जेठ २० धुलिखेल। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रिय राजनीलिाई सही ठाउँमा ल्याउनका लागि दलहरु सामु पाँच बुँदे सहमति कार्यान्वयन गर्नुको हुनै विकल्प नरहेको बताउनुभएको छ । नेपाल बार एशोसिएसन केन्द्रीय कार्यकारिणी परिषद्का् शुक्रबार काभ्रेको धुलिखेलमा उद्घाटन गर्नुहुँदै अध्यक्ष नेम्वाङले आ–आफ्नो ढङ्गले सहमतिका बुँदाको विषयमा व्याख्या नगर्न दलहरुलाई आग्रह गर्नुभयो ।
शान्ति र संविधानको बाँकी काम पूरा गर्नका लागि इमान्दारीपूर्वक सहमतिका बुँदाहरुलाई व्यवहारमा उतार्ने पट्टि ध्यान दिनुपर्ने नेम्वाङले बताउनुभयो । जेठ १४ गते सङ्कट पूर्ण टरेको नभई भदौ १४ गतेसम्म सरेको उहाँको भनाइ छ ।
0 comments:
Post a Comment