Sahara Sansar

Wednesday, February 23, 2011

पोलियो उन्मूलनको सन्देश प्रवाह गर्दै शान्ति ¥याली

 फागुन  ११ इटहरी। रोटरी क्लब अफ इन्टरनेसनलले आफ्नो स्थापना दिवसको अवसरमा  इटहरीमा पोलियो उन्मूलनको सन्देश प्रवाह गर्दै शान्ति ¥याली प्रदर्शन गरेको छ ।  

इटहरी नगरपालिकाको प्राङ्गणबाट निक्लिएको पोलियो उन्मूलन शान्ति ¥याली इटहरी नगरको परिक्रमा गरी नगरपालिका पुगेर सम्पन्न भयो । 

 नेपालमा पोलियो उन्मूलनमा सबै तह र तप्काका सबैले मिलेर पोलियो उन्मूलन अभियानलाई सफल बनाउँ भन्ने नाराका साथ निकालिएको सो ¥यालीमा इटहरी नगरक्षेत्रका विद्यालयहरूको सहभागिता रहेको थियो । 


 ¥यालीमा सहभागी विद्यार्थी र रोटरियनहरूले आफ्ना बालबच्चालाई समयमा नै पोलियो खुवाई उनीहरूको सुन्दर भविष्य निर्माणमा सहयोग पु¥याऔँजस्ता प्लेकार्ड बोकेका थिए । 

 ¥याली शुभारम्भ गर्दै रोटरी क्लब इटहरीका रमेशकुमार ताम्राकार, अर्जुन भट्टराई, जगदीशप्रसाद ओलीलगायतले बालबच्चाको रेखदेखका लागि अभिभावकले समयमा नै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae