Sahara Sansar

Saturday, March 26, 2011

भोटको नुनखानी अलपत्र

चन्द्रश्वर वस्ताकोटी
 मुस्ताङ जिल्लाको छुसाङ गाविसमा पर्ने नर्साङ खोलाको किनारमा रहेको नुनखानी अलपत्र परेको छ । जिल्ला सदरमुकाम जोमसोम देखि १० घण्टाको उत्तरतर्फको पैदलयात्रापछि पुगिने नुनखानीबाट नुन निकाल्ने कार्य विगत ४ बर्ष देखि बन्द भएको हो । सँयौ बर्ष पहिले देखि लगातार यहाँको नुन उत्खनन् गरि भोटे नुनको रुपमा उपभोग र बिक्री हुदैआएको थियो । विदेशबाट आयात गरिएको नुन यो नुनखानीबाट निकालीएको भन्दा कम मूल्यमा पाईने थालेपछि नुनखानी अलपत्र परेको हो ।

दामोदर कुण्ड हुदै बगेर आएको र्नसाङ खोलाको किनारमा १२ वटा नुनीलो पानी निस्कने मुल रहेका छन् । पहाडमा रहेका मुलबाट नुनिलो पानि निस्कने जन नर्मल निम्न माध्यमीक विद्यालय छुसाङका शिक्षक कृष्णप्रसाद सापकोटाले बताए ।

यहाँको मुलबाट निक्लने पानी जमाएर ढिका नुन बनाउन सकिन्छ । उत्खनन् हुन नसक्दा पहाडमा छरपस्त नुनका ढिका भेटिन्छन् । नुन निकालीने छ वटा सुरूङ पनि रहेको ६० बर्षसम्म नुन निकाल्ने काम गरेका छुसाङ तेताङका धुली गुरूङले बताए ।

भौगोलिक विकतता भएका कारण नुनखानी उपभोग गर्न कसैले चासो देखाएको स्थानियबासीको गुनासो छ । अहिले नुन उत्खनन् कार्यमा प्रयोग गरिएका सामानहरूपनि भग्नाअवशेषमा परिणत भएका छन् ।

मुलको पानी नर्साङ खोलाको किनारमा जम्मा पारि सुकाएर नुन बनाउने गरिएको स्थानियबासी बताउँछन् । जोमसोमका बमप्रसाद गौचलने नुन उत्खनन् गर्ने अनुमती लिएका थिए । दक्ष जनशक्तीको अभाव र आयातीत नुनसँग प्रतिस्पर्धा गर्न नसक्दा नुनखानी बन्द गर्नुपरेको खानी सञ्चालक गौचनले बताए । खानी बन्द भएपछि उत्खनन् कार्यमा संलग्नहरूपनि बेरोजगार भएका छन् । साल्ट टे«डिङ र्कपोरेसनसँग सम्झौता गरेर नुन खानि सञ्चालन गरिदै आएको गौचनले बताए । केही बर्ष अघि सम्म म्याग्दी, बागलुङ, पर्वत कास्की लगायतका ठाउमा भोटे नुन प्रयोग गर्ने गरिन्थ्यो । हप्तौ हिडेर मानिसहरु नुनखानीमा नुन लिन आउने गरेको स्थानियबासी सम्झन्छन् ।केहि बर्ष अगाडी सम्म खानीबाट एक वर्षमा एक सय मन सम्म नुन निकालीएको सञ्चालकले जानकारी दिए । मुस्ताङमा रहेको नुनमा आयोडिनको मात्रा कम भएको साल्ट टे«डीङ र्कपोरेशनले जनाएको छ ।

यहाँको नुन उपभोग गरेमा खाना रुच्ने र ग्यास्ट्रीक समस्या निको हुने हुदा औषधीको रूपमा पनि प्रयोग गर्ने गरेकोे जोमसोमकी फुलमाया शेरचनले बताईन । अझै पनि यहीको नुन उपभोग गर्ने तेताङ गाउँका बासिन्दा आफुहरूको स्वास्थ्यमा नुनले कुनै असर नपारेको बताउँछन । प्लास्टीकको भाँडामा नुनीलो पानी ल्याएर घाममा सुकाई ढिका बनाएर उपभोग गरिदै आएको छ । पशुलाई पनि यही नुन खुवाउने गरेको उनीहरुले बताए ।
नुनखानी अलपत्र अवस्थामा रहँदा समेत सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानियबासी निराश भएका छन् । ‘सुदुरपश्चिमका बासिन्दाले नुन खान पाएका छैनन्, यहाँको नुनखानी अलपत्र अवस्थामा छ ।’ चन्द्रज्योती प्रावि तेताङका प्रधानाध्यापक रामबहादुर गुरूङले भने ‘माल पाएर के गर्नु चाल पाए पो भने झै भएको छ नर्साङ खोला किनारमा रहेको नुनखानी’ ।

आधुनिक प्रविधी र दक्ष जनशक्ति मार्फत नुनखानी सञ्चालनमा ल्याउन सकेमा देशको आर्थिक अवस्थामा सुधार ल्याउन समेत सहयोग पुग्ने उद्योग बाणिज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae