राजेन्द्र न्यौपाने
जेठ २० गोरखा।जिल्लामा रहेको एक मात्र त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा विगत वर्षहरुको तुलनामा यो वर्ष विद्यार्थीसंख्यामा पचास प्रतिशत कम भएको छ ।प्रमाण पत्र तह फेज आउट भएपछि विद्यार्थी संख्यामा कमि भएको हो । जिल्लाका ग्ामिण क्षेत्रबाट निम्न स्तरका विद्यार्थीहरु यस क्याम्पसमा अध्ययनका लागि आउने गर्दछन् ।
विगतका वर्षहरुमा १६५० सम्म विद्यार्थीहरु अध्ययन गरेको गोरखा क्याम्पसमा यो वर्ष ८५० मात्र रहेको क्याम्पस प्रमुख डा. लेखनाथ शर्माले बताउनुभयो ।शिक्षा शास्त्र संकाय मात्र रहेको गोरखा क्याम्पसमा स्नातकोत्तर तहसम्मको अध्यापन हुने गर्दछ । छात्र विद्यार्थीको तुलनामा छात्राको संख्या ७८ प्रतिशत रहेको छ । जनजाति १४ प्रतिशत दलित ०.२ प्रतिशत रहेको क्याम्पस प्रमुख डा.शर्माले बताउनुभयो ।
निम्न स्तरका विद्यार्थीहरु धेरै आउने गरेको भएपनि फि भने क्याम्पसले बाध्य भएर धेरै नै लिने गरेको उहाँको भनाई छ । प्रमाणपत्र तहमा ६० जना र स्नातक तहमा ४० जनाको कोटा भएपनि क्याम्पसले धेरैलाई अध्यापन गराउँदै आएको छ ।
स्नातकोत्तर तहको कक्षा भने प्राइभेटबाट सञ्चालन गरिएको छ । शिक्षा संकाय अन्तर्गत गणित, अंग्रेजी, नेपाली र पाठ्यक्रमको यस क्याम्पसमा अध्यापन हुने गर्दछ । मुलुकका अधिकाँश क्याम्पसहरु मध्ये गोरखा क्याम्पसको शिक्षा प्रणाली परिक्षा प्रणाली , विद्यार्थी अनुशासनमा त्रि.वि.ले अहिलेसम्म सबै भन्दा उत्कृष्ट मान्दै आएको छ ।
0 comments:
Post a Comment