जेठ १९ काठमाडौं। नेकपा एमालेमा पछिल्लो पटक दलहरुका बीच भएको ५ बुँदे सहमतिको कार्यान्वयनका बिषयमा केन्द्रीय नेताहरुले फरक फरक धारणा राखेका छन् ।
एमालेको राजधानीमा आज बसेको केन्द्रीय समिति बैठकमा ५ बुँदे सहमतिको बुझईमा नेताहरुका वीच फरक देखिएको एक नेताले जनाएका छन् । बैठकमा धारणा राख्ने नेताहरुका वीच ५ बुँदे तत्काल कार्यान्वन गर्ने वा राष्ट्रिय सहमति भएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने भन्ने बिषयमा बिवाद भएको हो ।
बैठकमा धारणा राख्ने एमालेका अधिकांश केन्द्रीय सदस्यहरुले शान्ति र संविधानको बिषयलाई महत्वका साथ अघि बढाउन माग गरेका थिए ।
उता, सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा ५ बुँदे सहमतिलाई अक्षरंस पालना गर्नुपर्ने धारण जोडदार रुपमा उठेको छ । कांग्रेस नेताहरुले माओवादीले धोका नदिएमा शान्ति र संविधान तीन महिनमा लक्ष्यमा पुग्ने धारणा राखेका छन् ।
0 comments:
Post a Comment