Sahara Sansar

Sunday, February 27, 2011

साँफेवगर महोत्सवको तयारी


 फागुन १५  काठमाडौं।  नेपाल पर्यटन बर्ष २०११ को प्रचार प्रसार, स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवं औद्योगीक वस्तुहरुको व्यापार प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले साँफेवगर महोत्सव हुने भएको छ ।

स्थानीय उत्पादन, सँस्कृतिक र पर्यटन प्रवद्र्धनको लागि साँफेवगर महोत्सव भन्ने मूल नारा लिई गर्न लागेको महोत्सव फाल्गुन २१ देखि २५ गते सम्म साँफेवगर अछाममा हुनेछ ।

उक्त महोत्सवमा लोपोन्मुख हुनलागेको राउटेजातीलाई प्रतक्षरुपमा देखाउने , स्थानीय उत्पादन, सुदुरपश्चिमाञ्चलका ऐतिहासिक, धार्मिक, प्राकृतिक, तथा जैविक महत्वका पर्यटकीय सम्पदाहरुको पहिचान, स्थानीय लोक संस्कृतिक लगाएतका अन्य थुप्रै आकर्षण वस्तुहुने महोत्सवका संयोजक सिलोज कुँवरले बताउनुभयो ।

महोत्सवमा करिव १ लाख ५० हजार देखि २ लाख सम्मले अवलोकन गर्ने अनुमान छ , त्यस्तै महोत्सवमा १ सय देखि १५० सम्म प्रदर्शनी कक्ष रहनेछ । महोत्सव सम्पन्न गर्नको लागि करिव २० लाख लाग्ने अनुमान आयोजकको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae