Sahara Sansar

Sunday, February 20, 2011

पर्खाल भत्किँदा ३ जनाको मृत्यु


 फागुन ८ काठमाडौं
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुरको बाँडेगाउँस्थित आश्रमको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । निवासमा मरम्मतको काम गरिरहेका तीन जना मजदुरको पर्खाल भत्किँदा पुरिएर मृत्यु भएको हो ।

घाइतेहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा संजिव घलान, भानु लामा र कान्छा लामा रहेको प्रहरीले जनाएको छ । गतबर्ष बर्खेझरीमा भत्किएको भट्टराईको आश्रमको पर्खाल अहिले मर्मतको काम भइरहेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae