जेठ १९ काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच आज मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटबार्तामा शान्ति प्रक्रिया र संविधान निर्माण लगायतका बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यस क्रममा उहाँहरुका वीच पछिल्लो पटक भएको ५ बुँदे सहमति कार्यान्वयनका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालवीच लडाकु समायोजन र ५ बुंदे सहमतिको कार्यान्वयन कांग्रेस लगायतका दलसंग छलफल गरी टुङगो लगाउने सहमति पनि भएको छ ।
0 comments:
Post a Comment