Sahara Sansar

Tuesday, February 22, 2011

बारामा सरकारी कर्मचारीको हानी हत्या

 फागुन १०  बारा।  बाराको कलैयामा अज्ञात समुहले आज साँझ गोली हानी एक सरकारी कर्मचारीको हत्या गरेको छ  ।साँझ पौने सात बजे कलैया बरेवा निवासी ५५ बर्षिय माधव थापाको अज्ञात समुहले गोलिहानी हत्या गरेको जिल्ला प्रहरीकार्यालय बाराले जनाएको छ । हत्या गरिएका थापा मालपोत कार्यालय कलैयामा सुब्बा पदमा कार्यरत रहेको प्रहरीको भनाईछ।

घरमा टी भी हेरेर बसिरहेका थापालाई हतियारधारी समुहले गोली प्रहार गरेको थियो । छातीमा गोली लागेका थापालाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल विरगंज लैजाँदै गर्दा अत्याधिक रक्तश्रावका कारण बाटोमै मृत्यु भएको हो ।

थापाको शब नारायणी उपक्षेत्रिय अस्पताल विरगंजमा राखिएको छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae