Sahara Sansar

Monday, February 28, 2011

मुस्ताङमा नया शैक्षिकसत्र सगै विद्यार्थी भर्ना अभियान शुरु

चन्द्रश्वर बस्ताकोटी
 फागुन १६ मुस्ताङ  हिमालपारिको जिल्ला मुस्ताङमा फागुन महिनादेखि नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ ।

जिल्ला शिक्षा कार्यालयले सोमबार जोमसोममा एक कार्यत्रमको आयोजना गरि राजनितिक दल, सामाजिक अगुवा, आमा समुह, युवा क्लवका प्रतिनिधि र सञ्चारकर्मीलाई विद्यालय जाने उमेर पुगेका सबै बालबालीकालाई विद्यालयको पहुँचसम्म ल्याउनका सहयोग गर्न आग्रह गरेको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी श्यामराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले फागुन २३ गते सम्म प्रत्येक बिद्यालयलाई आफ्ना सेवा क्षेत्र भित्रका बालबालिकालाई बिद्यालय भर्ना गराउन निर्देशन निदुनभएको थियो ।

 बिद्यालय जाने उमेर भएर पनि विद्यालय जान नसकेका बाल, घरेलु र प्रौद्ध उमेरका महिला पुरुषलाई पनि शिक्षाको पहुँचभित्र ल्याउन अनौपचारीक शिक्षा कार्याक्रम सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

मुस्ताङमा २ उच्च मावि, ५ मावी, ५ निमावि, ४६ प्रावि रहेका छन । यसैगरि ८ नीजी र ११ गुम्वा बिद्यालय सञ्चालनमा छन् । गत वर्ष गुम्वा बिद्यालय बाहेक मुस्ताङमा २ हजार ८ सय ७५ विद्यार्थी रहेका थिए । मनाङ, मुस्ताङ लगायत ९ हिमाली जिल्लामा मंसिरमा शैक्षिक सत्र सकिएर फागुनमा नयाँ शैक्षिक सत्र सञ्चालन हुने गरेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae