राजेन्द्र न्यौपाने
जेठ २१ गोरखा । भ्रष्टचार विरुद्ध ट्रान्सपरेन्सी इन्रनेशनल नेपालले गोरखामा एक अभियानको कार्यक्रम गरेको छ । संस्थाका उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ नेपालका पूर्व अध्यक्ष आनन्दराज मूल्मीले राजनैतिक दलहरुको ढाकछोप र नेताहरु कै कारण देशमा भ्रष्चटार मौलाएको बताउनुभयो ।
गोरखा उद्योग वाणिज्यसंघ र भ्रष्टचार विरुद्ध अभियान नेपालले उद्योग वाणिज्य संघ गोरखाको सभाहल छहरेमा गरेको कार्यक्रममा मूल्मीले स्थानीय उपभोक्ता समितिमा पार्टीका कार्यकर्ताहरु रहने र उनीहरुले गरेको भ्रष्टचारको कुराहरु माथिल्ला तहमा बस्ने नेताहरुले ढाकछोप गरेको कारण भ्रष्टचार मौलाईरहेको बताउनुभयो । राजनैतिक प्रतिशोधका कारण एकले अर्कालाई भ्रष्टचारी भनेपनि कुनैपनि दलहरु कम्ति भने नभएको मुल्मीले बताउनुभयो । राजनैतिक दलहरुले कहिल्यै पनि आर्थिक आयव्यय पारदर्शी ढंगले नराखेको उहाँको भनाई थियो। आम्दानी र खर्चको हिसाव नहुने राजनैतिक दलका नेताहरुले अरुलाई सुझाव दिनुपनि ठिक नहुने उहाँको भनाई थियो । नेता बनेर बन फाँड्न, दुई नम्बरी धन्दामा लाग्न छुट नभएको उहाँले बताउनुभयो । भ्रष्टचार गर्नेहरुलाई कानुनी कारवाही नभएकोले दिनदिनै भ्रष्टचार मौलाउँदै गएको उहाँले बताउनुभयो ।
मुद्धा छिनोफानोका लागि लामो समय लाग्ने गरेकाले भ्रष्टचारका मुद्धाहरु ओझेलमा परेको नेता मुल्मीको भनाई थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी तिलक पौडेलले भ्रष्टचार गर्ने कसैलाई पनि छोड्नु नहुने
बताउनुभयो । प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्लेले भ्रष्टचार विरुद्ध अभियान सञ्चालन गर्नेहरु पनि भ्रष्टचारमा परेर मुद्धा झेलिरहेको बताउनुभयो ।
एकीकृत माओवादी तमुवान राज्य समिति सदस्य भगवती तिवारीले भ्रष्टचारीहरुलाई कारवाही नहुँदा राज्यको
दुरुपयोग भईरहेको बताउनुभयो । नेपाली काँग्रेसका नगरसभापति राजनराज पन्तले निर्धक्कसँग हिड्न, बोल्न नपाउनु पनि भ्रष्टचार हो भन्नुभयो । कसैलाई प्रजातान्त्रिक प्रक्रियामा अवरोध गरिन्छ भने त्यो पनि भ्रष्टचार हो भन्नुभयो । नेकपा एमालेका अध्यक्ष रामशरण बस्नेतले कुनैपनि हालतमा भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी,भ्रष्टाचार विरुद्ध अभियान नेपला चितवनका अध्यक्ष भिम बहादुुर श्रेष्ठ, जिल्ला न्यायधिश प्रभा बस्नेत लगायतले मन्तव्य राखेका थिए । उद्योग वाणिज्यसंघ गोरखाका अध्यक्ष् रामबाबु जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रमममा के के विषयमा भ्रष्टचार हुनसक्छन भनि अधिवक्ता यादव शर्माले बताउनुभएको थियो ।
यसैगरी काहुराष्टका सचिव किशोर रेग्मी, गैर सरकारी संस्था महासंघ गोरखाका अध्यक्ष काजीराम रोका लगायतले जिज्ञासा राखेका थिए । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालको सहयोग र उद्योग वाणिज्यसंघ गोरखाको आयोजनामा सम्पन्न भएको हो ।
0 comments:
Post a Comment