Sahara Sansar

Saturday, February 19, 2011

प्रजातन्त्र दिवसको अबसरमा विरामीहरुलाई फलफुल वितरण


कुल तामाङ् 
फागुन ७ नुवाकोट। ६१ औं प्रजातन्त्र दिवसको अबसरमा आज जिल्ला अस्पताल त्रिशूलीका विरामीहरुलाई
फलफुल वितरण गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस मुल समारोह समितिले अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको हो । नुवाकोट उद्योग बाणिज्य संघको सहयोगमा प्राप्त फलफुल नेपाली कांग्रेसका सभासद जगदीश्वरनरसिंह केसी, प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल लगायतले अस्पतालका २० जना विरामीहरुलाई वितरण
गर्नुभएको थियो ।

दिवसकै अबसरमा विदुरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा सहभागीहरुले प्रजातन्त्र दिवस एक दिन दिवसमा मात्र सिमित नपारी हरेकले आआफ्नो दैनिकीमा आत्मसाथ गर्नु पर्ने बताएका थिए ।

नेता, कर्मचारी, पत्रकार, सर्वसाधारण सबैले आफ्ना गतिविधीमा प्रजातान्त्रिक मुल्य मान्यता अनुसार चले मात्र समाज सभ्य र सुसस्कृत हुने वक्ताहरुले बताए । प्रवचन कार्यक्रममा कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सभासद जगदीश्वरनरसिंह केसी, प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, एमालेका अध्यक्ष नारायणप्रसाद खतिवडा, एकीकृत माओवादीका रामभक्त उपे्रती, नेकपा मालेका पल्लबराज पाठक, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटा,
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुस्कर शर्मा रिमाललगायतले मन्तव्य राख्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae