Sahara Sansar

Sunday, February 27, 2011

किसानहरुको लागी अति राम्रो हावापानी र माटो भएको नुवाकोट जिल्ला

कूल तामाङ्
 फागुन १५  नुवाकोट ।  नुवाकोट जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख राजाराम अधिकारीले नुवाकोट किसानहरुको लागी अति राम्रो हावापानी र माटो भएको बताउनुभएको छ ।

नुवाकोट एफएमसंग कुरा गर्दै प्रमुख अधिकारीले नुवाकोटमा अहिले भईरहेका खेतीका अलाबा अरु खेतीको पनि राम्रो संभावना रहेको बताउनुभयो ।

उहाले मदानपुर, ककनी, बेलकोट लगायतका गाविसहरुमा कुरिलो खेती गर्न सुहाउने खालका जग्गा भएको बताउनुभयो । कुरिलो प्रतिकिलो दूई तीन सय रुपैयामा विक्री हुने जानकारी दिदै राजधानीसंग नजिक भएकोले पनि किसानले यसमा ध्यान दिन आग्रह गर्नुभयो । पुष्प खेती, मौरी पालन, च्याउखेती, कागतीको पनि जिल्लामा व्यवसायिक खेती नभएकोले यसमा ध्यान दिने किसानले मनग्गे आम्दानी लिन सक्ने उहाको भनाई छ ।

अहिले जिल्लाका १९ वटा गाविसमा कफि खेती सुरु भएको जानकारी दिनै जिल्ला कृषि विकास कार्यालयका प्रमुख अधिकारीले किसानले मेहनत गर्ने हो भने हामी आबश्यक प्राविधक सल्लाह दिन सदैव तयार रहेको बताउनुभयो ।




0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae