Sahara Sansar

Thursday, February 24, 2011

भष्ट्राचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि युएनसीएसी अनुमोदन

 फागुन १२  काठमाडौं। व्यवस्थापिका संसदले भष्ट्राचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि युएनसीएसी अनुमोदन गरेको छ । व्यवस्थापिका संसदको  बिहीवार बसेको बैठकले महासन्धी अनुमोदन गर्ने प्रस्ताव पारित गरेको हो ।

भष्ट्राचारका कारण नेपालको बदनाम भएको अवस्थामा महासन्धि अनुमोदनपछि अवस्था सुध्रिने सभासदले आशा व्यक्त गरेका छन् । संसदमा भएको छलफलका क्रममा नेकपा एमालेको प्रदीप ज्ञवालीले राज्यका कानून प्रभावकारी नभए अन्तराष्ट्रिय कानूनका आधारमा मात्र भष्ट्राचार निवारण गर्न नसकिने भएकोले कानूनमा सुधार गर्ने र भष्ट्राचार निवारण संस्थालाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।

ट्रान्सपरेन्सीको प्रतिवेदनले नेपालमा भष्ट्राचार विरुद्धको लडाइमा कमजोर रहेको संकेत गरिरहेको अवस्थामा महासन्धी अनुमोदनले सुशासनको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि राजनीतिक इच्छा शक्ति र दलहरुको आचरणमा पारदर्शीता जरुरी रहेको बताउनुभयो ।

 माओवादीका एकराज भण्डारीले भष्ट्राचार आरोप प्रमाणित भइसकेको व्यक्ति जनप्रतिनिधिको रुपमा स्थापित भएर आउने परम्पराका कारण महासन्धी कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो । नेपाली कागे्रसका रमेश लेखकले भष्ट्राचारका कारण देशको इज्जत बिग्रेको अबस्थामा महासन्धी अनुमोदनवाट सुशासनका सम्बन्धमा नयाँ आशा जगाएको बताउनुभयो ।

महासन्धी कार्यान्वयनगर्न सरकारले अठोट गर्नुपर्ने उल्लेखगदैृ लेखकले यसकालागि कानूनमा सुधार र अख्तियार जस्ता संस्थालाइ सक्रिय बनाउनु पर्ने बताउनुभयो । राजपाका डा प्रकाशचन्द्र लोहनीले सत्तामा रहन जेसुकै गर्ने दलहरुको रबैयाका कारण महासन्धी कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एमालेका रामनाथ ढकाल, मधेशी जनअधिकार फोरमका नन्दन कुमार दत्त र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालालगायतले महासन्धी अनुमोदन हुनु सकारात्मक भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा जोड दिएका थिए ।

संयुक्त राष्ट्रसंघले सन् २००३ अक्टोबरमा महासन्धी अनुमोदन गरेको थियो ।विश्वका १४८ मुलुकले अनुमोदन गरेको महासन्धी नेपालले सन २००३ को डिसेम्बर १० मा हस्ताक्षर गरेको थियो । छलफलमा सभासदले उठाएका प्रश्नको जवाफ दिंर्दै विना विभागिय मन्त्री विष्णु पौडेलले महासन्धी अनुमोदन भएपछि संगठित अपराधका रुपमा रहेको भ्रष्टाचार निवारणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सरकार महासन्धी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै महासन्धी अनुमोदन भएपछि अख्तियारको कामलाई सहयोग पु¥याउने र नेपालको छवी उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभयो । संसदको अर्को बैठक आगामी १६ गते १ बजे बस्नेछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae