Sahara Sansar

Saturday, June 4, 2011

प्रधानमन्त्रीको राजीनामा तत्काल आउदैन: फोरम अध्यक्ष यादव

जेठ २१ विराटनगर । उपप्रधानमन्त्रि एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवले राष्ट्रिय सहमति नबने प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभएको छ । विराटनगरमा शनिबार  संचारकर्मीहरुसंग कुरागर्दै उपप्रधानमन्त्रि यादवले राष्ट्रिय सहमति नबनेसम्म प्रधानमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ नहुने बताउनुभयो । तर, राष्ट्रिय सहमति भए सरकार बाधक नबन्ने यादवको भनाइ छ ।

उपप्रधानमन्त्री यादवले मुलुकलाई अलपत्र बनाएर जिम्मेवारीबाट पन्छने काम सरकार नगर्ने स्पष्ट पार्नुभयो। राजनीतिक दलहरुले अहिलेको जस्तै गति कायम राखे आगामी दुई महिनाभित्र संविधानको प्रारम्भिक मस्यौदा तयार हुने यादवको भनाइ छ ।

शान्ति र संविधान राजनीतिक दलहरुको सहमतिका आधारमा बन्ने भएकोले कुन अघि वा पछि भन्ने कुरालाई विवादको विषय बनाउन नहुने उहाँले बताउनुभयो । नेपालमा आन्तरिक र वाहय कारणले अस्थिरता बढ्ने गरेको भन्दै उहाले पछिल्लो ६० बर्षदेखि नेपालमा कुनैपनि सरकारले पुरा कार्यकाल काम गर्न नसकेको बताउनुभयो ।

आन्तरीक झगडाका कारण वाह्य हस्तक्षेपमा बढेको यादवको दाबी छ । अरुतिर औंला ठड्याउनु भन्दा दलहरु आपसमा मिलेर काम गर्नसके त्यस्ता हस्तक्षेपलाई परास्त गर्न सकिने यादवको धारणा थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae