माघ २६ काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरु उपस्थित नभएको भन्दै संविधानसभाका सानादलले संवैधानिक समिति बैठक स्थगित गर्न माग गरेका छन । सत्ताको भागवण्डामा लागेर प्रमुख दलले संविधान निर्माण प्रक्रिर्यालाई गौण बनाएको भन्दै सानादलले आपत्ति जनाएका हुन ।
संवैधानिक समितिको बुधवार बसेको बैठकमा साना दलले ठूला दलको रवैयाप्रति आपत्ति जनाएका राजपा सभासद डा प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो । प्रमुख दलका शीर्ष नेताहरु उपस्थित नभएपछि बैठक प्राज्ञिक छलफलमै सिमित रहेको बताउनुभयो ।
प्रमुख दलहरु सत्ताको नसामा लागेका कारण संविधान निर्माणले उपेक्षित गति लिन नसकेको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बताउनुभयो । उहाँले संविधान निर्माणलाइ छायाँमा पार्ने ठूला दलहरुको रवैया कायमै रहे आगामी जेठ १४ मा संविधान नबस्ने परिस्थिति बन्दै गएको दावी गर्नुभयो । माओवादी सभासद देव प्रसाद गुरुङ्गले भने प्रमुख दलले सम्बैधानिक समितिलाई उपेक्षा नगरेको दावी गर्नुभयो ।
नियमावली संशोधनमार्फत सम्बैधानिक समितिलाई विबाद मिलाउने जिम्मेवारी दिइए पनि शीर्ष नेताहरु उपस्थित नभएपछि बैठक औपचारिकता मै सिमित बन्ने गरेका छन् । ६३ सदस्य रहेको संवैधानिक समितिको आजको बैठकमा ३७ जना सभासद उपस्थित भएकोमा प्रमुख दलका कुनै पनि शीर्ष नेताहरु उपस्थित थिएनन् ।
0 comments:
Post a Comment