Sahara Sansar

Saturday, February 19, 2011

चक्रदेवी सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न


फागुन ७ नुवाकोट।
सुर्यमति गाविसमा रहेको चक्रदेवी सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न भएको छ ।

सभाले श्यामबहादुर राईको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । उपाध्यक्षमा सुर्यबहादुर राई, सचिवमा कल्पना राई र कोषाध्यक्षमा निर्मल राई चयन हुनुभएको छ ।

सदस्यहरुमा लक्ष्मी राई, पम्फा राई, कौशिल्य राई, कपुरे राई, हितबहाहुर राई रहनुभएको छ । सभामा ककनी रेञ्जपोष्टका बन प्राविधिक हकबहादुर लामिछाने र भरतबहादुर आचार्यको सहभागीता रहेको थियो । सभामा बार्षिक कार्ययोजना र आयव्यय प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae