Sahara Sansar

Monday, February 28, 2011

मुस्ताङ जिल्ला परिषदको तयारी तिब्र

चन्द्रश्वर बस्ताकोटी
 फागुन १६ मुस्ताङ।जिल्ला बिकास समिति मुस्ताङको जिल्ला परिषद आगामी फाल्गुन २७ गते हुने भएको छ ।  परिषद तयारीको लागि जिल्लाबिकास समिति मुस्ताङले आ¥ना कार्यहरुलाई तिब्र पारेको छ । एमसिपिएम तथा परफरमेन्स का आधारमा नेपाल सरकारले जिल्ला बिकास समिति लाई दिने अनुदान कटौती हुने हुदा फाल्गुण मसान्त सम्म परिषद गरिसक्नु पर्ने स्थानिय बिकास अधिकारी श्याम राज अधिकारीले बताउनु भयो । हिमाली क्षेत्र भएको हुदा  जाडोले परिषद गत बर्षहरुमा भन्दा केहि अगाडी भएको महशुस जनतालाई हुन सक्छ, एम सिपिएमका लागि र राम्रो परफरमेन्सका लागि पनि समयमै परिषद गर्नु पर्ने हाम्रो बाध्यता पनि हो, स्थानिय बिकास अधिकारी श्यामराज अधिकारी बताउनु भयो ।

गाबिस परिषद सम्पन्न भै इलाका स्तरका योजना तजुमा समेत सम्पन्न भै सकेका छन । इलाका स्तरबाट आएका सुझाब  र योजनाहरुलाई बिषयगत समितिमा छलफल गर्ने र १९ गते एकिकृत योजना तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम रहेको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सभाषद समेत परिषदका सदस्य भएकाले उहाहरुसग योजना, र जिल्लाका समस्याका बारेमा कुराकानी भैरहेको अधिकारीले बताउनु भयो  । बिषयगत समितिको बैठक १९ गते सक्ने र २७ गते परिषद सम्पन्न गरि २८ गते परिषदका निर्णयहरु सावजनीक गरिने बताइएको छ । स्थानिय बिकास अधिकारी श्यामराज अधिकारीले हिमाली जिल्लाका सबै जनताका लागि समान दृष्टीकोणबाट नियम परिधि भित्र रहि कार्य गर्ने  बताउनु भयो ।

यसभन्दा अगाडिका स्थानिय बिकास अधिकारी मणिकुमार ज्ञवालीले जिल्लामा ब्यापक भ्रष्टाचार गरेको बिभिन्न पत्र पत्रिका, टेलिभिजनबाट समेत सार्बजनिक भएर पनि उहाले त्यसको खण्डन गर्न सक्नु भएन । उहालाई नेपाल सरकार को स्थानिय बिकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले कावाही मात्र नभई आवश्यक जानकारी समेत लिन खोजेनन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लाबिकास समिति मुस्ताङका तत्कालीन स्थानिय बिकास अधिकारी ज्ञवालीले भ्रष्टाचार गरेको टुलुटुलु हेरेर बस्न बाध्य भएको सचारकर्मीहरुलाई बताउनु भएको थियो । उहा मुस्ताङको स्थानिय बिकास अधिकारी भएपछि भैरहवाको रुद्र पथमा पाचतलेमहल खडागर्नु भएको छ । उहाहाल कचंनपुरको स्थानिय बिकास अधिकारी हुनु हुन्छ ।

हालका स्थानिय बिकास अधिकारी श्यामराज अधिकारी करिब २ महिना अगाडीमात्र मुस्ताङ आई आफ्नो कार्यभार समाल्नु भएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae