Sahara Sansar

Wednesday, April 6, 2011

इलाम चियाको मूल्य अहिलेसम्मकै उच्च

गणेश घिमिरे चैत २३ इलाम
इलामका चिया कृषकहरुले अहिले सम्मकै उच्च मूल्यमा हरिया चियापत्ति बिक्री गर्न सफल भएका छन् । चिया प्रशोधन कारखानाको बढ्दा सङख्या र सिटिसिका लागि इलामको चियाको माग वृद्धि भएपछि यसवर्ष हरियो पत्ति प्रतिकिलो ४० रुपैयामा विक्रि भइरहेको छ । गत वर्षको यो अवधिमा हरियो चिया पत्तिको मूल्य वढिमा २२ रुपैया मात्र रहेको थियो । यसवर्ष दोव्वर वृद्धि भएपछि कृषकहरुसमेत उत्साहित वनेको फिक्कल ३ का किसान मातृका दहालले बताउनु भयो । हरियो चियापत्तिको मूल्य अझ माथि जान सक्ने इलाम टिप्रोड्युसर्स प्रालि आइतबारेका प्रवन्धक हरि तिम्सिनाले बताउनुभयो ।

कारखानाहरुको सङख्यामा भएको वृद्धिले कारखानहरुबीच प्रतिस्पर्धा हुदा कृषकहरुले यस वर्ष चियापत्तिबाट राम्रो मूल्य पाउन सफल बनेका हुन् । दार्जिलिङको चिया उत्पादनमा आएको गिरावटसंगै भारतको वजारमा इलामको चियाको माग वढेको छ । यस वर्ष कारखानाहरुमा पूरानो चियाको स्टकसंगै नरहेकाले मूल्य वृद्धि हुनु स्वभाविक रहेको कन्याम चिया वगानका प्रवन्धक पूण्य प्रसाद ढकालले वताउनुभयो । अहिले एकदर्जन भन्दा वढि चिया कारखाना सञ्चालनमा आएको छ, भने ६ वटा कारखाना निर्माणको चरणमा रहेको छ । चिया कारखाना निर्माणका लागि लगानीकर्ताहरु पनि भित्रने क्रम वढेको छ ।

इलामको फिक्कल, पञ्चकन्या, श्रीअन्तु, कन्याम लगायतमा कारखाना निर्माण हुने क्रममा रहेको छ । अन्तराष्ट्रिय वजारमा चियाको मूल्य सप्रिएकाले यहाँका कृषकहरुले चियाको मूल्य राम्रो पाएको इलाम फिक्कलस्थित स्मल टि प्रोडयुसर्स प्रा. लि.का मेनेजर पुनम रार्इले बताउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae