यक्ष राईले पाँच बुंदे सहमतिमा प्रधानमन्त्री राजीनामा दिने भन्ने शब्द कतै उल्लेख नभएको तर्क गर्नुभयो ।
पाँचबुँदेको दलै पिच्छे आफू अनुकूल ब्याख्या गरिएको भन्दै राईले आगामी भदौ १४ सम्ममा पाँचबुँदे सहमति पालना नगरिए दलहरु असफल भएको ठहरिने चेतावनी दिनुभयो ।
0 comments:
Post a Comment