जेठ १८ काठमाडौं । एकीकृत माओवादीको पोलिटब्यूरो सदस्य देबेन्द्र पौडेलले उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको संयूक्त राष्ट्रिय सरकार गठन हुने निश्चित भईसकेको बताउनुभयो ।
राजधानीमा आज आयोजीत कार्यक्रममा उहाँले पार्टीभित्र पनि डा भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने सहमति भईसकेको बताउनुभयो । राष्ट्रिय सहमतिको संयूक्त सरकार गठनको लागि प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनु पर्ने बताउदै माओवादी नेता पौडेलले सहमति भए पछि राजीनामा दिन्छु भन्ने प्रधानन्त्रीको तर्क सहमति विपरित भएको आरोप लगाउनुभएको छ ।
अरु दलले भने जस्तो तत्काल माओवादी नेताहरुले प्रयोग गर्दै आएको दोहारो सुरक्षा प्रणाली अन्त्य गर्न सम्भव नभएको भन्दैउहाँले सरकारको नेतृत्व र शान्ति प्रक्रियालाई प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभयो।
0 comments:
Post a Comment