Sahara Sansar

Sunday, February 27, 2011

अन्तर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी विदुरनगरपालिकालाई तीन स्वार्ण सहित ६ पदक

  फागुन १५ चितवन। चितवनको रत्ननगरमा सम्पन्न अन्तर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी विदुरनगरपालिकाले तीन स्वार्ण सहित ६ पदक जितेको छ ।

रत्ननगरको टाडीमा हुन लागेको प्रतियोगितामा ३९ किलो तौल समुहमा विरगन्जलाई पराजित गर्दै अनिल गुरुङले स्वर्ण पदक जित्नुभएको छ । विरगन्जलाई नै पराजित गर्दै २५ किलो तौल समुहमा तिलक तामाङ स्वर्ण र ४० किलो तौल समुहमा आयोजक रन्तनगर नगरपालिकालाई पराजित गर्दै शर्मिला श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ ।

५९ किलो तौल समुहका विरबल तामाङले रजत पदक जित्नु भएको छ भने श्रीराम श्रेष्ठ र अनुमाया तामाङले कास्य पदक जित्नु भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae