Sahara Sansar

Monday, February 28, 2011

काठमाडौंमा चोरी हुने मोटरसाइकलहरुको जिल्लाका ग्रामिण सडकहरुमा

कूल तामाङ्
  फागुन १६  नुवाकोट । राजधानी काठमाडौंमा चोरी हुने मोटरसाइकलहरुको जिल्लाका ग्रामिण सडकहरुमा गुड्ने क्रम बढेको छ । ग्रामीण भेगलाई कच्ची मोटरबाटोले भए पनि सदरमुकाम र स्थानीय बजारसंग जोडिए पछि चोरीको मोटरसाइकल भित्रिने क्रम
पनि बढेको प्रहरीको भनाई छ ।

पछिल्लो साढे दुई बर्षमा जिल्ला प्रहरी कार्यालय ४४ वटा चोरीको मोटरसाइकल समातेको छ । आर्थिक बर्ष २०६५÷६६ मा २१, ०६६÷६७ मा १२ र चालु आबमा ११ वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरिक्षक विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

प्रहरीले समातेका मोटरसाइकलहरु केही महानगरिय ट्राफिक प्रहरी महासाखा पठाइएको छ भने केही सवारीधनीले फिर्ता लगेका छन् । आधादर्जन बाइक भने प्रहरी कार्यालयमा नै थन्किरहेका छन् । अहिलेसम्म समातिएका मोटरसाइकलहरु सदरमुकाम र बजारमा आएका बेला प्रहरीको फन्दामा परेका हुन् । जनशक्ति अभाव भन्दै चोरीको बाइक खोज्न प्रहरी गाउ
तिर भने जान सकेको छैन । जिल्लाका ६१ गाविस मध्य ५८ गाविस मोटरबाटोेले जोडिएका छन् । ग्रामीण भेगमा कुद्ने मोटरसाइकलको विल बुक र चालकको अनुमति पत्र खोज्ने कुनै निकाय नभए पछि राजधानीमा हराएका बाइक नुवाकोटमा
विगविगी बढेको हो ।

राजधानीबाट नुवाकोट छिर्ने नाकाहरु धेरै भएको र नाकामा चेकिङ कडाई नहुदा मोटरसाइकल चोर्न गिरोहलाई धन्दा सञ्चालन गर्न सहज भएको प्रहरी कै भनाई छ । सदरमुकाममा चेक जाच कडा बनाएर र गाउमा रहेको प्रहरी चौकीलाई पनि शंका
लागेको बाइक समाप्न निर्देशन दिएको प्रहरी नायब उपरिक्षक बालकृष्ण थापाले बताउनुभयो ।

साढे दुई बर्षको अबधिमा ४४ वटा मोटरसाइकल समाते पनि प्रहरीले चालक भने एक जनालाई पनि नियन्त्रणमा लिन सकेको छैन । मोटरसाइकल समाते पछि  चालकहरु भने कागजपत्र लिन जाने बहानामा उम्किने गरेका छन् । कागज पत्रको बहानामा चालकलाई उम्किन नदिन चोरीको बाइक सगै अब चालकलाई पनि समातेर अनुषन्धान गर्ने प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae